काठमाडौं, मंसीर १५ (नागरिक) एमालेका अध्यक्ष झलनाथ खनालले पोलिटब्युरो वैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लिखित राष्ट्रिय सहमतिका लागि 'सवै पार्टीहरूले कुनै न कुनै रूपमा त्याग गर्नै पर्ने हुन्छ र हाम्रो पार्टीले पनि त्याग गर्न तयार हुनैपर्छ' भन्ने वाक्यशं हटाउन संस्थापन पक्षधर नेताहरूले नै माग गरेका छन्।
सोमवारको पोलिटब्युरो वैठकमा अध्यक्ष खनाल पक्षधर नेता प्रकाश ज्वालाले प्रतिवेदनको अंशले पार्टीभित्र र वाहिर नराम्रो सन्देश गएको वताउदै प्रतिवेदनमा संशोधन गर्न माग गरेका हुन्।
'आज (सोमवार) वोल्ने अधिकांश सदस्यहरूले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको आफनै पार्टीले त्याग गर्ने र ध्रुवीकरणको विषयमा संशोधन माग गरे', वैठकमा सहभागी एक पोलिटब्युरो सदस्यले भने, 'पार्टीले सरकारलाई सहयोग गर्ने र सरकारले पनि पार्टीको निर्देशन मान्नुपर्ने आशयले भनाई राखेका थिए।' सोमवार नेताहरू प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, उर्मिला अर्याल, श्रीमाया थकाली र गंगा तुलाधरले आ-आफनो भनाई राखेका थिए।
अध्यक्ष खनालको प्रतिवेदनमा उल्लेख गरिएको राजनीतिक धु्रवीकरणको विषय पनि संशोधन गरेर जान पोलिटब्युरो सदस्यहरूले माग गरेका थिए। माओवादी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार बनेको र त्यसैवेलादेखी माओवादी र गैर माओवादी धु्रवीकरण गहिरिदै गएको बताउदै अध्यक्ष खनालले प्रतिवेदनमा आफनो पार्टी पनि दक्षिणपन्थी शक्तितिर केही हदसम्म तानिएको उल्लेख गरेका थिए। नेताहरूले राजनीतिक प्रतिवेदनको यो अंश संशोधन गर्न माग गरेका हुन्।
वैठकमा नेताहरूले माओवादी उग्रवामपन्थसँग लडदै अघि बढनुपर्ने पनि बताए। संस्थापन पक्षधर नेताहरूले चाहिं माओवादी उग्रवामपन्थविरूद्ध संघर्ष गरेपनि राष्ट्रिय सहमतिको निर्माण गर्नुपर्ने र त्यसको अगुवाई एमालेले गर्नुपर्ने धारणा राखेका थिए।
पार्टीले गर्नुपर्ने त्याग र राजनीतिक धु्रवीकरणको विषयमा संस्स्थापन पक्ष र स्थायी कमिटी सदस्य केपी ओली पक्षधरवीच त्यति ठुलो मतभिन्नता नदेखिएपनि पार्टीको आन्तरिक समस्याका विषयमा भने फरक-फरक धारणा आएको थियो। संस्थापन पक्षधर नेताहरूले पार्टीमा अनुशासन उल्लंघन गर्ने प्रवृति वढेको, समानानन्तर गतिविधी संचालन गरेको भन्दै स्थायी कमिटी सदस्य ओलीको आलोचना गरे।
यता ओली पक्षधरले चाहिं पार्टीको आन्तरिक जिम्मेवारीमा पक्षपात गरेको, महाधिवेशनको जनादेश भन्दा वाहिर गएर एकपक्षीय ढंगले पार्टीलाई संचालन गरेको भन्दै अध्यक्ष खनालको आलोचना गरेका थिए। त्यस्तै सरकारलाई पार्टीबाट सहयोग नभएको र सरकारले पनि पार्टीलाई वेवास्ता गरेको भन्दै सरकार-पार्टी सम्बन्ध सुधार गर्नुपर्ने धारणा नेताहरूले राखेका थिए।