कर्म गर, फलको आश नगर
०५ जेष्ठ २०७२
•
१० मिनेट पाठ
कर्म गर, फलको आश नगर
भनिन्छ, सेवा नै धर्म हो । मानव सेवा ग¥यो भने मन्दिर गइरहनुपर्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रच्नुभएको 'कुन मन्दिरमा जान्छौ यात्री..कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो' रचनाको सार पनि यही हो ।२०७२ साल वैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका लगातारका पराकम्पनले थुप्रै गाउँ र सहर अस्तब्यस्त पारेका छन् । देशमा दैवी विपत्तिले धेरैको घरबारदेखि लिएर मानवीय क्षतिसम्म भएको छ । देशले गौरव गर्न सक्ने धेरै ऐतिहासिक धरोहर एवं संरचना माटोमा बिलिन भएका छन् । राष्ट्र अहिले शोकाकुल अवस्थामा छ । घरबार र आफन्त गुमाएकाहरु राहत उद्धारको पर्खाइमा बसिरहेका छन् । राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रबाट राहतका सामग्री आइरहेका छन् । के मधेस, के पहाड, के तराई नभनी एक जुट भई भूकम्पमा परेकालाई सहयोग गर्न सबैले तत्परता देखाइरहेका छन् ।

हाम्रो देशका सुरक्षाकर्मीहरु सँगसँगै काँधमा काँध मिलाएर छिमेकी मुलुक भारत र चीनबाट आएका टोली उद्धारमा पूर्णरूपले खटिए जुन विपत्को घडीमा सराहनीय मानिएको छ । विभिन्न पत्रपत्रिका तथा सञ्जालमार्फत छिमेकी आखिर छिमेकी नै हुन्छ जस्ता धेरै सकारात्मक टिप्पणी मिडियामा आए । सहयोगका लागि तछाडमछाड नै भयो । विदेशमा भएका नेपालीसँगै विदेशीहरु, चलचित्रकर्मी र विभिन्न संघ÷संस्थाले समेत भूकम्पपीडितका लागि सहयोग जुटाउन लागिपरेको समाचार सञ्चार माध्यममा आयो । अखबारहरुको हरेक पानामा ऐतिहासिक संरचना भत्केका, मानव विनास भएको, उद्धार गरिएका तस्बिरले स्थान पाउन थाले । सहयोग गर्ने क्रममा सबै दाताले के कति कहाँ सहयोग गरे भन्ने आंकडा पनि आउन थाले । सहयोग गरिएका तस्बिर पत्रपत्रिकादेखि सञ्जालहरुमा समेत ट्याग गर्न कसैले भुलेन । नेपाली मन अनुग्रहित भए, सहयोगी हात बढेकामा ।

कति मान्छे मरे, कतिको उद्धार गरियो, कोही भग्नावशेषमा पुरिए, २२ घण्टासम्म पुरिएका ४ महिनाको बच्चालाई समेत बचाएको, १५ वर्षेले अरु बच्चा बचाएको, उद्धारका क्रममा कतिपय सुरक्षाकर्मीले समेत ज्यान गुमाउन परेका घटना आइरहे । साथै सुरक्षाकर्मीले भूकम्पपीडितलाई निकै राम्रो सेवा दिएका खबर पनि छापिए । यो घडीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले पनि दिन÷रात नभनी आफ्नो परिवारलाई परेको पीडासमेत बिर्सेर अरुको दुःखमा साथ दिए । सुरक्षाकर्मीले अहोरात्र खटेर, उदार भावले सहयोग गरेका दृश्यले कतिले सुरक्षाकर्मी यस्तो विपत्को घडीमा साथ दिने सच्चा साथी रहेछन् भन्दै आन्दोलनका बेला उनीहरुमाथि इँटा ढुंगा नहान्ने प्रण गरेकोसमेत पाइयो । देशमा भइरहने आन्दोलन र नेताहरुले आफनो स्वार्थ पूरा गर्न गरिने बन्द हड्तालमा नागरिकको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीमाथि अपमान गर्ने, ढुंगा हान्ने जस्ता क्रियाकलाप अबको दिनमा नगर्ने र नदोहो¥याउने कुरामा वचनबद्धसमेत भए । यस विपत्को घडीमा हामी सबै नेपाली जुनसुकै क्षेत्रमा काम गर्ने भए पनि आखिरी सबै नेपाली नै हौं र एकजुट हुनुपर्छ भन्ने भावना सबैमा जागृत भयो ।

सहयोगको हात बढ्ने क्रममा देशको विभिन्न तह÷तप्काका निकायबाट पनि आ–आफ्नै किसिमले राहत जुटाउन कम्मर कसे । विपत्ति भोगेका जिल्लाहरुमा राहत सामग्री उपलब्ध गराए । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा राहत सामग्री पु¥याउन नसक्ने कठिनाइ पनि थियो । यस अवस्थामा त्यस ठाउँका बासिन्दाले राहत सामग्री नपाएको जस्ता गुनासा पनि आइरहेका थिए । 'जसको शक्ति, उसको भक्ति' भनेजस्तो वातावरण पनि सिर्जना भयो । राहत सामग्रीको विषयलाई लिएर राजनीतीकरण पनि हुन थाल्यो । मानव संवेदनाको कुरामा भन्दा पनि कुन दलको नेताहरु कहाँ जाने र कसलाई दिने भन्ने कुरामा विवाद पनि भए । जहाँ राहत दिए पनि आखिर जनता त हामी सबै नेपाली नै त हो नि ! तैपनि त्यस्ता कुरामा गम्भीर हुनुको साटो भोलिका लागि आफ्नो सिट सुरक्षित गराउन सकिने कुरामा गम्भीर भएको झैँ लाग्थ्यो । राहत सामग्री नपाएको गुनासोसँगै राजनीतिक नेताहरुले यस घडीमा जनतासामु पुगेन, वास्ता गरेन भन्ने भनाइले पनि निकै चर्चा पायो भने यस बखत सरकार र राज्य कहाँ गयो भन्ने प्रश्न पनि तेर्सिए । जे भए तापनि यस्तो अवस्थामा आवश्यकताअनुरूप सामग्री भित्रियो । सबैले पाए या पाएनन्, आफ्नो ठाउँमा छ ।

राहत सामग्री वितरण गर्ने क्रममा वैशाख १६ गतेका दिन पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको सहयोग लिएर प्रहरी परिवारको नाताले नेपाल प्रहरी श्रीमती संघका सबै पदाधिकारी राहतको पर्खाइमा बसेका गोरखा जिल्लाका गाविसहरु फिनाम र लमजुङ जिल्लाको भुलभुले र सीमपानीका पीडित परिवारलाई राहत बाँड्न त्यसतर्फ लाग्यौँ । क्रमशः १७६ र १८ घर परिवारलाई राहत सामग्री वितरण भयो । भूकम्पपीडितहरुलाई कहिले कहाँबाट कति राहत पाउन सकिन्छ भन्ने समयमा पनि भुलभुले, ताराचोक गाविसबाट राहत लिन आएकी लालुमाया अधिकारी भने राहत दिने दाताहरुप्रति कृतज्ञ थिइन् । घर भत्केको चिन्ताभन्दा पनि राहत दिने दाताहरुको ऋण कहिले तिर्ने भन्ने कुरामा बढी चिन्तित देखिन्थिन् उनी । राहत सामग्री थाप्दा उनको आँखा रसाएका थिए भने हात थापेर खानुपरेको अवस्था आएकामा दुःखी देखिन्थिन् । राहत सामग्री बाँड्न पाउनुको खुसी एकातिर अनुभव भइरहेको थियो भने अर्कोतिर ती महिलाले रुँदै राहत सामग्री थाप्दाको बेला चारैतिरबाट फोटो खिचिरहेको दृश्यले साह्रै नमज्जा अनुभूत हुन पुग्यो । यसबाट राहत उपलब्ध गराएकामा लागेको खुसी एकैछिनमा दुःखमा परिणत भयो किनकि मलाई त्यतिबेला लाग्यो– यो कार्यले उनीहरुको आत्मसम्मानमा चोट पुगिरहेको छ ।

पत्रपत्रिकामा छापिएका विभत्स तस्बिरले मन विचलित त बनाएकै थिए तर त्योभन्दा पनि विचलित त्यतिबेला भएँ जब राहत वितरण गरिरहेको र उनीहरु रुँदै लिइरहेका तस्बिर सामाजिक सञ्जालमा आइरहेका थिए । एकप्रकारले निकै आत्मग्लानि भयो । अनि आफूले आफैँलाई सोधेँ कि के यो तरिका ठीक हो त ? सँगै पीडित हुनुको वास्तविक पीडा कस्तो हुँदोरहेछ भन्ने महसुस पनि गराइदिइन् लालुमायाले । अनि बल्ल बुझेँ गीताको सारमा भनिएको भनाइको अर्थ– कर्म गर, फलको आश नगर ।

सिर्जनात्मक महिला वातावरण विकास संस्था (स्वेडा) सँग आबद्ध
अर्को समाचार
‘कर्म गर फलको आशा नगर’
०५ भदौ २०७८
•
३ मिनेट पाठ
‘कर्म गर फलको आशा नगर’
यो कलियुग अर्थात् भौतिक युगमा हामी अत्यन्त व्यस्त छौं। हामीले आफ्नै परिचय बिर्सिसक्यौं। आधुनिक युगका मानिसहरूले सनातन धर्म अर्थात् पुराना धर्म र धारणालाई आडम्बरवश थोत्रो वा कामै नलाग्ने भनिरहेका छन्। प्रायः सबै मानिसमा यस्तै विचार हुर्किरहेको छ। यस्तो परिस्थितिमा वैदिक युगमा श्रीकृष्णले गीतामा दिएको ज्ञान झनै प्रभावकारी साबित हुन आएको छ। गीताको ज्ञानमा कर्मयोगलाई बढी प्राथमिकता दिइएको छ।

‘कर्मण्यवाधिकारस्ते माः फलेषुकदाचन’। कृष्णले दिएको यो ज्ञानको अर्थ हो, कर्म गर्नू तर फलको आशा नगर्नू। यसलाई धेरैले यस्तो ज्ञान हुनै नसक्ने भनी टिप्पणी पनि गरेका छन्। तर, श्रीकृष्णले प्रस्ट रूपमा भनेका छन्, ‘तिमीले आफ्नो कर्तव्य पूरा गर्दै जानू, त्यसबाट तिमीलाई कति फाइदा हुन्छ भन्नेतर्फ नसोच्नू, किनभने तिमीले कस्तो कर्म र कर्तव्य निर्वाह गरेका छौ, सोहीअनुरूप फल पाउनेछौं।’ 

आजका मानिस कर्ममा व्यस्त छन्। यतिसम्म कि आफ्नो अस्तित्वलाई बिर्सेर जायज या नाजायज जस्तोसुकै कर्म गरेर धनसम्पत्ति कमाउने र भौतिक सुखसुविधामा प्राप्त गर्नेतर्फ मानिस उन्मुख छन्। आजका मानिसमा कर्तव्य र अकर्तव्यको बोध हुन छाडिसक्यो। झुटो बोलेर, ठगी गरेर, परिआए अरूको हत्यासमेत गरेर आफ्नो स्वार्थपूर्तितर्फ मानिस केन्द्रित छ।

हिन्दु धर्मलाई केलाएर हेर्ने हो भने सिद्धान्त र व्यवहारमा कति फरक छ ? जातीय रूपमा छुवाछूत, उचनीच, धनीगरिब र जातिपातीको भावनाले हाम्रो सामाजिक व्यवहारमा नराम्रो प्रभाव पारिरहेको छ। गौदान गरे जस्तोसुकै कुकर्म पनि चोखिने र पवित्र हुने ? त्यस्तै कैयौं मानिसलाई कष्टमा पारेर कमाइ गरेर अर्थात् जस्तोसुकै कुकर्म गरे पनि चर्चको पादरीले होली वाटर (पवित्र जल) छर्केर प्रार्थना गरिदिनेबित्तिकै प्रभु येशुले क्षमा गर्ने भन्ने धारणा क्रिस्चियनमा छ। जस्तोसुकै कुकर्म गरे पनि कमाएको धनसम्पत्तिले पञ्चदान गरे शुद्ध हुने बौद्धमार्गीको धारणा छ। के यही हो त धर्मले हामीलाई सिकाएको ज्ञान ? किञ्चित होइन। बरु, धर्म कमाउने नाममा कुकर्म गरेको प्रमाण हो यो। हामी कुकर्म गर्ने अनि सुकर्मको फल आशा गर्ने ? यो कस्तो बिडम्बना ? वास्तवमा कलियुगमा हामीले पालना गर्नुपर्ने मुख्य कर्तव्य सत्कर्म हो।

जीवनमा सत्कर्मभन्दा ठूलो धर्म केही नभएकाले कर्ममा लागिरहनुपर्छ। सत्कर्म गरेर धन कमाउनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ। सबैको भलाइ गर्ने, कसैको कुभलो नचिताउने, कसैलाई दुःख नदिने, झुटो नबोल्ने, छलकपट नगर्नेजस्ता आदर्श अँगाली सकारात्मक धारणा राखे सुखी हुन सकिन्छ। यिनै कुराको अभावमा आज मानिस दुःखी छन्, मानसिक तनावमा जकडिएका छन्। यसबाट श्रीकृष्णले गीतामा दिएको ज्ञान सम्झाउँछ, सत्कर्म नै मनुष्यको मूल कर्तव्य हो।

आज विश्वमा ६० प्रतिशत मानिस कुनै न कुनै किसिमले मानसिक तनाव झेलिरहेका छन्। अमेरिकामा एक तिहाइ जनसंख्या रोगी छन् र मानसिक तनावमा बाँचिरहेका छन। रोगी स्वस्थ्य भए मात्र सबै सुखी हुनेछन् अनि सिर्जनशीलता बढाउन सकिनेछ। सिर्जनशीलताको अभावमा मानसिक विकास सम्भव छैन। आजको यान्त्रिक जीवनमा मानिसलाई पशुवत् शक्तिले नियन्त्रित छ। त्यसैले आजका मानिस मानसिक रोगी हुन्।

हामीमा हुनैपर्ने अर्को महत्त्वपूर्ण गुण हो, परोपकारी भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा गर्नुपर्छ। उनीहरूको सेवा नै भगवान्को सेवा हो। त्यसैले भनिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारका सबै धर्ममा यही मान्यता हुन्छ। तर, व्यवहारमा कति प्रयोग भएको छ त ? त्यसको लेखाजोखा हुनुपर्छ। धनी झन् धनी भइरहँदा गरिबको संख्या बढ्दैछ। धनी–गरिबबीच बढ्दै गइरहेको खाल्डो हटाउन संयुक्त प्रयास आवश्यक छ। अनि मात्र विश्वमा शान्ति स्थापनाले सफलता पाउनेछ। मुखले मात्र शान्ति भनेर केही हुन्न।

गरिबी हटाउन विभिन्न योजना–परियोजनासहित अघि बढ्न सक्नुपर्दछ। यो नै सबैको मुख्य कर्तव्य हुन आएको छ। किनभने, संसारमा सबैभन्दा ठूलो रोग गरिबी हो। विश्वमा अपराध बढ्दै जानुको मुख्य कारण गरिबी हो। भोकाएका मानिसले जसरी भए पनि आफ्नो पेट भर्न खोज्छ, त्यसपछि अपराध जन्मन्छ। त्यसैले विश्वशान्ति अभियानमा सबैभन्दा पहिला भोक, रोग र शोक हटाउन सक्नुपर्छ। त्यसपछि मात्र विश्वमा शान्ति फैलाउन सकिनेछ। शान्ति भनिरहेर मात्र केही हुनेवाला छैन। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस