‘राष्ट्रपति चुरे तराईमधेस संरक्षण विकास समिति'को गठन र फेकोफनलगायत अन्य संस्थाको विरोधले चुरे संरक्षणको औचित्यमाथि नै प्रश्नचिह्न लागेको छ। वर्तमान अवस्थामा चुरे संरक्षण अत्यावश्यक भएकोले अब त्यो काम कसरी गर्ने भन्ने प्रमुख दायित्व सरोकारवालाको हो। समिति र अन्य संस्थासँग समन्वय गरी संरक्षणका कार्यक्रम प्रभावकारी होस् भन्ने उद्देष्य यस लेखको रहेको छ।फेकोफन सामुदायिक वन उपभोक्ता संघहरूको एउटा छाता संगठन हो। विभिन्न स्थानका सामुदायिक वन उपभोक्ताहरूको दैनिकीसँग सरोकार राख्ने सवालमा वन पैदावारप्रति तिनको सन्तुलित पहुँच अक्षुण्ण राख्न संगठित संस्थाहरू क्रियाशील छन्। र, स्थानअनुसार त्यस समुदायको प्राथमिकता मौलिकरूपले त्यही समुदायले निर्धारण गर्ने हुनाले फेकोफोनले बृहत्तर उद्देश्य वकालत गर्नसके पनि स्थानीय प्राथमिकता निर्धारण गर्न सक्दैन। साथै, चुरेभित्रै सामुदायिक वनबाहिरका क्षेत्र पनि यसको दायरामा पर्दैन। विविधताका बीच पनि सम्पूर्ण चुरे संरक्षणमा फेकोफनजस्ता संस्थाको सीमितता देखिन्छ। तर यससँग गाँसिएका नागरिकमा सदियौँदेखि वनसँग सहअस्तित्वमा बाँचेको अनुभव कुनै वैज्ञानिक, नीतिनिर्माता, विशेषज्ञलाई भन्दा बढी छ। यो अनुभवको उपयोग चुरे संरक्षणमा आवश्यक हुनाले फेकोफनजस्ता संस्थाको समन्वयकारी भूमिका अहं हुन्छ।
सदियौँदेखि वनसँग सहअस्तित्वमा रहेका समुदायलाई प्रतिनिधित्व गर्ने संस्थाहरूको औचित्यलाई ‘पर्फम्यान्स' या कार्यसम्पादनको कसिमा जोड्न सकिँदैन। तसर्थ, यस समितिको गठनले फेकोफन र यस्ता अन्य संस्थाको औचित्यता समाप्त भएको कसैले सोचेका छन् भने त्यो गलत हो। तर आजसम्म काम गरेका भन्ने अन्य संस्थालाई भने परख गर्नैपर्छ। ‘ग्रिन फाउन्डेसन नेपाल' लगायत विरोध गर्ने अन्य संघसंस्थासँग वनको सहअस्तित्वमा सदियौँ जीवनयापनको अनुभव छ? यदि छैन भने विरोध किन? त्यसकारण अन्य संघसंस्थाले उपलब्ध गरेका सफलतासँग जोडेरमात्रै चुरे संरक्षणमा भावी कार्यनीति तय हुनुपर्छ। किनभने, चुरे कसैको बुद्धिविलास या प्राकृतिक ‘एड्भेन्चर' को थलो होइन।
खासगरी, चुरेले यस क्षेत्रमा सदियौँदेखि बसोबास गर्ने समुदायको मात्र नभई हिमालदेखि गंगाको माथिल्लो तटीय भागमा विकसित एवं अवस्थित सभ्यतासम्मको भविष्य निर्धारण गर्दछ। तसर्थ, चुरे कसैको पेवा होइन। चुरे यस क्षेत्रमा प्रत्यक्ष बसोबास गर्ने सदियौँ पुराना समुदायको एकलौटी अधिकार नभई प्राथमिक अधिकार हो। यिनै प्राथमिक अधिकारवाला समुदायको भविष्यको लागि पनि यसको संरक्षण आवश्यक छ। आजसम्म चुरेमा काम गर्ने संघसंस्थाले त्यहाँ देखिएको बिनासको अप्रत्यक्ष भए पनि जिम्मेवारी लिनुपर्दैन? आगामी दिनमा चुरे संरक्षण कार्यमा यी संस्थासँग सहकार्य गर्दा यिनको कार्यसम्पादनको ‘अडिट' का आधारमा हुनुपर्छ। तसर्थ, यी संस्थामध्ये कसैलाई संरक्षणको जिम्मा दिए हुन्छ। अथवा संगठित बनाएर (मर्ज) ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति'का उद्देश्य प्राप्तिका लागि सबल योजनासहित यिनैलाई जिम्मा दिए पनि हुन्छ।
फेकोफनलाई छाता संगठन मान्ने हो भने, परिस्थितिबस् पहुँचबाहिरका कारण चुरेको यो अवस्था आएको भन्ने हो भने यसले नैतिक जिम्मेवारी मात्र ग्रहण गरे पुग्छ। तर यसको पनि ‘एड्भोकेसी' अथवा वकालत या संघर्ष सफल नभएको मान्नैपर्छ। यस्तो अवस्थामा सरकारले अधिकार सम्पन्न समिति गठन गर्नु भनेको फेकोफनको विकल्प नभएर आजसम्म देखिएका कमीकमजोरीलाई सच्याउन गरेको पहल मान्न सकिएला। र, अहिलेको अप्ठ्यारो परिस्थितिमा फेकोफनजस्ता संस्थाहरूले समितिलाई कार्य दक्षताको आधारमा मूल्यांकन गर्नेगरी प्रारम्भिक चरणमा सहयोग गर्नु औचित्यपूर्ण हुन्छ। नवगठित समितिलाई सहयोग गर्दा यिनको उद्देश्य प्राप्तिमा सहयोग नै होला। किनभने, बहुआयामिक समस्याको समाधान गर्न संरक्षणका कार्यक्रम सञ्चालन गर्ने एक प्रभावकारी संयन्त्रको आवश्यकता पर्दछ। एक निश्चित उद्देश्य तथा भूगोलको प्रतिनिधित्व गर्ने फेकोफनजस्ता संस्थाले सशक्त वकालतसहित समन्वय गर्नसक्छन्।
चुरे संरक्षण त्यस क्षेत्रका समुदायको मात्र नभई धेरैको भविष्यसँग जोडिएको विषय भैसकेको छ। चुरेको भविष्य त्यसवरपरको वातावरणमा मात्र सीमित नरही उत्तरतिरको बस्तीसँग पनि प्रत्यक्ष सरोकार राख्दछ। काठमाडौँको सहरीकरणसँगै यस भूभागले भूमिगत सिञ्चन गर्नसक्ने क्षमता पनि ह्रास आउँछ, जसको असर यहाँबाट निस्कने नदीनालामा पानीको मात्रा बढ्दछ। यसलेे प्रत्यक्षरूपमा चुरेको नरम भूभागमा असर पार्दछ। र, नदीसँग प्रत्यक्षरूपमा जोडिएको भाग पहिरो तथा कटानको जोखिममा पर्दछ। साथै, नदीले बहाव बदली चुरे फेददेखि दक्षिणमा रहेका सबै भूभागमा बाढीको प्रकोप पार्न पनि सक्छ।
सहरीकरणबाट उत्पन्न हुने ढल या पहाडी कृषिक्षेत्रबाट बग्ने विषादीले नदीको वातावरण बिग्रिन गई यसभन्दा दक्षिणका क्षेत्रमा सिञ्चित जमिनको उर्बराशक्तिमा कमी आउँछ। नेपालमा मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि बसोबास बढ्दै गएकाले यी असर आगामी दिनमा देखिने नै छ। काठमाडौँ तथा पहाडी भेगका नागरिकलाई तिनको जीवनशैलीले चुरेलगायत दक्षिणका भूभागमा असर गरेको आभास भएको छैन। यहाँका जनताको चुरेसँगको सरोकार हरितगृह ग्यासको उत्सर्जनले वातावरण बिग्रिन गएकोले यी ग्यासको बिसर्जन गर्न यसको संरक्षण आवश्यक छ भन्नेसम्म मात्र छ। तसर्थ, नेपालको पहाडी तथा हिमाली भेगको विकास तथा सभ्यता एवं यिनका जीवनशैली पनि चुरेको स्वास्थ्यका लागि अहं छ भन्ने कुरा अवगत गराउनु छ।
त्यस्तै, भारतीय विकासले र चुरेको भविष्यको प्रत्यक्ष सरोकार राख्दछ। खासगरी विद्युत् उत्पादनमा प्रयोग हुने कोइला, डिजेल तथा पेट्रोल एवं औद्योगिक प्रयोजनको कोइला तथा मिथेनलगायतको प्रयोग प्राथमिक चासोको बिषय हो। तसर्थ, वैकल्पिक इन्धनको प्रयोग, जलविद्युत् तथा जैविकऊर्जाको विकाससँगै पारवहनमा विद्युतीय ऊर्जाको प्रयोग, कृषि प्रणालीको परिमार्जन गर्दै मिथेनबाट बनाइने युरिया (भारत विश्वमा ७ औँ स्थानमा छ) प्रयोगलाई निरुत्साहित गर्न पहल गर्नुछ। यस्ता विषयलाई सम्बोधन गर्न एक प्रभावकारी, तटस्थ, वस्तुपरक संरचनाको आवश्यकता पर्दछ। र, यस्तो संरचना निश्चित उद्देश्यको वकालत गर्ने निकायभन्दा पृथक हुनुपर्छ। अन्यथा वकिल पनि आफू र न्यायाधीश पनि आफू भने जस्तो हुन्छ।
दुई देशीय सरकार या विभिन्न समुदायसँग संवाद गर्ने संरचनाले निहित उद्देश्यमा वकालत गर्न मिल्दैन। तर जनविचार एवं जनदबाब सृजना गर्न आवश्यक पहल गर्न भने सक्छन्। फेकोफनजस्ता संस्थाले नेपालको राजनैतिक सिमानाभन्दा बाहिर रहेका, तर भारतीय प्रान्तका जनस्तरमा सम्पर्क बढाई वकालतको दायरा बढाउनुपर्छ। फेकोफनले भनेको जस्तो यदि वर्तमान समितिले कार्य सम्पादन गर्ननसक्दा कसले गर्दछ त? फेकोफन वन उपभोक्ताहरूको एक समूहको छाता संगठनको हिसाबले काम गरिरहेको छ। यस्ता संस्था अन्य पनि हुन सक्छन्। फेकोफनले तिनलाई संयन्त्रभित्र समाहित गर्ननसकेको अवस्थामा सबैलाई समायोजन गर्दै लैजाने संयन्त्रको गठन चुरे संरक्षणमा बाधक हुन्छ? निहित स्वार्थ नराखी भन्नुपर्दा हाल गठित समिति संरक्षणको बाधक होइन सहायक हो। बृहत् सभ्यता, समुदाय, भूगोल र राष्ट्रहरूसँग सरोकार राख्ने चुरे विभिन्न निकाय या सम्बन्धित मन्त्रालय मातहतका कार्यालयबाट मात्र संरक्षण हुननसकेको अवस्थामा ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति' अगाडि आएको छ। यसलाई सहयोग गर्नु हामी सबैको दायित्व हो।