विकासका आधार
२१ मंसिर २०७१
•
१२ मिनेट पाठ
विकासका आधार
गरिब मुलुक (गरिबको मुलुक?) मानिने हाम्रा गाउँगाउँमा सडक भने खनिएको खनिएकै छन्। गरिबसँग आफ्नो गाडी हुने त प्रश्नै भएन महँगो भाडा तिर्ने पैसा पनि हुँदैन। कसका लागि पहरा फोर्दै बाटा बन्दैछन्? मुगुमा सडक खन्ने पैसाले कोहलपुरमा 'मुगु अपार्टमेन्ट' बनाउने हो भने दुई तीन बिल्डिङमा सिंगै जिल्लाबासी अटाउन सक्नेछन्। वर्षमा दुई महिना यार्सागुम्बा टिप्न बाह्रै महिना हिउँ र कठिनाइ भोग्न बाध्य पारेर गरिने विकासका विषयमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ।स्याउ होस् कि जडीबुटी निजी कम्पनीलाई फलाउन तथा संकलन गर्न दिने, काम गर्ने कामदारलाई उचित ज्याला र उत्तम बसोबासको व्यवस्था मिलाउने र प्रशोधन केन्द्रहरु स्थापना गरेबापत लिइने कर उद्योगमैत्री बनाउने हो भने उत्पादित वस्तु ढुवानी त हेलिकप्टरबाट पनि हुनसक्छ। कामदार पनि आवश्यक परेका बेला हेलिकप्टरमै लैजान र ल्याउन सकिन्छ। त्यस अर्थमा लगानी बढी हुनुको चिन्ता हुँदैन। किनभने पैसा त अन्तिम उपभोक्ताले न तिर्ने हो। तुलनात्मक लाभका वस्तु तथा सेवा उत्पादन गर्ने र गुणस्तरीयता कायम राख्ने हो भने अन्तिम उपभोक्ता पाउन असजिलो छैन। युरोपको सिंगै बजारमा 'आर्गानिक' र 'फेयर ट्रेड'को रंगमञ्च गर्माएकै छ। जनतालाई नारकीय जीवनमा फसाएर सस्तो उत्पादन बेच्ने व्यवस्थालाई विकास भन्न मिल्दैन।

छरिएको बस्ती र पछौटे जनजीवन
बस्तीको केन्द्रीकरण गरौँ। केन्द्रित बस्तीमा शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, पानी, सञ्चार सहज, सस्तो र व्यवस्थित गर्न सजिलो हुन्छ। छरिएको बस्तीमा, त्यसमा पनि पहाडी बस्तीमा ती सुविधा पुर्‍याउन कठिन हुन्छ। एउटा बस्तीबाट हिँडेर अर्को बस्तीमा पुग्न एक दिन लाग्ने अनि त्यस बस्तीमा २० घरमा ८० भन्दा बढी मानिस नहुने र तीमध्ये पनि उत्पादक उमेरका व्यक्ति सहर र विदेशतिर गएका हुने भएपछि बाँकी २० जनाका लागि अस्पताल बनाउनु कि विद्यालय? बिजुली बाल्नु कि बाटो बनाउनु? पहाडका कतिपय वडामा १० वटा घर पनि छैनन्।

प्रकोप सुक्षित विकास
पहाडमा जडीबुटी, फलफूल र पशुपालन कम्पनीलाई जिम्मा दिने र सहरबाहिर आवासीय बस्ती विकास हुन नदिने हो भने न चुरे विनाश हुन्छ न धान खेती नै मासिन्छ। जंगल सक्ने, धान खेती सक्ने, पानी निकास रोक्ने विकास विरोधी काम गर्न सबै आतुर छन्। पहाड बाटो खन्दाखन्दा कति कमजोर भइसक्यो भने पहिरो र भूक्षयले वातावरणमात्र होइन, जीउधनकै नोक्सान गरिरहेको छ। हामी सुदृढ नभइसकेको कमजोर चट्टानको पहाडमा बस्छौँ भन्ने चेतना कहिले आउने?

विकासे योजनाकार, विकासे नेता र विकासे प्रशासकहरू पहाडमा विकास पूर्वाधार बनाउने र जनतालाई विस्थापन गर्ने कुरा गर्छन्। अनि पहाड किन बिच्किँदैन? जमिनमा हदबन्दी लगाउने, जमिन खोस्ने र विस्थापितलाई वितरण गर्ने उट्फट्याङ कुरा गर्छन्। अनि तराई किन बिच्किँदैन? आवास योजना ल्याऔँ, महेन्द्र राजमार्गलाई आधार बनाएर औद्योगिक केन्द्र र सहरहरू निर्माण गरौँ न समस्या नै रहँदैन।

जनजीवनको आधुनिकीकरण
अब मुलुकमा साँच्चै विकासै गर्ने हो भने सबैभन्दा पहिले आउँछ औद्योगिकीकरण। त्यसले औद्योगिक केन्द्रहरू जन्माउनेछ। ती औद्योगिक केन्द्रमा दूरदराजबाट कामको खोजीमा आउने कामदार केन्द्रित हुनेछन्। तिनको आवासका लागि विशाल भवनहरूको व्यवस्थापन गर्नु आवश्यक हुन्छ। जमिन पो तन्किँदैन त, आकास त हामीले नापेकै छैनौं नि। हामी सुकुमबासी, मुक्त कमैया वा दलितलाई ५ कट्ठा जमिनको मालिक बनाउने कुरा गछौँ। आवासकै अधिकारको कुरा गर्ने हो भने पनि ४ परिवारलाई बाँडिने २० कठ्ठा जमिनमा कति परिवारको आवास बन्न सक्छ? भूमि सुधारका नाममा जमिनको खण्डीकरणबाट माथि उठेर सोच्न जरुरी छ। जमिन टुक्रा पारेर व्यक्ति व्यक्तिलाई वितरण गर्ने होइन। ट्य्राक्टर लाग्नेमा हलो र हलो लाग्नेमा कोदालो लगाएर उत्पादकत्व कहाँ पुग्ला? ठूला औजारले खेती गर्न जमिन एकै प्लट हुनु जरुरी छ। खेतीपाती कम्पनीअन्तर्गत हुने भएपछि जमिनको पनि पुँजीकरण हुनेछ। जसले गर्दा भविष्यमा जमिन खोसिन्छ कि भन्ने त्रास रहने छैन। भूमि करको दुई चार पैसाको सट्टा औद्योगिक कर प्राप्त हुन थाल्नेछ। स्तरीय र एकीकृत आवास योजनाले जनजीवन आधुनिक बन्दै जानेछ। केन्द्रीकृत हँुदै जाने बस्तीहरूमा उन्नत विद्यालय, स्वास्थ्य सुविधा र खानेपानी उपलब्ध गराउने। औद्योगिक केन्द्र भन्नेबित्तिकै उन्नत पूर्वाधारसहितको त भन्नै परेन। ब्रोडगेज रोडवे, ब्रोडब्यान्ड सञ्चार र संकटविहीन ऊर्जा। बस्तीको केन्द्रीकरणले अनावश्यक प्रशासनिक खर्च कटौती गर्नेछ। सामुदायिक 'पुलिसिङ' चुस्त हुनेछ। उन्नत शिक्षादीक्षा र उन्नत आयले आपराधिक मानसिकता र क्रियाकलापमा कमी ल्याउनेछ। स्तरीय कानुन र प्रविधिको उपयोगले अपराध नियन्त्रण सहज हुनेछ।

सहरीकरण र स्थानीय सरकार 
राजा महेन्द्रले जे जे बिगारेर गए पनि कम्तीमा पूर्वपश्चिम राजमार्ग यस्तो बनाएर गए जसले उनलाई अमर बनाइदियो। अहिले पनि यो राजमार्ग नेपाली समाजको विकासको नाभी हो। के के न गर्यौँए भनेर पहाडी लोकमार्ग वा हुलाकी राजमार्गको नाटक सुरु गरे पनि महेन्द्र राजमार्गको औचित्य, भूमिका र योगदान उच्च छ। पहाडका गल्छी र टाकुरामा सडक घुमाउनुभन्दा र हुलाकी राजमार्गका नाममा जंगल विनाश गर्न र तराईलाई जलमग्न पार्न उद्यत हुनुभन्दा महेन्द्र राजमार्गलाई दुवैतिर बार लगाउने, त्यसको स्तर वृद्धि गर्ने, सिंगो मुलुकलाई १० देखि १५ औद्योगिक एकाइमा विभाजन गर्ने, राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ यसपटि्ट पिठ्युँ फर्काएर बस्ती विकास गर्ने, बस्तीको बीचमा सहरी सडक निर्माण गर्ने र सहरी सडकको अर्काेपटि्ट पनि जंगलतिर पिठ्युँ फर्काएर बस्ती विकास गर्ने हो भने व्यवस्थित सहर बन्नेछ। त्यसमा गगनचुम्बी भवन निर्माण गर्ने हो भने नेपालको पुरै जनसंख्या बस्नसक्ने हुन्छ। करिब १५ – २० वटा विश्वविद्यालय, दुईतिन हजारसम्म विद्यालय, एक डेढ सय ठूला अस्पताल, १० – १५ जनप्रशासन केन्द्र, त्यही संख्यामा स्वशासित नगरपालिका, हजार पन्ध्रसय 'नेबरहुड अर्गनाइजेसन' (समुदाय/टोल विकास संस्था), १० देखि १५ मेट्रो पुलिस सर्कल, हजार पन्ध्रसय सामुदायिक प्रहरी केन्द्र आदिले पूरै मुलुक व्यवस्थित र विकसित हुनेछ।

हजारौंको संख्यामा रहेका ठाडा खोलाबाट बिजुली निकाल्न पैसा र प्रविधिभन्दा बढी समुदायको अवरोधले अप्ठेरो पारेको छ। पहाडमा बस्ती छ, बस्तीमा जनता छन्, भोट त्यहीँबाट आउँछ अनि भोट पाउने आशामा राजनीतिक दलहरू तिनका सही वा गलत सबै मागमा ऐक्यबद्धता जनाउँछन्। ठीक/बेठीक छुट्याउन सक्ने गरी सचेत भइनसकेका जनता लहैलहैमा विकास विराधी बनिदिन्छन्। उता पहाडमा बिजुली निकालेर तराईमा उपभोग गर्ने स्वर्णीम अवसरलाई तराईले पनि आत्मसात् गर्न सकेको छैन। 'पहाडमा बिजुली निकाल्न त्यहाँ रहेका मानिस तल ल्याउनुपर्छ। तल आएर उनीहरु आफ्नो भाग खान्छन्' भन्नेतर्फ मात्र सोच्ने अनि 'पहाड रित्तै हुन थालेपछि निस्केको सबै बिजुली तराईले नै उपयोग गर्न पाउँछ' भन्ने बिर्सने 'अल्जाइमर्स' पनि विकासका लागि बाधक छ। घरघरमा बिजुली, टोल टोलमा उद्योग कहाँ बन्नेछ तराईमा कि पहाडमा भन्ने तराईका जनतालाई बुझाउन कठिन नहुनु पर्ने हो?

यी कुनै नौला, अनौठा र अप्ठेरा प्रस्ताव हुँदै होइनन्। सबैलाई थाहा छ हुन्छ भन्ने। तर विश्वास कमैलाई छ। आँट त झनु कमसँग छ। कमाल पासाको टर्कीलाई 'युरोपको दुःख' (सरो अफ युरोप) भनिन्थ्यो। आज युरोपियन युनियनको सदस्य हुने क्रममा छ। दुई छाक पेटभर खाना नपाउने कोरिया आज हामीलाई समेत रोजगारी दिइरहेको छ। हाम्रो जनसंख्याभन्दा बढी त भारतमा भिखारी नै छन् तर देशको विकास द्रूत गतिमा छ। त्यसैले 'हुन्छ' भन्ने धारणा र 'सक्छौँ' भन्ने इच्छाशक्ति नै विकासका आधार हुन्। सोच बदलौँ, विकास सम्भव छ।
सभापति, विकास समिति, व्यवस्थापिका–संसद्
अर्को समाचार
प्राथमिकतामा ‘रामायण सर्किट’
१२ साउन २०७६
•
६ मिनेट पाठ
प्राथमिकतामा ‘रामायण सर्किट’
जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि चर्चामा आएको ‘रामायण सर्किट’ विस्तार र विकासका लागि प्रदेश २ सरकार अग्रसर भएको छ। प्रदेश विकासका प्रमुख तीन आधार कृषि, उद्योग र धार्मिक पर्यटन सरकारको प्राथमिकतामा छन्। धार्मिक पर्यटन क्षेत्रको मूल आधारका रूपमा जनकपुरको जानकी मन्दिरलाई लिइएको छ। रामायणमा उल्लेख भएअनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्मको प्रसिद्ध धार्मिक स्थानमा भौतिक पूर्वाधार विकास गर्नु रामायण सर्किटको उद्देश्य हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका अनुसार रामायण सर्किटमा पूर्वाधार विकास गरी धार्मिक पर्यटनमा प्रदेश २ लाई नमुना बनाउने योजना छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले केही दिनअघि जनकपुरमा ‘इन्टरनेसनल कन्फरेन्स अफ रामायण सर्किट’ विषयक सम्मेलन आयोजना गरेको थियो। नेपाल तथा भारतका सयभन्दा बढी सरोकारवालाहरू सहभागी सो सम्मेलनमा मुख्यमन्त्री राउत, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, प्रदेश सांसद रामआशीष यादव, भारत, बिहारका पूर्वमन्त्री डा. सञ्जय पासमान, संस्कृतिविद् डा. रामऔतार शर्मा, साधवी हेमलतालगायतले जनकपुरलाई रामायण सर्कटको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए।

नेपाल र भारतका विभिन्न प्रान्तसँगै श्रीलंका, म्यानामार, इन्डोनेसिया, थाइल्यान्डलगायत मुलुकलाई जोड्ने प्रस्तावित रामायण सर्किटले विश्वका करोडौं हिन्दु धर्मावलम्बीलाई जनकपुरतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतका विभिन्न प्रान्तसँगै श्रीलंका, म्यानामार, इन्डोनेसिया, थाइल्यान्डलगायत मुलुकलाई जोड्ने गरी ‘रामायण सर्किट’ बनाउने अवधारणा हालै सार्वजनिक गरिएको छ। मुख्यमन्त्री राउतका अनुसार प्रस्तावित रामायण सर्किटका लागि भारतका प्रधानमन्त्री मोदीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी भइरहेको छ। ‘यो सर्किट विकासको आधार हो,’ मुख्यमन्त्री राउतले भने, ‘विश्वका करोडौं हिन्दु धर्मावलम्बीलाई जनकपुरमा आकर्षित गर्ने यो योजनाले धार्मिक पर्यटनको प्रवद्र्धनमा मात्र होइन, प्रदेश र मुलुककै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।’

भारत टिकमगढकी महारानी वृषभानु कुँवरीले करिब एक सय २५ वर्षअघि निर्माण गराएको जानकी मन्दिर क्षेत्रलाई विकास गर्न नेपालको राज्य पक्षबाट ध्यान नपुगेको सरोकारवालाहरूको गुनासो छ। जानकी मन्दिरजस्तो विश्वमा ख्यातिप्राप्त धार्मिकस्थल जनकपुरका मठ–मन्दिरहरूलाई विश्व–सम्पदा सूचीमा राख्न संघीय राज्यले आजसम्म पहल नगरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,। भारत सरकार तथा संघीय सरकारसँग समन्वय गरी दुवै मुलुकमा रामायणले छोएका तीर्थस्थलहरूको पूर्वाधार विकास गरी धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने गुरूयोजनाअनुरूप काम गर्न प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री राउतको दाबी छ।

सम्मेलनमा त्रेताकालीन रामायणको केन्द्रबिन्दु रहेको जनकपुर राज्यपक्षको चरम विभेदमा परेकै कारण विकासमा पछि परेको, नेपाल ज्ञानी, दानी, वाणी र पानीमा धनी राष्ट्र भए पनि त्यसको सदुपयोग गर्ने दीर्घकालीन सोच अभाव रहेको, प्राकृतिक सौन्दर्य र धार्मिक स्थलबारे विश्व हिन्दु समुदायबीच चर्चा रहे पनि नेपालले पर्यटनमैत्री पूर्वाधार बनाएर पर्यटकलाई आकर्षित गर्न नसकिरहेकोलगायत टिप्पणी गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर भ्रमण गरेपछि भारतीय पर्यटक जनकपुर आउने क्रम बढेको छ। प्रदेश २ सरकारले रामायण सर्किटको सन्दर्भलाई प्राथमिकतामा राख्दै जनकपुरका मठ–मन्दिरको सौन्दर्यीकरण र पूर्वाधार विकाससम्बन्धी विशेष परियोजना अघि बढाएकाले केही महिनाभित्रै जानकी मन्दिर क्षेत्रको स्वरूप फेरिएको महसुस गर्न सकिने प्रदेश सरकारको अपेक्षा छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस