त्यो दिन गायक शिशिर योगीलाई विशेष हुनेछ जब उनको स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा अत्यन्तै मर्मस्पर्शी गीत रेकर्ड हुनेछ। 'सियोको टुप्पोमा मुटु बिझ्यो दमाइ दाइ' बोलको गीत पहिलो पल्ट देवकोटा शतवार्षिकी समारोहमा गाउँदा दर्शक सास रोकेर सुनिरहेका थिए। कार्यक्रमको सीमित अवधिमा उनले दोहोर्याएर नगाई सुखै पाएनन्। त्यसपछिका उनी सहभागी हरेक कार्यक्रममा यही गीतको फर्माइस हुन्छ र यसलाई नदोहोर्याई उनी धर पाउँदैनन्।
'शब्दले मलाई हिर्काइहाल्यो', शिशिरले भने, 'अनि आफैँलाई भने, यस्तो गीत छुटाएँ भने म धेरै कुरामा छुट्नेछु।' गीतमा दलित र निम्न वर्गको मर्मस्पर्शी कथामात्र छैन, तीखो विद्रोह पनि छ। शब्दमा जति शक्ति छ, त्यतिकै ओज संगीतको मुर्च्छना र स्वरमा छ। लाग्छ, उनको आवाज गलाबाट होइन, हृदयबाट निस्कन्छ। माधव घिमिरेको 'किन्नर-किन्नरी'बाट 'सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि' गाउँदा पनि उनी निकै प्रशंसित भएका थिए। शिशिर स्वयंले संगीत भरेको देवकोटाको गीत भने रेकर्ड नभईकन त्यो भन्दा धेरै हिट भइसकेको छ। संगीत मर्मज्ञहरुले यो नेपाली संगीतकै अजम्मरी रचना हुने घोषणा गरेका छन्। 'ट्य्राक बनिसक्यो, केही दिनमै रेकर्ड हुन्छ', उनले भने।
देवकोटाकै अर्को गीत 'जल चुलबुल हुँ, जल भुलभुल हुँ' को पनि श्रुतिमधुर लय उनले बनाइसकेका छन्। यी दुवै गीत सम्भवतः उनको आगामी एल्बम 'मोड मोडमा' आउनेछन्। शक्ति बल्लभको संगीतमा माधव घिमिरेको शब्द 'सारंगी त रेटे पनि' गाएर उनी पहिलो पल्टैै गम्भीर श्रोताका हृदय जित्न सफल भएका थिए। 'यो देशमा म यौटा मानिस खोजिरहेछु' गाएर आफूलाई सार्थक संगीतका पक्षमा उभ्याए। एकनारायणको शब्द र संगीतमा अर्को गीत 'आमाले घाँस काट्दै गर्दा' औसत नेपालीको हृदयको गीत हो जसलाई मीठो-मसिनु खान चाडबाड कुर्नुपर्छ। कति अर्थमा यो उनकै आत्मकथा हो।
शिशिरको पहिलो एल्बम थियो, पहिचान। त्यसले गम्भीर गायकका रुपमा उनलाई पहिचान दियो। त्यसपछि निस्केका 'सुस्केरा' र 'आकर्षण'ले उनलाई साधारण श्रोतासम्म पुग्न मदत गरे । अर्को एल्बम 'मोड मोडमा' उनको सांगीतिक यात्राकै एउटा मोड हुने आशा संगीत मर्मज्ञहरुले गरेका छन् जसमा अम्बर गुरुङ र नारायण गोपालको संगीतमा एक, एक गीत पनि रहनेछन्। तीमध्ये रत्नशमशेर थापाका शब्द र नारायण गोपालको संगीतमा उनले गाएको 'एक मुठी चामल पाऊँ हजुर' रेकर्ड भएर हिट भइसकेको छ।
प्रजातन्त्र पुनःस्थापनापछि नेपाली कलाक्षेत्रमा सबैभन्दा बढी व्यावसायिकता छिरेका दुई क्षेत्र हुन्, संगीत र सिनेमा। विडम्बना, यी दुवै क्षेत्रलाई आज कलाको दर्जा दिन अन्कनाउनुपर्छ। संगीतको कुरा अझ दुःखदायी छ। अम्बर गुरुङ, नारायण गोपाल, गोपाल योञ्जन, नातिकाजी, पुष्प नेपालीका संगीतले अब टेलिभिजनका पर्दा रंगीन हुँदैनन्।
संगीतमा स्वयं संगीतको मृत्यु छ र गुण्डागर्दी मूल धार भएको छ। संगीत अब सुनेर आनन्द लिने होइन, प्रेमी-प्रेमिकाका कमर समाएर रामरमाइलो गर्ने माध्यम भएको छ। यस्ता संगीतको शक्ति कोरली-किशोरीलाई नचाउनुभन्दा बढी छैन। यस्तै संगीतमा म्युजिक कम्पनीहरुले लगानी गरेका छन् र मिडियाले हिट गराइदिएका छन्। प्रणय लिम्बुको वृत्तचित्र 'इतिहास जित्नेहरुको'मा संगीतको झण्डै यही स्थितिको चित्रण छ जसमा उनले कुबेर राई र धिरज राईको सटिक तुलना गरेका छन्।
गीत-संगीत मर्मज्ञका शब्दमा 'यही घडीमा सञ्जीवनी बोकेर आएका शिशिर' त्यस्ता संगीतकर्मी हुन् जो अम्बर गुरुङ, नारायण गोपालहरुको परम्परालाई निरन्तरता दिन प्रतिबद्ध छन्। शब्दमै उनी संगीत भेट्छन् जब त्यसले छुन्छ। अनि उनको स्वर हृदयबाटै फुट्न थाल्छ। कला सूर्यमुखी फूल होइन जो सूर्यास्तसँगै ओइलाएर जान्छ। साँच्चै उनी संगीतका भगिरथ साधक र हृदयका गायक हुन् जसलाई एउटा एल्बम बजारमा पुर्याउनु सजिलो छैन। प्रतिलिपि अधिकार उल्लंघनले धेरै घाटा पारेको छ। तथापि श्रोताले दिएको अपार प्रेमले उनी सुखी छन्। बाल्यकालमा गोठाला जाँदा दङाली थरुनी बारम्बार गीत गाउन उनलाई आग्रह गर्थे। आज देशभरका श्रोता त्यही आग्रह गरिरहेका छन्।
शरदको झरीमय एक मध्याह्नमा महाकविका शब्दमा उनी स्वर भरिरहेका थिए। दाङ, हापुरेबाट पत्नीको जरुरी फोन आयो। उनले मोबाइल अफ गरे र अत्यन्त मर्मस्पर्शी स्वरमा गाइरहे- सियोको टुप्पामा मुटु बिझ्यो दमाइ दाइ/आजलाई देशैलाई देखेर/जर्जर पातमा कीराले दमाइ दाइ/देश दशा झलक्क लेखेर।