अहिले घरबारविहीनहरू एउटै आकाशमुनि ओत लाग्न बाध्य भएका छन्। पीडामा एकअर्काको मुख हेर्दै अन्यौलग्रस्त भविष्यतर्फ नियाल्दैछन्। महाभूकम्पले धेरै विनाश निम्त्याएसँगै नयाँ सम्भावना पनि सृजना गरेको छ। ‘हामी हौँ' भावना पुनर्जागृत गरेको छ। कतिपय स्थानमा भिन्न जाति, धर्म र समुदायका मान्छे एउटै छानामुनि बसिरहेछन्। महाभूकम्पले भौतिक संरचनाहरूलाई धक्का दिएर ध्वस्तमात्र पारेन समाजले शदिऔँदेखि स्थापित गरेका पुराना मान्यताहरूमाथि पनि धक्का दिएको छ। भौतिक संरचनाको नयाँ निर्माणको सोचसँगै विभेद र छुवाछूतका कतिपय कुसंस्कारलाई पनि चुनौती दिएको छ। महाभूकम्पले निम्त्याएको पीडाको पाटो थेग्न कठिन होला, तर यसले नयाँ सम्भावनाहरू ल्याएकोतिर पनि दृष्टिगत गर्नु जरूरी छ।महाभूकम्प अनपेक्षित थिएन। वर्षौंदेखि भूकम्पको जोखिमबारे बहस भएका थिए, भइरहेका छन्। नपरी नजान्ने र नभोगी चेत नखुल्ने स्वभावका हामी नेपालीले यथार्थलाई बेवास्ता गरिरह्यौँ। चर्किएका र मक्किएका घरहरू समयमा भत्काउन चाहेनौँ। एउटा यस्तो जड स्वभावको पुस्ता थियो, जसले आफूले खडा गरेको भन्दै जीर्ण घर भत्काउन दिँदैनथ्यो। नयाँ पुस्ताले नयाँ घर बनाउँछु, पुरानो घर भत्काउन देऊ भन्दा रोकटोक गर्ने पुरानो पुस्ता थियो। सरकारी प्रयासमा नयाँ संरचना निर्माणको पहल हुँदा पुरानो संरचना भत्काउन नदिएर रोकटोक गर्ने पुराना सोचका मान्छेहरू उत्तिकै थिए। भत्काउनैपर्ने जीर्ण घरहरू भत्किए पनि। पुराना सोचहरूमाथि पनि प्रकृतिले प्रहार गर्योछ। चाहना होस् नहोस् अब नयाँ संरचना निर्माणमा जानैपर्ने बाध्यकारी अवस्था प्राकृतिक प्रकोपले सृजना गरिदिएको छ।
दूरगामी सोच अनिवार्य
तत्कालको उद्धार र बसोबासको व्यवस्था चुनौतीपूर्ण छ। सरकारी, संस्थागत वा निजी पहलमा त्यसका लागि सक्रियता बढेको छ। तर दूरगामी अर्थ राख्नेगरी भविष्यका लागि के गर्ने भन्नेबारे अहिले नै सोच्नुपर्ने भइसकेको छ। भौतिक क्षति पुगेका घरपरिवारलाई थोरै रकम छरेर समस्याको दिगो समाधान हुँदैन। पुनर्बासको दिगो योजना अनिवार्य छ। छरिएर रहेका बस्ती र घरहरूलाई एकीकृत योजनाअनुसार निश्चित सुरक्षित क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने योजना ल्याउनुपर्छ। त्यसका लागि सरकारी पहलमा ठूला बस्ती बसाल्नुपर्छ। सकभर भूकम्प पीडितका लागि बस्ती निर्माण गरी घरहरू सहुलियत ऋणमा उपलब्ध गराउनुपर्छ। अति कम ब्याजमा महिनावारी पैसा बुझाउन पाउनेगरी घरबासको व्यवस्था गर्नसके पीडितले पनि बास पाउँछन् र सरकारलाई पनि ठूलो भार पर्दैन। व्यवस्थित आधुनिक घर र आधुनिक बस्ती एकै ठाउँमा बसाल्दा छरिएर रहेका बस्तीहरूलाई बाँड्नुपर्ने विकास योजनाको भार कम पर्नजान्छ। मितव्ययी र सुलभ प्रकारको बसोबासको व्यवस्थाका लागि अहिले राम्रो अवसर आएको छ। चुनौतीसँगै आएको अवसरलाई चुक्न दिनुहुँदैन।
निर्माणमा केन्द्रित युगारम्भ
हरेक राम्रा–नराम्रा घटनाले अवसर पनि सृजना गर्छ। भूकम्पबाट क्षति हुनुलाई कदापि राम्रो भन्न सकिन्न। तर हामीले भोगेको क्षतिलाई पूर्ति गर्ने समय भने अब आएको छ। अब देशलाई निर्माणमा केन्द्रित गर्ने वातावरण बन्ने अवस्था सृजना भएको छ। सधँै राजनीतिक गफमा रूमल्लिँदै आएको देश भौतिक विकासको बाध्यकारी अवस्थातर्फ लम्किने निश्चित छ। कम्तीमा बासका लागि भए पनि नागरिकहरू निर्माणमा खटिने परिस्थिति बनेको छ। यो मुलुकको आगामी वर्षहरू निर्माणको वर्ष हुनेछ। नयाँ भौतिक संरचनाहरू निर्माणमा सिंगो देश जुट्नैपर्छ।
विपत्तिले धेरै आँसु बगाएको छ। धेरैको ज्यान लिएको छ। कतिपय गाउँ नै सखाप भएका छन्। मानवीय क्षतिको कदापि पूर्ति हुननसक्ला तर भौतिक क्षतिको पूर्ति गर्न असम्भव छैन। पहिलेको भन्दा राम्रो र सुरक्षित बस्ती र बास निर्माण गर्नसकिन्छ। दृष्टि, दृष्टिकोणसँगै कर्ममा केन्द्रित हुनुपर्छ। अब देश निर्माणको युगमा प्रवेश गर्ने संकेत देखिँदैछ। कसरी नयाँ बास बनाउनेबारे पीडितले चिन्तन गर्न थालिसके। नागरिकको होस्टेमा हैँसे गर्ने जिम्मेवारी सरकारको हो। यसका लागि गतिलो योजना तर्जुमा अनिवार्य छ। भावी पुस्ताको हितलाई केन्द्रित गरी ‘एक्सन'मा जानुपर्छ। नागरिकले एक्सन चाहेका छन्। नीति बनाइदिएमात्रै पनि कार्यान्वयनका लागि क्षमतावान् मान्छेको कमी छैन। सरकारले छिटोछरितो काम हुने व्यवस्था मिलाउनुपर्छ।
पुरानो सोचमाथि धक्का
तत्कालको राहतसँगै भविष्यका लागि उत्कृष्ट योजना ल्याएमा मात्र भएको मानव स्रोतसाधन देश निर्माणमा जुट्नसक्छ। अहिले सिंगो राष्ट्र राहत र निर्माणका लागि एकजुट छ। कुनै पनि पार्टी विशेष, जाति विशेष, भाषा, क्षेत्र, समुदाय, धर्म विशेषका आधारमा विभाजनको सोचले जरो गाडिरहेको अवस्थाबाट देश फरक मोडमा पुगेको छ। महाभूकम्पको धक्कासँगै पूर्वाग्रही सोचमाथि धक्का लागेको छ। सिंगो देश पुनर्निर्माणका लागि एकजुट हुने वातावरण बनेको छ। हामीले यसलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्छ। विभाजनको अवस्थाबाट एकताको अवस्थामा आएबाट भौतिक निर्माणको परिवेशतर्फ लम्कनुपर्छ।
भूकम्पले घरबारविहीन भएकाहरू एउटै छातामुनि आइपुगेका छन्। घर जोगिएकाहरू पनि त्रासका कारण पाल हालेर खुल्ला ठाउँमा बस्नुपरेको छ। सबैलाई एउटै छातामुनि ल्याइपुर्यापउने वातावरण महाभूकम्पले तयार पारिदियो। सन् १९३४ मा नेपाल र उत्तरी भारतमा हजारौँको ज्यान जानेगरी आएको महाभूकम्पबारे महात्मा गान्धीले विश्लेषण गर्ने क्रममा हरेक नराम्रा कुराले पनि राम्रा संकेतहरू ल्याउने तर्क गरेका थिए। भारतीय समाजमा रहेको जातीय छुवाछूतमाथि पनि भूकम्पले धक्का दिएको उल्लेख गरे। नराम्रो घटनाले राम्रो भविष्यका लागि चेतना जगाउनसक्ने गान्धीको तर्क अहिले पनि सान्दर्भिक छ। वास्तवमा महाभूकम्पले जाति, धर्म, समुदायका आधारमा हुने भेदभावपूर्ण कुसंस्कारमाथि धक्का दिएको छ। भिन्न जाति, धर्म र समुदायका मान्छेहरू एकै स्थानमा बसेको दृश्यहरू भूकम्प पीडित क्षेत्रमा देख्न पाइन्छ। महाभूकम्पले विनाशसँगै निर्माणको बाध्यकारी परिस्थिति निर्माण गर्छ। अब कुरिती र कुसंस्कारलाई भत्काएर नयाँ संस्कार स्थापित गरी जागरण ल्याउनुपर्ने खाँचो छ।
भूकम्पले विनाश गरेका कतिपय समाज पुनर्निर्माणपछि समृद्धिको युगमा प्रवेश गरेका छन्। सन् २००८ मा चीनको सिचुवान प्रान्तमा ६७ हजारको ज्यान जानेगरी आएको भूकम्पपछि त्यहाँको पुनर्निर्माणमा सिंगो समाज एकजुट भयो। दुई वर्षमा उक्त प्रान्त पहिलेभन्दा सुन्दर भयो। भूकम्पले प्रताडित हुनेगरेको जापानले बलियो संरचना निर्माण गरी विश्वकै नमूना बनेर समृद्धि हासिल गरेको छ। हामी हौँ भन्ने भावनाका साथ सबै एकजुट भएर अहोरात्र मेहनत गरेमा गर्ननसकिने रहेनछ भन्ने उदाहरण विश्वका धेरै घटनाबाट बुझ्न सकिन्छ। हामीले पनि गर्नसक्ने सम्भावना धेरै छ। क्षति हुनु भइसक्यो, अब भविष्यमा कसरी पार पाउने भन्ने विषय प्रधान हो। क्षति भोगेकाहरूका लागि पहिलेभन्दा सुरक्षित र उत्कृष्ट बासको व्यवस्था गर्नुपर्छ। उदाहरणीय सहर र बस्तीको निर्माण गर्नुपर्छ। कनिका छरेजस्तो पैसा छर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ।
स्रोतको सदुपयोग
भौतिक पूर्वाधारले सम्पन्न नयाँ बस्ती बनाउनु नै अहिलेको उत्तम विकल्प हो। त्यसका लागि राज्यले मानव स्रोत परिचालनमा ध्यान दिनुपर्छ। बेरोजगारीको विकराल अवस्थामा रहेका युवा शक्तिलाई निर्माणमा लगाउन सकिन्छ। युवा स्रोतको परिचालनको अवसर सृजना भएको छ। कोही पनि चुप लागेर बस्ने अवस्था छैन। तत्काल तालिम दिएर भए पनि निर्माण क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नुपर्छ। अब निर्माणमा लाग्ने बेला आयो। त्यसका लागि युवाशक्तिलाई जागरूक बनाउने योजना आवश्यक छ। भत्किएको पूर्वाधार पनि पुनर्निर्माण हुने युवाशक्तिको पनि सदुपयोग हुने अवस्था छ। यसको उचित व्यवस्थापन अनिवार्य छ।
देशमा भूकम्प पीडितको राहतका लागि वैदेशिक सहयोग आउने क्रम जारी छ। पुनर्निर्माण कार्यका लागि विदेश गएका नेपालीले पठाएको रेमिट्यान्स पनि उत्तिकै महŒवपूर्ण छ। त्यसको सदुपयोग गर्नसक्नुपर्छ। जनता कामकाजी बन्न तत्पर छन् भन्ने तथ्य वैदेशिक रोजगारीको आकर्षणबाट बुझ्न सकिन्छ। सरकारले वातावरणमात्र तयार पारिदिए पनि धेरै उपलब्धि हासिल हुनसक्छ। सेना र दुवै प्रहरी दिनरात खटिएका छन्। देशको दक्ष जनशक्तिलाई पुनर्निर्माणमा लगाउन सकिएमा मुलुकको कायापलट हुन्छ।
पुरानो संरचना ढल्दा असह्य पीडा भएको छ। तर बलियो नयाँ संरचना निर्माण गरेर पीडा बिर्साउने वातावरण विकास गर्नसकिन्छ। हामीले यो अवसर गुमाउन हुँदैन। विपत्तिको घाउ निको पार्न सुन्दर देश निर्माण अचुक औषधि हुनेछ। हरेक नागरिकमा विकास र निर्माणको चेतना विकास भइसकेको अवस्थामा महाभूकम्पको धक्कालाई हाम्रो चेत खुलेको अवस्था मानेर अघि बढ्नुपर्छ। प्राकृतिक प्रकोपले विनाश निम्त्याएसँगै नागरिकमा एकअर्काप्रति सहयोगी भावना बढेको छ। समस्याबाट पार लगाउनेबारे चिन्तन जागृत भएको छ। भविष्यमा बलिया पूर्वाधार निर्माण गर्नुपर्ने चेतना जागेको छ। पढेरभन्दा परेर जानिने रहेछ भन्ने उदाहरण महाभूकम्पले निम्त्याएको विपत्ति हो। हामी कुन अवस्थामा थियौँ भन्ने भत्किएको संरचनाहरूले उदांगो पारेका छन्। अब कुन अवस्थामा पुगेमा मात्र प्राकृतिक प्रकोपसँग लड्न सकिँदो रहेछ भन्ने चिन्तन पनि जाग्न थालेको छ। शोक र पीडालाई शक्तिमा बदल्ने अवसर पनि आएको छ। देशलाई निर्माणको युगतर्फ धकेल्न हरेक नागरिकले आआफ्नो तर्फबाट पाइला सारौँ।