'हामीले त्याग गर्नुपर्छ। ' अध्यक्ष कामरेड भन्नु भो- 'बिनात्याग सहमति सम्भव छैन।'
'किन त्याग गर्ने?' कामरेड केपीले साध्नु भो- 'त्याग गर्ने कारण चाहियो।'
'किनभने कवि लेखनाथ पौडेलले भन्नु भएको छ।' अध्यक्ष कामरेडले भन्नु भो- 'त्यही भएर मैले पनि भनेको हुँ।'
'के भन्नु भएको छ लेखनाथ पौडेलले?' केपी कामरेडले सोध्नु भो - 'हामी नि सुनौन।'
'खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?' अध्यक्ष कामरेडले भन्नु भो- 'आफू मिटाई अरूलाई दिनु जहाँ छ।'
'अध्यक्षज्यूको गएछ।' कामरेड मुकुन्द नेउपाने बोल्नु भो- 'कुरो प्रष्ट भो!'
'के गएछ?' कामरेड केपीले सोध्नु भो- 'कसरी गएछ?'
'देवकोटाको कवितालाई लेखनाथको रे!' कामरेड नेउपानेले जरो समात्नु भो- ' अनि गएन त?'
'कविता जो सुकैको होस्।' अध्यक्ष कामरेडले भन्नु भो-'सबाल त्यागको हो, निर्णय यसमा लिनु छ।'
'फेरि पनि प्रश्न उठ्छ।' कामरेड केपी बोल्नु भो- 'त्याग केका लागि?'
'त्याग हाम्रो पार्टीको परम्परा हो।' अध्यक्ष कामरेडले भन्नु भो- 'हामीले परम्परा जोगाउनुपर्छ।'
'त्यो चाँहि हो।' कामरेड वामदेवले भन्नु भो - 'हामीले त्याग गरेनौ भने पार्टी दक्षिणपन्थी र यथास्थितिवादीको कब्जामा जान्छ।'
'तपाईँले कस्लाई दक्षिणपन्थी भन्नु भो?' कामरेड केपीले स्पष्टीकरण माग्नु भो- 'इसारा कता पटि्ट हो?'
'तपाइँलाई होइन' कामरेड वामदेवले प्रष्ट पार्नु भो - 'मैले कांग्रेसलाई भनेको हूँ।'
'यो अरण्यवासीको भाषा हो।' कामरेड प्रदीप नेपालले सोध्नु भो- 'तपाईँ यता कि उता?'
'यता र उता होइन।' अध्यक्ष कामरेडले रुलिङ गर्नु भो- 'कुरो त्यागको हो। हामी यस सबालमा केन्द्रित होऊँ।'
'त्याग केका लागि?' कामरेड केपीले सोध्नु भो- 'प्रश्न जस्ताको तस्तै छ।'
'किनभने यो पार्टीको परम्परा हो।' अध्यक्ष कामरेडले दोहोर्याउनु भो- 'हामीले पार्टीको यस महान् परम्परालाई जोगाउनुपर्छ।'
'मैले कुरा बुझिन।' कामरेड केपीले भन्नु भो- 'अझ प्रष्ट पार्नोस्।'
'उही हो।' अध्यक्ष कामरेडले भन्नु भो- 'आफू मिटाई अरूलाई दिनु जहाँ छ।'
'सूत्रमा होइन।' कामरेड केपीले सोध्नु भो- 'प्रष्ट भन्नोस् के गर्नु पर्यो?'
'त्याग गर्नु पर्यो।' अध्यक्ष कामरेडले प्रष्ट पार्नु भो- 'यसले हाम्रो पार्टी परम्परा जोगिन्छ।' उहाँले जोड्नु भो- 'हाम्रो पार्टीको इतिहास त्यागको इतिहास हो।'
'अझ प्रष्ट भएन।' केपी कामरेडले सोध्नु भो- 'मैले बुझिन।'
'सतचालीस सालमा हामी सरकारमा गयौं।' अध्यक्ष कामरेडले सोध्नु भो- 'गयाँैं कि गएनौ? '
'गयौँं।' कामरेड केपीले भन्नु भो- 'तपाईँ मन्त्री हुनु भो।'
'प्रधानमन्त्री चाँहि भट्टराईजी हुनु भो, हामी भएनौ।' अध्यक्ष कामरेडले सोध्नु भो- 'हो कि होइन?'
'हो भएनौ।' केपी कामरेडले सोध्नु भो- 'किन नभएका त?'
'त्यागका खातिर।' अध्यक्ष कामरेडले भन्नु भो- 'राष्ट्रिय सहमतिका लागि हामीले भट्टराईजीलाई नेतृत्व दियौं।'
'भन्दै जानोस्।' कामरेड केपीले भन्नु भो- 'म सुन्दै छु।'
'०४८ सालमा चुनाव भयो।' अध्यक्ष कामरेडले भन्नु भो- 'त्यस बेला हामीले मन्त्री पदसमेत त्याग्यौँ।' सोध्नु भो- 'हो कि होइन?'
'हो।' केपी कामरेडले भन्नु भो-'तर एकाउन्न सालमा त त्यागेनौ नि! मनमोहन कामरेड प्रधानमन्त्री हुनु भो।'
'अपवादको घटना बेग्लै हो।' अध्यक्ष कामरेडले भन्नु भो- 'त्यसपछि पार्टीले त्यागेको त्यागेकै थियो।'
'हामीले लोकेन्द्रबहादुरका लागि त्याग्यौँ।' कामरेड वामदेवले भन्नु भो- ' गिरिजाप्रसादका लागि नै त्याग्यौँ। शेरबहादुरका लागि त्याग्यौँ।' अध्यक्ष कामरेडले सघाउनु भो -'पुनः गिरिजाप्रसादका लागि नै त्याग्यौँ।'
'संविधानसभा चुनावपछि उनीहरू आए।' कामरेड वामदेवले भन्नु भो- 'आफ्नै जाति बिरादरीका कामरेड आएपछि मन खोलेर त्याग गर्यौं।'
'यस बेला भने हाम्रो त्यागको परम्परा बिथोलियो।' अध्यक्ष कामरेड चिन्तित हुनु भो- 'यो चिन्ताको विषय हो।'
'कहिल्यै त्याग नगर्ने कांग्रेसले त त्याग्यो।' कामरेड वामदेवले भन्नु भो- 'हामीलाई प्रधानमन्त्री दिएर आफू चाँहि उपप्रधानमन्त्रीमा बसे।'
'कांग्रेसजस्तो दक्षिणपन्थीले त्याग्यो।' अध्यक्ष कामरेडले मुख बिगार्नु भो- 'हामीजस्ता क्रान्तिकारीले नत्याग्नु सरमको कुरा हो।'
'मैले अझै बुझिन।' कामरेड केपीले दिक्क मान्नु भो- 'त्याग के हो?' 'सेक्रिफाइस' अध्यक्ष कामरेडले भन्नु भो 'अंग्रेजीमा यसो भन्छन्।'
'हाम्रो क्रान्तिकारी भाषामा चाँहि बलिदान भन्छन्।' कामरेड वामदेवले भन्नु भो- 'जति बलिदान दियो पार्टी उत्तिकै बुलन्द हुन्छ।'
'यसो गरौँ।' कामरेड केपीले प्रस्ताव राख्नु भो- 'त्यागको उदाहरण हामीबाट नै थालौँ।'
'हुन्छ थालौं।' अध्यक्ष कामरेडले भन्नु भो - 'कताबाट थाल्ने?'
'अध्यक्षज्यूबाटै थालौँ।' केपी कामरेडले प्रस्ताव राख्नु भो- 'मैले बुटवलमा अध्यक्ष पद त्यागें।' थप्नु भो- 'अब कामरेडले अध्यक्ष पद त्यागौँ।'
त्यसपछि अध्यक्ष कामरेडले के जवाफ दिनु भो? हाम्रा संवाददाता खोजी गर्दैछन्।