सन् १९६७ सम्म बेलायती उपनिवेश थियो दक्षिणी यमन। उत्तरचाहिँ तुर्क साम्राज्यको नियन्त्रणमा थियो । स्वतन्त्रतापछि दक्षिणमा कम्युनिस्ट र उत्तरमा परम्परावादीको शासन चल्यो । दुवै देश गरिबीले थलिएका थिए । सीमा विवादले युद्धको रूप लियो। असहमतिलाई सदाका लागि अन्त्य गर्न २२ मे सन् १९९० मा सफल एकीकरणसहित गणतन्त्र यमनको जन्म भयो । यमनलाई शान्त र समृद्ध देश बनाउने संकल्पसहित भएको एकीकरणपछि संकट झन् गहिरियो । बाह्य शक्तिको ठाडो हस्तक्षेपले आन्तरिक राजनीति खलबलिइरह्यो । भिन्न जाति, क्षेत्र र समुदायका जनतालाई विदेशीले उकासेर स्वार्थ पूर्ति गर्न खोजे।
तेल र ग्यासको धनी भएर पनि यमनले अपेक्षित प्रगति हासिल गर्नसकेन । पटकपटक गृहयुद्ध झेलिरह्यो । तीव्र जनसंख्या वृद्धि, पानीको संकटदेखि सुरक्षा खतराको सामना ग¥यो । आतंकवादी संगठन अल कायदाले यमनमा बलियो मुकाम बनायो । यही बहानामा यमनको आकाशमा पटकपटक विदेशी विमानले बम खसाले । दक्षिण–पश्चिम एसियामा अवस्थित अफ्रिकासँग नजिक हुनु घातकसिद्ध भयो । बलिया देशका लागि यमन सामरिक महत्वमा परिरह्यो । स्रोतमाथि कब्जा जमाउन पनि बाह्य शक्तिले चलखेल गरिरहे । तेल र प्राकृतिक ग्यासको स्रोतले भरिभराउ भए पनि स्रोतमाथि विदेशी कम्पनीको नियन्त्रण छ । तेल उत्पादन राजस्वको प्रमुख स्रोत भएर पनि यमन विश्वका अति गरिब देशहरूको सूचीमा पर्छ । अरबका समृद्ध देशहरूको तुलनामा यमनको आर्थिक अवस्था गएगुज्रेको छ । आर्थिकरूपमा समृद्ध साउदी अरेबिया र ओमानजस्ता देशको छिमेकी भएर पनि यमनमा गरिबीको अवस्था त्रासदीपूर्ण छ । हतियारको बिगबिगी छ । युद्धसरदारहरूको बोलवाला छ ।
भूगोल जोडेर एकीकरण गरे पनि यमनका भिन्न जाति र समुदायबीच भावनात्मक एकता हुनसकेको छैन । नेतृत्वले एकताको पहल गर्नुपर्नेमा उल्टो द्वन्द्व चर्काउन भूमिका खेलिरहेछन् । उत्तर र दक्षिणको भावनात्मक विभाजन यमनीहरूमा गडिएको छ । दक्षिणतर्फ पर्याप्त मात्रामा उपयोगी खुल्ला जमिन छ, तर जनसंख्या उत्तरको भन्दा पाँच गुणाले कम छ । जमिनमाथि नियन्त्रण कायम गर्ने प्रयासले द्वन्द्वमा ऊर्जा थपिएको छ । सामाजिक संरचनाको संवेदनशीलतामा टाठाबाठाले खेलेका छन् । जातीय, क्षेत्रीय र धार्मिक समुदायबीच घृणाभाव जगाएर सरदार बनेकाहरू हाबी भएका छन् । 'फुटाऊ र राज गर' को रणनीति बनाएर शासन सत्तामा पुगेकाहरू विदेशीको गोटी बनेका छन् । यमनको सत्तासँग बहुसंख्यक जनताको असन्तुष्टि छ । सत्ताधारीहरूले आफ्नो समुदाय र परिवार निकटस्थलाई लाभ पुग्ने गरी स्रोतको दुरूपयोग गरे । तेलको खानी रहेको देश भए पनि झण्डै आधा जनसंख्या गरिबीको रेखामुनी हुनुले असन्तुष्टिको वातावरण तयार ग¥यो । सत्ताप्रतिको तीव्र असन्तुष्टिका कारण हिंसाका पक्षधरले सामान्य जनतालाई युद्धका लागि प्रेरित गर्ने अवसर पाए ।
सन् १९९४ मा ३ यमनले महिना लामो गृहयुद्ध भोग्यो । विभाजनको प्रयासमा लागेका दक्षिणका अल्पसंख्यक पराजित भएपछि टुंगिएको गृहयुद्धले जटिल संक्रमणकाल ल्यायो । आन्तरिक द्वन्द्व चलिरह्यो । उत्तरले दक्षिणमाथि शोषण गरेको र स्रोतमाथि एकलौटी कब्जा जमाएर दक्षिणका नेता र जनतालाई अधिकारविहीन तथा कमजोर बनाएको सन्देश प्रवाह हुनुले द्वन्द्वलाई मलजल ग¥यो । सत्ताधारीहरूले उत्तरका समर्थकलाई दक्षिणका भूमिमाथि कब्जा गर्ने रणनीति कार्यान्वयन गरे । दक्षिण समर्थकले उत्तरले आफूहरूको भूमिमा कब्जा जमाएको भन्दै विरोधका आवाज चर्काए । आन्तरिक खिचातानीले उत्तरी यमनको पहाडी क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक हुथी विद्रोहीलाई ऊर्जा मिल्यो । यसमा सामरिक स्वार्थले निर्देशित बाह्य शक्तिको भूमिका रह्यो ।
सन् २०१५ मा आएर सत्ता उल्टाउने हुथी विद्रोहीको कदमले यमनमा आन्तरिक ध्रुवीकरण बढ्यो । यमनको सत्ता संघर्षलाई लिएर अन्तर्राष्ट्रिय जगत पनि विभाजित भयो । यमनसँग लामो सीमा जोडिएको मध्यपूर्वको शक्तिशाली देश साउदी अरेबियाले परम्परागत सत्तालाई पुनःस्थापना गर्ने कदम चाल्यो । मध्यपूर्वमा साउदी अरेबियाको मुख्य प्रतिद्वन्द्वी इरानचाहिँ सामरिक स्वार्थका कारण लाभ हासिल गर्न सक्रिय भयो । यमन झन् हिंसामा फस्यो । एकातर्फ दक्षिण र उत्तरबीचको विभाजनकारी सोच अर्कोतर्फ उत्तरका हुथीहरूको सत्ता कब्जाको रणनीतिसँगै नेताहरूको पूर्वाग्रही व्यवहारले यमन असफल देशमा परिणत हुँदैछ । देशमा एकताको भावना जागृत गर्ने साहसी नेता नहुँदा यमन खतरनाक द्वन्द्वमा जाकियो । लामो द्वन्द्व र पटकपटककको गृहयुद्धले यमनमा जातीय विभाजनको खाडल गहिरो छ । भिन्न जाति, क्षेत्र र समुदायका मान्छेको हातमा हतियार पुगेको छ । यमनमा बन्दुक संस्कृतिले जरो गाडेको छ । आधुनिक हतियार बोक्नुलाई गौरव ठान्ने जाति र युद्ध सरदारहरूको कमी छैन त्यहाँ । व्यक्तिगत हतियार बोक्ने नागरिक धेरै भएको देशमा यमन पनि पर्छ । रक्तपातका लागि हतियार संस्कृति तयार भइसकेकाले अवस्था भयावह छ ।
हुथी जातिको विद्रोहलाई यमन सरकारले विगतमा दबाएको थियो । हुथी नेता हुसेन बद्रेडिन अल हुथी २००४ मा मारिए । त्यसपछि उनीहरूका गतिविधि झन् बढ्दै गयो । जातीय–क्षेत्रीय विभेदकारी नीतिले जन्माएको असन्तुष्टिबाट लाभ लिन सफल भए । हुथी विद्रोह अमेरिकाका लागि समेत टाउको दुखाइको विषय बन्यो । हुथीहरू अमेरिका र इजरायलविरोधी नारा चर्काएर पश्चिमविरोधी भावना रहेका यमनीको साथ लिन सफल भए । सामरिक स्वार्थमा दख्खल पर्ने भएकाले अमेरिकाले हुथीप्रति कडा नीति अवलम्बन ग¥यो । साउदी अरेबिया हुथी विद्रोही दबाउन प्रत्यक्षरूपमा देखाप¥यो । आन्तरिक द्वन्द्वले हुथी विद्रोहीलाई प्रभावकारी बन्न ऊर्जा दियो । हुथीहरू बलियो हुँदै गएपछि उनीहरूलाई दबाउन सैन्य कारबाहीको नीति लियो । सामाजिक समस्याको जगमा टेकेर बाह्य शक्तिको स्वार्थबाट मलजल पाएका विद्रोहीलाई काबुमा ल्याउन चाल्नुपर्ने सामाजिक समस्या समाधान र कुटनीतिक पहलको नीतिलाई बेवास्ता गरियो । फलस्वरूप हल्कारूपमा लिइएको हुथी विद्रोहले गम्भीर परिणाम ल्यायो ।
यमनको सत्ता संघर्षमा साउदी अरेबियाको विशेष भूमिका रहने गरेको छ । अमेरिकालगायत पश्चिमाहरूले साउदीको तर्फबाट यमन मामलामा चासो देखाउने गरेका छन् । अली अब्दुल्ला सालेहको एकीकृत यमनमा २२ वर्ष शासनदेखि बर्हिगमनका पछाडि बाह्य हस्तक्षेपले विशेष भूमिका खेल्यो । विदेशीको हातमा यमनको सत्ता भएकैले शक्तिमा आउनेहरूले देशको भन्दा विदेशीको हितमा ध्यान दिए । सामरिक स्वार्थमा मात्रै केन्द्रित हुने, विदेशीको गोटी बन्ने शासकका कारण गरिब र धनीबीचको खाडल गहिरियो । शिक्षा, स्वास्थ्य र सडक विकासमा अपेक्षाकृत प्रगति हुनसकेन । सालेह अन्तर्राष्ट्रिय दबाबका काण पद त्याग्न बाध्य भए । राष्ट्रपति बनेका अब्ड रब्बु मन्सुर हादीले संक्रमणकाललाई सम्हाल्न सकेनन् । अस्थिरता र राजनीतिक रिक्तताको लाभ लिँदै हुथी विद्रोहीले बलियो हुने पर्याप्त अवसर पाए । भौगालिक, सामाजिक, वैचारिक र धार्मिकरूपमा विभाजनका प्रष्ट रेखा देखापरे । सालेह सत्ताबाट हटेपछि शक्तिमा आएका हादीले हुथी समर्थक ३ सैनिक नेतालाई हटाएपछि द्वन्द्व झनै चुलियो । हादीको कदमले पूर्वराष्ट्रपति सालेह र हुथीहरूबीच साँठगाँठको वातावरण बन्यो ।
यमनको मामलामा इजिप्टसँग साउदी अरबको लामो द्वन्द्व चलेको थियो । इजिप्ट सैन्य कारबाहीमा समेत उत्रिएको थियो । विगत होस् या वर्तमान, यमनको द्वन्द्वमा बाह्य शक्तिको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका छ । यमनको मामलालाई आफ्नो आन्तरिक सुरक्षा र क्षेत्रीय शक्ति कायम राख्ने मुद्दासँग जोडेको साउदी अरेबियाले हुथी विद्रोहमार्फत् आफूलाई इरानले चुनौती दिन खोजेकोतर्फ ध्यानाकर्षण गराइरहेछ । हुथीलाई सघाउँदै इरानले मध्यपूर्वमा प्रभाव बढाउन खोजेको घटनाक्रमले देखाउँदै लगेको छ । यमनको द्वन्द्वमा भूमिका खेलेर इरानले साउदी अरेबिया र पश्चिमा शक्तिमाथि छद्म युद्ध गरेको आरोप खेपिरहेछ । गाईको जुधाइमा बाछाको मिचाइजस्तै अवस्थामा छ, यमन । मध्यपूर्वका २ शक्तिशाली शक्तिको टकरावमा यमनको सार्वभौमसत्ता र अखण्डतामाथि चुनौती थपिएको छ । इरानमाथि हुथी विद्रोहीलाई पैसा, हतियार र युद्ध तालिम उपलब्ध गराएको आरोप छ । इरानले त्यसको खण्डन गर्दै आएको छ । साउदी अरेबिया आफूनिकटस्थ अरबी देशहरूलाई लिएर हवाई कारबाहीमा केन्द्रित छ।
आन्तरिक द्वन्द्वमा विदेशी संलग्नता र हस्तक्षेप एकसाथ देखापर्नुले यमनमा आन्तरिक विभाजनले आकार लिइरहेछ । उत्तर र दक्षिणबीचको विभाजनको खतरा टरेको छैन । सुदूर उत्तरका विद्रोही हुथी अल्पसंख्यक सिया हुन् भने दक्षिणमा सुन्नी बाहुल्य छ । सिया र सुन्नीबीच मतभेद चुलिएर द्वन्द्वको दायरा झन् बृहत् हुने खतरा छ । अर्कोतर्फ यमनको स्थायी सत्ताप्रति असन्तुष्ट जातिहरूले आन्तरिक अस्थिरताबीच साँठगाँठ बनाएर थप संकटमा धकेल्ने अवस्था सृजना भइरहेको छ । उत्तरका हुथीहरू यमनको विभाजन नभई सत्ता आफ्नो नियन्त्रणमा आओस् भन्ने चाहन्छन् । तर आन्तरिक द्वन्द्वका क्रममा हुने बाध्यकारी साँठगाँठले यमनलाई विभाजनको अवस्थामा पु¥याउनसक्छ । अर्कोतर्फ उत्तरको पहाडी क्षेत्रमा प्रभाव बनाइआएका हुथीहरूको चुनौतीले यमन असफल राष्ट्रमा परिणत हुने सम्भावना बढ्दैछ । पछिल्लो समय चर्केको द्वन्द्वले सरकारी र सैन्य अधिकारीहरूलाई समेत ध्रुवीकृत गर्नुले यमन इतिहासकै संकटपूर्ण घडीमा उभिएको छ।
dipeshkc@gmail.com

भावनात्मक एकताको अभाव

बाह्य चलखेलको परिणाम

असफलताको डिलमा