राजाको शासनकालमा बेरोजगार भएकैले दलहरूले बाह्रबुँदे समझदारी गर्न भ्याएका रहेछन्। अहिले सरकार बनाउन पनि सहमति जुट्दैन। बजेट पारित गर्ने सहमति जुटाउनै महिनौं लाग्यो। अहिले सबै बेफुर्सदी। माओवादी आन्दोलन गर्दै हैरान छ। उसको आन्दोलन अहिले तेस्रो चरणमा छ। अन्य दललाई सरकार यसरी चलाउने कि उसरी भन्नेमै धपेडी छ। पुरानो समझदारी पालना गर्नसम्म पनि फुर्सद छैन। चार वर्ष अघि मंसिरको पारिलो घाममा नेताहरु बदाम खाँदै टुँडिखेलमा गफ गर्दा बाह्रबुँदेको जुक्ति फुरेको हुनुपर्छ। राजाकै कुरा काट्नलाई मात्र सहमति गर्न जम्मा भएका रहेछन् ती। कुरा त अहिले पो बुझिँदैछ।
माओवादीको नागरिक सर्वोच्चता नेताको सर्वोच्चता वा सो सरह रहेछ। उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर दुवै पक्षको जित-जित अवस्थामा सहमति गर्ने भनेको त्यही होइन त? नागरिक सर्वोच्चता पनि बीचको बाटो, छेउको बाटो हुँदो रहेछ। लोकतन्त्रमा दलहरूले जनताको प्रतिनिधित्व गर्छन् भन्ने गरिन्छ। त्यो सिद्धान्तमै मात्र होला। नेपालमा लोकतन्त्रको परिभाषा 'लोकतन्त्र नेताको नेताकै निमित्त, नेताद्वारा नै शासन हो' मा परिवर्तित भएको छ।
'विन-विन सिचुयसन' बिना त सहमति नै हुँदैन। सहमतिमा जाने भनेकै दुवै पक्षको जितको अवस्थामा हो। म हार्छु,तपाई जित्नोस् वा तपाईं हार्नुस्, म जित्छु भतर सहमति हुँदैन। त्यस्तोमा त हार-जित हुन्छ। सहमति गरिरहनै पर्दैन।
अहिले वार्ता र सहमति जस्ता शब्द थेगो भएका छन्। माओवादीले एक महिने लामो तेस्रो चरणको आन्दोलन घोषणा गरेपनि सहमति र संवादको ढोका खुल्लै राखेको भनेको छ। उसो त दोस्रो चरणको आन्दोलनमा पनि वार्ता र आन्दोलन संगै छ भन्थे। त्यस्तो सहमति गर्ने भनेको पनि धेरै भईसक्यो। चियामा राजनीति घुसाइयो। चियाले राजनीति धान्न सकेन। 'डिनर डिप्लोमेसी' पनि काम लागेन। अब त चाइनेजो, माने, तपाईंको भनेजस्तैसहमति, सहकार्य र संवाद पनि थेगोका रूपमा भन्दै आएको हो कि भन्ने शंका लाग्न थालेको छ। कालान्तरमा सहमति, संवाद जस्ता शब्दले अन्य सबै थेगोलाई विस्थापन गर्ने खतरा पो देखिँदैछ।
अहिलेको सरकार गठन हुँदैदेखि माओवादी दुस्मनी छ। सिंगापुरबाट फर्कदै गर्दा प्रचण्डले अप्राकृतिक गठबन्धनको सरकार एक सातामै ढल्ने भविष्यवाणी गरेका थिए। माधव सरकारलाई नौ महिना टिक्न नदिने भए क्यारे जस्तो लागेको थियो। तर प्रचण्डले त केही महिनाभित्र निर्णायक लडाइँ हुने पो भने। अब येनकेन प्रकारेण माधव नेपाल सरकार नौ महिना टिक्ला। नेपालका कम्युनिष्ट सरकारको आयु ठ्याक्कै नौ महिना। मनमोहन सरकारलाई विपक्षीले नौ महिनामा ढालेको हो। दाहाल सरकारलाई त त्यस्तो केही थिएन। नौ महिना पुगेपछि प्रमलाई के भयो, कसो भयो? प्रचण्डले निहुँ खोजी-खोजी एकघन्टा भाषण ठोकेर राजीनामा दिए। अहिलेको प्रमले के गर्लान् कुनिन? दसा लागेपछि मन बिग्रन्छ रे। त्यो दसा नौ महिना लागेपछि लाग्ला कि?
दक्षिणतिर फर्क्याफर्क्यै गरेर कठपुतली सरकारको मुन्टो बिग्रेला भन्ने पीर माओवादीलाई छ।
माओवादीले उत्तर फर्केर दक्षिणलाई पीठ फर्काको भन्ने अरूको दुखेसो छ। भौगोलिक अवस्थिति नै त्यस्तै छ त। उत्तर फर्के दक्षिण पछाडि, दक्षिण फर्कदा उत्तर बिरानो। अर्काको देशतिर फर्केर मुन्टो बिगार्नुभन्दा सबै दल आपसमा सहमति गरेर समस्याको समाधान निकाले त टन्टै खलास् हुन्थ्यो। हेपाहा छिमेकीलाई तह लगाउन त आफूआफूमा बक्बक् गरेर बस्न छाड्नु पर्छ नि। त्यति बुद्धि भए त!