समृद्धिका लागि आपसी सम्बन्ध
२० मंसिर २०७१
•
१५ मिनेट पाठ
समृद्धिका लागि आपसी सम्बन्ध
संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्को अस्थायी सदस्यमा चयन भएपछि पाकिस्तानी राजदूत अब्दुल्ला हुसेन हरोनले विगतमा मित्र ठानिएकाहरू मित्र नरहेको बरु भारतले निकै सहयोग गरेको अभिव्यक्ति दिए। मतदानमा पाकिस्तानले नजिकको मित्र ठानी भरोसा गरेको देशबाटै सहयोग पाउन नसकेको अवस्थामा सधैँ विवादास्पद र तिक्त सम्बन्ध रहँदै आएको भारतबाट सहयोग पाउनु सुधारोन्मुख सम्बन्धमा जोडबल बन्यो। पछिल्लो समयमा उच्चस्तरीय भ्रमण र भेटघाट बाक्लिएको छ। छिमेकसँगको मित्रवत् सम्बन्धको महŒवलाई दुवै देशले प्राथमिकतामा राखेको आभाष मिलेको छ। सहानुभूतिका शब्द ओकल्ने र निश्चित स्वार्थका लागि सहयोगका ठूला घोषणाको झ्याली पिट्ने शक्ति राष्ट्रहरूभन्दा छिमेकी बढी काम लाग्छन् भन्ने मनन गरिएकाले हुनुपर्छ, पटकपटक युद्ध लडिसकेका भारत र पाकिस्तान एकआपसमा व्यापार तथा सहयोग अभिबृद्धिमा केन्द्रित हुने कसरत गरिरहेका छन्। 
भारत र पाकिस्तानबीच सम्बन्ध सुधारतर्फ बढिरहँदा भएको सार्क शिखर सम्मेलनमा आर्थिक विकास थप प्राथमिकतामा पर्नुले आशा जगाएको छ। दक्षिण एसियाको राजनीतिक, आर्थिक र सामाजिक विकासमा दुई देशको सम्बन्धले निकै प्रभाव पार्नेगर्छ। सम्बन्ध सुधार सकारात्मक दिशामा बढेमा सार्कका अन्य देशले लाभ हासिल गर्नसक्छन्। समग्र क्षेत्रले अहिलेभन्दा ठूलो फड्को मार्नसक्छ। भारत छिमेकलाई महŒव दिनुपर्छ भन्ने मान्यताअनुसार रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरी सक्रिय भइसकेको छ। छिमेकको आर्थिक विकास सुस्त हुँदा नकारात्मक असर भोग्नुपरेको निर्क्यौल गरेरै भारतले खेल्न थालेको भूमिका उसका लागिमात्र नभई दक्षिण एसियाका अन्य मुलुकको समेत हितमा हुनुपर्छ। ठूलो र बलियो देश भएकाले उसले उदारता देखाउनुपर्छ। विश्व महाशक्तिको दौडमा होमिने महŒवाकांक्षा बोकेको भारतले छिमेकको विपन्नताबाट भन्दा सम्पन्नताबाट लाभ हासिल गर्न सकिने नीतिलाई व्यवहारमा लागु गर्न ठोस पहल गरे यस क्षेत्रको विकासमा कायापलट हुनसक्छ। दक्षिण एसिया क्षेत्रमा छिमेकलाई महŒव दिनेगरी भारतले चालेको कदममध्ये पाकिस्तानसँगको सम्बन्ध सुधार अभियानले निकै आशा जगाएको छ। सन् १ देखि १८०० सम्म चीनसँगै विश्वकै ठूलो आर्थिक शक्ति रहिसकेको भारत छिमेकसँगको द्वन्द्वमा रुमल्लिनेभन्दा विकासतर्फ लम्कन केन्द्रित हुनु छिमेकीका लागि पनि सकारात्मक हो। तथापि, इतिहासको किस्सामा सिमित भइसकेको समृद्ध युगमा पुनः फर्काउन दक्षिण एसियालाई सहज छैन। 
पाँच हजार तीन सय वर्ष पुरानो इन्दु भ्याली सभ्यताको आरम्भ भएको दक्षिण एसिया वर्तमानमा गरिवी, असमानता र आतंकवादको पर्याय बनेको छ। विश्वका गरिवमध्ये आधा यस क्षेत्रमा छन्। विश्वको ७ अर्ब जनसंख्यामध्ये एक अर्ब ६० करोड (२३ प्रतिशत) दक्षिण एसियामा रहे पनि कूल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमात्र हिस्सा छ। तीव्र आर्थिक उन्नतिको दिशातर्फ बढे पनि विकासका दृष्टिले युरोप र अमेरिकाभन्दा निकै पछि छ। डा. मनमोहन सिँहले भारतको आर्थिक इतिहास केलाउँदै सन् १७०० मा सिंगो युरोपबराबर हिस्सा उल्लेख गरेका छन्। सन् १९५२ मा आइपुग्दा ३.८ प्रतिशत पुगेको थियो। सन् २०११ सम्म आइपुग्दा वार्षिक ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गरी संसारको नवौँ ठूलो अर्थतन्त्र बन्दासमेत भारतको हिस्सा २ प्रतिशत पुग्नसकेको छैन। सिंगो दक्षिण एसियाको पुगनपुग २ प्रतिशत छ। १८०० वर्षसम्म विश्वकै सम्पन्न देशका रूपमा भारत रहेको थियो। दक्षिण एसियाका अन्य मुलुक सम्पन्न भई शक्तिको भरपूर उपयोग गरेको इतिहास साक्षी छ। नेपाल पनि समृद्ध समाजको उच्च बिन्दुसम्म पुगेको थियो। आर्थिकरूपमा सम्पन्न भएकैले दक्षिण एसियाली देशहरूले पश्चिमा व्यापारीको आकर्षणदेखि उपनिवेशवादीको तारो बन्नुपर्योा। आर्थिकरूपमा सम्पन्न भएकैले दक्षिण एसियाली देशहरूले विदेशी अतिक्रमणकारीको आक्रमण झेल्नुपरेको हो। 
बीसौँ शताब्दीभर चरम गरिवीको सामना गरेको दक्षिण एसियाले एक्काइसौँ शताब्दीमा उच्च आर्थिक बृद्धिका कारण संसारको ध्यान आकृष्ट गरेको छ। नेपालबाहेकका देशको आर्थिक बृद्धिदर उच्च छ। भारत ८ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धि हासिल गर्दै गएको छ। विश्व बैंकको सन् २०११ को प्रतिवेदनअनुसार दक्षिण एसियाले पछिल्लो दशकमा प्रतिवर्ष समग्र ८.४ प्रतिशत आर्थिक बृद्धि हासिल गरेको छ। आर्थिक बृद्धि हुँदाहुँदै पनि समग्र मानव विकासमा दक्षिण एसियाको अवस्था सन्तोषप्रद छैन। सन् २०११ को मानव विकास प्रतिवेदनमा श्रीलंकाबाहेकका देश अति कम मानव विकास सूचांक रहेका देशको पंक्तिमा परेका छन्। यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारत १३४ औँ स्थानमा छ। विश्वभर हतियार आयातमा खर्च हुने रकममध्ये दक्षिण एसियाको २० प्रतिशत हिस्सा रहेको तथ्यांक छ। शिक्षा, स्वास्थ्यलगायत सामाजिक पूर्वाधार विकासमा हतियारभन्दा कम लगानी छ। भारतले शिक्षामा कूल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत लगानी गरेको देखिन्छ। श्रीलंकाबाहेकका देशमा शिक्षित प्रतिशत दुई तिहाईभन्दा कम छ। 
दक्षिण एसियाका झण्डै आधा जनसंख्या दैनिक १.५ डलरभन्दा कम आर्जनबाट जीवन गुजारिरहेका छन्। झण्डै सवा अर्ब जनसंख्या रहेको भारतमा ४१ प्रतिशत र नेपालमा ७८.१ प्रतिशतको आर्जन १.५ डलरभन्दा कम छ। गरिवी र असमानताले समग्र क्षेत्रलाई पिरोलिरहेको छ। गरिवी निवारणका दिशामा उल्लेख्य प्रगति हासिल भए पनि असमानताको खाडल गहिरिँदो छ। यसैबीचबाट आतंकवाद र अराजकता मौलाउने गरेको छ। दैनिकजसो हुने आतंकवादी हमलाका कारण हजारौँको ज्यान गइसकेको छ। समाजमा छरिएका गैरकानुनी हतियार दक्षिण एसियाका सबैजसो देशको विकास र शान्तिका बाधक बनेका छन्। 
बेरोजगारी दक्षिण एसियाको ठूलो समस्या हो। प्रतिमहिना १० लाख रोजगारीका अवसर सृजना गर्नसकेमात्र यस क्षेत्रका काम गर्ने उमेरका मानिसलाई बेरोजगारीबाट मुक्त राख्न सकिन्छ। यद्यपि, विश्व बैंकको तथ्यांकमा प्रतिमहिना ८ लाखमात्र रोजगारीका अवसर सृजना गर्न सकिएको उल्लेख छ। काम गर्ने उमेर समुह पर्याप्त रहे पनि रोजगारीको पर्याप्त अवसर सृजना गर्न नसक्दा जनशक्ति अन्य क्षेत्रमा जान बाध्य छन्। दक्ष जनशक्ति पलायन हुने सबैको साझा समस्या हो। 
बाटो, ऊर्जालगायत भौतिक पूर्वाधारको गुणस्तर कमजोर हुँदा दीगो विकासको लक्ष्य पहिल्याउन कठिनाई देखिन्छ। ऊर्जा संकटको पीडा सबै देशले भोग्दै आएका छन्। तेलका लागि अफ्रिकी र खाडी देशहरूको भर पर्नुपर्ने अवस्था छ। जलस्रोतबाट ऊर्जा निकाल्ने प्रशस्त सम्भावना भए पनि खासै उपयोग भएको छैन। पर्याप्त ऊर्जा नहुँदा सबैजसो देशले लोडसेडिङको मार खेप्दै आएका छन्। यो समस्या बढी भोग्नेमा अफगानिस्तान, बंगलादेश र नेपाल अग्रस्थानमा पर्छन्। एकआपसलाई जोड्ने आधुनिक मार्गहरूको गुणस्तर सन्तोषप्रद छैन। आर्थिक सम्बन्धलाई कसिलो बनाउन सडक मार्ग, रेलमार्गलगायतको सञ्जाल निर्माणको चर्चा सुनिए पनि ठोस काम हुनसकेको छैन। आपसी व्यापार विस्तारका लागि नीतिहरू खासै खुकुलो छैनन्। एकअर्काको उत्पादनलाई रोक्ने काम हुँदै आएको छ। यसले अस्वस्थ प्रतिष्पर्धा र विवाद सृजना हुनेगरेको छ। 
शिक्षा, स्वास्थ्यलगायत सामाजिक पूर्वाधारको सुधारमा सकारात्मक कार्य भए पनि हतियारभन्दा कम लगानीले दीगो विकास हुनसकेको छैन। विशेषगरी भारत र पाकिस्तानको हतियारमा अत्यधिक लगानी छ। विवादास्पद सम्बन्ध रहेका दुवै देश आणविक शक्तिसम्पन्न भइसकेकाले त्रास छ। सुरक्षा सामाजिक विकासमा भन्दा कम महŒवमा पर्नाले समग्र क्षेत्रमै नकारात्मक असर परेको छ। विशेषगरी भारतले आन्तरिकमात्र नभएर छिमेकको आर्थिक–सामाजिक विकासमा गर्नसक्ने लगानीभन्दा धेरै गुणा रकम सुरक्षामा पोखिरहेको छ। भारत–पाकिस्ता दुवै देशले एकले अर्काबाट बढी खतरा देख्ने गर्दा यस क्षेत्रले मूल्य चुकाउनु परिरहेको छ। आणविक शक्तिसम्पन्न भारत र पाकिस्तानबीच सम्बन्ध सुधारबाटै दक्षिण एसियाको भविष्य निर्धारण हुने अवस्था स्वतः स्थापित हुनुको कारण यही हो। कतिपय अवस्थामा दुई देशबीचको तनावको मूल्य प्रत्यक्षरूपमा दक्षिण एसियाका अन्य देशले चुकाउनु परेको छ। 
छिमेकको जति डर हुन्छ, उत्ति नै भर पर्नुपर्ने अवस्थासमेत रहन्छ। आपत्विपत् र असजिलोमा छिमेक नै महŒवपूर्ण भइदिन्छन्। पाकिस्तानले भारतबाट सुरक्षापरिषद्मा सदस्य बन्न पाएको मतदानबाट यथार्थलाई मनन गरेको हुनुपर्छ। अर्कोतर्फ भारतले विवादका विषय थाती राखी छिमेकसँगको सम्बन्धबाटै विश्व परिवेशमा विकासको गति बढाउन सकिन्छ भन्ने अभिप्रायका साथ नीति बनाएको देखिन्छ। सभ्यताको लामो इतिहास बोकेको दक्षिण एसियालाई गरिवीको भासबाट निकाल्न सबैभन्दा ठूलो देशको हैसियतले भारतले उदारताका साथ रचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ। छिमेकलाई आश्वस्त पार्नेगरी सहयोगी र उदाहरणीय कदम नचालिएसम्म समग्र दक्षिण एसियामा आर्थिक एवं सामाजिक विकासको लहर चल्न कठिन छ। दीगो विकासको लक्ष्य भेट्न आर्थिक एवं सामाजिक पूर्वाधार विकास हुनैपर्छ। भारत र पाकिस्तानबीचको सुमधुर सम्बन्धले स्थापित गर्ने उदारता र छिमेकप्रतिको सहयोगी भूमिकाबाट मात्र सहज वातावरण सम्भव छ। समृद्ध दक्षिण एसियाको नक्शा कोर्न दुई ठूला मुलुकले आपसी अविश्वासलाई हटाएर यस क्षेत्रका अन्य सदस्य राष्ट्रलाई समेत आश्वस्त पार्नु अनिवार्य छ। 
लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस