असोज ११ गते अछाम जिप्रकामा कार्यरत महिला प्रहरीलाई छ जना सहकर्मीले सामूहिक बलात्कार गरे। महिला सभासद्, मानव/महिला अधिकारकर्मीलगायतले दोषीमाथि कारवाहीको माग गर्दागर्दै कार्तिक ११ बित्यो। मंसिर ११ मा आइपुग्दा आरोपित छमध्ये तीन जना छुटिसके।
पीडित सुन्तली धामीलाई प्रहरी अस्पतालमा कसैलाई भेट्न नदिई नजरबन्द अवस्थामा राखिएको समाचार आएको छ। पीडितले यस्तै अवस्थामा बस्नु परे म आत्महत्या गर्छु भन्न थालेकी छिन् रे। अब यस्तै हो भने पौष ११ सम्ममा पीडितचा ँहि थुनामा र दोषीचाहिँ बाहिर हुन बेर छैन। सरकारको सन् २०१० लाई लैंगिक हिंसा विरुद्धको वर्ष घोषणा अब के हुन्छ? महिला हिंसा विरुद्धमा छाँटिएको आफ्नै भाषण कार्यान्वयन गरे पनि हुन्थो नि!
प्रहरी प्रशासनले संगठनको बदनामी भएको ठहर्याएको रहेछ। बदनामी भएकै हो। संगठनको बदनामी सुन्तली धामीले गरेकी हुन् र? उनी त न्याय माग्दैछिन्। कि प्रहरी संगठनलाई डीआईजी पार्वती थापाले बदनाम गरेकी हुन्? पीडितलाई सहयोग गरेको आरोपमा उनको सरुवा गरिएको हो कि होइन? संगठनको बदनाम न सुन्तलीले गरेकी हुन्, न थापाले नै। प्रहरी संगठनको बदनाम त ती छ जना बलात्कारी प्रहरीको दुष्कर्मबाट भएको हो। दोषीलाई कारवाही नगरेर संगठनले थप बदनामी कमायो। गृहमन्त्रीलाई दोषीलाई कारवाही नगर्नू, पीडितलाई नजरबन्दमा राख्नू भन्ने कतैको आदेश पो छ कि? विपक्षीले यो सरकारलाई कठपुतली भन्ने गर्छ। त्यही भएर सोधी हेरेकी।
लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान नेपालमा पनि मनाइयो। राज्यले सुन्तलीलाई न्याय दिन नसक्नु पनि हिंसा नै हो। के अर्थ छ यस्ता अभियानको? सुन्तली धामीजस्ता पीडितलाई यसले के फरक पर्छ? यस्ता अभियानले प्रधानमन्त्रीलगायत महिला अधिकारकर्मीको धपेडी मात्रै बढाउँछ। सुन्तलीको के हाल भयो भन्ने कसैले बुझ्न खोजेको छ?
बलात्कार जघन्य अपराध हो। अपराधीलाई दण्डित गर्ने दायित्व राज्यको हो। महिलाको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउने अधिकार कसैलाई हुँदैन। बलात्कृत महिलाको शारीरिक र मानसिक अवस्थाको क्षतिपूर्ति केहीले पनि गर्न सक्दैन। अस्मिता लुटिनुको पीडा केले कम गर्न सक्छ? दोषीलाई कारबाहीसम्म गर्न त सक्ने राज्यले सुन्तली धामीलाई राज्यले के दिन सक्छ?
महिलाविरुद्ध दिनहुँ हुने अपहरण र बलात्कारजस्ता घटनाबाट हाम्रो समाज आक्रान्त छ। बालिकादेखि वृद्धासम्म बलात्कृत हुन्छन्। अछामको घटनामा प्रहरी संगठनले अझ बढी नैतिक प्रश्नको सामना गर्नुपर्ने हुन्छ। संगठनभित्रै बेलाबेला अन्य यौनशोषणका घटना उजागर भएका छन्। महिला प्रहरीले नै न्याय पाउन्नन् भने सामान्य जनता न्याय माग्न कहाँ जाने? जस्ता प्रश्न संगठनले सामना गरिरहेको छ। जनतालाई न्याय दिन सघाउने राज्यको महत्वपूर्ण निकाय अहिले आफ्नै कारणले विवादमा परेको हो।
प्रहरीको साख बिग्रेर जनतालाई लाभ हुने होइन। यसैले बदनामीबाट प्रहरी जोगिनुपर्छ। अहिले नेपाल प्रहरीले आफ्नो छवि धमिलो हुन नदिने उपाय भनेको अछाम घटनाका दोषीलाई कडा कारबाही गरेरसुन्तलीलाई कार्यक्षेत्रमा डटेर उभिन सक्ने सहज वातावरण बनाउनु हो। यस कार्यमा ढिलाइ नगरियोस्।