यही १६ फागुनमा खुलामञ्चमा एमाओवादीसहित विपक्षी मोर्चाको शक्तिप्रदर्शनमा सहभागी भएर डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा भारत पुगे। सतहमा हेर्दा पार्टीको भारत प्रवासको कार्यक्रममा सहभागी हुन पुगेको देखिए पनि दुवै नेताको उद्देश्य नेपाल मामलामा भारतीय पक्षसँग खुलेर छलफल गर्नु हो भन्ने भेट र त्यसक्रममा उठाइएका विषयहरूले प्रष्ट पार्छ।दिल्लीस्थित थिंक ट्यांकले आयोजना गरेको कार्यक्रममा भट्टराईले नेपालमा विद्यमान राजनीतिक अवस्थालाई पार लगाउन भारतको प्रभावकारी भूमिकाको आवश्यकता औँल्याए। बाह्र बुँदे सहमतिदेखि शान्ति प्रक्रियाको वर्तमान अवस्थासम्म भारत एउटा प्रभावशाली पक्ष रहेको भन्दै भट्टराईले संविधान निर्माणको गतिरोध अन्त्यमा भारतको भूमिका खोजे। त्यस्तो भूमिका के हो भन्नेबारे अड्कालबाजीहरू चलिरहँदा अँध्यारो कुनामा भइरहेको सत्ता ढाल्ने र बनाउने खेलको खुलासा भयो। दिल्लीमा भएको भट्टराईको महŒवपूर्ण भेटघाट र देशभित्र सत्ता परिवर्तनका लागि सत्तारूढ घटक नेकपा एमालेबाट नयाँ तुरूप फालिनु संयोगमात्र नहोला। भित्रभित्र जे भइरहेको थियो त्यो एकाएक उजागर हुँदा राजनीतिक बृत्तमा भने ठूलै तरंग आयो।
संविधान निर्माणमा विवाद भएको भन्ने सतही व्याख्याबाट पन्छिएर चुरो कुराको नजिक पुग्नुले भ्रमका पर्दाहरू च्यातिएका छन्। बाहिर बहस र चर्काचर्की भएजत्तिको संविधानको मूलभूत विषयमा दलहरूबीच खासै मतभेद छँदैछैन। मुख्य विषय सत्ता र प्रमुख नेताहरूको राजनीतिक भविष्यप्रति बढेको चिन्ता नै हो। प्रमुख नेताहरू संविधानका विवादित विषयलाई आफ्नो राजनीतिक भविष्यसँग जोडेर 'बार्गेनिङ'को मुद्दा बनाइरहेका छन्। संविधान जारी भए आफूले के पाउने भन्ने विषयमा कुरा अड्किएको छ। त्यसो त माघ ८ मा संविधान जारी हुन नदिने खेल भएदेखि नै सत्ताको नयाँ दौड सुरू भइसकेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ फागुनमा आएरमात्र चुरो कुरा खोल्दै पार्टीको आन्तरिक बैठकमा सत्ता पल्टाउने उद्देश्यनिहित निर्णय गराए। नयाँ परिस्थितिमा नयाँ तरिकाले जानुपर्नेमा जोड दिँदै नयाँ सम्झौता गर्नुपर्ने भनियो। एमालेको बदलिँदो गतिविधिले सरकारको नेतृत्व गर्ने उसको महत्वाकांक्षा उजागर हुनपुग्यो। सुशील कोइरालालाई 'कि गर कि छाड' को सन्देश दिनेगरी गरिएको धम्कीयुक्त निर्णय सार्वजनिक भएलगत्तै ओलीको प्रधान मन्त्री बन्ने चाहना फेरि एक पटक सतहमा देखियो।
संघीयताका सवालमा जातीय राज्यविरोधी अभिव्यक्ति दिएर बहुसंख्यक सहरी मध्यमवर्गीयको मन जित्न सफल ओलीको भित्री चाहना बिस्तारै मुखरित हुनथालेको थियो। जनस्तरमा चर्चा बटुलेर प्रधान मन्त्रीलाई समेत छायामा पारेर कांग्रेसबृत्तमै क्षणिक वाह्वाही पाए। सुशील कोइरालाको विकल्पमा आफू सबैभन्दा बलियो पात्र हुँ भन्ने प्रमाणित गर्न ओलीले आफ्नो बोलीको उपयोग गरे। जनस्तरमा फालेको तुरूपले उनलाई चर्चा र चासोको टाकुरामा पुर्याँयो। कठोर बोली बोले पनि उत्तर र दक्षिणका शक्तिकेन्द्रलाई चिढ्याएनन्। भित्रीरूपमा एमाओवादीको एक पक्षसँग सम्पर्कमा रहेर विकल्प खोज्न सक्रिय रहे।
कांग्रेसको आन्तरिक संघर्ष
माघ ८ मा संविधान जारी हुननसकेपछि सत्ताका खेलाडीहरूको ध्यान कांग्रेसको भदौमा हुने महाधिवेशनतर्फ खिचियो। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसको आन्तरिक शक्तिसंघर्षबाट लाभ लिन खोज्नेहरू सोहीअनुसारको रणनीति बनाउन सक्रिय भए। एमाओवादीका प्रभावशाली नेता वर्षमान पुनले कांग्रेसको आन्तरिक शक्तिसंघर्षले धेरै विषय अड्किएको र त्यसैले छिनोफानो गर्ने अभिव्यक्ति दिएपछि चुरो कुरो बाहिर आयो। सत्तापक्ष र विपक्ष दुवै टकरावको अन्तिम बिन्दुसम्म पुगिसकेबाट योभन्दा बढ्ननसक्ने र अब छिनोफानो हुने पुनको भनाइलगत्तै नयाँ परिस्थिति विकसित भयो। एमाओवादी र मधेसवादी दलसम्म सत्ताको विकल्पबारे प्रस्ताव पुगिसकेको थियो। यसले कस्तो अवस्था सृजना गर्ने हो भन्ने कांग्रेसका प्रभावशाली नेताहरूको भूमिकाले तय गर्ला।
भदौमा तय भएको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको आन्तरिक संघर्ष चुलिँदैछ। महाधिवेशनको समयमा पनि कोइराला प्रधान मन्त्रीको पदमै रहन चाहन्छन्। क्यान्सरलाई जितेपछि उनले अर्को कार्यकालमा पनि सभापतिको दाबेदारी प्रस्तुत गर्ने सम्भावना बढ्दैछ। कोइराला परिवारभित्र बलियो दाबेदार स्थापित नभइरहेको अवस्थामा उनैलाई अघि सर्न जोडबल भइरहेको देखिन्छ। प्रतिष्पर्धाबाट पछाडि हटेमा कोइरालाले आफूले रूचाएकालाई अगाडि बढाउन सक्छन्। सत्तामा रहँदा महाधिवेशनमा दरिलो प्रभाव बनाउन सकिने सोच कोइरालामा पनि होला। सभापतिका बलिया दाबेदार शेरबहादुर देउवा सुशीलको विकल्प खोज्न धेरै अघिदेखि सक्रिय छन्। सत्ताको आडमा कोइरालाले सभापति पद जित्लान् वा आफूले रूचाएकालाई जिताउन भूमिका खेल्लान् कि भनेर देउवा सतर्क छन्। महाधिवेशनसम्म कोइरालालाई सत्तामा रहन नदिने देउवाको भूमिका बिस्तारै सतहमा आउन थालेको छ। देउवा आफै भावी प्रधान मन्त्रीको दाबेदार बनेर सक्रिय भूमिका खेल्दै आएका थिए। उनी निकटस्थहरूको विदेश दौडाहा यही उद्देश्यमा केन्द्रित थियो। विशेषगरी दक्षिणतिर देउवानिकटस्थको ध्यान खिचिएको छ।
ओलीको कसरत
धेरैले ठाने जातीय राज्यको विरोधमा कठोर बोली सार्वजनिक गरेर ओलीले एमाओवादी र मधेसवादी दललगायत जनजातिलाई चिढ्याए। विदेशीप्रति संकेत गर्दै उनले दिएको अभिव्यक्ति पनि कठोर थियो। अब ओली प्रधान मन्त्री बन्न सक्दैनन् भन्ने विश्लेषण गर्नेहरू पनि थिए। तर ओलीका गतिविधि रणनीतिक र कोइरालालाई असफल बनाउने शैलीको थियो भन्ने छर्लंग हुँदै गएको छ। उपयुक्त क्षण निर्क्यौल गरी ओलीले पार्टीको बैठकबाट निर्णय गराएर कोइरालालाई अप्ठ्यारोमा पारे। कांग्रेसमा आन्तरिक शक्तिसंघर्ष उत्कर्षतर्फ बढ्ने संकेत देखेपछि ओली अगाडि बढ्न खोजेका छन्। सत्तामा पुग्न अहिले उपयुक्त अवस्था उनले देखेको हुनुपर्छ। उनले आफ्नो पार्टीभित्र बलियो प्रभाव बनाइसकेका छन्। सतहमा हेर्दा एमाओवादी र मधेसवादी दललाई चिढ्याएको देखिए पनि उनी निकै नरम छन्। पार्टीभित्र कुनै बेला आफ्ना प्रतिपक्षी वामदेव गौतमलाई समेत साथमा ल्याउनसक्नुले कठोरमात्र होइनन् नरम पनि बन्छन् भन्ने उनले व्यवहारमै देखाइसके। ओलीको बाहिरी वक्तव्यबाजी जेजस्तो भए पनि सत्ताको जोडघटाउमा असन्तुष्टलाई पनि समेट्ने गरी उनका निकटस्थ सक्रिय छन्। जतिसुकै वाक्युद्ध भए पनि सत्ताको सिँढी चढ्दा हातेमालो हुनसक्ने नेपाली राजनीतिको चरित्र नै हो। ओलीले कुर्सीमा पुग्न यी व्यावहारिक पक्षलाई उपयोग गर्नसक्छन्। एमाओवादीप्रति कठोर बनेका उनी एउटा उचाईसम्म त पुगे तर धेरै अगाडि बढेनन्। एकाएक लचिलो बनेर एमाओवादीतर्फ संकेत गर्दै उनले भनेका थिए, 'मर्ने र मार्ने कुरा नगर्नुहोस्, मन्त्री र प्रधान मन्त्री बन्नेतर्फ सोच्नुहोस्।' सत्तातिर अरूको ध्यान खिच्दै आफ्नो पनि ध्यान त्यतैतर्फ भएको सन्देश उनले यही अभिव्यक्तिका माध्यमबाट दिए।
अबको सम्भावना
एमाओवादी र मधेसवादीले पनि खुलामञ्चमा शक्ति प्रदर्शनपछि अगाडि नबढ्ने संकेत गरे। विजयकुमार गच्छदार आन्दोलनभन्दा अन्य विकल्पमा जानुपर्ने पक्षमा उभिँदै आएका छन्। कोइरालाले गच्छदारप्रति भरोसा राखेका छन्। मधेसवादी दलका अन्य पक्षचाहिँ कोइरालाप्रति रूष्ट छन्। सत्तापक्ष र विपक्षको भित्री धु्रवीकरण कुर्सीको नयाँ कसरतका क्रममा खुल्दै जाला। संविधान निर्माण प्रक्रियामा कांग्रेस अघि बढिहाल्ने अवस्था नभएकाले सहमतिको प्रयासमा कोइराला अग्रसर भएका छन्। त्यसका लागि सहमतिको सर्वदलीय सरकार गठनतर्फ उनी केन्द्रित हुँदैछन्। किनकि सर्वदलीय सरकार गठन गर्न सकेमात्र कोइराला सत्तामा टिक्ने र संविधान बन्ने सम्भावना छ। नत्र जसले सर्वदलीय सरकार गठन गर्न सक्छ उही अगाडि बढ्ने अवस्था सृजना भइरहेको छ। संविधान निर्माणपछि कसले कुन प्रमुख पद पाउनेसहितको प्याकेजमा सहमतिको विषयले महŒव पाइरहेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधान मन्त्री, सभामुख र उपसभामुख पदको बाँडफाँटसहितको टुंगो लगाएपछि मात्र संविधान जारी हुने सम्भावना बलियो बनिरहेको छ। कोइराला अहिले त्यही विषयमा केन्द्रित रहेर सहमति बनाउन सक्रिय छन्।
सत्तारूढ घटक एमाले अध्यक्ष ओलीले विपक्षीप्रति कठोर बोली बोलिरहँदा पनि कोइराला संयमित थिए। द्वन्द्वको एउटा पक्ष माओवादीलाई चिढ्याएर भन्दा पनि मिलाएर जानुपर्ने अडान उनले छाडेनन्। मधेसवादी दललाई समेत नचिढ्याउने नीति उनले लिए। सहमतिबाट संविधान बनाउने नीतिलाई नछाडेकैले एमालेले प्रक्रियामा जान वा तत्काल सहमति नबनाए सरकार छाड्ने धम्की दियो। पार्टीभित्रै सरकार ढाल्ने खेल भइरहँदा एमालेले गरेको निर्णयले कोइरालालाई झस्काएको हुनुपर्छ। कोइरालामाथि विपक्षीको भन्दा पार्टीभित्र र सत्तारूढ घटक एमालेबाट बढी चुनौती तेर्सिएको छ। कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलसहितको सहमतिको सर्वदलीय सरकार गठनबाट मात्र कोइराला सत्तामा टिकिरहने सम्भावना छ। त्यस्तो सहमतिको सरकारले मात्र संविधान जारी गर्न सक्ला। यस्तो सरकार गठन अहिलेको अवस्थामा फलामको च्युरा जत्तिकै कठिन पनि छ। सहमतिको सरकार नबने कोइरालाको विकल्पमा फोहोरी अंकगणितका खेलहरू सुरू हुनसक्छन्, जसले देशलाई झनै अन्यौल र अस्थिरतातर्फ धकेल्ने छ।