नेपालमा बारम्बार कलेजका डिग्री र नेताको क्षमताका बीचमा तुलना गर्ने गरिन्छ। धेरै जनतामा नेताहरू धेरै पढेका भए मुलुकले छलाङ मार्थ्याे कि भन्ने सोच देखिन्छ। यद्यपि, बाबुराम भट्टराईको शासनपछि यो भ्रम धेरै मात्रामा हटेको हुनुपर्छ। प्रधानमन्त्रीहरूमध्ये गिरिजाप्रसाद कोइराला र सुशील कोइराला कलेजका स्नातक नभएकाले मुलुक हाँक्न अन्तर्राष्ट्रिय प्रवृत्तिअनुसारको सपना देख्न सकेनन्। त्यसैले मुलुकले गति लिन सकेन भन्ने ठान्नेहरू पनि छन्। के साँच्चै नेताको शैक्षिक योग्यता र देश विकासबीच कुनै तालमेल छ त?प्राध्यापक जिम कोजर र ब्यारी पोस्नरको जोडीले नेतृत्वकर्ताको क्षमता, योग्यता र सफलताका सम्बन्धमा चार दशकभन्दा लामो अनुसन्धान गरेर धेरै पुस्तक लेखेका छन्। तीमध्येको ‘द लिडरसिप च्यालेन्ज' सबैभन्दा उत्कृष्ट पुस्तक हो। यो पुस्तक बाइस भाषामा अनुवाद भयो भने विक्रीले बीस लाखको संख्या नाघ्यो। दशकौंको अनुभव, हजारौँ अन्तर्वार्ता र झन्डै एक लाख लिखित प्रतिक्रियाका आधारमा उक्त पुस्तक तयार पारिएको दाबी लेखक द्वयको छ। नेतृत्वकर्ताका रूपमा सफलता हासिल गर्न व्यक्तिमा के कस्ता क्षमता आवश्यक हुन्छन् भन्ने विषयमा केन्द्रित भएर लेखिएको उक्त अनुसन्धानात्मक पुस्तक मुलुकको नेतृत्व लिन्छु भन्ने नेताले समयमै अध्ययन गरे राम्रै हुन्थ्यो।
सफल नेतृत्वका लागि इमानदारी, अग्रगामी सोच, प्रेरणादायी, सामर्थवान् तथा सामूहिक दृष्टिजस्ता पाँच गुण आवश्यक ठानिएको उल्लेख छ त्यस पुस्तकमा। त्यसमध्ये पनि सफल नेतृत्वका लागि इमान्दारीलाई अपरिहार्य गुण मान्छन् लेखक। इमानदारी नभएको व्यक्ति कुनै पनि हालतमा सफल नेतृत्वकर्ता हुन नसक्ने दाबी गर्छन् अनुसन्धानकर्ता। अन्य गुणका हकमा एकले अर्कोलाई परिपूर्ण गर्छ भन्ने लेखकको धारणा छ। कलेजको प्रमाणपत्र र सफल नेतृत्वबीच कुनै पनि तालमेल देखिँदैन उक्त पुस्तकमा। कहिल्यै कलेज नगएका राष्ट्रपति अब्राहम लिंकनले अमेरिकाको दास प्रथा उन्मूलन गर्न खेलेको नेतृत्वदायी भूमिका र मुस्किलले कलेज सकेका कलाकार राष्ट्रपति रोनाल्ड रेगनले शीतयुद्धको समाप्तिमा पाएका सफलताले राष्ट्रको प्रमुख कार्यकारी र विश्वविद्यालय शिक्षाबीच खासै तालमेल नभएकै पुष्टि हुन्छ। तर, कलेजको डिग्री नभए पनि स्वाध्ययनमार्फत् वकिलको हैसियत लिन पुगेका राष्ट्रपति लिंकनले झै नेतृत्वकर्ताले विभिन्न विषयको जानकारी भने राख्नैपर्ने हुन्छ।
शैक्षिक योग्यताको चर्चा गर्दा बीपी कोइराला र गणेशमान सिंहबीच पनि तुलना गर्न सकिन्न। बीपी धेरै पढेलेखेका विचारक नेता हुन् भने गणेशमान सिंह ब्रह्मले देखेको कुरा गर्ने निर्भीक नेता। पार्टी स्थापना देखि मृत्युवरण नगर्दासम्म लगभग बीपीकै नेतृत्व तथा विचारमा नेपाली कांग्रेस चल्यो। बीपीको देहावसानपछि कुनै पनि आधिकारिक पदमा नभए पनि नेपाली कांग्रेस गणेशमान सिंहको अभिभावकत्वमा चल्यो भन्दा अन्यथा नहोला। यद्यपि, सिंहले जीवनको उत्तरार्धमा पार्टी त्यागेको वास्तविकता पनि उत्तिकै सत्य हो।
बीपी र गणेशमान दुवैले ऐतिहासिक आन्दोलनको अगुवाइ गरे। बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस २००७ सालको क्रान्तिदेखि २०३६ सालको जनमत संग्रहसम्म संलग्न भयो भने २०४६ सालको जनआन्दोलनको नेतृत्व सिंहले गरे। सुधारिएको पंचायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था बीच कुन शासन प्रणाली रोज्ने भन्ने निर्क्योल गर्न जनमत संग्रहको घोषणा भयो। चतुर प्रधानमन्त्री कहलिएका सूर्यबहादुर थापाको नेतृत्वमा हुने जनमत संग्रहमा ब्यापक धाँधली हुनसक्ने भएकाले कम्युनिस्टलाई पनि सँगै लिएर हिडेमात्र प्रशासनिक अनियमितताका अतिरिक्त जनमत संग्रहमा बहुदलले जित्छ भन्ने धेरैको ठहर थियो। तर बीपीको सोच भिन्न थियो। कम्युनिस्टलाई सँगै लिएर हिँड्दा उनीहरू धेरै झाँगिने र पछि हुने चुनाव तथा सरकार गठनमा अनावश्यक प्रतिस्पर्धा गर्नु पर्ने ठहर गरेर बीपी तीसँगको सहयात्रामा सहमत भएनन्। राजाले पालेका कम्युनिस्टहरू धेरै भरपर्दा हुँदैनन् भन्ने सोच पनि थियो होला उनको। फलस्वरूप, सबैभन्दा सशक्त कम्युनिस्ट घटकले जनमत सग्रह बहिष्कार गर्योु र फलस्वरूप बहुदल पक्षको पराजय भयो। परिस्थिति जे भए पनि बीपीको नेतृत्व असफल भयो जनमत संग्रहको सबालमा। गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको जनआन्दोलन भयो। गणेशमानको एक मात्र लक्ष्य पञ्चायतको समाप्ति थियो। सायद, पछि हुने चुनाव तथा सरकार गठनमा उनी अल्भि्कएनन्। सायद, प्रधानमन्त्रीको लोभ नभएर पनि होला। कम्युनिस्टसँगको सहयात्राविना पञ्चायत नढल्ने ठहर गरे उनले। विसं २०४६ सालको जनआन्दोलन सामु अन्ततः राजा झुके र मुलुकमा बहुदलको पुनःस्थापना भयो। अर्थात्, विद्वान् बीपी मुलुकमा बहुदलीय व्यवस्था स्थापना गर्न असफल भए भने सामान्य शिक्षामात्र पाएका गणेशमान सफल भए।
विसं २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि महेश आचार्य अर्थ मन्त्री र रामशरण महत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भए। आचार्य र महत दुवै विदेशमा तालिम र उच्च शिक्षा पाएका सहयोगी थिए कोइरालाका। विसं २०५० सालमा नेपाली कांग्रेसका सांसदहरूले सामूहिकरूपमै प्रधानमन्त्री कोइरालालाई भेटेर निर्वाचन क्षेत्रमा विकास निर्माणको काम गर्नका लागि पाँच पाँच लाख रुपियाँ उपलब्ध गराउन अनुरोध गरे। अन्ततः प्रधानमन्त्री प्रत्येक क्षेत्रमा तीन लाख दिन सहमत थिए। अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षले प्रत्येक निर्वाचन क्षेत्रमा तीन लाख रुपियाँ उपलब्ध गराउँदा मुलुकको अर्थतन्त्र धाराशायी हुने डर देखाएपछि प्रधानमन्त्री कोइराला पनि हच्किए। त्यसको केही महिनापछि २०५१ सालको मध्यावधि निर्वाचन भयो र मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले)को सरकार बन्यो। भरतमोहन अधिकारी अर्थमन्त्री बने। महत र आचार्यजस्तो भरतमोहनले विदेशमा शिक्षादीक्षा पाएका थिएनन्। स्थानीय कलेजका सामान्य स्नातक थिए भरत मोहन। एमाले सरकारले विकास निर्माणका लागि प्रत्येक गाविसलाई तीन लाखको रुपियाँका दरले अनुदान उपलब्ध गरायो। त्यतिमात्र हैन, बृद्धभत्ता जस्ता सामाजिक सुरक्षाका केही काम पनि सुरु गर्यो। कांग्रेसले २०५ निर्वाचन क्षेत्रमा तीन लाखको दरले पनि दिन नसकेकोमा एमालेका अर्थमन्त्री भरतमोहनले झन्डै ४ हजार गाविसलाई तीन लाखैका दरले पैसा दिए। त्यसबाट मुलुकको अर्थतन्त्र कम्तीमा पनि हामी सर्वसाधारणले बुझ्ने गरी धराशायी भएन। एमालेले दिएको त्यस रकमको कांग्रेसले प्रारम्भमा विरोध गरे पनि पछि आफ्नो एकलौटी सरकार बन्दासमेत बजेट विनियोजनको त्यो व्यवस्था रोकेन। यसले पनि उक्त व्यवस्था ठीक रहेको मानिएको देखिन्छ। तसर्थ, विदेश पढेका भन्दा स्थानीय विश्वविद्यालयका विद्यार्थीले मुलुक बढी बुझ्ने रहेछन् भन्ने देखियो।
त्यस्तै, ऊर्जा मन्त्रीको हैसियतमा एमालेकै गोकर्ण विष्ट निकै चर्चित भए। उनले आन्तरिक व्यवस्थापनमा के कस्ता गतिला काम गरे सर्वसाधारणले बुझ्ने कुरा त भएन। तर, उनले देशमा बिजुली प्रसारण तथा वितरणमा एकलौटी जिम्मेवारी पाएको र उत्पादनमा सर्वाधिक महत्वपूर्ण भूमिका भएको नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष मन्त्री हुने परम्परालाई तोडी मन्त्रालयका सचिवले अध्यक्षता गर्ने परम्परा थालेका थिए। आफ्नो सुविधा बढाउने होडमा मन्त्रीहरू लागेका बखत प्राधिकरणको अध्यक्षता सचिवलाई गराउने बिष्टको कदम सराहानीय थियो। त्यही मन्त्रालयको नेतृत्व गरेका अमेरिका शिक्षित डा. प्रकाशशरण महतले प्राधिकरणको प्रमुख कार्यकारी नियुक्तिको क्रममा देखाएको व्यवहार सबैले थाहा पाएकै हो। विदेश प्रशिक्षित महतभन्दा स्वदेशी उत्पादन बिष्ट पनि नेतृत्वका विषयमा सफल देखिए।
सापेक्षतावादको सिद्धान्तका आविष्कारक यहुदी धर्मावलम्बी अल्बर्ट आइन्सटाइन संसारका हालसम्मकै विद्वान् मानिन्छन्। इजरायलका प्रथम राष्ट्रपति सियाम बिस्म्यानको असामयिक निधनपछि विद्वान् आइन्सटाइनलाई राष्ट्रपति बनि दिन इजरायलका संस्थापक एवं प्रथम प्रधानमन्त्री डेबिड बेनगुरियानले अनुरोध पत्र लेखे। प्रत्युत्तरमा आइन्सटाइनले आफू विज्ञानको व्यक्ति भएकाले यसैमा रमाउने र राजनीतिक क्षमता शून्य भएकाले राष्ट्रपति पदका लागि आफू योग्य नभएको जनाउँदै प्रस्ताव अस्वीकार गरे। क्षमता नभएको विषयमा पद लिनु हुँदैन भन्दै राष्ट्रपति नबन्ने आफ्नो निर्णयको पछिसम्म पनि प्रतिरक्षा गरिरहे आइन्सटाइनले। इजिप्टमा जन्मिएका रसायन शास्त्रका नोबल पुरस्कार विजेता अहमद जबेल अमेरिकाको क्यालिफोर्निया राज्यस्थित अनुसन्धान निकाय क्याल्टेकका प्राध्यापक हुन्। उनको नामका इजिप्टमा जबेल सिटीको स्थापना हुनु तथा जीवन कालमै उनको नाममा हुलाक टिकट छापिनुजस्ता घटनाले उनलाई स्वदेशमा दिइएको सम्मान र प्रसिद्धिको कथा कहन्छन्। त्यसमाथि तानाशाह होस्नी मुबारकविरुद्धको आन्दोलनमा प्राध्यापक जबेल सशरीर उपस्थित थिए। होस्नी मुबारकको पतनपछि प्राध्यापक जबेललाई इजिप्टको राष्ट्रपति बन्न आग्रह गरियो। परन्तु, उनले इजिप्टमा विज्ञानको विकासमा जीवन अर्पण गर्ने तर राष्ट्रपति नबन्ने भनेर त्यसलाई अस्वीकार गरे। यो पंक्तिकार क्याल्टेकमै हुँदा भएको एउटा भेलामा जबेलले आफूसँग राष्ट्रपतिमा हुनुपर्ने ‘भिजन' नभएकाले उक्त पद अस्वीकार गरेको खुलासा गरेका थिए। यस्ता यावत् घटनाले शैक्षिक योग्यता र नेतृत्वको सफलताबीच कुनै तालमेल नभएकै पुष्टि हुन्छ।
मुलुकको विकासका लागि सफल नेतृत्व अपरिहार्य हुन्छ भने इमानदारी, अग्रगामी सोच, प्रेरणादायी, सामर्थ्यवान तथा सामूहिक दृष्टि नेताका अपरिहार्य गुण हुन्। आफू पदमा छँदै आफ्ना परिवारलाई स्थापित गर्न खोज्ने राजनेता हुन सत्तै्कन भन्छ कोजर र पोस्नरको अनुसन्धानले। तसर्थ, भविष्यका लागि नेतृत्व छनोट गर्दा आफ्ना नेतामा कोजर पोस्नर सिद्धान्तका न्यूनतम गुण छ छैन भनेर विचार गर्न युवा वर्ग सक्षम भएमा मुलुकले फड्को मार्थ्यो कि?