व्यर्थको विवाद
२८ मंसिर २०६६
•
७ मिनेट पाठ
व्यर्थको विवाद
संविधान बनाउन चुनिएकाहरू व्यर्थको विवाद झिकेर समस्यालाई झन् जटिल बनाउँदै छन्। यसरी त बेलामा संविधान बन्दैन। संविधानसभाको संरचनाले सबै मिलेमात्र संविधान बन्ने बनाएको छ। तर्, सबैभन्दा धेरै सभासद भएको माओवादी ‘चल अकेला ...' शैलीमा कुदेको छ भने नेपाली कांग्रेस र नेकपा (एमाले) वाल्ल परेर अडिएका छन्। अरू त्यसै जिल्ल छन्।

शासकीय स्वरूपबारे दलहरूबीच सहमति बन्न सकेको छैन। प्रत्यक्ष मतदानबाट निर्वाचित पदाधिकारी कार्यकारी प्रमुख हुने अध्यक्षात्मक प्रणाली वा निर्वाचित व्यवस्थापिकामा बहुमत भएको व्यक्ति कार्यकारी प्रमुख हुने संसदीय प्रणाली कुन रोज्ने भन्ने विवादमा प्रमुख दलहरू सिँगौरी खेल्दैछन्। राजनीतिक दलका नेताले आफू र आफ्नो दलको अहिलेको अवस्था हेरेर धारणा बनाउने र त्यसैलाई सर्वोत्तम ठान्ने हठ गरिरहेका छन्।
प्रत्यक्ष निर्वाचनका चमत्कारी व्यक्तित्वले जित्ने संभावना हुन्छ। अहिले पुष्पकमल दाहालसँग दाँजिने अर्को चमत्कारी नेता देखिएको छैन। मूलतः यही कारणले माओवादीहरू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका पक्षमा हुन्। अर्कोतिर, नेपाली कांग्रेसमा नेताको झन्झन् अनिकाल पर्दैछ। प्रत्यक्ष निर्वाचनबाट चुनिने औकातका नेता नभएकाले कांग्रेसका लागि संसदीय पद्धति अपरिहार्य भएको हुनुपर्छ। संसद्मा त जोडजाड गरेर पनि बहुमत पुर्‍याए भइहाल्छ।
लोकतन्त्रका आधारभूत चरित्र हुने हो भने जुन पद्धति अपनाए पनि हुन्छ। प्रतिनिधिमूलक निर्वाचित व्यवस्थापिका, उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिका लोकतान्त्रिक शासन पद्धतिमा न्यूनतम आधार हुन्। शक्तिशाली राष्ट्रपति चाहिन्छ भन्ने अनि न्यायापालिका संसद् वा सरकारको अधिनमा राख्ने हो भने त्यो लोकतान्त्रिक हुँदैन। यस्तै संविधानमा असंशोधनीय प्रावधान राख्ने हो भने संसदीय प्रणाली अपनाउनु अर्थहीन हुन्छ। यसैले संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने हो भने ‘घिउ र तरबार बेच्ने'को जस्तो व्यवहार दलका नेताहरूले गर्नु हुँदैन।
संविधानसभाको संरचनाले कुनै पनि दलले एक्लै संविधान बनाउन सत्तै्कन। संविधानसभाबाटै दलहरूले जनादेश पाएको मान्ने हो भने स्पष्ट छ सबै मिलेर बनाउनुपर्छ। अर्थात्, सम्झौता गर्नुपर्छ। न माओवादीले भनेजस्तो संविधान बन्छ, न कांग्रेसले खोजेजस्तो नै बन्छ। नेताहरूको वुद्धि भए यो राम्रो संविधान बन्ने अवसर पनि हो। नियतमा खोट नभए माआवादीले समानताका प्रावधानमा बढी जोड दिने र कांग्रेसले स्वतन्त्रताको रक्षामा ध्यान दिने गरे हुन्छ। स्वतन्त्रता र समानता एक अर्काका परिपू्रक र परिपोषक हुन्।
नेपाली जनताका हितमा नै संविधान बनाउने हो भने अरू देशको सिको गर्न पनि सकिन्छ। कम भ्रष्टाचार, प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानव विकास सूचकांकका आधारमा हेर्दा केही देशहरू अब्बल दर्जामा पर्छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलको २००९को प्रतिवेदनअनुसार स्विटजरल्यान्ड, स्विडेन, सिंगापुर, डेनमार्क र न्युजिल्यान्ड कम भ्रष्टाचार भएका ५ देश हुन्। इकोनोमिस्टको लोकतन्त्र सूची, २००८मा सबैभन्दा माथि रहेका ५ देशमा स्विडेन, नर्वे, आइसल्यान्ड, डेनमार्क, नेदरल्यान्ड छन्। रिपोर्टर्स विथआउट बोर्डर्सको २००९को प्रतिवेदनअनुसार सबैभन्दा बढी प्रेस स्वतन्त्रता भएका ५ देशमा डेनमार्क, फिनल्यान्ड, आयरल्यान्ड, नर्वे र स्विडेन छन्। सयुक्त राष्ट्र संघको पछिल्लो मानव विकास प्रतिवेदनमा मानव विकासका दृष्टिबाट नर्वे, अस्ट्रेलिया, आइसल्यान्ड, क्यानाडा र आयरल्यान्ड छन्।
यी सबै विकसित देश हुन्। तर यी, संसारका सबैभन्दा धनी, शक्तिशाली वा ठूला मुलुक त हैनन्। सबैजसो मुलुकको आआफ्नै प्रकारको शासन पद्धति छ तर सबैमा प्रतिनिधिमूलक निर्वाचित व्यवस्थापिका, उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिका छ। लोकतन्त्रका यी आधारभूत चरित्रमा सम्झौता गरिएको छैन।
नेपालीले खोजेको स्वतन्त्रता र समानताको प्रत्याभूति हो। स्वतन्त्रता संकुचित गर्ने र विभेद बढाउने प्रकारको संविधान बन्यो भने त्यो दिगो हुनेछैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अपनाउने हो भने संवैधानिक सर्वोच्चता कायम हुनुपर्छ। केही धारा असंशोधनीय बनाउनुपर्छ। न्यायालय स्वतन्त्र र शक्तिशाली हुनुपर्छ। संसदीय प्रणालीमा जाने हो भने संसदीय सर्वोच्चता कायम गर्नुपर्छ। संविधानमा असंशोधनीय धारा राख्नु हुँदैन।
जनप्रतिनिधिले संविधान बनाउन सक्छन् र राम्रो पनि बनाउँछन् भनेर प्रमाणित गर्ने मौका नेपालका राजनीतिक दलका नेताले पाएका छन्। साँगुरो फड्के तर्नुछ। भेँडाझैँ जुध्ने कि बाख्रालेजस्तै मिलेर जाने? संविधान सभासद गणेश बनाउन खोज्दा बाँदर बनाउने ढंगमरु शिल्पी हैनन् भने बुद्धि पुर्‍याऊन्।
अर्को समाचार
बजेटपछिको काम
०१ साउन २०६९
•
६ मिनेट पाठ
बजेटपछिको काम
आगामी वर्षको बजेटसम्बन्धी व्यर्थको विवाद समाप्त भएको छ। बजेट विवादले नेपालका राजनीतिक दलका नेताहरूको बौद्धिक स्तरको पोल खोलेको छ भने अनावश्यक विषयमा अलमलिने नेपाली समाजको प्रवृत्तिलाई पनि उजागर गरेको छ।
मुलुकमा संसद् छैन। अर्को निर्वाचन केका लागि गर्ने भन्नेमा समेत राजनीतिक सहमति हुनसकेको छैन। संविधानले एकातिर लोकतान्त्रिक विधि र प्रक्रियामा जोड दिएको छ भने अर्कातिर अमूर्त सहमतिका आधारमा शासन सञ्चालन गर्नुपर्ने निर्देश गर्छ। यस्तो अवस्थामा विगत एक महिनाभन्दा बढी समय नेपालका राजनीतिक नेताहरू र नागरिक समाजका अगुवा भनिनेहरूले व्यर्थको विवादमा बिताए। उनीहरूले बजेटको विषयवस्तुमा छलफल वा विचार प्रकटको अभ्यासमा समय बिताएको भए सम्भवतः त्यो फलदायी हुनसक्थ्यो। अहिलेको बजेटमा समावेश गर्न नसकिए पनि आगामी वर्षहरूमा तिनमा विचार हुनसक्थ्यो। संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि प्रक्रिया र स्वरूपमा विषयामा किचलो गरेर सरकार र विपक्षबाट मुलुकको समय र साधनको दुरुपयोग गरियो।

अर्थमन्त्रीले आइतबार घोषणा गरेको बजेट पूर्ण भए पनि अपूर्ण भए पनि देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थामा त्यसले तात्विक अन्तर ल्याउने थिएन। तैपनि, सरकारले पूर्ण बजेट घोषणा गर्न पाए नेपाल स्वर्गै हुन्थ्यो भनेझैँ गर्योल। विपक्षले चाहिँ सरकारले पूरै बजेट घोषणा गर्यो भने धर्ती भासिइहाल्छ भनेजस्तो व्यवहार देखायो। राष्ट्रपतिलाई समेत बजेटले पार्नुसम्म तनावमा पार्यो । बजेटका लागि यति धेरै राजनीतिक कसरत गरिएको सम्भवतः नेपालको इतिहासमा यो पहिलो पटकै हो। विगतमा बजेट प्रस्तुत गर्न रोस्ट्रममा जान लागेका अर्थमन्त्रीलाई संसदभित्रै हातपात गर्ने र बजेट पुस्तिका राखेको ब्रिफकेस फुटाउने 'बहादुरी'सम्म गरिएको भए पनि यति चर्को राजनीतिक विवाद भने भएको थिएन। जेहोस्, अब अध्यादेशबाटै सही बजेट प्रस्तुत भएको छ। कर्मचारीलाई तलब खाने बाटो खुलेको छ। विकासका ठूला योजनामा धेरै रकम विनियोजन नहुँदा कमिसन खाने र खुवाउनेहरू अलिक निराश पनि भएका हेलान्। बाँकी जनताका लागि त बजेट यसै पनि उपभोग्य सामान महंगो बनाउने वार्षिक श्राद्धबाहेक अहिलेसम्म अरू केही हुनसकेको छैन। सायद, यसैले बजेटका बारेमा साहुजी र भारदारहरूबाहेक अरूले खासै चिन्ता पनि लिएका छैनन्।

बजेट पहिले अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका विषयमा पनि उति चासो राख्नुपर्ने देखिँदैन। अर्थतन्त्रमा भएका प्रगति र क्षतिमा सरकारको भूमिका छैन। मनसुन राम्रो भए बाली सप्रेर उत्पादन बढ्छ। नदीनालामा पानी बढे जो भएका विद्युत् गृहबाट बिजुली निस्कन्छ। कलकारखाना चल्छन्। उत्पादनको स्थितिमा सुधार हुन्छ। केही वर्ष यता राज्यको नीतिकै कारण कुनै क्षेत्रको विकास भएको वा विकास रोकिएको उदाहरण बिरलै भेटिन्छ। यसैले जनता राज्यका अधिकांश कामकाजप्रति निस्पृह हुँदै गएका हुन्। राष्ट्रका लागि यो शुभसंकेत अवश्यै हैन।

अब बजेटमा सस्तो लोकप्रियताका कार्यक्रम ल्याएर सरकारले चुनावमा प्रभाव पार्ने डर पनि सकियो। यस्तै, निर्वाचनका लागि बजेटमा रकम विनियोजन गरिएकाले त्यसका लागि पनि बाटो खुल्यो। अहिलेको संकटको सही र लोकतान्त्रिक निकास पनि निर्वाचनै हो। यसैले राजनीतिक दलका नेताहरूले जुँगाको लडाइँ छाडेर मुलुकलाई निकास दिन निर्वाचनका सर्तहरू बारे छलफल गर्न थाल्नु उचित हुनेछ। नत्र, जनता सधैँ निस्पृह रहँदैनन्। जनताले साँच्चै नै चासो लिएर समस्याको समाधान खोजे भने अहिलेका नेताहरूको भूमिका अस्वीकार गर्न सक्छन्। त्यतिन्जेल पर्खेर सधैँका लागि थन्किने कि बेलाको बोली सुनेर बिउँझिने भन्ने प्रश्न नेताहरूको बुद्धि र विवेकको कसी पनि हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस