जनवरी २६, २००१ को बिहान पौने ९ बजे भारतको गुजरात राज्यमा ६.९ म्याग्निच्युडको भूकम्प आयो। यही कम्पनले मुख्यमन्त्री केशुवाइ पटेलको पद डगमगायो। भूकम्पपछिको व्यवस्थापन र पुनर्निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेपछि अलोकप्रिय हुनपुगेका पटेलको साटो गुजरातको मुख्य मन्त्रीमा नरेन्द्र मोदीलाई ल्याउनेबारे भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूबीच परामर्श चल्यो।‘एक्सन'मा जानसक्ने मोदीको क्षमतालाई नजिकबाट नियालेका भारतीय प्रधान मन्त्री अटलबिहारी बाजपेयीले दिल्लीमा बसेर चमकदार भविष्यको सपना बुन्दै गरेका आफ्ना राजनीतिक चेलालाई अकस्मात डाके। बोलावट हुँदा मोदी कंग्रेस आईका नेता माधवराव सिन्धियासँगै हेलिकप्टर दुर्घटनामा दिवंगत एकजना टेलिभिजन क्यामरापर्सनको मलामीमा सहभागी थिए। फर्किएर बाजपेयीलाई भेट्नेबित्तिकै निर्देशन सुने। बाजपेयीले गुजरात हाँक्नका लागि उनलाई त्यहाँ जान भने। भूकम्पले भत्केका भग्नावशेष नै पूरा नपन्छाइएको अवस्थाको गुजरातलाई पुनर्निर्माणका माध्यमबाट हाँक्नु सहज थिएन। नवनिर्माणको जिम्मेवारीमा तल–माथि हुँदा महत्वाकांक्षी मोदीको राजनीतिक भविष्य नै डामाडोल हुनसक्थ्यो। भूकम्पीय जोखिमयुक्त राज्यमध्येको गुजरातलाई पुरानै अवस्थामा फर्काउन सहज थिएन। तर, तहसनहस भएको राज्य नयाँ जोसका साथ मोदीको योजनामा झनै समृद्ध हुनसक्यो। यसका पछाडि सरकार, नागरिक समाज, प्रवासी गुजरातीका साथै बाह्य सहयोगको सदुपयोग र सफल व्यवस्थापनले भूमिका खेल्यो। समृद्धितर्फ जोसका साथ पाइला चालेपछि मोदी सरकारले ‘भाइब्रेन्ट गुजरात' अर्थात् जोसयुक्त गुजरात नाम दिएर विश्वको ध्यान आकृष्ट गरे। भारतको केन्द्रीय राजनीतिमा छाउन भाजपाभित्र संघर्षरत् मोदी राज्यस्तरको राजनीतिमा पुगेर जोखिम मोल्दै चुनौतीलाई अवसरमा बदल्न सफल भए।
गुजरातमा बिहानीपख भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। त्यसको ३ घन्टापछि गुजरातका मुख्य मन्त्री केशुवाइ पटेलले गान्धीनगरमा आयोजित गणतन्त्र दिवसको परेडमा सहभागिता जनाए। राहत र उद्धारमा केन्द्रित हुनुपर्ने समयमा परेडमा सहभागिता जनाएको भन्दै उनको सर्वत्र आलोचना भयो। सरकारबाट उद्धार र राहतको काम प्रभावकारी हुन सकेन। बरू सर्वसाधारण आफैले सक्रियता देखाए। स्वयंसेवकहरूले जथाभावी राहत सामग्री बाँड्न थाले। सहर र राजमार्गका छेउछाउका बस्तीहरूमा प्रशस्त राहत पुग्यो। दूरदराजका गाउँमा पुगेन। नेतृत्वमा जवाफदेहीहीनता, ठोस योजनाको अभाव र मन्त्रीहरूको खराब नियतका कारण सरकारप्रति जनताको अविश्वास बढ्यो। मन्त्रीहरूको गलत गतिविधिले सरकारको छवि धूमिल भयो। जुनसुकै महत्वपूर्ण कार्यमा कर्मचारीतन्त्रमा पूरापूर भरपर्नु, गाउँलाई महाविपत्का बेलामा मात्र सम्झने प्रणालीले जरो गाड्नु, सद्भाव र सहानुभूतिका शब्दको सागर बगाउने तर वास्तविक सहयोगको कौशल र साहस नदेखाउने प्रवृत्तिले समस्या थप्यो। उद्धार र राहत कार्यक्रम सफल बनाउने प्रभावकारी नीति तथा कार्यक्रम आएन।
गुजरातमा भूकम्पपछिको प्रारम्भिक अवस्थामा आपत्कालीन राहत वितरणमा भएका क्रियाकलापबारे विभिन्न अनुसन्धानमा उल्लेख भएअनुसार खाद्य सहयोगको ओइरो लागे पनि प्रकोप प्रभावित क्षेत्रमा पुर्यामउन ढुवानी समस्या भयो। यातायात व्यवस्था गर्न नसक्दा सहयोग गर्न तम्सेकाहरू जहाँसम्म सजिलै पुग्न सकिन्छ त्यहीँ बाँडेर फर्किन्थे। दूरदराजका प्रभावित बासिन्दा एक गेडा अन्नका लागि छट्पटिरहँदा सहर र सडकछेउका गाउँलेले वषर्ौंसम्म खान पुग्नेगरी खाद्य सामग्री थुपारे। सडक छेउछाउमा बस्नेहरूले राहत सामग्री लुट्नेसम्मको क्रियाकलाप गरे। उनीहरूमध्ये कतिपयको पेशा राहत कुरेर बस्ने र नपाए लुट्ने भयो। युरोप र अरब देशहरूबाट पठाइएका राहत सामग्रीमा लेखिएका अक्षर स्वयंसेवकले समेत बुझ्न नसक्नेखालको थियो। त्यसले पनि अन्योल थप्यो। शाकाहारी भूकम्पपीडितकहाँ मांशाहारी सामग्री पुग्यो। गुजराती समाज नबुझेकाहरूले जथाभावी कार्यक्रम लादे। राहत सामग्री सुगम स्थानमा थुप्रनुमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छोटो अवधिका लागि सहयोग गर्ने शैली पनि जिम्मेवार रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। छोटो समयमा धेरै काम गरेको देखाउने र हल्लाखल्ला गर्ने व्यवहारका कारण वास्तविक पीडितले राहतको महसुस गर्न पाएनन्। भूकम्प अपराधीहरूका लागि कमाउने अवसर बन्यो। कतिपय स्थानमा भूकम्पबाट घाइते भएकामाथि आक्रमण गरी लुटपाट पनि भयो। संवेदनहीनताको पराकाष्ठाका कारण असुरक्षा बढ्यो। नेतृत्व सबै क्षेत्रबाट असफल ठहरिँदै गएपछि विकल्पको बाध्यात्मक अवस्था उत्पन्न भयो। संकटपूर्ण घडीमा ५० टेकेका जोसिला मोदी कठिन परीक्षामा खटाइएका थिए।
सफल योजना
हुनत पटेलकै कार्यकालमा गुजरात राज्यमा प्रकोप व्यवस्थापन प्राधिकरण गठन भएको थियो। तर, मोदी मुख्य मन्त्री भएपछिमात्र प्रभावकारी ढंगले काम अगाडि बढ्यो। मोदी स्वयं निर्माणस्थलमा खटिएर अनुगमन गर्थे। हातमा औजार बोकेर आफै कार्यस्थलमा खटिने स्वभावले सकारात्मक सन्देश गयो। मोदीले स्पष्ट योजना ल्याए। भूकम्प प्रभावित जनतालाई आर्थिक प्याकेज लिएर आफै निर्माणमा लाग्ने वा राज्यद्वारा गठन गरिएका गैरसरकारी संस्थामार्फत् गरिएका निर्माणलाई स्वीकार गर्ने? छनोटको अवसर दिइयो। योजनाअनुसार सरकार, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायले निर्माणमा हिस्सा लिने तदारूकता देखाए। दातृ निकायमध्ये विश्व बैंक, एसियाली विकास बैंकदेखि भारतका निजी कम्पनीहरू पनि थिए। दातृ संस्था र निजी क्षेत्रले आफ्ना योजना सरकारसँगको समन्वयमा मात्र लागू गर्न पाए। समुदायको भूमिकालाई प्रभावकारी बनाउँदै पीडित स्वयंलाई निर्माणमा सक्रिय हुन प्रेरित गरियो। २ वर्षभित्रमा भूकम्पपीडितलाई निर्माणमा सहभागी गराएर पौने २ लाख घर बनाइयो। गैरसरकारी संस्थाहरूले ३७ हजार घर बनाइदिए। निर्माण कार्यक्रम समुदायको नियन्त्रणमा रहने गरी पारदर्शी ढंगबाट गरियो। कर्मचारीहरूलाई एकलौटी ढंगबाट भूमिका निर्वाह गर्ने प्रणालीलाई निरुत्साहित गर्दै नागरिक समाज, गैरसरकारी संस्थासमेतको सक्रिय संलग्नता रहने गरी प्रभावकारी योजना लागु गरियो। माथिबाट तल लाद्ने पद्धतिभन्दा तलबाट माथि पुर्यारउने पद्धतिअनुसारको योजना बनाइएको थियो। समाजलाई बुझेर त्यहाँको अवस्थाअनुसार जनभावना सम्बोधन हुनेगरी निर्माणमा जोड दिइयो। पीडित नागरिकदेखि तल्लो तहका जनताको व्यापक समर्थन र सहभागितामा गुजरात नवनिर्माणमा लाग्नुका पछाडि माथिबाट तल पुर्यायउने नभई तलबाट माथि पुग्ने पद्धतिअनुसारको योजना मुख्य कारक हो।
जनतामा प्रकोपबारे चेतना अभिवृद्धि गर्नुका साथै शिक्षा पद्धतिमा व्यापक फेरबदल गरियो। इन्जिनिरयरिङ कलेजका पाठ्यक्रममा सुधार गरियो। राज्यलाई सुहाउँदो भौतिक पूर्वाधार निर्माणलाई ध्यानमा राखेर पठनपाठनको व्यवस्था भयो। गुजरातलाई आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित भई शिक्षा प्रणालीमा व्यापक परिवर्तन गरियो। प्रकोप व्यवस्थापनमा तालिम दिने दक्ष व्यक्तिहरूको उत्पादन गरियो। उनीहरूले जनचेतना फैलाएर त्रास हटाउनेदेखि दिगो निर्माणका लागि सर्वसाधारणलाई प्रेरित गरे। गुजरातको भूकम्पले नागरिक समाजको भूमिकालाई प्रभावकारीमात्र बनाएन भारतीय समाजमा नागरिक समाजको बलियो भूमिका स्थापित पनि गर्योा। जताततै कर्मचारीतन्त्र हावी भइरहेको अवस्थामा सामाजिक तथा भौतिक विकासमा तल्लो तहका जनताको मुख्य भूमिका हुन्छ भन्ने सन्देश प्रवाह गर्योा। जो पीडित हो उसैलाई जागरूक गराएर निर्माण कार्य सफल पारिएको योजनामा राज्य समन्वयकारी र निगरानीको भूमिकामा रह्यो।
नायक बन्ने अवसर
हरेक चुनौतीसँगै अवसर पनि आउँछ। चाहे त्यो व्यक्ति, समाज वा राष्ट्रकै लागि किन नहोस्। संकटलाई सफलताका साथ पार लगाउन सक्नेले चम्किलो भविष्यको झ्याल उघार्छ। गुजरातको समृद्धिको झ्याल भूकम्पपछिको सफल व्यवस्थापनले उघार्योष। मोदीलाई भारतभरका मुख्य मन्त्रीहरूमध्ये प्रभावशाली मुख्य मन्त्रीको उचाई दियो। ५ खर्ब डलरबराबरको क्षति व्यहोरेको गुजरातको प्रकोपको सफल व्यवस्थापनको जस लिन सफल भए उनी। त्यही योगदानको बलमा चमत्कार देखाउँदै मोदी भारतको शक्तिशाली प्रधान मन्त्री बन्नसके। मोदी उदयको पृष्ठभूमि केलाउँदा राजनीतिक क्रान्तिले मात्र नभई संकट र महाविपत्तिको घटनाले पनि प्रभावशाली नेता जन्माउने तथ्य केलाउन सकिन्छ। जसले संकटलाई चिरेर समाजको हित गर्न सक्छ ऊ नायक बन्छ।
बादल जतिसुकै कालो भए पनि त्यसको छेउमा चाँदीको घेरा हुन्छ। नेपालको महाभूकम्प विपत्तिमात्र होइन सिंगो देशका लागि अवसर पनि हो। नेतृत्वको सपना देख्नेहरूका लागि काम गरेर जनताको मन जित्दै राजनेता बन्ने सुन्दर अवसर अहिले देखापरेको छ। युवा वर्गको राजनीतिमा प्रभाव बढ्ने सम्भावनाका ढोका उघारिँदैछ। घरहरू भत्किएका हुन्, आस्था भत्किएका होइन। पहाडमा पहिरो गयो मूल्य र मान्यतामा पहिरो गएको छैन। भौतिक धरहरा पो ढल्यो आस्थाको धरोहर ढलिसकेको छैन। आपसी मेलमिलाप र एकताभाव जगाउने मूल्य र मान्यतालाई मबजुत बनाएर अगाडि बढ्नसके समृद्धिको युग टाढा छैन। त्यसका लागि राजनीतिक नेतृत्वले समाजलाई गहिरोसँग बुझेर ठोस योजना ल्याउनुपर्छ। परम्परावादी कर्मचारीतन्त्र हावी भई माथिबाट तलको पद्धति लाद्ने नीति असफल भइसकेको छ। सबैको प्रभावकारी सहभागिता र समन्वयमा तलबाट माथिको पद्धतिअनुसार दिगो निर्माणको पाइला चाल्नुपर्छ। गुजरातमा मोदीले आन्तरिक स्रोतको अधिकतम परिचालन गर्दै विदेशी सहयोगको उचित व्यवस्थापनमार्फत् नवनिर्माण सफल गरेर राजनीतिक उचाइ हासिल गरेको पाठ नेपालका नेताहरूले सिक्नुपर्छ। सुन्दर राजनीतिक भविष्य बनाउने अवसरलाई राजनीतिक नेतृत्वको सपना देख्नेहरूले सदुपयोग गर्ने अवसर यही हो।