हीरा आकारको टापु तर शून्य प्रायः प्राकृतिक स्रोत। चारैतिर पानी नै पानी तर खाने पानीका लागि छिमेकी मलेसियाको भर पर्नुपर्ने बाध्यता। गरिबी र अशिक्षा व्याप्त। निर्यातका लागि भरपर्दो उत्पादन केही थिएन। आप्रवासीहरूको त्यस बस्तीमा अभावै अभाव थियो। ब्रिटिसहरूबाट स्वतन्त्र हुँदाको अवस्थासम्म सिंगापुरको विगत यस्तो थियो। छिमेकीहरूले समेत यस टापुलाई समस्याका रूपमा लिन्थे।सानो टापुमा जनसंख्याको चाप थियो। मानवशक्ति नै सिंगापुरका लागि सबथोक थियो। जागरूक, दक्ष, कामप्रति प्रतिबद्ध र उद्यमी सोच भएको जनशक्तिका बलमा ली क्वान युले नयाँ दृष्टिकोणका साथ पाइला सार्न थाले। इजरायल, स्विटजरल्यान्डजस्ता देशले हासिल गरेको उपलब्धि लीको प्रेरणा थियो। इजरायल ‘दुस्मनहरू'ले घेरिएको भए पनि कुशल मानवस्रोतबाटै टिकेको देश थियो। स्विटजरल्याण्न्ड चाहिँ बहुजातीय समाज थियो तर विविधताका बीच एकताको भावनाले त्यहाँका जनता विकास पथमा अगाडि बढेका थिए। बहुजातीय, स्रोतविहीन र छिमेकबाट सुरक्षा चुनौती रहेको सिंगापुरका सामु कठिनाइ धेरै नै थिए। सबै चुनौती पन्छाएर ली क्वान युले सिंगापुरलाई समृद्ध बनाउने सपना साकार पारे।
लीको कुशल नेतृत्वले सिंगापुर संसारमै समृद्ध देशहरूको सूचीमा पुग्यो। अहिले सिंगापुर समृद्धिको उचाइमा छ। सन् २०१४ को मानव विकास प्रतिवेदनमा अति विकसित देशहरूको सूचीमा नवौं स्थानमा छ। विश्वमै तेस्रो बढी प्रतिव्यक्ति आय भएको देश बन्न सफल भएको छ यो सानो टापु। यहाँका जनताको औसत आयु ८२.३ वर्ष छ। हजारौं बहुराष्ट्रिय कम्पनी यहाँ क्रियाशील छन्। विश्वमै दोस्रो व्यस्त बन्दरगाह मानिन्छ। विश्वमै तेस्रो ठूलो तेल प्रशोधित हुने स्थानको परिचय बनाएकोे छ सिंगापुरले।
सिंगापुरको विगत र वर्तमानबीच भने आकाश र जमिनको अन्तर छ। सिंगापुरको नेतृत्व लिएका ली क्वान युको उदय अघि र पछि धेरै परिवर्तन भएको छ। आर्थिकरूपमा दरिद्र देशको उनकै नेतृत्वमा छोटो समयमै कालापलट भयो। लीले लिएको नीति र कदमले सिंगापुरलाई विश्वमानचित्रमा उदाहरणीय आर्थिक केन्द्रमा परिणत गरायो। सिंगापुरको अर्थतन्त्रमा उनले निजी र राज्य नियन्त्रित पुँजीवादी नीति अपनाए। बहुराष्ट्रिय कम्पनीहरू स्थापनाका लागि ढोका खोले। सिंगापुरलाई सुन्दर र सफा देश बनाए। अहिले सिंगापुरको सुन्दरता नियाल्न वार्षिक एक करोडभन्दा बढी पर्यटक पुग्छन्।
चिनियाँ भाषामा ली क्वानको अर्थ ‘चम्किने प्रकाश' हुन्छ। नभन्दै उनी चम्कने प्रकाश भएर सिंगापुरलाई विश्वसामु चम्काए। सिंगापुरमा राजनीतिक स्थायित्व उनको प्राथमिकतामा रहेको थियो। स्थायित्व भएमात्र विकासको लक्ष्य हासिल हुनसक्ने देखे उनले। त्यसका लागि वाह्य सहयोग आवश्यक थियो। वैदेशिक सहयोग र सद्भाव हासिल गर्ने अभियानमा ली आफ्ना सहयोगीका साथ विदेश दौडाहामा गए। अन्ध राष्ट्रवादका विरोधी ली देशको हितमा हुनेगरी विदेशबाट सकारात्मक सहयोग लिनुपर्ने मान्यता राख्थे। उनले कूटनीतिक कौशल देखाएर बलिया र समृद्ध देशहरूबाट सहयोग लिन सके। सामरिकरूपमा महत्वपूर्ण स्थानमा रहेको सिंगापुरमा लीको चतुर कूटनीति सफल पनि भयो। क्षेत्रीय राजनीतिमा आएको परिवर्तनले पनि लीको योजनालाई सफल बनाउँदै लग्यो। इन्डोनेसियामा सुकार्नोको पतन लीका लागि लाभदायक बन्यो भने भियतनाम युद्धबाट उत्पन्न वातावरण पनि लीका लागि अनुकूल रह्यो। ली कम्युनिस्ट विरोधी थिए। भियतनाम युद्धमा अमेरिकाबाट लीलाई सहयोग भयो। उनले सिंगापुरलाई दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानमा आबद्ध गराए। त्यसबाट सिंगापुरको सुरक्षा सुनिश्चित हुन पुग्यो। लीले जोखिम मोलेर ‘विषालु माछा' नाममा सैन्य रणनीति बनाए। सिंगापुरलाई कसैले हडप्न खोज्यो भने आक्रमणकारी देश पहिले ध्वस्त हुने रणनीतिअनुसारको सैन्य रणनीति तयार गरे।
आन्तरिक सुरक्षा र स्थायित्व हासिल गरेपछि ली घरेलु मुद्दामा प्रवेश गरे। सिंगापुरलाई ‘ग्लोबल' सहर बनाउने लक्ष्यमा अगाडि बढे। अमेरिका र जापानको समृद्धिबाट लाभ हासिल गर्ने रणनीति बनाए। जातीय विविधताको यथार्थलाई मनन गरेर नीति बनाए। चिनियाँहरू बहुमतमा रहे पनि अल्पमतमा रहेका मलाया, तमिल, अंग्रेजी र मान्डारिन भाषालाई राज्यको औपचारिक भाषाको मान्यता दिए। देशभित्र राजनीतिक स्थिरता सुदृढ गर्ने लीको नीति सफल भयो। सिंगापुरका सबै विद्यार्थीले बहुभाषा जान्नसक्ने अवस्था निर्माण गरे। कम्तीमा दुई भाषा अनिवार्यरूपमा पढ्नैपर्ने नीति विद्यालय तहमा लागु गरियो। अंग्रेजी चाहिँ प्रशासनिक कामकाजमा प्रयोग गरिने भाषा बनाइयो।
शिक्षामा लीको मुख्य जोड थियो। क्षमताका आधारमा अवसर प्रदान गर्ने पद्धति उनले बसाएका थिए। योग्यताका दृष्टिबाट उत्कृष्ट ८ प्रतिशत विद्यार्थी विश्वविद्यालय प्रवेश गर्नुपूर्व नै तयारीका लागि राम्रा विद्यालयमा प्रवेश पाउँथे। बेलायती विश्वविद्यालयबाट प्रेरित भएर स्थापित शैक्षिक संस्थामा उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि पहिल्यै तयार गरिन्थ्यो। लीले सरकारी अनुदानमा घर दिनेदेखि औद्योगिक क्षेत्र स्थापना गर्नेसम्मका महत्वाकांक्षी योजनाहरू अगाडि सारे। औद्योगिक क्षेत्रहरूमा हरियाली पार्क र विद्यालयहरू निर्माण गरिए। सबै नागरिकले शिक्षा, आवास र रोजगारी पाउने सुनिश्चित भएपछि सिंगापुर समृद्ध बन्दै गयो। लीले सामाजिक विकासमा पनि उत्तिकै जोड दिए। आधुनिक शिक्षामात्र दिँदा समस्या देखिन थालेपछि उनले विद्यालयमा नैतिक शिक्षा दिने नीति अपनाउन लगाए। विद्यालयहरूले धर्म र सामाजिक मूल्य एवं मान्यताबारे अनिवार्य अध्ययन गराउनुपर्ने नीति अपनाइयो। फलस्वरूप, कानुनी शासनको सम्मान, आफूभन्दा ठूलाको मर्यादा गर्ने संस्कारको विकास भयो। पूर्वाधारदेखि सामाजिक विकासमा समेत सफल योजना विकास गरेपछि ली र उनको दल पिपुल्स एक्सन पार्टी (पीएपी)ले लगातार सबै चुनाव जित्यो।
सिंगापुर असाध्यै जटिल बहुसांस्कृतिक सामाजिक संरचना भएको देश हो। लीले सुझबुझ अपनाएर सबैलाई समान अधिकार र अवसर प्रदान गर्ने नीति लागु नगरेका भए त्यो मुलुक खतरनाक द्वन्द्वमा फस्न सक्थ्यो। लीको शासन कालमा जातीय घृणा र भेदभावको तुषसम्म पनि रहन नदिएर ‘हामी हौं'े भन्ने भावना बलियो बनाइयो। बहुभाषी विद्यालय प्रणालीले मातृभाषा र अन्य भाषाबीच सम्बन्ध स्थापित गर्नुका साथै भिन्न जातिबीच भावनात्मक सम्बन्ध विकसित भयो। दुई वटा भाषा जान्न अनिवार्य बनाइँदा भिन्नभिन्न जातिका नागरिकबीच सम्बन्ध प्रगाढ हुनपुग्यो। एकले अर्काको भाषाको सम्मान गर्ने वातावरण विकास भयो।
लीको शासन कडा पनि थियो। उनले भ्रष्टाचारविरूद्ध विशेष ब्युरो बनाएर अभियानै थाले। कानुनी कारबाहीले मात्र भ्रष्टाचार कम हुँदैन भन्ने बुझेका लीले त्यसका लागि अरू उपाय पनि अपनाए। सरकारी कर्मचारीको तलबमा व्यापक वृद्धि गर्न लगाए। कर्मचारीलाई आकर्षक तलब सुविधा दिने तर घुस लिनेलाई कडा कारबाही गर्ने नीति अपनाए। उनको यो नीति असाध्यै सफल भयो। उनले व्यक्तिगत स्वतन्त्रताभन्दा सामाजिक मर्यादा र भौतिक विकासमा जोड दिए। स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेे। विरोधीहरूलाई पूर्वाग्रह राखेर मुद्दा लगाएर जेल हालेको आरोप उनीमाथि लाग्दै आएको छ। यसैगरी धार्मिक समूहहरूलाई कट्टर गतिविधि संचालन गर्न पनि उनले रोकेका थिए। विशेषगरी कट्टर मुसलमान धर्मालम्बीप्रति लीले कडाइ गरे। लीको सफलताका कारण उनको भ्रष्टाचारमुक्त र बौद्धिक सम्पदा भएको समाज बनाउने प्रभावशाली योजनाहरू नै हुन्।
दक्षिण र दक्षिणपूर्वी एसियाका बीचमा अवस्थित सिंगापुरको भूसामरिक अवस्थालाई लीले राष्ट्र हितमा उपयोग गर्न सके। दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएका धेरै देश आर्थिक रूपमा राम्ररी उठ्न सकेनन् तर सिंगापुर उठ्यो। राजनीतिक प्रणाली र सुझबुझले स्थिरता हासिल भयो। अल्पमतमा रहेका जाति र भाषभाषीलाई पनि बहुमतमा रहेका बराबरको अधिकार र अवसर सुनिश्चित गरे। लीले जाती र भाषाका आधारमा कसैप्रति पूर्वाग्रही व्यवहार गरेनन्। समाजको यथार्थलाई मनन गरे र ‘सामाजिक इन्जिनियरिङ'मा सुझबुझ अपनाए। सबैलाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै पहिचानको सम्मान गरेर राष्ट्रिय पहिचान बनाउन पर्याप्त ठाउँ प्रदान गरे। हाम्रोभन्दा राम्रोलाई उनले प्राथमिकतामा राखे। क्षमतावान्हरूलाई बाल्यकालबाटै अलग तरिकाले सुविधायुक्त वातावरण प्रदान गरी राज्यको निकायमा स्थापित गर्ने गरी सामाजिकीकरण गर्न लगाए। ली युवालाई उच्च प्राथमिकतामा राखेर नेतृत्व विकासमा जोड दिन्थे भने अनुभवलाई पनि उत्तिकै महत्व दिन्थे। लीको सुझबुझ र गहिरो चिन्तनका साथ योजना तर्जुमा गरी कायान्वयन गर्ने खुपीले सिंगापुर विशिष्ट र समृद्ध देशको परिचयका साथ विश्वमानचित्रमा स्थापित हुनसकेको हो।