कालो धनको कथा
०७ फागुन २०७१
•
१४ मिनेट पाठ
कालो धनको कथा
स्विजरल्यान्डस्थित एचएसबीसी बैंकमा ८ जना नेपालीको पाँच अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको खुल्यो। अहिले त्यसको वैधानिकताबारे प्रश्न उठेको छ। कालो धन सञ्चित गर्ने स्वर्गका रूपमा बदनाम भएको स्विस बैंकमा नेपाली पैसा खुलेकै बखत व्यापारी अजय सुमार्गीको कम्पनीको नाममा ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट प्रत्यक्ष वैदेशिक लगानी (फरेन डाइरेक्ट इन्भेस्टमेन्ट- एफडीआई) भित्रिने बाटो खुल्यो। थप रकम भित्रिने स्वीकृति प्रक्रिया रोकिएपछि आर्थिकमात्र नभई राजनीतिक बृत्तमा पनि तरंग आएको छ। उच्च राजनीतिक तहसम्म विशेष सम्बन्ध रहेका सुमार्गीको कम्पनीका नाममा एफडीआई ल्याउन स्वीकृति दिनु र लगत्तै रोकिनुभित्रको 'आन्तरिक अर्थराजनीति' केलाउने प्रयास भइरहेको छ। कालो धनको स्वर्गका रूपमा बदनाम भएका देशहरूबाट रकम ल्याउन खोज्नुले शंका जन्माउनु स्वाभाविक हो। नेपाल राष्ट्र बैंकसँग स्वीकृति नलिई खाता खोलिएकाले स्विस बैंकमा जम्मा भएको नेपालीको खुलेको रकम वैध हुनसक्दैन। सुमार्गीले भित्राउन लागेको रकम वैध/अवैध के हो सरकारी निकायले टुंगो लगाउला। विदेशी बैंकमा नेपालीको खाताबारे चर्चापरिचर्चा धेरै पहिलेदेखि नै भएको हो। सन् २०१३ मा स्विस बैंकमा १३ नेपालीको खाताबारे खुल्यो। राजनीतिक कुहिरोमा रूमल्लिएर आर्थिक विषय छायामा पारिने नेपाली समाजमा त्यस्ता विषयको पारदर्शिता र अनुसन्धानले महत्व पाएन। यसमा धेरैको स्वार्थ गाँसिएको छ, जसको खुलासा समय आएपछि अवश्य होला।




कालो धनको पर्दाफास
गोप्य सूचनाहरू पर्दाफास गरेर चर्चामा आएको विकिलिक्सले सन् २०११ मा स्विस बैंकमा रकम जम्मा गर्नेबारे खुलासा गरेपछि संसारभर तरंग आयो। स्विस बैंकका उच्च अधिकारीबाट चुहिएको सूचनाअनुसार बढी रकम जम्मा गर्नेमध्ये भारत, रूस, बेलायत, युक्रेन र चीन शीर्ष स्थानमा थिए। क्रमशः खुलाइएको रिपोर्टअनुसार रकम जम्मा गर्नेमध्ये गरिब र विकासोन्मुख देशका व्यक्तिको संख्या उल्लेख्य थियो। भ्रष्टाचारविरोधी अन्ना हजारेको आन्दोलन चर्किएपछि भारत सरकारले कालो धनबारे श्वेतपत्र नै जारी गर्नुपर्योि। त्यहाँको सरकारलाई विदेशमा कालो धन राख्नेको नाम खुलाउन र धन फिर्ता ल्याउन दबाब पर्योै।

विकिलिक्सले एकपछि अर्को गर्दै स्विस बैंकको कालो धन खुलासा गरेपछि भारतभित्र मुद्दा चर्कियो। भारतीय विज्ञहरूले कर छल्ने वा कालो धन लुकाउने अभिप्रायले ५ सय अर्ब डलर भारतबाहिर लुकाइएको अनुमान गरे। धन लुकाउनेहरूमा शक्तिशाली व्यापारीदेखि राजनीतिक दलका नेतासमेत छन्। भारतमा धेरैअघि राजनीतिक मुद्दा बनेको कालो धनको विषयले नेपालमा विस्तारै चर्चा पाउन थालेको छ। ग्लोबल फाइनान्सियल इन्टिग्रिटीको सन् २०१२ को तथ्यांकअनुसार सन् २००१ देखि २०१० का बीच नेपालबाट रू ८७०३.९४ अर्ब पुँजी पलायन भयो। यसमा कालो कारोबारी र भ्रष्टाचारीहरूको रकम उत्तिकै थियो।

कालो धनलाई स्वर्ग
स्विजरल्यान्डको सुन्दरता र विकासका कारण त्यो देश पृथ्वीको स्वर्गका रूपमा प्रख्यात छ। अझ कालो धन लुकाउनेका निम्ति त स्विस बैंक संसारकै स्वर्ग बन्नपुगेको छ। धन सुरक्षित र गोप्य रहने हुँदा गरिब देशका धनाढ्यहरू त्यहाँको बैंकमा आकर्षित भएका हुन्। बैंकिङ गोपनीयता भंग गर्नुलाई स्विजरल्यान्डमा गम्भीर अपराध मानिन्छ। उक्त बैंकका उच्च अधिकारी रूडोल्फ एल्मरले बैंकको खाता र धनबारेको गोपनीयता खोलेकोमा कडा सजाय पाए। विकिलिक्सले खुलासा गरेको दुई हजार नामका कारण एल्मर विवादमा आएका थिए। सन् २००२ का केही खाता र बचतकर्ताका नाम आफूले उपलब्ध गराएको उनले स्वीकारे। एल्मरका अनुसार खुलेका नामहरू बैंकका बचतकर्तामध्ये ५ प्रतिशतमात्र हुन्। घटनाले कालो धन जम्मा गर्नेका लागि स्वर्ग बनिरहेको स्विस बैंकहरूको विश्वसनीयता गुम्यो। नाम खुल्ने भयले रकम खाडी तथा अन्य सुरक्षित गन्तव्यतिर सर्न थाल्यो।

कालो धनको सुरक्षाका लागि स्विस बैंकहरू स्वयंले भूमिका खेलेको घट्ना बेलाबखत चर्चामा आउने गर्छ। स्विस बैंकले नै २० करोडको कर छल्न सहयोग गरेको क्यालिफोर्नियाका चर्चित व्यापारीले सन् २००८ मा खुलासा गरेका थिए। बैंकले नै सहयोगी भूमिका खेल्ने हुँदा स्विजरल्यान्ड कालो धनको स्वर्ग बन्नसक्यो। जम्मा भएको कालो धन फिर्ता गर्ने क्रममा त्यस्ता बैंकहरूले अवरोध सृजना गर्छन्। फिलिपिन्सका पूर्वतानाशाह फर्डिनान्ड मार्कोसको नाममा जम्मा भएको ६८ करोड ३० लाख डलर सन् १९८६ मा स्विस बैंकले रोक्का गरेको इतिहास छ। स्विजरल्यान्डबाहेक ब्रिटिस भर्जिन आइल्यान्ड, मौरिसस र लिचटेनस्टेन जस्ता देशमा रकम लुकाइन्छ। उनीहरूको बैंकिङ प्रणाली र कानुनले समेत कालो धनलाई प्रश्रय र प्रोत्साहित गरेको छ।

मार्कोसले विदेशमा जम्मा गरेको धनमध्ये केही प्रतिशत स्विजरल्यान्डमा फेलापर्योक। १२ वर्ष लामो पहलपछि मात्र फिलिपिन्स सरकारले धन फिर्ता ल्याउनसक्यो। पिज्जा कनेक्सनका रूपमा चर्चित सन् १९८२–८५ को घट्नामा १.६ अर्ब डलर लागु औषधबापत्को रकम अमेरिकाबाट स्विस बैंकतर्फ पुगेको थियो। सन् १९८६ को बोफोर्स काण्डमा स्विडेनको हतियार निर्माण कम्पनी बोफोर्सले भारतीय राजनीतिक दलका नेताहरूलाई ४ करोड डलर कमिसन दिँदा स्विस बैंकको खातामा जम्मा गरिदिएको थियो। कोलम्बियाका कोकिन किङपिङ पाब्लो एस्कोबारले कालो धन अमेरिकामा राखेका थिए।

नेपालीको कालो धन
डब्लु. रेमन्ड बेकरले सन् २००७ मा गरेको अध्ययनले प्रतिवर्ष १ देखि १.६ खर्ब अमेरिकी डलर 'गैरकानुनी रकम' उत्पन्न हुने देखाएको छ। त्यसको आधा रकम विकासशील र संक्रमणकालीन अर्थतन्त्रबाट उत्पन्न हुने अनुमान गरिएको छ। कालो धन गैरकानुनी कार्यबाट कमाइन्छ, जसका लागि नेपालजस्तो अस्थिर देश स्वर्ग हो। स्विस बैंकमा नेपालीको शंकास्पद धनले कालो धनबारेको धेरै प्रश्नको उत्तर खोज्न सहज बनाएको छ। बचतकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग अनुमति नलिई विदेशी बैंकमा खाता खोले गैरकानुनी ठहर्ने गर्भनर युवराज खतिवडाले खुलाइसके। रकम अवैध हो भन्ने पुष्टि भए पनि कालो धन हो–होइन खोजी हुनुपर्छ।

स्विस बैंकमा रकम जम्मा गरेको खुलेका मध्ये कोही पनि चर्चित अनुहार होइनन्। तर राजनीतिक दलका चर्चित नामहरूसमेतले रकम जम्मा गरेको अपुष्ट दाबी नभएकाचाहिँ होइनन्। नेपालका नेताहरूले भारतीय बैंकबाट स्विस बैंकमा करोडौँ डलर सारेर सञ्चित गरेको प्रसंग पनि उठ्यो। पञ्चायतकालमा मूर्ति तस्कर मौलाउँदा विदेशी बैंकमा कालो धन सञ्चित गरेको विषयले तरंग ल्यायो। सुन तस्करीदेखि लागुऔषधका ठूला कारोबारीले विदेशमा कालो धन सञ्चित गर्छन्। फिर्ता ल्याउने त परै जाओस् खोजीसम्मको साहस कसैमा भएन। एकपटक विदेश पुगेको कालो धन सायदै फिर्ता आउँछ। गुपचुप राखिएका त्यस्ता धन फिर्ता ल्याउन स्वयं बचतकर्ताले पनि चाहँदैन। सम्बन्धित देशले फिर्ता ल्याउन चाहेमा सामान्य तागतले पुग्दैन। भारतले गरिरहेको पहलसमेत अपुग देखिएको छ। भारत सरकारले कालो धन फिर्ता गर्ने उद्देश्यसहित स्विजरल्यान्ड र जर्मनीस्थित बैंकमा रहेका ७ सय बैंक खाताबारे जानकारी लियो। सन् २०१५ मा आएर एचएसबीसीमा खाता खोलेका मध्ये ११९५ जना भारतीय रहेको खुलेको छ। सन् २०११ मा ६२८ जनाको नाम फ्रान्सले भारतलाई दियो। कूल साढे २ खर्ब भारू जम्मा भएको उल्लेख छ, तर फिर्ता ल्याउन सकेन।

देशभित्र सुरक्षित हुने वा देशबाहिर जाने नै किन नहोस् कालो धन 'खराब धन' नै हो। देशको धन बाहिर जानु ठूलो आर्थिक क्षति हो। त्यसमाथि हाम्रो जस्तो गरिब देशबाट एकपटक पुँजी पलायन भएपछि फर्केर आउने सम्भावना न्यून रहन्छ। गरिब देशमा उत्पन्न हुने कालो धनलाई आकर्षित गरी लाभ लिन धनी देशहरू सधैँ सक्रिय छन्। सकेसम्म कालो धन उत्पादन हुननदिनु सरकारको जिम्मेवारी हो। उत्पादन भइसकेको कालो धनलाई विदेश पलायनबाट रोक्नु अर्को चुनौती हो। विदेश पलायन भएका धनलाई नेपाल भित्राउन पहल गर्नु त झनै ठूलो चुनौती हो।

सबैभन्दा महŒवपूर्ण कार्य भनेको कालो धनको भण्डाफोर गर्नु हो। यसो नगरे देशले ठूलो आर्थिक मूल्य चुकाउनुपर्छ। हाम्रोजस्तो गरिब देशमा कालो कारोबारी फस्टाएर पुँजी पलायन बढिरहन्छ। नेपालमा भ्रष्ट नेता, व्यापारी र कर्मचारीले कालो धन विदेशमा लुकाउँछन् भन्ने जगजाहेर भइसक्यो। उनीहरू आफ्नो, परिवार या विश्वासपात्रको नाममा रकम लुकाउँछन्। त्यस्ता व्यक्ति र रकमको भण्डाफोर गर्नैपर्छ। गरिबीले प्रताडित देशमा गैरकानुनी ढंगले अकुत सम्पत्ति कमाउने र त्यो पनि विदेश पुर्याकएर दोहोरो अपराध गर्नेहरू राष्ट्रघाती हुन्। अक्षम अपराध गर्नेहरूले उन्मुक्ति पाउने सिलसिला अन्त्य गर्नु अबको चुनौती हो। विदेशमा सञ्चित कालो धनको भण्डाफोर गर्न र स्वदेश फिर्ता ल्याउन सरकारलाई नागरिक दबाब आवश्यक छ। भारतमा भ्रष्टाचारविरोधी अभियान सशक्त बनेपछि तत्कालीन कंग्रेस आईको सरकार कालो धनबारे श्वेतपत्र जारी गर्न बाध्य भएको थियो। नेपालीको कालो धन विदेश पुगेको तथ्य खुल्दै जाँदा त्यसलाई निरूत्साहित गर्न र पुँजी पलायन रोक्न दबाबमूलक अभियान खाँचो छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस