दलहरूको बुद्धि भए
१५ मंसिर २०६६
•
५ मिनेट पाठ
दलहरूको बुद्धि भए
राजाको शासनकालमा बेरोजगार भएकैले दलहरूले बाह्रबूँदे समझदारी गर्न भ्याएका रहेछन्। अहिले सरकार बनाउन पनि सहमति जुट्दैन। बजेट पारित गर्ने सहमति जुटाउनै महिनौं लाग्यो। अहिले सबै बेफुर्सदी। माओवादी आन्दोलन गर्दै हैरान छ। उसको आन्दोलन अहिले तेस्रो चरणमा छ। अन्य दललाई सरकार यसरी चलाउने कि उसरी भन्नेमै धपेडी छ। पुरानो समझदारी पालना गर्नसम्म पनि फुर्सद छैन। चार वर्ष अघि मंसिरको पारिलो घाममा नेताहरु बदाम खाँदै टुँडिखेलमा गफ गर्दा बाह्रबुँदेको जुक्ति फुरेको हुनुपर्छ। राजाकै कुरा काट्नलाई मात्र सहमति गर्न जम्मा भएका रहेछन् ती। कुरा त अहिले पो बुझिँदैछ।




माओवादीको नागरिक सर्वोच्चता नेताको सर्वोच्चता वा सो सरह रहेछ। उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर दुवै पक्षको जित-जित अवस्थामा सहमति गर्ने भनेको त्यही होइन त? नागरिक सर्वोच्चता पनि बीचको बाटो, छेउको बाटो हुँदो रहेछ। लोकतन्त्रमा दलहरूले जनताको प्रतिनिधित्व गर्छन् भन्ने गरिन्छ। त्यो सिद्धान्तमै मात्र होला। नेपालमा लोकतन्त्रको परिभाषा 'लोकतन्त्र नेताको नेताकै निमित्त, नेताद्वारा नै शासन हो' मा परिवर्तित भएको छ।
'विन-विन सिचुयसन' बिना त सहमति नै हुँदैन। सहमतिमा जाने भनेकै दुवै पक्षको जितको अवस्थामा हो। म हार्छु,तपाई जित्नोस् वा तपाईं हार्नुस्, म जित्छु भतर सहमति हुँदैन। त्यस्तोमा त हार-जित हुन्छ। सहमती गरिरहनै पर्दैन
अहिले वार्ता र सहमति जस्ता शब्द थेगो भएका छन्। माओवादीले एक महिने लामो तेस्रो चरणको आन्दोलन घोषणा गरेपनि सहमति र संवादको ढोका खुल्लै राखेको भनेको छ। उसो त दोस्रो चरणको आन्दोलनमा पनि वार्ता र आन्दोलन संगै छ भन्थे। त्यस्तो सहमति गर्ने भनेको पनि धेरै भईसक्यो। चियामा राजनीति घुसाइयो। चियाले राजनीति धान्न सकेन। 'डिनर डिप्लोमेसी' पनि काम लागेन। अब त चाइनेजो, माने, तपाईंकोजस्तो थेगोका रूपमा सहमति, सहकार्य र संवाद भन्दै आएको हो कि भन्ने शंका लाग्न थालेको छ। कालान्तरमा सहमति, संवाद जस्ता शब्दले अन्य सबै थेगोलाई विस्थापन गर्ने खतरा पो देखिँदैछ।
अहिलेको सरकार गठन हँुदैदेखि माओवादी दुस्मनी छ। सिंगापुरबाट फर्कदै गर्दा प्रचण्डले अप्राकृतिक गठबन्धनको सरकार एक सातामै ढल्ने भविष्यवाणी गरेका थिए। माधव सरकारलाई नौ महिना टिक्न नदिने भए क्यारे जस्तो लागेको थियो। तर प्रचण्डले त केही महिनाभित्र निर्णायक लडाइँ हुने पो भने। अब येनकेन प्रकारेण माधव नेपाल सरकार नौ महिना टिक्ला। नेपालका कम्युनिष्ट सरकारको आयु ठ्याक्कै नौ महिना। मनमोहन सरकारलाई विपक्षीले नौ महिनामा ढालेको हो। दाहाल सरकारलाई त त्यस्तो केही थिएन। नौ महिना पुगेपछि प्रमलाई के भयो, कसो भयो? प्रचण्डले निहुँ खोजी-खोजी एकघन्टा भाषण ठोकेर राजीनामा दिए। अहिलेको प्रमले के गर्लान् कुनिन? दसा लागेपछि मन बिग्रन्छ रे। त्यो दसा नौ महिना लागेपछि लाग्ला कि?
दक्षिणतिर फर्क्याफर्क्यै गरेर कठपुतली सरकारको मुन्टो बिग्रेला भन्ने पीर माओवादीलाई छ। माओवादीले उत्तर फर्केर दक्षिणलाई पीठ फर्काको भन्ने अरूको दुखेसो छ। भौगोलिक अवस्थिति नै त्यस्तै छ त। उत्तर फर्के दक्षिण पछाडि, दक्षिण फर्कदा उत्तर बिरानो। अर्काको देशतिर फर्केर मुन्टो बिगार्नुभन्दा सबै दल आपसमा सहमति गरेर समस्याको समाधान निकाले त टन्टै खलास् हुन्थ्यो। हेपाहा छिमेकीलाई तह लगाउन त आफूआफूमा बक्बक् गरेर बस्न छाड्नु पर्छ नि। त्यति बुद्धि भए त!
अर्को समाचार
दलहरूको बुद्धि भए
२१ मंसिर २०६६
•
५ मिनेट पाठ
दलहरूको बुद्धि भए
राजाको शासनकालमा बेरोजगार भएकैले दलहरूले बाह्रबुँदे समझदारी गर्न भ्याएका रहेछन्। अहिले सरकार बनाउन पनि सहमति जुट्दैन। बजेट पारित गर्ने सहमति जुटाउनै महिनौं लाग्यो। अहिले सबै बेफुर्सदी। माओवादी आन्दोलन गर्दै हैरान छ। उसको आन्दोलन अहिले तेस्रो चरणमा छ। अन्य दललाई सरकार यसरी चलाउने कि उसरी भन्नेमै धपेडी छ। पुरानो समझदारी पालना गर्नसम्म पनि फुर्सद छैन। चार वर्ष अघि मंसिरको पारिलो घाममा नेताहरु बदाम खाँदै टुँडिखेलमा गफ गर्दा बाह्रबुँदेको जुक्ति फुरेको हुनुपर्छ। राजाकै कुरा काट्नलाई मात्र सहमति गर्न जम्मा भएका रहेछन् ती। कुरा त अहिले पो बुझिँदैछ।




माओवादीको नागरिक सर्वोच्चता नेताको सर्वोच्चता वा सो सरह रहेछ। उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर दुवै पक्षको जित-जित अवस्थामा सहमति गर्ने भनेको त्यही होइन त? नागरिक सर्वोच्चता पनि बीचको बाटो, छेउको बाटो हुँदो रहेछ। लोकतन्त्रमा दलहरूले जनताको प्रतिनिधित्व गर्छन् भन्ने गरिन्छ। त्यो सिद्धान्तमै मात्र होला। नेपालमा लोकतन्त्रको परिभाषा 'लोकतन्त्र नेताको नेताकै निमित्त, नेताद्वारा नै शासन हो' मा परिवर्तित भएको छ।
'विन-विन सिचुयसन' बिना त सहमति नै हुँदैन। सहमतिमा जाने भनेकै दुवै पक्षको जितको अवस्थामा हो। म हार्छु,तपाई जित्नोस् वा तपाईं हार्नुस्, म जित्छु भतर सहमति हुँदैन। त्यस्तोमा त हार-जित हुन्छ। सहमति गरिरहनै पर्दैन।

अहिले वार्ता र सहमति जस्ता शब्द थेगो भएका छन्। माओवादीले एक महिने लामो तेस्रो चरणको आन्दोलन घोषणा गरेपनि सहमति र संवादको ढोका खुल्लै राखेको भनेको छ। उसो त दोस्रो चरणको आन्दोलनमा पनि वार्ता र आन्दोलन संगै छ भन्थे। त्यस्तो सहमति गर्ने भनेको पनि धेरै भईसक्यो। चियामा राजनीति घुसाइयो। चियाले राजनीति धान्न सकेन। 'डिनर डिप्लोमेसी' पनि काम लागेन। अब त चाइनेजो, माने, तपाईंको भनेजस्तैसहमति, सहकार्य र संवाद पनि थेगोका रूपमा भन्दै आएको हो कि भन्ने शंका लाग्न थालेको छ। कालान्तरमा सहमति, संवाद जस्ता शब्दले अन्य सबै थेगोलाई विस्थापन गर्ने खतरा पो देखिँदैछ।
अहिलेको सरकार गठन हुँदैदेखि माओवादी दुस्मनी छ। सिंगापुरबाट फर्कदै गर्दा प्रचण्डले अप्राकृतिक गठबन्धनको सरकार एक सातामै ढल्ने भविष्यवाणी गरेका थिए। माधव सरकारलाई नौ महिना टिक्न नदिने भए क्यारे जस्तो लागेको थियो। तर प्रचण्डले त केही महिनाभित्र निर्णायक लडाइँ हुने पो भने। अब येनकेन प्रकारेण माधव नेपाल सरकार नौ महिना टिक्ला। नेपालका कम्युनिष्ट सरकारको आयु ठ्याक्कै नौ महिना। मनमोहन सरकारलाई विपक्षीले नौ महिनामा ढालेको हो। दाहाल सरकारलाई त त्यस्तो केही थिएन। नौ महिना पुगेपछि प्रमलाई के भयो, कसो भयो? प्रचण्डले निहुँ खोजी-खोजी एकघन्टा भाषण ठोकेर राजीनामा दिए। अहिलेको प्रमले के गर्लान् कुनिन? दसा लागेपछि मन बिग्रन्छ रे। त्यो दसा नौ महिना लागेपछि लाग्ला कि?

दक्षिणतिर फर्क्याफर्क्यै गरेर कठपुतली सरकारको मुन्टो बिग्रेला भन्ने पीर माओवादीलाई छ।
माओवादीले उत्तर फर्केर दक्षिणलाई पीठ फर्काको भन्ने अरूको दुखेसो छ। भौगोलिक अवस्थिति नै त्यस्तै छ त। उत्तर फर्के दक्षिण पछाडि, दक्षिण फर्कदा उत्तर बिरानो। अर्काको देशतिर फर्केर मुन्टो बिगार्नुभन्दा सबै दल आपसमा सहमति गरेर समस्याको समाधान निकाले त टन्टै खलास् हुन्थ्यो। हेपाहा छिमेकीलाई तह लगाउन त आफूआफूमा बक्बक् गरेर बस्न छाड्नु पर्छ नि। त्यति बुद्धि भए त!
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस