फुटबलमा आशा
०२ चैत्र २०७१
•
१६ मिनेट पाठ
फुटबलमा आशा
नेपाली खेलकुदमा फुटबल र क्रिकेट सबैभन्दा लोकप्रिय टिम खेल हुन्। लोकप्रियतामा फुटबल क्रिकेटभन्दा अझ माथि छ। कुनै अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोली मैदानमा उत्रँदा दशरथ रंगशाला नेपाली दर्शकका निम्ति निकै साँघुरो हुन्छ। घरेलु प्रतियोगितामै पनि थ्री स्टार, मनाङ मर्स्याङ्दी, पुलिस र आर्मीजस्ता महारथी मैदान उत्रँदा दर्शकको व्यवस्थापन गर्न आयोजकलाई हम्मे हुने गरेको छ।फुटबल र क्रिकेट लोकप्रियताका कारण नेपालमा सबैभन्दा बढी सम्भावना बोकेका खेल पनि हुन्। यी खेलमा दर्शकको व्यापक आकर्षण हुन्छ। सरकार, व्यावसायिक प्रतिष्ठान र सम्बन्धित अन्य निकायको पनि त्यही खेलप्रति चासो बढ्ता रहन्छ। एकातिर फुटबल र क्रिकेटमा नेपाल अगाडि बढ्ने सम्भावना प्रचुर छ भने अर्कोतिर यही दुई खेल देशभित्र सबैभन्दा बढी समस्यामा पनि छन्।
दुवै खेलको प्रशासन आन्तरिक किचलोले दग्ध छ। आवश्यक भौतिक पूर्वाधार ‘छैन' भन्दा पनि फरक पर्दैन। घरेलु संरचना क्रिकेटमा छँदै छैन, फुटबलमा अति व्यस्त भए पनि ‘अस्तव्यस्त' को अवस्थामा छ। राजनीतिक द्वन्द्वले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा) दुवै तरुल बनिरहेका छन्। एन्फा नेतृत्वले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाई पाएको छ। तर क्यानका अध्यक्ष र महासचिवलगायत १० प्रमुख पदाधिकारी भ्रष्टाचारको मुद्दामा विशेष अदालत धाइरहेका छन्। बाँकी कार्यसमिति पनि एकढिक्का छैन। त्यसमाथि सरकारले अर्को कार्यसमिति गठन गरेको छ, जसलाई सर्वोच्च अदालतले मान्यता दिएको छैन। नेपालको क्रिकेट चलाउने संयन्त्र नै अहिले अन्योलमा छ। राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय एउटा हुनुपर्ने भए पनि थुपै्र समूह अस्तित्वमा छन्। समग्रमा क्रिकेट र फुटबल दुवै अत्यन्तै बदनाम छन्। सामान्य समर्थकले पनि क्यान वा एन्फाका पदाधिकारीलाई भित्रैदेखि सम्मान गर्ने अवस्था छैन। क्रिकेट वा फुटबलमा संलग्न पदाधिकारीबारे समर्थकले बनाउने धारणा भनेकै ‘भ्रष्ट' र ‘तानाशाह' हो।
कुरो केही पदाधिकारी वा संघको होइन। समर्थक र प्रायोजकमा कुनै खेलबारे यस्तो नकारात्मक धारणा बन्नुको परिणति सम्बन्धित खेलको भविष्यका लागि निकै घातक हुन्छ। खेलाडी, प्रशिक्षक, रेफ्रि वा खेलमा सरोकार राख्नेहरू यसबाट सबैभन्दा बढी प्रभावित हुन्छन्। खेल प्रशासन बदनाम हुँदा समग्र खेलको अस्तित्व नै संकटमा परिरहेको हुन्छ। राजनीतिक संक्रमणको बेला खेलको हित बिर्सेर आआफ्नो दुनोमात्र सोझ्याउने धुनमा पदाधिकारीहरू मस्त हुँदा नेपालमा फुटबल र क्रिकेटको यो गति भएको हो।
प्रशासनको नालायकीले खेलको अस्तित्व संकटमा पर्दा क्रिकेटलाई राष्ट्रिय टोलीले जोगाएको छ। देशभित्र क्रिकेटकर्मी हुँ भन्न लाज हुने अवस्थामा राष्ट्रिय टोलीले लगातार अन्तर्राष्ट्रिय स्तरमा गौरवमय नतिजा ल्याएर प्रशासनको नग्नता ढाकछोप गरेको छ। खेल्ने ठाउँ नहुँदा, देशभित्र खेल्ने प्रतियोगिता नहुँदा, खेलेर सामान्य खाजाको समेत प्रबन्ध नमिल्दा, खेलेबापत सम्बन्धित संघबाट स्याबासीसमेत नपाउँदा पनि क्रिकेट टोलीले आफ्नो जिम्मेवारीमा सम्झौता गरेन। अरु देशका खेलाडीले कति कमाउँछन्, उनीहरूको क्रिकेट संरचना कस्तो छ, भौतिक पूर्वाधार कस्तो छ भनेर कहिल्यै दाँजेनन्। शून्यको अवस्थामा रहेको नेपाली क्रिकेटलाई ट्वान्टी–२० विश्वकपसम्म पुर्यााए। कीर्तिपुरमै पर्याप्त खेल खेल्न नपाइरहेको बेला विश्व क्रिकेट लिग च्याम्पियनसिपमा चन्द्र–सूर्य झन्डाको उपस्थिति पक्का गरे।
खेलाडी, प्रशिक्षक र टिमका अन्य कर्मचारीकै बलमा अहिले नेपाली क्रिकेट सफलताको उत्कर्षमा छ। त्यसकै कारण अहिले राष्ट्रिय खेलाडी व्यावसायिक प्रतिष्ठानका विज्ञापनमा पहिलो रोजाइका मोडल भएका छन्। पारस खड्का र उनका सहयात्रीलाई आफूसँग अनुबन्ध गर्न देशका ठूला व्यावसायिक प्रतिष्ठानबीच हानथाप चल्न थालेको छ। वार्षिकरूपमा दसौँ लाख रुपैयाँ कमाउने अवस्थामा उनीहरू पुगेका छन्। व्यक्तिगतरूपमा खेलाडी आर्थिक लाभ तथा सामाजिक प्रतिष्ठाको हकदार बन्दा उनीहरूले खेललाई पनि एउटा नयाँ उचाई दिएका छन्। पूरा देशलाई क्रिकेटको माध्यमबाट एकताको सूत्रमा बाँध्न सफल भएका छन्। सम्पूर्ण नेपालीलाई दुर्लभ खुसी दिने माध्यम बनेका छन्।
फुटबलको अवस्था क्रिकेटजति दयनीय छैन। क्रिकेटमा भन्दा फुटबलमा दर्शक बढी छन्। दर्शकले खेल हेर्न तिरेको पैसाले नै देशको फुटबल थेग्न सकिने अवस्था छ। अन्तर्राष्ट्रिय सहयोग पनि धेरै छ। प्रायोजक पनि क्रिकेटभन्दा फुटबलमा बढी छन्। भौतिक पूर्वाधार क्रिकेटको दाँजोमा दह्रो छ। क्रिकेटमा खेलाडीले घरेलु प्रतियोगिता खेल्नै नपाउने अवस्थामा ‘अस्तव्यस्त' फुटबलमा भ्याइनभ्याइ छ। खेलेरै बाँच्न सकिने अर्धव्यावसायिक अवस्थामा फुटबल पुगेको पनि धेरै वर्ष भइसक्यो। प्रशासन पनि क्रिकेटको दाँजोमा चुस्त छ। क्यानको दाँजोमा एन्फा ‘व्यवस्थित' पनि छ।
तर वर्तमानमा फुटबल क्रिकेटभन्दा धेरै पछाडि परेको छ। किन त? फुटबल खेलाडीमा क्रिकेटको जस्तो प्रतिबद्धता र अनुशासन छैन। कम्तीमा मैदानमा क्रिकेटरले जस्तो फुटबलरले आफूलाई खरोरूपमा प्रस्तुत गर्न सकिरहेका छैनन्। पक्कै पनि क्रिकेट एउटा सीमित देशले खेल्ने खेल हो। फुटबल त्यसको दाँजोमा धेरै फराकिलो छ। फुटबल विश्वकै साझा खेल हो। फुटबलमा सफलता पाउन गाह्रो छ। तर असम्भव छैन। नेपाली समर्थकले फुटबलबाट क्रिकेटको जस्तो विश्वकपको सपना देखेका पनि छैनन्। दक्षिण एसियामा मात्रै राम्रो नतिजा ल्याउनसके फुटबललाई सफल दर्जा दिन सकिन्छ।
राष्ट्रिय फुटबल टोलीले पटकपटक आफूलाई प्रमाणित गर्ने तथा नेपाली फुटबलको रुग्ण अवस्थामा सुधारको संवाहक बन्ने अवसर पाइरहेको छ। फेरि एकपटक फुटबलरले त्यस्तो मौका पाएका छन्। विश्वकप २०१९ को छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि नेपालले मंगलबार दशरथ रंगशालामा चिरप्रतिद्वन्द्वी भारतलाई निम्त्याउँदैछ। गुहाटीमा खेलेको पहिलो लेगमा २–० को हार भोगेपछि अब नेपाललाई विश्वकप छनोटमा अघि बढ्न रंगशालामा कम्तीमा ३ गोलअन्तरमा जित आवश्यक छ।
२००६ को विश्वकपअघि इटालीको फुटबल पनि नेपालको जस्तै समस्यामा थियो। खेल मिलोमतो र प्रशासनिक भ्रष्टाचारका कारण इटालियन फुटबल धराशायी हुने अवस्थामा पुगेको थियो। च्याम्पियन युभेन्टसजस्तो टोली दोस्रो श्रेणीमा घटुवा भएको थियो। राष्ट्रिय टोलीका धेरै खेलाडी युभेन्टसकै थिए। जसका कारण इटालियन खेलाडीमा विशेष इख पलायो। ह्विपिङ ब्वाइजका रूपमा बयान गरिएको इटालियन टोलीले जर्मनीमा विश्वकपको उपाधि उचालेर देशको फुटबललाई धराशायी हुनबाट जोगायो। नेपाली टोलीले मंगलबार सफल नतिजा ल्याउन सके क्रिकेट वा ९ वर्षअघिको इटालियन फुटबलले जस्तै नेपाली फुटबलले पनि ‘मोमेन्टम' समाउन सक्छ।
नेपाली फुटबलमा भारतलाई ३–० ले हराउने क्षमता नभएको पनि होइन। भारतमा गत वर्षबाट इन्डियन सुपर लिग सुरु भएको छ। आफ्नो जमानामा विश्व हल्लाएका बूढा सुपरस्टारहरूले भारतीय भूमिमा खुट्टा चलाएका छन्। तर त्यो आइएसएल खेल्ने कति खेलाडी अहिले भारतीय टिममा छन् त? भए पनि मैदानमा उनीहरूको प्रदर्शन कस्तो छ त? पक्कै पनि भारतीय टोली अहिले नेपालभन्दा राम्रो छैन। व्यक्तिगत प्रतिभा र क्षमताको मूल्यांकन गर्दा धेरै भारतीयभन्दा नेपाली खेलाडी उत्कृष्ट छन्। केवल नेपालीलाई हनुमानझैँ शक्ति थाहा नभएको मात्र हो। हनुमानलाईझैँ हाम्रा खेलाडीलाई शक्ति देखाउने जम्बुवानको अभाव छ। त्यो काम क्रिकेटमा पुबुदु दासानायकेले जस्तै फुटबलमा ज्याक स्टेफोनोस्की र उनको प्रशिक्षण टोलीले गर्नुपर्छ। तर यसमा उनीहरू लगातार चुक्दै आएका छन्।
पाँच महिनाअघि कतारमा फिलिपिन्सशिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ३–० को एकतर्फी हारको सिकार बन्नुमा प्लेयर बक्सकै कमजोरी थियो। लगातार राम्रो खेले पनि जगजित श्रेष्ठ ६५ औँ मिनेटमा अनावश्यक रातो कार्ड खाएर बाहिरिनुमा जम्बुवानहरूले खेलाडीलाई राम्ररी शिक्षित गर्न नसक्नु नै कारण थियो। १० जनामा सीमित भइसकेको टोलीले त्यसपछि पनि रणनीति परिवर्तन गर्न सकेन। एक खेलाडी कम भएर २५ मिनेट खेले पनि मैदानमा नझुकेको टोलीले दुई मिनेट थप गरिएको इन्जुरी समयमा मात्र दुई गोल स्वीकारेको थियो।
१–० ले पछि परिसकेको खेलमा जगजित बाहिरिएपछि नेपालको खेलमा फर्कने व्यावहारिक सम्भावना समाप्त भइसकेको थियो। फिलिपिन्सले खेलमा लगातार दबाब सिर्जना गरिरहेको थियो। त्यस्तोमा एक खेलाडी कम भएपछि विपक्षीको प्रभाव अझ मजबुत हुनु स्वाभाविक थियो। तर नेपाल गोल फर्काउने रणनीतिबाट पछि हटेन, जुन नेपाली टोलीको रातो कार्डपछिको अर्को गल्ती थियो। खेलमा फर्कन नसके पनि कम्तीमा गोलअन्तर बढ्न नदिने गरी नेपालले रणनीति फेर्न सक्नुपर्थ्यो। तर निरिह नेपाली प्लेयर बक्स प्रतिक्रियाविहीन भयो र इन्जुरी समयमा थप दुई गोल खायो।  
नेपाली खेलकुदमा सफलताको उदाहरण दिँदा अहिले क्रिकेट सबैभन्दा पहिला आउँछ। त्यसैले यहाँ पनि क्रिकेटको प्रसंग जायज होला। क्रिकेटरहरू आफ्नो शक्तिबारे जानकार छन्। उनीहरूसँग दासानायकेजस्ता जम्बुवान पनि छन्। साथमा उनीहरू आफ्नो जिम्मेवारी, दायरा र अनुशासनबारे पनि सचेत छन्। फुटबलमा यो अवस्था छैन। सानै उमेरबाट खेलमा लागेका खेलाडीलाई शिक्षित गर्ने काम सम्बन्धित संघ वा प्रशिक्षकको हो। अझ फुटबलमा त धेरै खेलाडी एन्फा एकेडेमीबाटै आएका छन्। सबैभन्दा बढी समस्या उनीहरूमै छ। एन्फाले आफ्ना खेलाडीलाई बल खेलाउने कलामात्र सिकायो, वास्तविक जिम्मेवारी सिकाउन सकेन। खेलाडीको समाज र राष्ट्रप्रतिको दायित्व बुझाउन सकेन। खेलाडीलाई उसकै शक्तिको हेक्का गराउन पनि सकेन। बल खेलाउने प्रतिभा भएरमात्र खेलाडी बनिन्न, एउटा पूर्ण खेलाडी बन्न अन्य धेरै गुण पनि हुनुपर्छ भन्ने बुझाउन सकेन। यहाँसम्म कि प्लेयर बक्स पनि सक्षम चुन्न सकेन।
अहिले फेरि एउटा सुनौलो मौका आएको छ, सबैले आफूलाई प्रमाणित गर्ने। मंगलबारको साँझ दशरथ रंगशालामा फुटबल खेलाडीले नेपालीको मुहारमा मुस्कान उपहार दिन सकून्।


अर्को समाचार
गणेश थापाको अपिल खारेज
१० वैशाख २०७३
•
५ मिनेट पाठ
गणेश थापाको अपिल खारेज
काठमाडौं- फुटबलमा फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाको आशा तत्कालका लागि टरेको छ। फिफाको अपिल कमिटीले शुक्रबार अपिल पूर्णरुपमा खारेज गरेपछि फुटबलमा फर्कने उनको आशा तत्कालका लागि पूरा नहुने भएको हो।फिफाको इथिक्स कमिटीले कात्तिक २९ भ्रष्टाचारको आरोपमा थापालाई १० वर्षको प्रतिबन्ध लाउँदै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनले आफूमाथिको प्रतिबन्ध र कारबाहीविरुद्ध अपिल गरेका थिए। थापाको अपिल पूर्णरुपमा खारेज गरेको फिफाले आफ्नो वेवसाइडमार्फत सावर्जनिक गरेको थियो।




सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको बताएको थियो। फिफाले चार वर्षअघि देखिनै थापामाथि अनुसन्धान गरेको थियो। उनी २०७१ को कात्तिकमा पहिलो पटक १ सय २० दिन र दोस्रो पटक ९० दिन फुटबल गतिविधिबाट अलग भएका थिए।

तत्कालीन प्रथम उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिँदै उनी फुटबलबाट अलग भएका थिए। गतवर्ष जेठ २९ गते करेन्ट लागेर मृत्यु भएको केही दिन पछि थापा पुन एन्फा फर्केका थिए। तर उनी लामो समय एन्फा नेतृत्वमा रहन पाएनन्। २०७२ को कात्तिकको अन्त्यमा फिफाको इथिक्स कमिटीको निर्णयले पुन फुटबलबाट बाहिरिए। अब उनीसँग कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस जाने एउटा विकल्प मात्र बाँकी छ।

दुई दशक नेपाली नेपाली फुटबलको नेतृत्व गरेका थापाले व्यक्तिगत र पारिवारिक रूपमा ठूलो रकम लिएको खुल्न आएको कारबाहीको निर्णय सार्वजनिक गर्ने क्रममा फिफाले उल्लेख गरेको थियो।

भ्रष्टाचारको अभियोगमा आजीवन प्रतिबन्धमा रहका एएफसीका पूर्वअध्यक्ष मोहम्मद बिन हमामसँग थापाले १ लाख डलर लिएको २०१२ को जुनमा सार्वजनिक भएको थियो। हमाममाथि फिफाले अनुसन्धान गर्ने क्रममा तत्कालिन समयमा एएफसीमा कार्यरत थापाका छोरा गौरवको खातामा हमामले १ लाख डलर जम्मा गरिदिएको खुलेपछि थापामाथि अनुसन्धान सुरु भएको थियो।

अनुसन्धानका क्रममा थापाले २०१० मै हमामसँग थप १ लाख १५ हजार पाउन्ड पनि लिएको सर्वजनिक भएको थियो। थापाले हमामसँग छोरामार्फत सापटीको रुपमा रकम लिएको र अर्को रकम व्यपारिक साझेदारीका कारण लिएको दाबी गरेका थिए।

एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दुई वर्षअघि चलेको आन्दोलनले थापा आन्तरिकरुपमा केही कमजोर भएका थिए। तर, त्यही बीचमा उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सभासदमा मनोनित गरेको थियो।

शेर्पा नेतृत्वमा असन्तुष्ट पक्षले थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय खेलकुद परिषद र सम्पत्ति शुद्धीकरण विभागमा भ्रष्टाचारको अभियोगमा कारबाहीका लागि निवेदन दिएका थिए।

त्यही उजुरीका आधारमा सार्वजनिक लेखा समितिले २०७१ को असोज १३ गते ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै थापामाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो। अख्तियारले त्यही वर्ष माघमा फुटबलको उजुरीलाई तामेलीमा राखेपछि आन्तरिक रुपमा थापाका लागि परिस्थिती सहज बनेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस