सय दिनमा आठ लाखको नरसंहार! भिन्न जातिका मान्छेलाई निमिट्यान्न मार्ने नाममा पतिद्वारा अर्को जातिकी आफ्नै पत्नीको निर्मम हत्या! वर्षौंदेखि मिलिजुली बसेको छिमेकीको रगत बगाएर विजय उत्सव! जातीय हिंसाले सन् १९९४ मा अफ्रिकी मुलुक रूवान्डामा भयाबह अवस्था उत्पन्न भएको थियो।कूल जनसंख्याको २० प्रतिशत मारिएको अनुमान छ। जसमध्ये तुत्सी जातिका कूल जनसंख्यामध्ये ७० प्रतिशत मारिए। हिंसाको घाउ अझै निको भएको छैन। रूवान्डा आन्तरिक द्वन्द्वको चपेटामा छ। पेय पदार्थभन्दा पेस्तोल र तरकारीभन्दा गोली सस्तो मूल्यमा सजिलै पाइने हिंसाग्रस्त अन्य अफ्रिकी मुलुकजस्तै रूवान्डा पनि प्रताडित छ। हिंसाको भयाबह अवस्था आउनुमा आन्तरिकसँगै बाह्य कारणले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
भूराजनीतिक दृष्टिले पूर्वी अफ्रिकाको महत्वपूर्ण क्षेत्रमा अवस्थित भूपरिवेष्ठित देश रूवान्डामा जर्मनी र बेल्जियमको उपनिवेश थियो। युरोपेली उपनिवेशबाट मुक्त भए पनि अफ्रिकाका अधिकांश मुलुक अझै प्रभावमुक्त भने हुनसकेका छैनन्। युरोपेलीहरूको प्रत्यक्षअप्रत्यक्ष प्रभावमा रहेको रूवान्डा जातीय हिंसाको कालो इतिहास छोप्न प्रयासरत छ। पहिलो विश्वयुद्धमा जर्मनी पराजित भएपछि उसको स्थान लिँदै त्यहाँ बेल्जियमले उपनिवेश कायम गर्योध। अल्पसंख्यक तुत्सी जातिको दबदबालाई निरन्तर प्रश्रय दिइयो। हुतु, तुत्सी र त्वा जाति चिन्नका लागि बेल्जियनहरूले जातीय परिचयपत्र अनिवार्य गरे। बहुसंख्यकमाथि अल्पसंख्यकलाई प्रयोग गरेर शासन गर्ने रणनीति चालियो। परिचयपत्रले विभेदलाई बढावा दियो। उपनिवेशअघि पनि रूवान्डामा शान्ति र समृद्धि थिएन, तर उपनिवेशपछि हुतु र तुत्सी जातिबीच द्वन्द्वको बीऊ रोपियो।
१९५० को दशकमा बेल्जियमकै अग्रसरतामा राज्यको मूलधारबाट टाढा पारिएका हुतुहरूलाई राज्यको महत्वपूर्ण निकायमा स्थान दिन पहल थालियो। सरकारी सेवामा तिनको प्रवेश बढ्नथाल्यो। शदियौँदेखि शोषण र दमनमा परेका हुतुहरूको आवाज बलियो हुँदै गयो। तुत्सीहरूमा विगतमा गरेको विभेदकारी नीतिप्रति आक्रोश बढ्न थाल्यो। हुतुले तुत्सीलाई विदेशीको आरोप लगाउन थाले। अतिवादी हुतु उत्तरतिरको विदेशीभूमिबाट आएर प्रभाव जमाएको भन्दै योजनाबद्ध तरिकाले नयाँ पिँढीको दिमागमा घृणा जगाउने काम भयो। विस्तारै जातीय हिंसा आरम्भ भयो। भुसको आगोजस्तै हिंसा सल्कियो। उपनिवेशको अन्त्य हुने वातावरण तयार हुँदै गर्दा जातीय हिंसा मच्चिनथाल्नुमा आन्तरिक र बाह्य राजनीतिक स्वार्थको उत्तिकै भूमिका थियो।
१ जुलाई सन् १९६२ मा रूवान्डा स्वतन्त्र भयो। हुतु जातिका ग्रेगोरी काइवान्डा राष्ट्रपति चुनिए। जातीय राजनीतिले ठाउँ बनाइसकेकाले हुतु बाहुल्य देशमा उक्त जातिकै राष्ट्रपति चयन हुनु स्वाभाविक थियो। पूर्वाग्रही शासकले ९ प्रतिशत तुत्सी जातिकाले मात्र सरकारद्वारा प्रदान गरिने रोजगारी र शिक्षामा कोटा पाउने नीति लागु गरे। रूवान्डाको राष्ट्रियता नै ‘हुतु राष्ट्रियता' हो भनेजसरी प्रस्तुत हुनथाले। तुत्सीहरूलाई सरकारी सेवाबाट हटाइयो। शिक्षाजस्तो पवित्र विषयमा पनि हुतु कि तुत्सी भन्दै विभेदकारी व्यवहार गर्न थालियो। विदेशमा बसेका तुत्सी जातिका रूवान्डाली नागरिकलाई देश छिर्न दिइएन। विगतमा तुत्सीहरूले हुतुमाथि जेजस्तो विभेदकारी नीति लिएका थिए त्यसको बदलामा दमनकारी व्यवहार हुतुले देखाए।
उपनिवेशअघि रूवान्डामा कूल जनसंख्याको १७ प्रतिशत हिस्सा ओगट्ने तुत्सीहरूको राजनीतिक बाहुल्य थियो। उपनिवेशका बखत पनि उनीहरू हाबी भए। बाँकी जनसंख्या हुतुको थियो। एक प्रतिशतभन्दा कम त्वा जातिका नागरिक थिए। हुतुभन्दा केही समयपछाडि तुत्सीहरू रूवान्डा पसेका थिए। त्यसैले पनि हुतु आफूलाई रूवान्डाको खास बासिन्दा दाबी गर्थे। दुवैबीच साझा धर्म र भाषा थियो। उस्तै मिथकहरूमा विश्वास गर्थे। कतिपय सांस्कृतिक समानता थिए। त्यसैले भिन्न जातिका भए पनि अन्तरजातीय विवाह चल्थ्यो। उनीहरूबीच फरक थियो त शारीरिक बनोटमात्रै। सामाजिक समस्या भए पनि जातीय घृणाको भावना बढाउन उपनिवेश लाद्ने बाह्य शक्तिले भूमिका खेले। ‘फुटाउ र राज गर'को रणनीतिअनुसार जातीय समस्या समाधानभन्दा बल्झाउन चलखेल गरे। जातीय परिचयपत्र वितरण सोही रणनीतिअन्तर्गत भएको थियो। उक्त नीतिबाट तुत्सीहरूले लाभ लिए, हुतुहरू विभेदको सिकार भए। राज्यबाट प्राप्त हुने अवसर हुतुका लागि असहज थियो भने तुत्सीहरू पहिलो दर्जाको नागरिकसरह फाइदा लिन सफल भए।
रूवान्डाको स्वतन्त्रताका लागि चालिएको कदमलगत्तै तुत्सीको दबदबा अन्त्य गर्नेतर्फ केही सफलता हासिल भयो। सन् १९५९ मा तुत्सी राजतन्त्रको अन्त्य भयो। त्यसको प्रत्यक्ष फाइदा हुतुलाई भयो। रूवान्डाका बहुसंख्यक जनसंख्या ओगट्ने हुतुहरूले शासनसत्तामा एकाधिकार कायम गरे। राजनीतिक प्रणाली उल्टियो। तुत्सीको स्थान हुतुले लिए। राजतन्त्र अन्त्यपछिको ‘पावर भ्याकुम' मा अराजकता बढ्न थाल्यो। कुनैबेला एउटा जातिले अर्को जातिमाथि शोषण र दमन गरेका थिए। बदलाको राजनीति हाबी हुँदा हुतुले तुत्सीमाथि दमन गर्न थाले। हुुतुको निरंकुशता तीन दशकसम्म चल्यो। तुत्सी जातिमाथि चरम दमन गरियो।
१९९० मा चर्किएको द्वन्द्वका कारण विदेशी सैनिक रूवान्डा छिरे। फ्रान्सेली सैनिकसँगै बेल्जियमका सैनिक पनि प्रवेश गरे। तर बेल्जियनहरू फर्के। जातीय द्वन्द्वले विदेशी सेनालाई पस्ने ढोका खोलिदियो। सन् १९९४ मा तुत्सी जातिले हुतु जातिको सत्ता ढाले। युद्ध हार्नुअघि हुतु शासकले १० लाख मानिस मारे। सय दिनमा आठ लाख मारिए। तुत्सी जातिकालाई रूवान्डाबाट निमिट्यान्न पार्ने रणनीतिअनुसार क्रूरतम कदम चालेका थिए। हुतु अतिवादीहरूले तुत्सीमाथि निर्मम दमन गरे। भिन्न जातिका महिलालाई बलात्कार गर्नेदेखि यौनदासी बनाउनेसम्मको कार्य गरे। आधुनिक संसारमा जातीय घृणाको योभन्दा भयाबह रूप सायदै अर्को भेटिएला! जातीय घृणालाई ऊर्जा दिन नियोजितरूपमा सञ्चारमाध्यमको प्रयोग गरियो। अतिवादीहरूले पत्रपत्रिका र रेडियोमार्फत् घृणाजन्य विषयलाई प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरे। द्वन्द्व चर्काउने गरी प्रोपोगान्डा मच्चाइयो। सञ्चारमाध्यमको चरम दुरूपयोगले स्थिति झन् नकारात्मक मोडमा पुग्यो।
रूवान्डाको हिंसा अझै अन्त्य भएको छैन। बहुसंख्यक हुतुहरू छिमेकी देश कन्गोलाई आधार बनाएर युद्ध लडिरहेछन्। जातीय हिंसाले क्षतविक्षत बनाएको देशका जनता अझै पनि खतरनाक हिंसाको त्रासमा बाँच्न बाध्य छन्। छिमेकी देशहरूसमेत रूवान्डाको जातीय हिंसाबाट प्रभावित छन्।
अतिवादीहरू नरसंहार गरेर भए पनि व्यक्तिगत स्वार्थ पुरा गर्न चाहन्छन्। केही हजार मरिसकेको अवस्थामा केही लाख मारिए पनि फरक पर्दैन भन्ने प्रकारले क्रूरतम व्यवहार गर्छन्। सन् १९९३ मा सहमति बन्दै गर्दा हुतु अतिवादीहरूले तुत्सीको नरसंहार गरेको इतिहास साक्षी छ। आन्तरिक समस्यामा खेलेर जातीय घृणा पैदा गर्ने कदम चालेर रक्तपातलाई बढावा दिए। जिम्मेवार बन्नुपर्ने नेताहरूबाट घृणा जगाउने व्यवहार भएमा झन् स्थिति जटिल बन्दैजान्छ। भुसजस्तै संवेदनशील समाजमा आगो लगाउन एउटा झिल्को पर्याप्त हुन्छ। चार किल्ला र सीमा छुट्टिएर रहेको क्षेत्रलाई मात्रै देश भनेर हुन्न। त्यहाँका जनता कति सुखी र खुसी छन् त्यसले देशको अवस्था र सफलता/असफलता स्पष्ट हुन्छ।
नेपालको सन्दर्भमा जातीय विभेद र शोषण तीतो यथार्थ हो। राज्यको शक्तिशाली निकायहरूमा निश्चित जातिको बाहुल्य छ। अरूलाई छेकेर र दबाएर राख्नखोज्दा भयाबह अवस्था आउनसक्ने तथ्य रूवान्डा घट्नाले देखाएको छ। विभेद र दमनमा परेका जातिविशेष वा समुदायले पनि बदलाको भावनाले अभिप्रेरित अतिवादीबाट सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि शान्तिपूर्ण बाटोतर्फ अग्रसर हुनुपर्छ। लाभ लिइरहेका जातिविशेषले पनि शान्तिको भाषालाई सम्मान गर्नसक्नुपर्छ। अन्यथा हिंसाका पक्षधरले प्रश्रय पाउनसक्छन्। सबैको पहुँच र प्रभाव सुनिश्चित गर्न तदनुरूपको नीति निर्माण गर्नेतर्फ सबैले लचकता देखाउनुपर्छ। जातीयताले राजनीतिक बर्चस्व, आर्थिक शोषण र मनौवैज्ञानिक दमन सृजना गर्ने आधार तयार पार्ने तथ्य कदापि भुल्न हुँदैन। जातिका आधारमा विभेद र असमानता हुने बहुजातीय समाजमा जातीय द्वन्द्वको खतरा रहन्छ। रूवान्डा, सुडानको डार्फर, युगोस्लाभियाजस्ता देशमा भएका जातीय द्वन्द्व उदाहरण छन्। जातीय विभेद द्वन्द्वको मुख्य कारण भएका देश थुप्रै छन्। द्वन्द्व व्यवस्थापन विकासको फलको न्यायोचित बाँडफाँट र अवसर सृजना गरेरमात्र गर्न सकिन्छ। जातीय घृणाले दंगा भड्काउँछ। रूवान्डाको घट्नाबाट सिकेर बेलैमा नेपालका राजनीतिक दल तथा तिनका नेता सजग हुनुपर्छ।