गाईलाई मत मागेर कमल थापाले संविधान सभामा राप्रपा नेपाललाई चौथो ठूलो दल बनाउन सफल भएपछि उत्साही दक्षिणपन्थीहरूले धर्मलाई राजनीतिक अस्त्र बनाउने आतुरी गरेका छन्। खुमबहादुर खड्का भ्रष्टाचारको मुद्दामा जेलमा रहँदा नै हिन्दुवादको मुद्दा उठाएर अगाडि बढ्नका लागि समर्थकलाई तयार रहन भन्दै थिए। लामो समययताको योजनाअनुरूप उनै खड्का अहिले नेपाललाई 'हिन्दु राज्य' बनाउने मुद्दाको हर्ताकर्ता बनेका छन्। २०६८ को जनगणनाअनुसार ८१.३ प्रतिशत हिन्दु जनसंख्या रहेको देशमा हिन्दु धर्मावलम्बीको भावनालाई राजनीतिक लाभमा ढाल्न सकिने रणनीतिका साथ प्रस्तुत भएका खड्का र थापाको सक्रियता र प्रभाव बढाउने प्रयास गम्भीर विषय हो। हिन्दुवादीसँग पूर्व राजा ज्ञानेन्द्रको अदृश्य साँठगाँठ र दिल्लीमा हिन्दुवादी नेताहरूसँगको भेट नयाँ रणनीतिको संकेत हो। राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष राज्य घोषणा र नयाँ संविधान निर्माण प्रक्रियामा रहँदाको घटनाक्रमबीच नेपाललाई हिन्दु अधिराज्य कायम गरिनुपर्ने मुद्दा उठाएर राजनीतिक लाभ हासिल गर्न चालिएका रणनीतिलाई गहिरोसँग केलाउन जरूरी छ। हिन्दुवादीको 'हिन्दु राज्य' मागसँगै धर्म निरपेक्षका पक्षधरको सक्रियताले तीव्र ध्रुवीकरणसँगै मुठभेडको खतरा बढ्दैछ। यसले देशमा नयाँ राजनीतिक सम्भावनाको संकेत गर्छ जुन धार्मिक अतिवादतर्फको बाटो पनि हुन सक्छ।
देश अझै शान्ति प्रक्रियामा रहेकाले द्वन्द्वका पक्षधरको अस्तित्व नामेट भइसकेको छैन। द्वन्द्वको एक पक्षमा गैरमाओवादी शक्ति र अर्को पक्षमा माओवादी हो। संविधान निर्माण प्रक्रियाले गति लिँदै गर्दा दुवै शक्ति एकले अर्कालाई कमजोर बनाउन हात धोएर लागेका छन्। फलस्वरूप जातीय, क्षेत्रीय र धार्मिक शक्तिहरूलाई सघाएर प्रभाव देखाइरहेछन्। माओवादीले जातिवादी र क्षेत्रीयतावादीहरूलाई ऊर्जा दिएर विरोधी शक्तिलाई कमजोर बनाउन खोज्यो। नेपाली कांग्रेसको एउटा समूह अहिले नवहिन्दुवादीलाई ऊर्जा दिएर माओवादीलाई कमजोर बनाउन खोज्दैछ। यस्तो पावर एक्सरसाइज दुवैका लागि प्रत्युत्पादक त हुने होइन? त्यसमाथि धर्म जस्तो संवेदनशील विषयलाई राजनीतिक अस्त्र बनाउन खोज्नु घातकसिद्ध हुनसक्छ। यसले अतिवादीलाई फाइदा त पुग्दैन? देश अर्को मुठभेडमा त जाँदैन? चिन्ताको विषय बन्दैछ।
राजनीति गर्नेहरू धर्मलाई सामाजिक व्यवस्था कायम गर्ने सूत्रको दृष्टिले मात्र हेर्दैनन्। धर्मका नाममा सत्तामा पुग्ने र विरोधीलाई सिध्याउने अस्त्र पनि बनाउँछन्। इरानका अन्तिम राजा मोहम्मद रेजा शाह पल्लुभीले दोस्रो विश्वयुद्धपछि देशभित्र सोभियत संघको प्रभावले शक्तिशाली बनेका कम्युनिस्टहरूलाई सिध्याउन इस्लाम धर्मगुरूहरूको सहारा लिएका थिए। धर्मको शक्तिलाई नदरअन्दाज गर्दा आफैँले आफैँलाई राजाहरूको राजा अर्थात् सहंशा घोषणा गर्ने तिनै शाह सन् १९७९ मा गद्दी त्यागेर भागे। धर्मलाई विरोधी सक्याउने अस्त्र बनाएर गलतरूपमा उपयोग गर्न खोज्दा प्रत्युत्पादक अवस्था आएको इतिहास साक्षी छ। इरानमा सहंशाको पतनसँगै इस्लामिक क्रान्ति सम्भव भएको थियो जुन विश्व इतिहासमा अकल्पनीय क्रान्तिमध्येको हो। यस्तो अवस्था आउला भनेर रेजा शाहलाई साथ दिँदै आएको अमेरिकाले समेत सोचेको थिएन। नेपालको परिस्थिति केलाउँदा हिन्दुवादीलाई जातीवादी र क्षेत्रीयतावादीको तुरूपलाई कमजोर बनाउने अस्त्र बनाउँदा नसोचेको परिणाम निस्कन सक्छ। देशभित्र हिन्दुवादीहरूको सक्रियतालाई हल्का ढंगले लिन मिल्दैन। अर्कोतर्फ छिमेकी भारतमा हिन्दुवादी दल भारतीय जनता पार्टीको सत्तारोहणसँगै नेपालका हिन्दुवादी हौसिएका छन्। आफूलाई हिन्दुवादी नेताको परिचय दिने नेपालका नेताहरूको दिल्ली र हरिद्वारतिर आवत्जावत् बाक्लिनुमा धार्मिक तीर्थाटन मात्र उद्देश्य होइन। दिल्लीतिर धाएर वा विश्वासपात्रहरू पठाएर भए पनि हिन्दु अधिराज्य बनाउने अभियानमा दक्षिणको सहयोगको माहोल निर्माणको तयारीमा रहेकाहरू संगठित हुँदै जानु अर्थपूर्ण छ। नेपाल हिन्दु राज्य बनेको हेर्न चाहने बाह्य शक्तिले बलियो र विश्वसनीय नेता खोई भनी सोध्नाले हिन्दुको नेता बन्न खोज्नेको पाइलाले गति लिन नसकेको मात्र हो। तथापि दक्षिणका हिन्दुवादीको विश्वास जित्न व्यक्तिगततवरले समेत प्रयास रोकिएका छैनन्। नेपाली कांग्रेसको नेतृत्व पंक्ति खुमबहादुर खड्काको कदम माओवादीलाई गलाउन उपयोगी हुन्छ भनेर ढुक्क नभए हुन्छ। अर्कोतर्फ माओवादीले धर्म निरपेक्ष पक्षधरहरूको कदमले हिन्दुवादीको कदमलाई चेक एन्ड ब्यालेन्समा राख्छ भनेर दंग नपरे हुन्छ। सबैका आ–आफ्ना उद्देश्य होलान्। धर्म निरपेक्षताको पक्षधरका रूपमा अग्रपंक्तिमा आउनेमध्येका पद्मरत्न तुलाधर कुनै बेला हिन्दुले पूजा गर्दै आएको गाईबारे विवादास्पद अभिव्यक्तिमा मुछिएका हुन्। उनको अभिव्यक्तिले सडकमा आगो बलेको इतिहास साक्षी छ। धर्म निरपेक्ष पक्षधरहरूको अतिवादी कदम र अभिव्यक्तिले अर्को मुठभेड सिर्जना गर्ने खतरा छ।
संक्रमणकालीन राजनीतिमा अकल्पनीय अवस्थाको सम्भावना सधैँ रहन्छ। राजतन्त्र अन्त्यसँगै जातीय, क्षेत्रीय र धार्मिक मुद्दा आक्रामकरूपमा आए। यसरी आउला भनेर समाजको सुक्ष्म विश्लेषण गर्नेमध्ये थोरैले मात्र आँकलन गरेका थिए। बाह्य कारणसँगै आन्तरिकरूपमा जातीय र क्षेत्रीय मुद्दाको बेलैमा सम्बोधन नहुनु परिणामस्वरूप देशले एक दशक लामो हिंसा झेल्यो। बाह्य शक्तिले पनि यिनै मुद्दा उठाउनेहरूलाई प्रभावमा पारेर खेल्न खोजे। पछिल्लो समय धार्मिक मुद्दा जबर्जस्ती आइरहेको छ। यही मुद्दामार्फत् बढ्न सक्ने विवाद र द्वन्द्वका नाममा खेल्न सकिने आंकलन बाह्य शक्तिले पनि गरेका होलान्।
धर्मलाई राजनीतिबाट अलग राख्न कठिन छ। धर्म र राजनीतिबीच इतिहासको लामो कालखण्डबाट नै सम्बन्ध रहँदै आएको छ। धार्मिक मुद्दामार्फत् राजनीतिक लाभ हासिल गर्न सहज अन्य मुद्दाबाट हुँदैन। भौतिक वा समाज परिवर्तन जस्ता मुद्दा उठाउन जति कठिन छ त्योभन्दा कठिन पूरा गर्नलाई छ। न यो कम्युनिस्टहरूले उठाउने गरेको बुर्जुवालाई पराजित गरी सर्वहाराको अधिकार स्थापित गर्ने नारा जस्तो छ न त लोकतन्त्रवादीहरूले जस्तो प्रगति, समानता र स्वतन्त्रताका मुद्दामा केन्द्रित छ। नेपालका नवहिन्दुवादीहरूले यही यथार्थलाई आफ्नो हितमा प्रयोग गर्न खोजेका हुन्। अहिलेको अवस्था आउनुमा धर्म निरपेक्षताका नाममा जातीय र क्षेत्रीयतावादीको चर्को नारा उचाल्नेहरू पनि कारक हुन्। तिनले अर्काको धार्मिक आस्थामाथि चोट पुर्यामउने प्रकारका कदम चालिरहे। पहिचान र सामर्थ्य बढाउने नाममा अरू जाति, क्षेत्र र धर्मका नागरिकलाई चोट पुग्ने व्यवहार गरे। परिणामस्वरूप जातिवाद, क्षेत्रीयतावाद र धर्मवाद आआफ्नो स्वार्थसिद्धको विषय बनाइयो।
हिन्दुवादीको हिन्दु अधिराज्य कायम गर्ने मुद्दालाई काउन्टर दिन धर्म निरपेक्षता पक्षधरहरू अर्को ढंगले सक्रिय हुन थालेका छन्। यो ध्रुवीकरण आफँैमा शंकास्पद छ। राजनीतिमा पछि धकेलिएकाहरूको मुठभेडका लागि निहुँ खोज्ने र हुंकार गर्ने शैली नियोजित त होइन? अर्कोतर्फ यही कदमले धार्मिक क्रान्तिको माहोल तयार नहोला भन्न सकिन्न। एउटा हिंसात्मक द्वन्द्वबाट पार नपाउँदै अर्को मुठभेडतर्फ देशलाई लान खोज्नुभित्र उलटपुलटको महŒवाकांक्षा त छैन? विद्यमान राजनीतिक व्यवस्थालाई भत्काएर नयाँ पद्धति र प्रणाली निर्माण गर्नेतर्फ दक्षिणपन्थी हावी हुन खोजेका छन्। कमल थापाको दस्ता संसदमा पाखुरा सुर्केर झडप गरेर संसदीय व्यवस्थाको खिल्ली उडाउन चाहन्छ। त्यसभित्रको नियोजित उद्देश्य नबुझी सत्ताधारीहरू जोरी खोज्दै लौ आइजको शैलीमा बढ्दै दक्षिणपन्थीको भाँड्ने रणनीतिलाई फाइदा पुर्यातइदिँदैछन्। उल्टो तिनीहरूको निहीत उद्देश्य पूरा गर्न सक्रिय भएजस्तो भयो। अर्कोतर्फ आफूलाई प्रगतिशील धारको भनी चिनाउन खोज्नेहरू अतिवादबाट ग्रस्त छन्। तिनले कुनै बेला हिन्दुवादीलाई सडकमा उतारिदिएका थिए। विरोधको शैली हिन्दुवादीका नाममा भत्काउन र बिगार्न खोज्नेका लागि लाभप्रद् नहोला भन्न सकिन्न। हिन्दुवादी र धर्म निरपेक्षतावादीको आमनेसामनेले प्रतिक्रान्तिको बाटो त बनाउँदै छैन? अस्थिर र परिवर्तनपछिको अस्तब्यस्ततालाई सम्हाल्न नसक्दा प्रतिक्रान्ति हुनसक्छ।
आधुनिक क्रान्तिहरू स्थिर समाजमा नभई अस्थिर समाजमा भएका छन्। अस्थिर र महŒवपूर्ण सामाजिक परिवर्तनपश्चात्को व्यवस्थापन कमजोरीले अर्को क्रान्ति बाटो खन्छ। जसलाई एकपटक क्रान्ति पूरा भइसकेको ठान्नेहरूले प्रतिक्रान्ति भन्छन्। अहिले नेपालमा केन्द्रीकृत प्रणालीअन्तर्गत सत्तामा रहेकाले सामाजिक परिवर्तनको जिम्मेवारी सम्हालेको छ। समाजको तल्लो तहका जनताले परिवर्तनको आभाष गर्ने निश्चित छैन। अर्कोतर्फ परिवर्तनका नाममा समाजमा आवश्यक संरचना भत्काउन खोजिँदैछ। बहुमतको धार्मिक भावनामा चोट पुर्यारउने कदम चाल्न उकासिँदैछ। धर्मको शक्तिलाई नजरअन्दाज गरेर परिवर्तनका नाममा धार्मिक भावनामाथि चोट पुर्यााउन खोज्नु घातकसिद्ध हुनसक्छ।
परिवर्तनपश्चात् व्यक्ति र समाजलाई एउटा राजनीतिक समाजमा पुनर्संगठित र समावेश गर्नु कठिन चुनौती हो। चुनौतीको सामना सुझबुझ पुर्यााएर गर्न नसके असन्तुष्टि बढ्छ। अहिले नेपालमा बढिरहेको असन्तुष्टिलाई आफ्नो हितमा ढाल्न उग्र जातीय, क्षेत्रीय र धार्मिक समूह सक्रिय छ। सबै किसिमको अव्यवस्था र असन्तुष्टि आर्थिक समृद्धिले मात्र हासिल हुनसक्ने एकपक्षीय सोच बनाउँदा सामाजिक मुद्दा बेवास्तामा परेका छन्। आर्थिक समृद्धिले मात्र प्रतिक्रान्ति रोक्न सक्दैन। तीव्र आर्थिक वृद्धिका बाबजुद सामाजिक असन्तुष्टिहरूले क्रान्तिको बाटो बनाउन सक्छ। इरानमा इस्लामिक क्रान्तिपूर्व तेलको निर्यातले आर्थिक समृद्धि प्राप्त भइरहेको थियो। सँगसँगै गरिब र धनीबीचको खाडल बढायो। सामाजिक सुधारका नाममा चलिआएको धार्मिक परिपाटीमाथि प्रहार भयो। जसका कारण अयातुल्लाह अल खमेनीको जन्म भयो। इरानको घटनाबाट पाठ सिक्ने हो भने हेर्दा सानो तर संवेदनशील मुद्दा उठ्नुको कारण र सम्भावनाप्रति गम्भीर नहुने हो भने अर्को मुठभेडको मार्गतर्फ देश धकेलिन सक्छ। धर्मका नाममा होस् या धर्म निरपेक्षताका नाममा नै किन नहोस् अतिवादको पहिचान गरी सुझबुझ देखाएर बेलैमा सहमतिका लागि परिवर्तनलाई व्यवस्थित गर्ने कदम नचालिए प्रतिक्रान्तिको खतरा टर्ने छैन।