एकजना नायबसुब्बा स्तरका कर्मचारीलाई उनले चाहेको ठाउँमा सरुवा गर्न झन्डै ३७ जना प्रभावशाली व्यक्तिहरूले सम्बन्धित अधिकारीलाई दबाब दिएछन्। दबाब दिने प्रभावशाली व्यक्तिमध्ये चर्चित मन्त्री र नेतासमेत छन्। एउटा चर्चित अनलाइन पत्रिकामा 'नेपाली राज्यको चरित्र'बारे पत्रकार शोभा शर्माले रोचक टिप्पणी लेखेकी छन्। हुन त, कर्मचारी सरुवाका नाममा हुने अनियमितताका हजारौं घटनामध्ये यो एउटा प्रतिनिधि घटनामात्रै हो तर यसले नेपालको 'राजनीति र नेता'को सीमित दायरामा हुँदैआएको आलोचनालाई राजनीतिको व्यापक अवधारणामा राखेर विश्लेषण गर्नुपर्ने भएको छ। किनभने, निर्माणाधीन नयाँ संविधान र राज्यको पुनःसंरचनाको बहसमा यी पात्र नायबसुब्बा, दबाब दिने हस्तीहरू र अख्तियारवाला अधिकारीको प्रवृत्ति नेपाली राज्यको चरित्रलाई हेर्ने आँखीझ्याल बन्नगएको छ।
कुनै अमुक राष्ट्रको राष्ट्रिय चरित्र भन्नाले त्यस मुलुकमा बसोवास गर्ने जनताको ठूलो समूहमा एकै प्रकारको विशेषता पाइनु हो। व्यापक जनतामा पाइने यस्तो समान विशेषतालाई राष्ट्रको प्रतिनिधि विशेषता मानिन्छ। उदाहरणका लागि 'बहादुर र कान्छा' भारतीयको आँखामा देखिने नेपालको राष्ट्रिय चरित्र हुनसक्छ। किनभने भारतीयहरूको बुझाइमा नेपालीको व्यापक साझा चरित्र त्यही हो। त्यसकारण कुनै राष्ट्रको राष्ट्रिय चरित्र भनेको समाजमा विद्यमान भिन्नभिन्न सांस्कृतिक प्रतिमानले निर्माण गरेको राष्ट्रको साझा व्यक्तित्व हो। उक्त राष्ट्रका सबै सदस्यमा थोरै वा धेरै त हुनसक्छ तर सबैको व्यक्तित्वमा समान प्रकारको चरित्र देखापर्छ। यस्तै समान चरित्रको निर्माणले गर्दा नै नेपाली इमानदार, चिनियाँ मेहनती वा भारतीय चलाख हुन्छन् भन्नेजस्ता विशेष राष्ट्रिय चरित्र बन्न जान्छन्। आज हाम्रो व्यक्तित्वमा राष्ट्रिय चरित्र कसरी प्रतिविम्बित हुँदैछ त? एक जना नायब सुब्बा र उनको वरपर रहेका राजनीतिक र सामाजिक पात्रको कर्मले निर्माण गरेको साझा चरित्र आजको 'नेपाली राष्ट्रिय चरित्र'को प्रतिविम्ब हो।
'जुन जोगी आए पनि कानै चिरेका' भन्ने नेपाली उखान पुरानै हो। तर यस उखानले जहिले पनि नेपाली राजनीतिको साझा चरित्रलाई बोक्दै आएको छ। राजनीतिक व्यवस्थामा पटकपटक परिवर्तन भइरहँदा पनि राज्यको आधारभूत चरित्रमा कुनै परिवर्तन नदेखिएपछि माथि उल्लेखित उखान अझ सान्दर्भिक बन्दैगएको देखिन्छ। पंचायती व्यवस्था, राजतन्त्रसहितको बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्थाको आगमनपछि पनि राज्यको मूल चरित्रमा कुनै परिवर्तन आएन। बरु लोकतन्त्रको अर्थ बोल्न पाउने अधिकारमात्र हो कि भन्ने मान्यता स्थापित हुँदैगएको देखिन्छ। बोल्न पाउने अधिकार त लोकतान्त्रिक पद्धतिको एउटा अंशमात्र हो। राजनीतिक स्वतन्त्रतासँग जोडिएको वाक् स्वतन्त्रताले नागरिक अधिकारको एउटा पक्षको मात्र प्रतिनिधित्व गर्छ। वास्तविकता के हो भने आर्थिक र सामाजिक अधिकारलाई सुनिश्चित नगरीकन राजनीतिक अधिकारको पनि महŒव स्थापित हुँदैन। राजनीतिक अधिकारको विषय त आर्थिक/सामाजिक अधिकार प्राप्तिका लागि संघर्ष गर्ने साधनमात्र हो। राज्यको आधारभूत चरित्रलाई बदल्ने भनेको राज्यसत्ताका मूलभूत अवयवलाई बदल्नु हो। यही मूल प्रस्थापनामा केन्द्रित रहेर नै राज्यको पुनःसंरचनाको विषय राष्ट्रिय राजनीतिको बहसमा तानिएको थियो। तर अहिले त राज्यको पुनःसंरचना भनेको मानौं 'जातीय राज्य बनाउने कि नबनाउने'हरूबीचको बहसमात्र हो भनेजसरी बर्गेलिंदै गएको छ।
समस्या राजनीतिमा मात्र होइन, राज्यसत्ताका हरेक अंगमा उस्तै रहेछ भन्ने त नायबसुब्बा सरुवा प्रकरणले प्रष्ट देखाउँछ। 'राजनीति बिग्य्रो–राजनीति बिग्य्रो' भन्ने जमातको तुलनामा कैयौं गुणा बढी ठूलो जमातले दिनरात कर्मचारीतन्त्रलाई सरापेर बसिरहेको हुन्छ। किनभने उसको दैनिकी राजनीतिसँग होइन, सेवाग्राही भनेर चिनिने राज्य व्यवस्थाको स्थायी सत्ता मानिने कर्मचारीतन्त्रसँग बढी जोडिएको हुन्छ र त्यहाँ घुस नखुवाईकन कुनै काम हुँदैन। जुनसुकै राजनीतिक व्यवस्था आए पनि जनताले न्यायालयबाट समेत छिटो, छरितो र प्रभावकारी ढंगले न्याय पाउँदैनन्। सेना र प्रहरी प्रशासन जनताको सेवा गर्न होइन, उनीहरुलाई थप दुःख/सास्ीत दिन खटिएजस्तो भान हुन्छ। न्याय 'किन्न' नसक्नेहरू बसेका जेल र हिरासत मध्ययुगीन यातनागृहका संग्रालयजस्ता छन्। निजी क्षेत्रको सिन्डिकेटले सम्बन्धित कर्मचारी र नेताको व्यक्तिगत स्वार्थ पूरा गरिदिएपछि असनको साँठेजस्तै मनपरी ढलीमली गर्ने छुट पाउँछ। गुणस्तरहीन वस्तुको व्यापारमा असीमित नाफा सोहोर्दै हिँड्न उसलाई कसैले रोक्न सक्तैन। यस्तो राजनीतिक व्यवस्थाभित्र बेथिति खोज्नको लागि कुनै विशेष क्षेत्र खोजिरहनु पर्दैन। तपाँइका आँखा अगाडि रहेका हरेक क्षेत्र बेहाल अवस्थामा छन्। यथार्थमा अहिले मुलुकको अवस्था काठमाडौंको एउटा त्यस्तो निम्नमध्यम वर्गीय जागिरेको डेराजस्तो छ जहाँ भर्खरै डेरा सरेको त छ तरर सामान मिलाउन भ्याएको छैन।
मुलुकलाई संकुचित संरचनामा खुम्च्याएर भर्खरै सर्दैगरेको कोठासँग तुलना गर्ने हो भने प्रश्न उठ्छ – अव्यवस्थित सामानले कोचाकोच भरिएको डेरा मिलाउन कहाँबाट सुरु गर्ने? छोटोभन्दा छोटो समयमा वैज्ञानिक ढंगले परिवारका सदस्यको आवश्यकता तथा उपलब्ध सामानको उपयोगितासहित डेरालाई कसरी सुन्दर बनाउने भन्ने कलाको प्रतिविम्ब पहिले व्यक्तिको दिमागमा आउन जरुरी हुन्छ। स्वाभाविकरूपमा राष्ट्रलाई सुन्दर र समृद्ध बनाउने विषय पनि एउटा निश्चित योजनामा हुन्छ। यस्तो योजनाको सुरु राजनीतिलाई सुधार गरेपछि मात्र सम्भव छ। अंशअंशमा विभिन्न क्षेत्रलाई हेर्ने हो भने कैयौं ससाना क्षेत्रमा राम्रा काम पनि भएका देखिन्छन्। असल नियत, प्रभावकारी योजना तर्जुमाको क्षमता र दृढ इच्छा शक्ति भएका कैयौं व्यक्तिले आफ्नो कर्मक्षेत्रमा निकै राम्रो काम गरेका उदाहरण छन्। तर त्यसले राष्ट्रको अहिलेको आवश्यकतालाई लेसमात्र पनि पूरा गर्न सक्तैन। राष्ट्रको मूल नीतिमैै प्रभावकारी सुधार नभएसम्म अंश अंशको सुधारले समुन्नत राष्ट्र निर्माणको अभिभारा पूरा हुनसत्तै्कन। यसैकारणले राजनीतिलाई मूल नीति भनिएको हो। निर्विवादरूपमा राज्यको मूल नीति अर्थात् राजनीतिबाट नै मुलुक सुधार अभियान आरम्भ गरिनुपर्छ। तर द्वस वर्षमा आन्दोलन गर्दै व्यवस्था फाल्दै गर्दा पनि जनजीवनलाई छुने सुधार हुन किन सकेन? सुधार हुने झिनो सम्भावना पनि किन देखिएन? किन हामी जतिजति ठूला क्रान्ति गर्छौ उतिउति गरिब र बेजोगार बन्दै जान्छौं? जनताले आज जबाफ खोजिरहेका छन् तर राजनीतिक नेतृत्वले यसको जबाफ अर्को भ्रामक क्रान्ति वा यस्तै कुनै मिल्दोजुल्दो फजुल उत्तर दिने ढाँटको खेती गर्दैआइरहेको छ।
राष्ट्र निर्माणको अभियन्तामा कुनै सपना भएन भने राजनीति पनि एउटा लगानी बिनाको व्यवसायमात्र बन्न जान्छ। आजको राजनीति समाज सेवाको क्षेत्र नभएर नभएर व्यवसायको क्षेत्र बनिरहेको कुरा कसैबाट छिपेको छैन। यो अवधारणालाई नसुधारीकन राजनीतिलाई सुधार्न सकिँदैन। राजनीतिलाई आदर्श सामाजिक सेवाको क्षेत्रमा रूपान्तर गर्ने कार्य कुनै एकजना प्रभावशाली नेताले गर्ने भन्ने होइन अपितु राजनीतिक दलको संस्थागत लोकतान्त्रिक चरित्रले गर्ने हो। तर, समाजमा रहेका हरेक तह र वर्गका समुदायको मान्यता कुनै अमुक नेताको आगमन होला र राजनीति सुध्रेला भन्नेरहेको छ। यस्तो मान्यताको विकास राज्यसत्ताको सामन्ती चरित्रले निर्माण गरिदिएको हो।
विडम्बना, यसप्रकारको सामन्ती सोच बदलेर आआफ्नो दलभित्र लोकतान्त्रिक संस्कारको स्थापना गर्न दलीय नेतृत्व तयार छैन। देखावटीका लागि लोकतन्त्रप्रति ओठेभक्ति देखिए पनि दलभित्र लोकतन्त्रको वास्तविक अभ्यास गर्न प्रत्येक दलको मुख्य नेतृत्व आफै विस्थापित हुने डरबाट भयभित छ। नोकरशाही र सामन्ती संस्कारबाट विकसित नेतृत्व भएकोले नयाँ परिवेशमा उसले आफ्नो अस्तित्वको लागि संस्थागत लोकतान्त्रिक विकासको प्रक्रियालाई रोक्न खोजिरहेको छ। अहिले प्रहार गर्नुपर्ने मुख्य क्षेत्र भनेको यही हो। दललाई लोकतान्त्रिक नबनाई सबल नेतृत्व तयार हुँदैन र सबल नेतृत्वको ठूलो समूह तयार नभईकन राजनीति सुधि्रँदैन। सुधार थाल्ने यहीँबाट हो। मूलनीतिमा सुधार आयो भनेमात्र राज्यका सहायक क्षेत्रलाई सजिलैसँग पुनःसंरचना गर्न सकिन्छ। तर त्यस्तो पुनःसंरचना दलभित्रको नेतृत्वलाई विचार, योजना र दक्षताले विस्थापित गरेर गरिने रचनात्मक नेतृत्वबाट मात्र संभव हुन्छ।
अहिलेका दलहरुभित्र एउटा विशेष वर्गको प्रभाव र प्रभŒव भएकाले पनि लोकतान्त्रिक चरित्रको संस्थागत विकास गर्न बाधा भइरहेको हो। मुलुकको सामाजिक तथा आर्थिक विविधताअनुसार सन्तुलित प्रतिनिधित्व भएको दल निर्माण गर्न नसक्दासम्म राजनीतिमा रहेको प्रभावशाली वर्ग र जातिको सामन्ती एकाधिकार तोड्न सकिन्न। यसलाई न्यूनीकरण गर्न पार्टीको संगठनात्मक ढाँचालाई अहिले विद्यमान दलहरूको भन्दा ठीक उल्टोतिर फर्केको दलीय संरचनाको निर्माण गर्नुपर्ने देखिन्छ। आफूभन्दा एकजना माथिल्लो तहमा रहेको नेतातर्फ फर्केको होइन, सबैभन्दा आधारभूत तहको तल्लो कमिटी हुँदै जनतातर्फ फर्केको सांगठनिक ढाँचा तयार नगरी क्षमतावान् व्यक्तिहरू राजनीतिप्रति आकर्षित हुँदैनन्। अहिलेका दलहरूभित्र पनि माथि उल्लेख गरिएको सुब्बाको जस्तै हालत छ जसले पदका लागि दलका सबै प्रभावशाली नेता गुहार्छ। पद प्राप्त गर्नको लागी सबै नाजायज उपाय अवलम्बन गर्छ। लोकतन्त्रको संस्थागत विकासका लागी पार्टी कमिटीको आधारभूत तहबाट नै औपचारिक लोकतान्त्रिक अभ्यासका ठाउँमा वास्तविक लोकतन्त्र प्रत्याभूत गर्ने पार्टी संरचना निर्माण अत्यावश्यक छ।
अतः हाम्रोजस्तो लोकतन्त्रको संस्थागत विकास नभएको मुलुकमा नागरिक अधिकारलाई राज्यले ज्यादै संकुचित पारेको हुन्छ र बचेखुचेको अधिकारलाई राजनीतिक पार्टीहरूले अपहरित गरेका हुन्छन्। त्यसैले दलहरूले के बुझ्नुपर्छ भनेे लोकतान्त्रिक अधिकार भनेको कसैले कसैलाई निगाहमा दिने वस्तु नभएर उसको अधिकारलाई नखोस्नु हो। सबै अधिकार राज्य र पार्टी केन्द्रमा सीमित भए भने त्यस्तो लोकतन्त्रले कतैबाट पनि स्वतन्त्रताको सास फेर्न सक्तैन। एउटा नायब सुब्बाको चरित्र निर्माण हुँदैगर्दा राजनीतिले निर्माण गरेको राज्यको चरित्रको प्रतिविम्ब पनि सँगसँगै निर्माण भइरहेको हुन्छ भन्ने तथ्यलाई बुझ्ने कहिले?