गोरखाको बारपाक केन्द्रबिन्दुको भूकम्प र त्यसपछिका पराकम्पनपछि मुलुक विस्तारै सामान्य हुनथालेको छ। राजधानीका सडक गाडीले भरिएर जामको सास्ती सुरू भएको छ। उद्योगधन्दा र व्यापारले गति लिनथालेको छ। सुरक्षा खोज्दै काठमाडौँबाट आआफ्नो थातथलो गएकाहरू धमाधम राजधानी फर्कँदैछन्। कलंकीमा यतिखेर राजधानी छाड्नेभन्दा बाहिरी जिल्लाबाट फर्कनेको भीड ठूलो देखिन्छ।अर्थात्, स्थिति बदलिँदैछ, भूकम्पले थलिएको काठमाडौँलगायतका मध्यनेपालको पहाड पुनः ब्यूँझने क्रममा छ। सहायताका कुरा अहिले पनि कताकता सुनिन्छन्। सुगमका भूकम्प पीडितले मनग्गे सहायता पाएको र दुर्गममा सरकार पुग्नै नसकेको पीडा समाचार बनिरहेको छ। पुनर्स्थापना र पुनर्वास योजनाको बाढी आएजस्तै छ। दिनदिनैजसो गोष्ठी–सेमिनार र छलफल आयोजना हुँदैछन्। नमुना घरका प्रदर्शनी दैनिकजसो भैरहेका छन्। सस्ता अनि भूकम्पप्रतिरोधी घरहरूको प्रचार जारी छ। जस्तापाता प्रकरणले समाचारको दुनियाँ तातेको छ अहिले। सहायताको जस्तापाता विक्री गर्न खोजिएको आरोपको खेती र स्पष्टीकरणको राजनीति जारी छ। नुवाकोटे राजनीतिको प्रहसनमा जस्तापाता प्रकरण राजनीतिक चीरहरणमात्रै हो वा साँच्चिकै बद्नियत, खुल्नसकेको छैन। आआफ्ना दाबी छन् दुवै पक्षका। त्यसो त अहिले जस्तापाताको मौसम सुरु भएको छ। जस्तापाताको मूल्य वृद्धि, कालोबजारी र मूल्य नियन्त्रणका कुरा समाचार बनिरहेका छन्। जस्तापाता उद्योगले चौबीसै घन्टा बिजुली पाउने सरकारी आश्वासन पाएका छन्। लाग्छ, नेपाली जनता जस्तापाताबाटै मुलुकको पुनर्निर्माणको अभियानमा लागिपरेका छन्।
वैशाख १२, १३ गते र २९ गतेका शक्तिशाली भूकम्पपछिका प्रारम्भिक दुई साता सहायता वितरणमा विश्वसनीयताका प्रश्नहरूबीच बित्यो। भूकम्पले भत्काएका संरचना र तिनले पुरेका मानिसको खोजबिनको समय थियो त्यो। दोस्रो सातादेखि जस्तापाता भूकम्पीय पीडाको औषधिजस्तो बनेर आयो। आसन्न वर्षाअघि जस्तापाताले बेरिएको बार र छानोमात्र भए पनि गुजारा चल्नसक्ने भएकोले यसको माग बढेको हो। पहाडका डाँडाकाँडामा पनि बोकेर लग्नसकिने भएकोले यसले तत्कालको बसोबास प्रबन्धमा योगदान गर्नसक्छ। भत्किएको घरअगाडि जस्तापाताको ओत वा टहरा केही महिनाका लागि आश्रय बन्नसक्छ, खासगरी वर्षात्को समयमा। तर जस्तापाता अभियानले लामो समय साथ दिनसक्तैन। यो मनसुन चल्ने ४ महिनाजतिको अस्थायी प्रबन्धमात्रै हो। छानोका साथै घेरबार पनि जस्ताबाटै गरिने अल्पकालीन बासले चाँडो विराम लिनु आवश्यक छ। दीर्घकालीन रणनीति के त? अहिलेसम्म सार्वजनिक भएको छैन। सरकार दाता सम्मेलनको तयारीमा छ। अरुसँग मागेर पैसा जम्मा गर्ने र त्यसैका बलमा पुनर्निर्माण गर्न सरकार कस्सिएको देखिन्छ। दाताबाट कति झार्ने? अर्थ मन्त्रालय त्यसैका लागि गृहकार्यमा जुटेको देखिन्छ।
ठूला र शक्तिशाली भूकम्पका दुइटा पाटा हुन्छन्। एउटा भत्काउने, बिगार्ने र विनाश गर्ने। अर्को, पुनर्निर्माणका निम्ति प्रेरित गर्ने, नवीन विकासको ढोका खोल्ने। हामीले पहिलो पाटो अनुभव गरेका छौँ। भूकम्पले विनाशलीला मच्चायो, मानौँ अहिलेका लागि त्यसले बिदा लियो। भूगर्भशास्त्रीहरूका अनुसार गोरखादेखि दोलखासम्मको भूक्षेत्रमा तत्काल अहिले आएभन्दा ठूला भूकम्प आउँदैनन्। अर्को पाटो, अर्थात् विकास, पुनर्निर्माणको पाटोमा अघि बढ्ने कहिले र कसरी त? यसका लागि पनि हामीले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर पाइला चाल्नुुपर्नेछ। त्यसो भए अर्को भूकम्प फेरि आउँछ? त्यो आउँछ, निश्चित छ। कारण हामी भूकम्पीय जोखिमले भरिपूर्ण हिमालयको काखमा छौँ। तर कहाँबाट आउँछ? कहिले आउँछ? कत्रो आउँछ? अहिलेसम्मको विज्ञानले भेउ पाउन नसकेको यो भूगर्भको लीला सबैको सधैँको प्रतीक्षाको विषय हो। यो प्राकृतिक प्रक्रिया हो।
सामान्यरूमा हेर्दा, विपद् व्यवस्थापनका दुइटा पक्ष छन्। एउटा, सरकारी स्तरको व्यवस्थापन जसका लागि राष्ट्रिय सरकार चाहिन्छ भन्दै राजनीति भइरहेको छ। अर्को, व्यक्तिविशेषको भौतिक संरचनाको निर्माण। राष्ट्रिय पुनर्निर्माणमा व्यक्तिविशेषका घरआवास पर्दैनन्। सरकारी कार्यालय, सडक, विद्यालय, प्राचीन धरोहरको पुनर्निर्माणजस्ता ठूला पूर्वाधार विकासमा सरकार लाग्छ। नेपालको भूबनोट भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोटन, डुबान र जमिन भासिनेजस्ता जोखिमले युक्त छ। त्यसैले नेपालमा गरिने विकास निर्माणमा भूअवस्थितिलाई ध्यानमा राख्नैपर्छ भन्ने आवाज पनि अहिलेसम्म कमैमात्र सुनिएका छन्। अहिलेको भूकम्प एउटा शिक्षा हो। भौतिक निर्माण जहाँ पायो त्यहीँ र जथाभावी गरिनुहुँदैन भन्ने शिक्षा दियो यसले। विकास र बस्तीहरू जोखिमबाट बच्नेगरी निर्माण गरिनुपर्छ भन्ने हामीले बुझ्यौँ। र, जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्नुपर्छ भन्ने आवाज धेरैअघि नै उठेको हो। त्यसबारे केही अध्ययन पनि भएका छन्। तर कार्यान्वयन पक्ष कमजोर रह्यो। अहिले त्यो मौका पुनः आएको छ —सुरक्षित स्थानमा बस्ती बसालौँ।
त्यसो त पुनर्निर्माण भनेको ठूलो योजना हो। काठमाडौँको व्यापारिक केन्द्र नयाँसडक १९९० सालको भूकम्पअघि जुद्ध सडकका नामले परिचित थियो। त्यसबेलाका साँघुरा सडक चौडा भए पनि अहिले त्यसले धान्न सक्दैन। सन् २००१ को गुजरात भूकम्पपछि त्यहाँ भौतिक पूर्वाधार विकासले गति लिएको विश्लेषण गरिन्छ। भौतिक पूर्वाधार र विकास अनि लगानीको डेढ दशकको पृष्ठभूमिले गुजरात भारतमै नमूना राज्य बन्यो। त्यही विकासको जगमा उभिएर राजनीति गरेका नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री छन्। भूकम्प निर्माण र विकासको आधार पनि हो भन्ने यसले पनि पुष्टि गर्छ। भूकम्पपछि मुलुकको भौतिक विकासलाई कुन बाटोमा, कसरी लैजाने भन्ने कुरो राजनीतिक र विकासविद्हरूको दूरदृष्टिमा भरपर्छ। पुनर्निर्माणका कुरा भएको तर काम थालनी भइनसकेको स्थिति छ। कहिले सुरु हुन्छ पुनर्निर्माण? कसरी हुन्छ? कति बजेटको हुन्छ? अनुत्तरित छन् प्रश्नहरू।
सरकारले भूकम्पको आड लिएर सर्वसाधारणको हकमा लागु हुने नीतिगत व्यवस्था गर्नसक्छ। जस्तो, २०४५ सालको उदयपुर भूकम्पपछि बनेको भवन आचारसंहिता परिमार्जनको प्रसंग उठेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरण उपत्यकाका ठाउँअनुसार फरकफरक आवासको अवधारणामा काम गर्दैछ। यति हुँदाहुँदै पनि सरकारको पुनर्निर्माण र विकासले जनसाधारणलाई प्रत्यक्ष छुन्छ भन्न सकिन्न। जनसाधारण आफ्नो घर आफँै बनाउनुपर्ने अवस्थाबाट गुज्रने छन्। भूकम्प पीडितले घर बनाउन अहिले सहायता (जस्ता) पाएजस्तै राज्यकोषबाट सोझै अनुदान पाउने व्यवस्था हुन सम्भव देखिन्न। त्यसो गर्न पनि मिल्दैन। राष्ट्र बैंकको दुई प्रतिशत ब्याजमा भूकम्प पीडितलाई ऋण दिनुपर्ने नीतिको कार्यान्वयन सहज छैन। बैंकरहरू विभिन्न बहानामा केन्द्रीय बैंकको निर्देशन उल्लंघन गर्ने अभ्यासमा एकजुट छन्। ब्याजदर ३ प्रतिशतभन्दा धेरै हुने उनीहरूको् ्ुुसिफारिससँगै धितो र जमानीजस्ता बैंकिङ उल्झनले सहुलियत ऋण भूकम्प पीडितलाई फलामको चिउरा बन्ने देखिँदैछ। यो राजनीतिकर्मीजस्तो २ प्रतिशत ब्याजमा ऋण उद्घोष गर्ने राष्ट्र बैंककै कमजोरी हो वा केन्द्रीय बैंकको नीतिविरुद्ध उभिएर विपद्का बेला पनि नाफामात्र कमाउने वाणिज्य बैंकहरूको प्रवृत्ति दोषी? समयले निर्क्योल गर्ला नै। विपद्का बेला आवश्यकताको सिद्धान्तअनुसार राज्यले आफ्ना नीति कार्यान्वयन गर्नसक्नुपर्छ। खुल्ला आर्थिक नीतिको आवरणमा बैंकरहरूले ‘कार्टेलिङ' चलाइरहेका छन्। अहिले तिनै बैंकरहरू केन्द्रीय बैंकको नीतिविरुद्ध मोर्चाबन्दी गर्दैछन्! यस्तो अवस्थामा सरकार मुकदर्शक बन्न मिल्दैन। उसको एक सूत्रीय नीति हुनुपर्छ — सरल अनि सहज किसिमले २ प्रतिशत ब्याजमा सहुलियत ऋण दिलाउने।
घटनाक्रमहरूले भूकम्प पीडितले आफ्नो घर आफैँले बनाउनुपर्ने अवस्थामा व्यक्ति विशेषको के भूमिका हुन्छ त? भूकम्पले जमिनको प्रकृतिअनुुसार क्षति गरेको हामीले देख्यौँ। त्यसैले आवासलगायतका भौतिक निर्माण गर्नुअघि भूबनोटबारे आश्वस्त हुनु आवश्यक छ। भूबनोटअनुसारकै डिजाइनमा निर्माण गर्ने परिपाटी बस्न आवश्यक छ। प्रकोप नक्साहरूको अध्ययन र प्राविधिक जाँचबुझ तथा माटो परीक्षणबाट जमिनको अवस्थाबारे जानकारी लिनसकिन्छ। सरकारले तयार गरेको भवन आचारसंहिता सहरमा बन्ने घरहरूको हकमा सीमित छ। भवनसंहित गाउँपाखामा बन्ने सामान्य घरको हकमा पनि लागु हुनेखालको हुनुपर्योम। स्थानीय स्रोतसाधन प्रयोग गरेर पनि बलिया घर बनाउन सकिने प्रविधि हाम्रो आवश्यकता हो। हामीकहाँ सहरभन्दा गाउँ धेरै छन्। नीतिनिर्माताको मनमस्तिष्कमा मुलुकको वास्तविकताबोध हुनुपर्यो ।
घर बनाउन कस्ताकस्ता निर्माण सामग्री प्रयोग भएका छन्? फस्को ढुंगाका रोडा त होइनन्, बालुवामा अभ्रक र माटोको मात्रा धेरै छ कि? घर निर्माण गर्ने ज्यामी कति सिपालु छन्? घर निर्माणका क्रममा प्राविधिक रायसल्लाह लिइएको छ कि छैन? इन्जिनियरले बनाएको नक्सा पन्छाएर आफ्नै इच्छाअनुसार कोठाचोटा र बरन्डा निकाल्ने प्रवृत्ति त्यागौँ। सबै अवस्था, विधि, प्रविधि, निर्माण सामग्री मिलेको अवस्थामा मात्रै बलियो र सुरक्षित घर बन्नसक्छ।