लोकतान्त्रिक शासन प्रणालीमा आर्थिक वर्षको अन्त्यमा अर्को वर्षका लागि आय व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नैपर्छ। संसद् भएमा त्यस्तो विवरण संसद्मा प्रस्तुत हुन्छ र त्यसले पारित गरेपछि मात्र बजेटले वैधता प्राप्त गर्छ। संसद् नभएका अवस्थामा सरकारले सामान्यतः पूर्ण बजेट प्रस्तुत गर्दैन।
‘प्रतिनिधित्वबिना कर लगाउन नपाइने' अमेरिकी स्वतन्त्रता संग्रामको मूल मान्यतालाई संसारभरका लोकतान्त्रिक पद्धतिहरूमा आत्मसात गरिएको हुन्छ। नेपालमा भने बजेटको प्रस्तुतिसमेत पटकपटक विवादमा पर्दै आएको छ। संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् नगरेका कारण यस्तो अवस्था उत्पन्न भएको हो। कहिले संसद्मा बजेट पेस गर्न लागेको अर्थमन्त्रीलाई हातपात गरेर बजेट पुस्तिका राखेको ब्रिफकेसै फुटालिन्छ त कहिले संसद्को बैठकै बस्न नदिएर अध्यादेशबाट बजेट जारी गर्नुपर्ने अवस्था उत्पन्न गरिन्छ। यसैले बजेटको विवाद नेपालीका लागि नौलो होइन। सायद, यही कारणले जनजीवनसँग जोडिने महŒवपूर्ण विषय भएर पनि बजेटको विवादमा खासै जनचासो भने देखिएको छैन। यो विवाद पूर्णतः राजनीतिक दलहरूको दोहोरीको विषय बनेको छ।
अहिले संसद् छैन। त्यसैले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने सम्भावना भएन। संसद् नभएका अवस्थामा बजेट पनि अध्यादेशबाटै जारी हुनुपर्छ। संसद्मा बजेट प्रस्तुत गर्न नसकिने अवस्थामा पनि मुलुकको दैनिक कामकाज सहजरूपमा संचालन गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ९६ क.मा विशेष व्यवस्था गरिएको छ। त्यसमा भएको व्यवस्थाले नियमितरूपमा राजस्व संकलन गर्न र बजेटको एक तिहाइ रमक खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई बाटो खोलिदिएको छ। सर्वोच्च अदालतको पछिल्लो निर्णय पनि संविधानको त्यही धारामा आधारित छ। यसैले आगामी वर्षको बजेटको एक तिहाइ रकम खर्च गर्ने र राजस्व संकलनलाई नियमितता दिने कार्यलाई वैधता दिन अध्यादेश जारी गराउन सरकारलाई कुनै बाधा पर्दैन। किन्तु, बजेट प्रस्तुति अहिले चर्को विवादको विषय बनेको छ। बजेटका आर्थिक सिद्धान्तहरूमा दलहरूको मत विभाजित भएका कारण यो विवाद उत्पन्न भएको भने होइन। राजनीतिक दलहरूबीचको मतभेद बजेटमा पनि प्रकट भएको हो। यसैले बजेट विवादको समाधान वैधानिक र राजनीतिक उपायबाट गर्नुपर्ने देखिन्छ।
मूलतः आगामी बजेटमा सत्तारुढ दलले जनतालाई लोभ्याउने कार्यक्रम समावेश गर्ला र निर्वाचनमा त्यसको फाइदा उठाउला भन्ने डरले विपक्षी राजनीतिक दलहरूले पूर्ण बजेट ल्याउन नदिन कसरत गरेको देखिन्छ। यद्यपि, सिद्धान्ततः पनि काम चलाउ सरकारले नयाँ कर लगाउन हुँदैन। निर्वाचित जनप्रतिनिधिले अनुमोदन नगरेको कर लगाउनु अलोकतान्त्रिक जो हुन्छ। यस्तै, संसद् नभएका अवस्थामा नयाँ शीर्षकमा खर्च विनियोजन गर्नु पनि अलोकतान्त्रिक हुन्छ। यसैले, सरकारले पूर्ण बजेटको प्रयास गर्नु नै उचित र आवश्यक छैन। पूर्ण बजेट ल्याउने सरकारी लालचामा सस्तो लोकप्रियताका लागि राजस्वको दुरुपयोग गर्ने नियतमात्र हैन निर्वाचनप्रतिको अविश्वास पनि झल्किन्छ। अर्कातिर, दलहरूबीचको सहमतिबिना बजेट ल्याउन नमिल्ने भन्ने विपक्षीहरूको जिद्दी पनि लोकतान्त्रिक होइन। राजनीतिक दलहरू जनताका वैध प्रतिनिधि हैनन्। यसैले उनीहरूको सहमति हुँदैमा नयाँ कर लगाउने वा कार्यक्रममा राज्यको ढुकुटीबाट रकम खर्च गर्ने अधिकार हुँदैन। त्यस्तो प्रयास अन्तरिम संविधान र लोकतन्त्रको मान्यताविपरीत हुन्छ।
सरकार र विपक्षी दुवै पक्षले लोकतन्त्रको मान्यता र संवैधानिक प्रावधानलाई स्वीकार गरेर अहिले गत वर्ष संसद्ले अनुमोदन गरेको बजेटमै उल्लेख भएका कर प्रस्ताव र कार्यक्रमलाई निरन्तरता दिन सहमत हुने हो भने अहिलेको समस्या सजिलै समाधान हुन्छ। त्यो विधिसम्मत र लोकतान्त्रिक पनि हुन्छ। यस्तो अभ्यास भविष्यका लागि पनि दृष्टान्त बन्न पुग्नेछ। त्यसपछि बजेटजस्तो प्राविधिक विषयका लागि राजनीतिक सहमति खोज्दै हिँड्नु पनि पर्नेछैन। निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय पनि ढुक्क हुनसक्नेछ। बजेटलाई निजी वा दलगत राजनीतिक स्वार्थमा प्रयोग गर्ने नियत नभए छ महिना नयाँ कार्यक्रमको घोषणा नहुँदैमा मुलुकको केही बिग्रँदैन। यसै पनि आर्थिक वर्षको सुरुमा छ महिना विकास बजेट खर्च हुँदैन। यसैले प्रमुख राजनीतिक दलका नेताबीच सहमति भए संविधान र लोकतान्त्रिक मूल्य तथा विधिविधान मिचे पनि हुन्छ भन्ने अधिनायकवादी धङधङीबाट ग्रस्त भएर बजेटलाई अनावश्यक विवादको विषय बनाउनु प्रत्युत्पादक हुन्छ भन्ने कटु यथार्थ दलका नेताहरूले आत्मसात् गरुन्। निजी क्षेत्रले पनि नेताहरूलाई लोकतान्त्रिक मान्यता र विधि तथा प्रक्रिया मिच्न लगाउनु हुँदैन। मूल्य, मान्यता र विधि मिच्न थालियो भने त्यसले दूरगामी प्रतिकूल प्रभाव पार्छ। त्यसको ज्वलन्त उदाहरण त नेपालै हो।