यो वर्ष सन् २०१४ को जुनदेखि डिसेम्बर महिनाका बीचमा पेट्रोलियम पदार्थको मूल्य धेरै घटेको छ। विश्व तेल बजारमा तेलको मूल्य प्रतिब्यारेल ११५ अमेरिकी डलरबाट घटेर ६१ डलरको हाराहारीमा आइसकेको छ भने यसभन्दा पनि तल झर्ने संकेत देखापरेको छ। यो क्रम कायम रहेमा रसिया, नाइजेरिया, इरान, भेनेजुएलाजस्ता राष्ट्रमा चरम आर्थिक संकट देखापर्ने छन्।हालको अप्रत्याशित मूल्य गिरावटलाई रोक्न र यसलाई केही माथि उकास्ने उद्देश्यले नोभेम्बर २७ मा अस्ट्रियाको भियनामा विश्व बजारमा झण्डै ४० प्रतिशत तेल आपूर्ति गर्ने ओपेक राष्ट्रहरूको बैठक बोलाइयो। धेरै मुलुकले तेल आपूर्तिलाई कम गरेर भए पनि मूल्य स्तरलाई उकास्नेतर्फ जोड दिए, तर खाडीको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरेबियाले भने वर्तमान मूल्य स्तरलाई केही समय कायम राख्नसके धेरैवटा अमेरिकी कम्पनीले त्यस मूल्यमा तेल आपूर्ति गर्ननसकेर बन्द हुनपुग्छन् र खाडीका राष्ट्रको एकाधिकार कायम रहन पुग्छ भन्ने धारणा राख्यो। साउदी अरेबियाले ओपेक राष्ट्रहरूको तेल आपूर्तिको एक तिहाइ हिस्सा ओगट्छ। यसरी हालको विश्व तेल बजार अमेरिकी र खाडीका राष्ट्रहरूको मूल्य युद्धमा परिणत भएको छ। अमेरिकी अर्थतन्त्रलाई यसले एउटा दृष्टिकोणबाट फाइदा र अर्कोबाट बेफाइदा भएको छ। तेलको मूल्यमा भएको गिरावटले अमेरिकी आर्थिक वृद्धि दरलाई उच्च बनाउँछ। विगत दुई दशकको प्रवृित्त हेर्दा अमेरिकी आर्थिक वृद्धि दरमा आउने उतार चढाव सबैभन्दा बढी तेल मूल्यकै कारणले हुने गरेको देखिन्छ। फाइदा यही हो। बेफाइदा चाहिँ अमेरिकी निजी कम्पनीले तेल उत्पादनमा धेरै ठूलो लगानी गरिसकेका छन् तर तिनले खाडीका मुलुकका तुलनामा बढी लागतमा मात्र तेल उत्पादन गर्न सक्छन्। अहिले कायम रहेको मूल्य लामो समयसम्म कायम रहेको खण्डमा तिनले व्यवसायबाट हात धुनुपर्ने स्थिति आउनसकछ। यस्ता उद्योगहरू टेक्सस, नर्थ डाकोटा, र अलास्कामा केन्द्रित छन्। अलास्का राज्यको त राजस्वको प्रमुख स्रोत नै तेल उत्पादनमाथि लाग्ने कर बनेको छ। बिस्तारै यो समस्या क्यानाडाको अल्बर्टा राज्यमा पनि देखा पर्नेछ। दीर्घकालमा यसले अमेरिका र क्यानाडाबाट पुँजी पलायन हुनसक्ने सम्भावना देखाउँछ।
मध्य हिउँदको समय भनेको तेलको माग सबैभन्दा उच्च रहने समय हो। उत्तरी गोलार्धका मुलुकहरूले घट्दो तापमानको कारणले तेलको माग उच्च बनाउँछन्। यस समयमा पनि तेलको मूल्य खस्कनुले आउँदा दिनमा यो अझ घट्न जाने सम्भावनालाई इन्कार गर्न सकिँदैन।
आखिर सन् २०१० पछि अहिलेको समयमा यसरी तेलको मूल्यमा भारी कटौती हुनुका पछाडि के के कारण होलान् त? हालसम्म चीनको आर्थिक वृद्धि दर लामो समयसम्म उच्च रहनु र अमेरिका पनि तेलको ठूलो आयातकर्ता हुनाले तेलको माग पक्ष ज्यादै बलियो रहेको थियो। तर चीनको आर्थिक वृद्धि दर दोहोरो अङ्कमा हाललाई अड्न नसक्नु र अमेरिकाले पनि आफ्नो घरेलु मागलाई धेरै हदसम्म पूर्ति गर्नसक्ने हैसियत राख्नुले अन्तर्राष्ट्रियरूपमा तेलको माग पक्ष कमजोर बनेर गएको छ। सन् २०१० यता तेलको मूल्य कहिल्यै पनि प्रति ब्यारेल एक सय अमेरिकी डलरभन्दा तल झरेको थिएन। खासगरी सन् २००८ मा तेलको मूल्य स्तर अत्यन्त उच्च बनेपछि तेल उत्पादनका सबै उपायहरू अवलम्बन गरेर विश्वव्यापी रूपमा बिस्तारै तेलको आपूर्तिमा दिगो वृद्धि हुन पुग्यो र सन् २०१४ मा आइपुग्दासम्ममा मागभन्दा आपूर्ति पक्ष बलियो हुन पुग्यो। अर्कोतिर सन् २००० पछि चीनिया आर्थिक वृद्धि दरले पनि तेल मूल्यको उतार चढावलाई धेरै हदसम्म व्याख्या गर्छ। तीन दशकसम्म दोहोरो अङ्कको आर्थिक वृद्धि दर कायम गर्ने चीन अहिले एक अंकको वृद्धि दरमा झरेको छ। यसले विश्वव्यापी तेल मागलाई कमजोर बनाएको छ। यसरी सामान्य माग र पूर्तिको दृष्टिकोणबाट हेर्दा तेलको मूल्य यसरी ओह्रालो लाग्न पुगेको देखिन्छ।
नोभेम्बर २७ को ओपेक बैठकले हाल दैनिक ३० मिलियन ब्यारेल तेल उत्पादन गर्ने र मूल्य प्रवृित्त कसरी अगाडि बढ्छ निरीक्षण गर्दै जाने निर्णय गरेको छ। त्यसैले हालको मूल्य स्तर केही समयसम्म कायम रहने देखिन्छ तर यसको अर्थ मूल्य स्तर लामो समयसम्म यस्तै कायम रहन्छ भन्ने चाहिँ होइन। अब तेलको मूल्य बिस्तारै उकालो लाग्न थाल्यो भने त्यसको कारण आपूर्ति पक्ष हुनेछ। अझ महत्वपूर्ण त हाल सुस्त देखिएको लिबियामा द्वन्द्व फेरि चर्कन सक्छ अनि इराक र सिरियामा पनि युद्ध फेरि फर्कन सक्छ। यसले तेल आपूर्तिलाई फेरिअसहज बनाउने छ। अर्कोतिर साउदी अरेबिया र इरानले तेल मूल्य कम राखेर सरकारी बजेट घाटालाई कतिन्जेल थेग्न सक्छन् भन्ने पनि चासोको विषय भएको छ। न्यून मूल्यले गर्दा रसियाको अर्थतन्त्रमा गहिरो संकट देखापरे पनि पश्चिमा मुलुकहरूले उसमाथि लगाएको नाकाबन्दीले रसियाको भूमिका भने गौण रहनेछ। उसले कायम रहेको मूल्य स्तरमा आफूलाई समायोजन गर्दै लैजानेछ तर आपूर्तिलाई नियन्त्रण गरेर मूल्यलाई प्रभावित गर्ने हैसियत भने राख्नेछैन। हालमा प्राकृतिक ग्यास र तेलसम्बन्धी आर्थिक गतिविधिले रसियाको सरकारी राजस्वमा ४५ प्रतिशत हिस्सा ओगट्छ। राजस्वमा आएको कटौतीसँगै पुँजी पलायनको समभावित खतरा टार्न रसियाको केन्द्रीय बैंकले डिसेम्बर १५ मा ब्याज दर अप्रत्याशितरूपले १०.५ प्रतिशतबाट १७ प्रतिशत पुर्यालएको छ। यसले राष्ट्रिय मुद्रा रुबलमाथिको विश्वास कायम राख्न मद्दत पुग्ने आशा गरिएको छ। किनभने घट्दो व्यापार घाटाले रुबलमाथिको विश्वास गुम्दै गएको छ र लगानीकर्ताले मुद्रा बजारमा त्यसलाई बेच्न थालेका छन्। विगत केही सातादेखि मस्को, सेन्ट पिटर्सबर्गलगायत प्रमुख सहरमा कार, लुगा धुने मेसिनलगायत बढी मूल्यका सामानको मागमा भएको नाटकीय वृद्धि यसैको संकेत हो। यही स्थिति कायम रहेमा र तेलको मूल्य वर्षभर नै प्रतिब्यारेल ६० अमेरिकी डलरभन्दा कम रहेकोमा रसियाली अर्थतन्त्रमा ४.५ प्रतिशतले संकुचन आउने देखिन्छ।
अन्य तेल निर्यातक मुलुकलाई पनि तेलको मूल्य समस्याले नराम्रोसँग गाँज्ने छ। लामो समयसम्म तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलरभन्दा कम रहेका खण्डमा इरानको सरकारी वित्त नियन्त्रणभन्दा बाहिर जानसक्ने शंका अन्तर्राष्ट्रिय मुद्रा कोषले व्यक्त गरेको छ। लामो समयसम्म अमेरिकालगायत पश्चिमा मुलुकले लगाएको आर्थिक मन्दीको घाउ निको हुन नपाउँदै त्यहाँ फेरि अर्को समस्या थपिएको छ। यसको आन्तरिक व्यवस्थापनका लागि इन्धनमा दिइएको सरकारी अनुदान हटाउने एक उपायका रूपमा देखिएको छ तर यो निर्णय अलोकप्रिय निर्णय र यसले राजनीतिक शक्ति सन्तुलनलाई प्रभावित गर्नसक्छ।
भेनेजुएलालाई पनि अहिलेको मूल्य स्तरले नराम्ररी प्रभावित पारेको छ। रसियाको जस्तै कच्चा तेलको उत्पादन, प्रशोधन र विक्रीबाट यसको प्रमुख राजस्व उठ्ने गर्छ। सन् २०१५ भर तेलको मूल्य अहिलेकै स्तरमा रह्यो भने यसको आर्थिक वृद्धि दरमा तीन प्रतिशतले संकुचन आउनेछ। विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक सउदी अरेबिया अहिले नै घाटा बजेटको समस्यामा छ र यही स्थिति कायम रहेमा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको झण्डै १४ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ। यसले धेरै आर्थिक परिसूचकलाई नकारात्मक दिशातिर धकेल्ने छ। तर हालमा तेलको मूल्य युद्धलाई थेगेरै भएपनि धेरै अमेरिकी कम्पनीलाई तेल उद्योगबाट बाहिर धकेल्नमा उसको प्रयास केन्द्रित देखिन्छ। साउदी अरेबियासँग रहेको झन्डै ७४० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्राको संचितिलाई अहिलेको विश्व तेल राजनीतिमा प्रयोग गरी ठूलो फाउदा उठाउने जमर्कोमा साउदी अधिराज्यको सरकार लागेको देखिन्छ। त्यसले पनि पर्याप्त नभएको खण्डमा अरब आन्दोलनको बखत स्थापित गरिएका धेरै अनुदान कटौती गरिने सम्भावना पनि छ तर यसले पनि साउदी अरेबियामा अर्को राजनीतिक उथलपुथल निम्त्याउन सक्छ।
यसरी अहिलेको तेल राजनीति अन्तर्राष्ट्रिय बजारबाट सुरु भएर बिस्तारै घरेलु राजनीतिलाई प्रभावित पार्ने दिशामा उन्मुख देखिएको छ। तेलको मूल्यस्तर कहाँनेर र कसरी स्थिर हुन पुग्छ भन्ने कुराले सम्भावित घरेलु असरहरूको परिमाणलाई निर्धारित गर्नेछन्।