महाभूकम्पले नेपालको भूगोलको अति संवेदनशीलता छर्लंग पार्यो। चीन र भारतबीचको सेतु बन्ने आशा गरिएको क्षेत्रमा प्रकोप र यसले निम्त्याएको विपत्तिपछिका बाह्य चासोले भूराजनीतिक संवेदनशीलतालाई अझ उजागर गरिदियो।भूकम्पपीडितको उद्धार र राहतका लागि बाह्य सहयोगको प्रतिबद्धताको प्रतिष्पर्धा नै भयो। यति दिन्छु र उति दिन्छु भन्दै मिडियामा प्रचार भए। दिने प्रतिबद्धताभित्र रणनीतिक लाभ लिने स्वार्थ मिसिएको रहेछ भन्ने घटनाक्रमले देखाउँदै लगेको छ। दिनेले स्वार्थ राखिहाल्छ, तर महाविपत्तिले प्रताडित देशलाई दिइने मानवीय सहयोगमा अति स्वार्थ राखेर समस्या बढाउनुले नेपालीको मनमा चिसो पसेको छ।
नेपाली आकाशमा उडेका विदेशी सेनाका हेलिकप्टरबारे उब्जेका प्रश्नले सकारात्मक सन्देश दिनसकेन। विपत्तिका बेलामा प्रवेश गरेका कतिपय देशका सैनिक र यानका गतिविधिले ती देशका सहयोगलाई ओझेलमा पारेर विवाद जन्मायो। हरेक कदममा सामरिक स्वार्थको लेखाजोखा गर्ने बलिया देशका सैनिक र युद्धक विमान नेपाली आकाशमा उड्दा उद्धार र राहतको नियतमात्र राखेका होइनन् भन्ने सन्देश प्रवाह हुनु स्वाभाविक हो। तिनका गतिविधि नकारात्मक सन्देश प्रवाह हुनुका कारक रहे। नेपाल मामिलामा निकै चासो राख्ने दुई छिमेकी भारत र चीनले समेत राहत र उद्धारका क्रममा एकअर्काको गतिविधिप्रति शंकाउपशंका गरे। अन्य शक्तिको प्रवेशप्रति पनि ती मुलुकले चासो राखेर सतर्कता अपनाए। राहत र उद्धारका नाममा नेपालमा अन्य शक्तिले प्रभाव बढाउन सक्नेतर्फ सचेत गराउँदै भारत र चीनका नेपाल मामिलाका जानकारहरूले नेपालको पीडालाई आफ्नै सम्झेर सहयोगी भूमिका निर्वाह गर्ने कार्यमा कञ्जुस्याईं नगर्न जोड दिइरहेका छन्। प्रभाव बढाउन विपत्तिमा सहयोगको शैलीबाट नरम शक्ति प्रयोग गर्ने रणनीतिबाट नेपाल मामिलामा प्रतिस्पर्धी शक्तिहरूले कमजोर पारिदिनसक्नेतर्फ सचेत गराएका छन्। विज्ञहरूले सुझाव दिइरहँदा नरम शैलीको ‘प्रकोप कूटनीति’ लाई कतिपय देशले सामरिक स्वार्थसँग गाँसेर व्यवहार गरिरहेका छन्।
एकातर्फ विश्वशक्ति बन्ने महत्वाकांक्षा बोकेका भारत र चीनजस्ता छिमेकीको बीचमा रहनु, दुवै देशको रणनीतिक स्वार्थबीच टकराव रहनु अर्कोतर्फ पश्चिमालगायत अन्य शक्तिको सामरिक स्वार्थ रहनु नेपालको विशेषतासँगै चुनौती पनि हो। जुनसुकै नियतले भए पनि सेना र युद्धक विमान प्रवेश गरेपछि सुरक्षाको सवाल पैदा भइहाल्छ। उद्धार र राहतका लागि नेपाल भित्रिएका विदेशी सैनिक र युद्धक विमानले जन्माएका विवाद सुरक्षा चुनौतीसँग जोडिएको छ। नेपाल आफ्नै लागि प्रत्यक्ष सुरक्षा चुनौती नदेखिए पनि बलिया छिमेकीको चासो र चिन्ताले सहयोगका लागि आएका भनिएका हेलिकप्टर र विमान उल्टो टाउको दुखाइ बन्नपुग्यो। छिमेकीकै दबाबले होला नेपाल भित्रन खोजेका थप यान र सैनिक रोकिए। कतिपयलाई देश छाड्न सरकारले सार्वजनिकरूपमा आग्रह ग¥यो। त्यसको पालना नभएपछि शंकाउपशंका जन्मियो। नेपाली सेनाका तर्फबाट पनि सहयोगका नाममा आउन खोजेका थप विदेशी सेना आउन अनुमति नदिने र भएकालाई पनि फर्कन भनिरहेको आधिकारिक धारणा सार्वजनिक हुँदासमेत बेलायतले सैनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको चिनुक हेभिलिफ्ट हेलिकप्टर ल्याउन खोज्यो। नेपाली सेनाले आफै राहत र उद्धार गर्न सक्षम रहेको बताएर अडान लिएपछि तीनवटा त्यस्ता यान दिल्लीमा रोकिए। अमेरिकाले थप यान ल्याउन खोज्यो। अनुमति नपाउँदा त्यस्ता यान आउने अवस्था रहेन। आएका यानहरूबारे नकारात्मक टिकाटिप्पणीहरू भए। उद्धार र राहतका लागि आएका अधिकांश देशका सेना र हेलिकप्टर विवादमुक्त हुनसकेनन्।
सहयोगभन्दा स्वार्थ
भूकम्पले आफन्त गुमाएर र घरबार गुमाएर बसेकाहरूको चित्कारले सामरिक स्वार्थलाई सर्वोपरि ठान्ने बलिया देशका नीतिनिर्माणकर्ताको मनलाई छुनसक्दैन। युद्ध गर्ने, गराउने र रोक्नेमा समेत स्वार्थ हेर्नेहरूका दृष्टिमा नेपालको विपत्ति सामरिक स्वार्थ पूरा गर्नसक्ने अवसर होला। त्यसैले उनीहरूले नेपाल सरकार र उद्धारमा केन्द्रित नेपाली सेनालाई असजिलोमा पारे। दुई बलिया छिमेकीबीच नै सैन्य दृष्टिले नेपाली भूमिमा अस्वस्थ प्रतिस्पर्धाको वातावरण सृजना हुने खतरा चुलियो। त्यसमा अन्य शक्तिकेन्द्र पनि सामेल हुनखोजे। विपत्तिमा साथ देलान् भनी प्रवेश अनुमति दिइएका विदेशीहरू सैनिक पोशाकमा नेपाली माटोमा हालीमुहाली हुनखोज्दा सेनाका कमान्डरहरूलाई झस्काएको हुनुपर्छ। सरकारको नेतृत्व गर्नेहरू त भूकम्प आएको दिनदेखि बदनामको भारी बोक्न बाध्य भइसकेका थिए। प्रकोपको सामना गर्न पूर्वतयारी शून्य अवस्थामा रहेकाले सरकारमा रहेकाहरू प्रारम्भमा अन्योलमा परे। उद्धारका लागि आउन चाहने विदेशी सेना र हेलिकप्टरलाई हतारमा अनुमति दिने निर्णय यही हतास मानसिकताको उपज थियो। परिणाम चुनौतीपूर्ण बन्यो। सहयोगभन्दा स्वार्थ बढी राख्ने आधुनिक शक्तिशाली देशहरूको नियतलाई नबुझी निर्णय लिँदा फर्कन आग्रह गर्दा पनि नटेर्ने प्रवृत्ति खुलमखुल्ला देखियो। विदेशी सेना र तिनका व्यवहारले पैदा गरेका नकारात्मक सन्देशका कारण ज्यानको बाजी लगाएर कठिन भूगोलमा खटिएका आफ्ना सैनिक विचलित हुने त होइनन् भनी सेनाका कमान्डरहरूलाई चिन्ताले सताएको हुनुपर्छ। त्यसैले उनीहरू विदेशी सैनिकलाई फर्कन र रोक्नका लागि मुख फोर्न बाध्य भए।
अस्वस्थ प्रतिस्पर्धा
महाभूकम्पले तहसनहस भएको देशलाई कसरी राहत र पुनर्निर्माणमा सहयोग गर्ने विषयमा धनी देशहरूबीच प्रारम्भिक प्रतिस्पर्धा देखिए पनि लगत्तै अस्वस्थ प्रतिस्पर्धा सुरू भयो। भारतले सहयोगको घोषणा गरे पनि ठोस र प्रभावकारी सहयोग दिनसकेन। बरू उसका जनस्तर वा गैरसरकारी संस्थाहरूले मन जित्ने गरी सहयोगी भूमिका निर्वाह गरे। नेपालको निकट सहयोगीको नाताले यहाँको पुनर्निर्माणमा समेत भारतले जिम्मेवार र विशेष भूमिका खेल्नुपर्ने राय प्रतिष्ठित भारतीयहरूबाट बारम्बार प्रकट भइरहे। स्पष्ट प्रस्ताव ल्याऊ बनाइदिन्छु भन्ने बानी परिसकेको भारतीय पक्षले नेपाल सरकारलाई पुरानै शैलीको आश्वासन दियो। आशा गर्न सकिने तर भर पर्न नहुने शैलीको प्रतिबद्धताले भारतीय पक्षले उत्साह भर्न सकेन। अबको निर्माणमा चिनियाँ सहयोग कस्तो हुनेबारे प्रष्ट भइसकेको छैन। उद्धार र राहतका लागि नेपाल पसेका विदेशी सैनिक र तिनका विमानबारे चिनियाँ पक्षले चासो व्यक्त ग¥यो। भूकम्पले सबैभन्दा प्रभावित हिमाली क्षेत्रमा चीनले सुरक्षा दृष्टिले निकै संवेदनशील मानेको क्षेत्र हो। चीनको हवाई क्षेत्र नजिकैको क्षेत्रमा गैरनेपाली सैनिक हेलिकप्टर आवतजावतले अस्वस्थ प्रतिस्पर्धाको संकेत ग¥यो। चीनलाई राहत र उद्धारभन्दा सुरक्षामा चुनौती थपिने चिन्ताले बढी सताउने अवस्था सृजना भयो। नेपाललाई विपत्तिमा सहयोग पु¥याउनेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नेतर्फ धनी र बलिया देशहरूको ध्यान मोडियो। कुन देशका सैनिक नेपाली भूमिमा के गर्दैछन् र कसको विमान कहाँ के गर्दैछ भन्नेबारे चासो लिनमै केन्द्रित भए। उद्धार र राहतका निम्ति भनी प्रवेश गरेका हेलिकप्टरको दुरूपयोग घटना विवादमा आयो।
अबको आशा
नेपालका अधिकांश जमिनहरू कमजोर चट्टानमाथि छन्। महाभूकम्पले यहाँको कमजोर जमिनलाई थप कमजोर बनाइसकेको छ। आर्थिकरूपमा कमजोर देशहरूको सूचीमा रहेको नेपाल झन् संकटमा परेको छ। एक दशक लामो सशस्त्र माओवादी गतिविधिले थिलथिलो भएर शान्ति प्रक्रियामार्फत् भर्खर तंग्रिन लागेको देश महाभूकम्पको धक्काले तहसनहसको अवस्थामा छ। यतिखेर नेपालसामु ठूलो चुनौतीको पहाड तेर्सिएको छ। नेपाललाई साँच्चै माया गर्ने हो भने धनी र बलिया देशहरूले अन्तरहृदयदेखिको सहयोग, सद्भाव र साथ दिनसक्नुपर्छ। अतिथिलाई देवतासरह मानेर सम्मान गर्ने नेपालीले विदेशी सहयोग चाहिँदैन भनेका छैनन्। सहयोगले आत्मामा ठेस होइन सुन्दर भविष्यका लागि ऊर्जा भर्न सक्नुपर्छ। दुई समृद्ध देशका बीचमा रहेकाले छिमेकीबाट सबैभन्दा ठूलो आशा र विश्वास राखिएको छ। नेपालको नवनिर्माणमा नेपालीपछि भूमिका खेल्नुपर्ने मुख्य दायित्व भारत र चीनकै हो। विश्व मानचित्रमा समृद्धिको उपमा पाएका अमेरिका र युरोपेली देशहरूको पनि सकारात्मक भूमिकाको खाँचो छ। नेपालीले पसिना बगाइरहेका खाडी देशहरूका साथै जापान, कोरिया, मलेसियालगायतका देशबाट पनि सकारात्मक सहयोगको आशा गर्न सकिन्छ।
नेपालीको मन जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माणमा साथ दिएर आफूलाई असल छिमेकीका नेता सिद्ध गर्नसक्ने अवस्था छ। नेपालको भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य सहयोग गरेर विगतमा मन जितेको चिनियाँ पक्षको पुनर्निर्माणमा रहने भूमिका प्रतीक्षारत छ। तत्काल राहतमा बाँडिएका चिनियाँ झन्डाअंकित टेन्ट टुँडिखेलदेखि दूर दराजका गाउँसम्म गाडिएका छन्। बासको निर्माणमा चिनियाँ पक्षबाट धेरै आशा गरिएको छ। अमेरिका, बेलायतका अतिरिक्त युरोपेली देशहरूले पनि नेपाललाई सहयोग गर्ने प्रतिस्पर्धा गर्लान् या सामरिक स्वार्थमा केन्द्रित रहेर व्यवहार गर्ने हुन् हेर्न बाँकी छ। नेपालीलाई भिख होइन, साथ चाहिएको छ। विपत्तिमा परेको देशलाई सामरिक स्वार्थको दृष्टिले हेर्ने सोचबाट विकसित र धनी देशहरू पनि मुक्त हुनैपर्छ। नेपाल नवनिर्माणतर्फको पाइला चाल्न उत्सुक छ। त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको निस्वार्थ सहयोगको वातावरण निर्माण गर्न देशभित्र तदनुरूपको एकता तयार गर्नुपर्छ।