वैशाख १२ को महाभूकम्प सम्झनाको रिलमा दुःस्वप्नझैँ घुमिरहन्छ। वैशाख शुक्ल सप्तमीका दिन हाम्रो देवाली पूजाको रामरमिताबीच आउँदा त्यसले हाम्रो गाउँ गुन्डूलाई पूरै बढारेर सडकमा सुतायो र महाविपत्तिको बाढी ल्यायो। देशका १४ जिल्लाले यही नियति भोग्नुपर्यो। पछि वैशाख २९ सम्म त्यसले ३१ जिल्लामा आफ्ना नंग्रा फिँजायो। आँधीहुरीझैँ हुनहुनाउँदै आएको भुइँचालोबाट बच्न बारीको पाटोमा पुग्दा नपुग्दै अगाडितिर उभिएको छिमेकीको घरको अघिल्लो भाग गर्लम्म ढलिसकेको थियो। पारि तर्खालतिरबाट एउटा ठूलो मुस्लो धुलोको आँधी आइपुग्दा आफैँ बस्ने जस्ताको छाना भएको पाको इँटाको सुन्दर र वातानुकुलित घरको चुली भत्किसकेको थियो। बाँकी गारो फाटेर फलामको रडले टाउकामा हानेझैँ घाइते भयो।मगरगाउँमा दुई महिला घरभित्रै पुरिएको खबर आयो। हतारहतार उद्धार गर्दा माटो र दलिनले चेपिएकी रोगी वृद्धाले किक्क गरिन्। तिनका हातखुट्टा तन्किए र आकाशतिर फर्केका तिनका आँखामा ढुंगा टल्कियो। मान्छेको इहलीला कति सजिलै सकिँदो रहेछ! एकैछिनमा सुनियो, पारि किबाचोकमा खेतबाट आलु खनेर घर पुर्यालउन गएका एकै परिवारका चारसहित आठ जनाको चोला उठ्यो। कठै मेरा अभागी गाउँलेहरू! दूरसञ्चारको नेटवर्क खलबलिएकाले ज्यान जाला कसैसँग सम्पर्क भएको होइन। लामो प्रयासपछि बल्ल ठूल्दिदीसँग फोन सम्पर्क भयो। यहाँजस्तै सानागाउँमा दुवै दिदीको घर भत्कियो रे। तर, कसैलाई केही भएन। यस्तो बेला दिदीको प्रश्नको जबाफमा म कसरी भन्न सक्थेँ, यहाँ कसैलाई केही भएन। कठै, गाउँका ती जो जो मरे, के ती सबै मेरै आफन्त थिएनन् र? आफ्नो त सासै रोकिएला, हृदयगति नै बन्द होला, छाती फोडेर मुटु नै बाहिर निस्केला जस्तो भयो।
किबाचोक, मगरगाउँ, तिथली, कार्कीगाउँ बढारिएजस्तै भए। यताबाट ज्यापूगाउँ र तर्खालका केही घर साबुतै देखिए। तर, भित्र ती छिर्नै नसकिने गरी झ्याल्टुङ भएका थिए। अर्कातिर, बारम्बार गइरहेका पराकम्पनहरूले बाँकी पक्की घरहरूलाई समेत घाइते पारिरहेका थिए। आश्रयको विकल्प दाजुको पक्की घरसमेत जगतिर पूरै थङथिलो भएर चारैतिर पेटीबाट एक इन्च भासिएको देखियो। ‘अब यो घर पनि धराप भयो, बस्न हुन्न' घर वरिपरि घुमेर हेर्नेको टिप्पणी सुन्दा मनमा अनौठो भय उत्पन्न भयो। गाउँमा अरू थुप्रैको पक्की घरसमेत जग भासिएर उठिवास भएको थियो। (यो आलेख आत्मगत हुँदै गएकामा माफी चाहन्छु तर त्यसको सार्वजनिक अर्थ छ।)
केही दिनमा सरकारी इन्जिनियरको टोलीले आश्रयको विकल्प दाजुको घर सामान्य क्षति मात्र भएको जनाउ दिँदा घाटमा पुर्याइइएको बिरामी बाँचेर फर्कन पाएझैँ भयो। घर त आफ्नो पनि भत्किएकै थियो। तर, मसँग विकल्प थियो। अन्नपात र लुगाफाटो साबुतै थिए। मेरा लागि यो महान् भाग्य थियो। तर, गाउँमा र देशमा धेरै मानिस बर्बाद भएका थिए। कतिलाई मरेका आफन्त जलाउन घाट जानु कि बाँचेका घाइतेलाई अस्पताल लानु भन्ने विपत्ति आइलाग्यो। चल्तीको संस्कृतिविरुद्ध कतिपय छोरीले बाबुआमालाई दागबत्ती र पिण्ड दिनुपर्योस। कतिका परिवार, आफन्त, अन्नपात, लुगाफाटा केही बाँकी रहेनन्। यस्तो विपत्तिमा समेत राजनीतिक दलका कतिपय कार्यकर्ताले विपत्मा परेकालाई दिन उठाइएको राहतमा तल्लो स्तरको राजनीति गरेको देखियो। विदेशस्थित नेपालीले पठाएको राहतमा पनि जात र दल हेर्ने प्रवृत्ति तिनले देखाए। अर्कातिर, घर नभत्किएका, आश्रयको विकल्प भएका, अन्नपात र लुगाफाटा साबुतै रहेकाले पनि पाल र राहत लिन घम्साघम्सी गरेको निर्लज्ज दृश्य देखियो। पीडित भए पनि बोल्न नसक्नेले पालसमेत पाएनन्। आफू पनि मंसिरमा धान चुट्ने टाट घामपानीले मक्किएर चुहिने झ्याउलीमा सुतियो। बजारमा पाल कतै पाइएको होइन। तर, विकल्प केही नभएकाले पाल नपाउँदा आश्रयको विकल्प हुने मजस्ताले राहतको पाल लिन संघर्ष गर्नु अनैतिक हुन्थ्यो। तसर्थ पत्रकारहरूको संस्था र अन्य केही व्यक्तिले अफर गर्दा पनि स्वीकार गर्न सकिएन। नगरपालिकाले सबै घरलाई बाँडेको दुई माना चामल, दुई पोका चाउचाउ र बिस्कुट लिएर श्रीमतीले एक गरिब परिवारलाई दिइन्। वैशाख २९ गते अर्को विनाशकारी भुइँचालो आएपछि नगरपालिकाले प्रत्येक परिवारलाई पाल वितरण गर्योै। वडा कार्यालय गएर श्रीमतीले पाल ल्याएको देख्दा नैतिक संकटमा परिएझैँ लाग्यो। तर, त्यही पाल बारेर सुतियो। फिर्ता गर्न खोज्दा नागरिक मञ्चका व्यक्तिहरू तयार भएनन्। आवश्यक परेका व्यक्तिलाई दिन वा नगरपालिकालाई फिर्ता गर्न म तयार छु। विकल्प भएका र भूकम्पले असर नै नपरेका व्यक्तिले राहत लिन खोज्नु अनैतिक मात्र नभई अपराधसमेत हो।
आत्मज्ञानले प्रेरित भए भावुकता पनि निरर्थक हुँदैन। मेरो हृदय अन्ततः सधैँ धूर्त दिमागसँग विजयी हुन्छ। महाभूकम्पले गाउँ ढालेको शोकगाथा लेखेपछि धेरैले मेरो घर पनि भत्किएको खबर पाए। एक दिन कथाकार किशोर पहाडीले सोधे, ‘तपाईँको पनि घर भत्किएछ, कसैले सहयोगस्वरूप ५० हजार दिए स्वीकार्नुहुन्छ?' तत्काल मैले जवाफ दिएँ, ‘म लिन सक्दिनँ दाइ। किनभने मसँग आश्रयको विकल्प छ। लत्ताकपडा र अन्नपात सुरक्षित छन्। जागिर पनि छ। बरु मभन्दा धेरै पीडित अरू कवि छन्, तिनलाई दिनूस्।' मैले केही नाम सुझाएँ। भोलिपल्ट पापी दिमागले आफैँलाई गाली गर्न थाल्यो। ५० हजार रुपियाँ मेरो पूरै दुई महिनाको तलब बराबर थियो। आफैँ खर्च नगरे पनि मेरो गाउँका भूकम्पपीडित विपन्न बालबालिकाको छात्रवृत्तिका लागि म त्यो पैसा खर्च गर्न सक्थेँ। पहाडीलाई फोन गरेर निर्णय बदलूँजस्तो लाग्यो। तर, सकिनँ। केही दिनपछि नै सुखद् खबर पाएँ, मैले सिफारिस गरेका चारै जना पीडित कविलाई रकम बाँडिएछ। रकम वितरणको संयोजन गरिरहेको शब्दपथका मुरारि सिग्देलले भने, ‘खास कविले आफ्नो भन्दा अरुको दुःखलाई ठूलो देख्छ भन्ने तपाईँले देखाइदिनुभयो। त्यसैले तपाईँले सिफारिस गरेका व्यक्तिलाई निःशंक रकम वितरण गरियो।' सुनेर त्यो रकम आफैँले पाएझैँ अपार हर्ष लाग्यो। भूकम्पपीडित विपन्न बालकलाई छात्रवृत्ति दिलाउने मेरो अभियानमा सहयोग गर्न आफैँ जुर्मुराएर सम्पर्कमा आउनेको कमी भएन।
अमेरिकी कवि माइकल रोटेनबर्गले ‘पोएट्स इन निड' मार्फत व्यक्तिगत र संस्थागतरूपमा नेपालका भूकम्पपीडित कविहरूलाई केही रकम पठाएका रहेछन्। त्यसको संयोजन कवि तथा अंग्रेजीका प्राध्यापक केशव सिग्देलले गरेका रहेछन्। शब्दपथका पहाडी र सिग्देलले पीडित कविको छनोट र रकम वितरणको जिम्मा लिए। यसरी उपत्यका र बाहिरका गरी २१ जना साहित्यकारलाई तिनकै थलोमा गएर रकम वितरण गरियो। अरूको दुःखमा भौतिक र नैतिक सहयोग गर्न तयार रोटेनबर्गजस्ता कवि पनि संसारमा छन्। देशमा यत्रो विपत्ति आइलाग्दा तृणबराबर प्रभावित नभई मग्नमस्त ‘लेखक' पनि यही देशमा छन्।
‘यात्री' कवितामा महाकवि देवकोटाले आर्तहरू घाउमा मलम दल्नुलाई नै ईश्वरको पूजा भनेका छन्। आश्रयको विकल्प भएका मजस्ताले भूकम्पपीडित अभागीहरूका लागि केही नगर्दा अपराधबोधले पिरोल्थ्यो। के गर्ने? घर भत्केका ठाउँहरूमा सामान्य मजदुरले जस्तै म साबेल चलाइरहेकै थिएँ। त्यो पर्याप्त थिएन। खाना र कपडा यो गाउँको तत्कालीन आवश्यकता थिएन। मैले सोचेँ, भूकम्पपीडित विपन्न व्यक्तिले नयाँ सत्रमा आफ्ना बालबालिकालाई पढाउनै नसक्ने स्थिति आउँछ। तिनलाई कम्तीमा एक वर्षको छात्रवृत्ति दिलाउने अभियान थाल्छु। केहीअघि मात्र पिता गुमाएका र घर भत्केर बर्बाद भएका कक्षा १ पढ्ने एक बालकको वार्षिक छात्रवृत्ति तिरेर त्यसको सुरुवात आफैँले गरेँ। त्यसपछि त मलाई सहयोग गर्नेको ताँती लागिहाल्यो। कहाँसम्म भने घर भत्केर आफैँ शरणार्थी बन्न बाध्य कवि विपिनचन्द्र बनेपालीदेखि, नसा च्यापिएर कम्मरमुनिको भाग नचल्ने एकल महिलाले समेत सहयोग गरे। भूकम्पमा पिता, दाजु, हजुरआमा र काकी गुमाएकी किशोरी पविना माकजूले पढ्न चाहेसम्म सम्पूर्ण खर्च बेहोर्न त्रिवि शिक्षा विभागका पूर्व डिन सर्वज्ञभक्त मल्ल तथा प्राध्यापक कोमल मल्ल दम्पती तयार भयो। कुनै समय रेडियो नेपालका प्रसिद्ध समाचारवाचकदेखि देश विदेशमा रहेका थुप्रै व्यक्तिले सहयोग गरे। तिनले मानवतालाई लगाएको गुणको ऋणी म छु। अब घर भत्केर बेघर भएका एकल महिलालाई टनेल घर बनाइदिने अभियान थाल्नु छ। सबैले आ–आफ्ना ठाउँबाट मन खोलेर सकेको गरे धेरै हुन्छ किनभने भूकम्पपीडितहरू माग्ने होइनन्। विपत्तिमा तिनलाई सहयोग मात्र चाहिएको हो।

अहो भाग्य

हृदय र दिमागको द्वन्द्व

आर्तहरूको घाउ