मुलुक अहिले संघीयताको संघारमा उभिएको छ। संघीयताकै विषयमा तातो बहस चलिरहेको पनि छ। बौद्धिक क्षेत्रमा हुने परिचर्चा र राजनीतिक पार्टीभित्र हुने बहसको केन्द्र भने एउटै छैन। बौद्धिक क्षेत्र मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा र सामर्थ्यका आधारमा कसरी संघ निर्माण गर्ने भन्ने विषयमा केन्द्रित छन्। राजनीतिक पार्टीहरुको जोडकोण संख्यामा केन्द्रित छ। एकातिर पहिचानको कुरा गर्ने अर्कोतर्फ क्षेत्रीयताको आधारमा जलाधारलाई बेवास्ता गर्दै पूर्व–पश्चिम चिरा पारी संघ निर्माण गर्नेतर्फ केन्द्रित रहेको पाइन्छ। संसारमा संघ निर्माण मूलतः दुई प्रकारले भएको पाइन्छ। अलग अस्तित्वमा रहेका स–साना देशले अस्तित्व रक्षाका लागि आपसमा मिलेर सम्झौता गरी आउँसँगै जाउ (कमिङ टुगेदर) भनी निर्माण गरिने संघ जसको उदाहरण संयुक्त राज्य अमेरिका र पूूर्व सोभियत हुन् भने एउटै राज्यमा आबद्ध भइरहेको समुदाय परिचाहनको खोजीमा छुट्टिन लागेकालाई 'पर्ख, हतार नगर, सँगसँगै जाउँ (गोइङ टुगेदर)भन्ने आधारमा गठन गरिने संघ जसको ज्वलन्त उदाहरण छिमेकी मुलुक भारतलाई लिन सकिन्छ। पहिचाहनका लागि स्वायत्त हुने क्रम त्यहाँ अझै पनि जारी छ। सुरुका १३ प्रदेशबाट अहिले २८/२९ भएका छन्।
पहिलो संविधान सभाले सामर्थ्य र पहिचानका आधारमा प्रदेश निर्माण हुनुपर्ने कुरामा सहमतिमात्र जनाएन साथै त्यसका आधार पनि सर्वसम्मतिले तय गरेको पाइन्छ। जसमा सामर्थ्यका चार आधारमा, आर्थिक अन्तरसम्बन्ध, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोत र साधनको उपलब्धता र प्रशासनिक सुगमता तथा पहिचानका ५ आधारमा जातीय, समुदायगत, भाषिक, भेषभूूषा र संस्कृति चाडपर्व, भौगोलिक क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता रहेका छन्। पहिलो संविधान सभाको काम कारबाईलाई दोस्रो संविधान सभाले अपनत्व ग्रहण गरेको अवस्था छ तर दोस्रो संविधान सभा गठन भएको लगभग १ वर्ष हुन लाग्यो। पूूर्णता पाउने कुरा एकातिर चलिरहेको छ भने अर्कोतर्फ तपसिलका विषयमा छलफल चलिरहेको भए पनि गति लिन नसकी जहाँ विवाद बल्झेर पहिलो संविधान सभा अल्भि्कएको थियो आज पनि ठीक त्यही ठाउँमा छ। न्यायाधीशहरुले फैसला गरेपछि मात्र तपसिल लेख्ने काम गर्छन्। जनताको न्यायालय संविधान सभामा न्यायाधीशका रूपमा प्रशस्तै कानुनी क्षेत्रका व्यक्तित्व हुनुहुन्छ तर पनि फैसलाबिनाको तपसिल लेख्नमा धमरधुस लागिरहनुभएको देखिनुलाई दुभाग्यपूूर्ण नै मान्नुपर्छ। शासकीय स्वरूप र संघीयताको विषयमा टुंगोमा पुगेपछि कतिपय कुरा कम्प्युटरमा सेट भएको कार्यक्रमले परिणाम दिएजस्तो आफसेआफ फटाफट आउने हुन्छ। त्यसतर्फ अलि कम ध्यान गएको जस्तो देखिन्छ। ढिलै भए पनि संघीयताको विषयमा छलफल त चलेको छ, जुन कोणबाट चल्नुपर्ने हो त्योभन्दा फरक ढंगबाट चलेको छ। अर्थात प्रदेशको संख्यामा केन्द्रित गर्न खोजेको जस्तो देखिन्छ। हिमाल, पहाड, तराईलाई समेटेर जलाधार क्षेत्रको आधारलाई छाड्ने हो भने प्रदेशको संख्या ४, ५ ,७, ९ जति गरे पनि खासै फरक पर्ने देखिँदैन। मुख्य बहस उत्तर दक्षिण चिरेर जलाधार क्षेत्रका आधारमा बनाउने कि पूूर्व पश्चिम प्रदेश चिरा पारी निर्माण गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ।
पहिलो संविधान सभाले तय गरेको सामर्थ्य र पहिचानका दुईवटै आधारलाई मिलाएर नेपालमा कुनै एउटा पनि प्रदेश बन्न सक्ने सम्भावना देखिँदैन। १ लाखभन्दा माथिको संख्यामा रहेका जातजातिको संख्या मात्रै ३९ पुगेको छ। हामी ३९ वटा प्रदेश बनाउने अवस्थामा पक्कै छैनौं। विद्यमान ७५ जिल्लामध्ये कुनै पनि जिल्लामा कुनै एक जातविशेषको बाहुमत छैन। केबल केही जिल्लामा अग्रता मात्रै छ। त्यसैले नेपालमा रहेको जातिगत विविधता अहिले विभेदमा फसेको छ। त्यसैले नदीको बहाव क्षेत्र (जसलाई कसैकसैले पानी ढलो र कसैकसैले जलाधार क्षेत्र भन्छन्) को आधारमा गण्डकी, कोशी, कर्णाली वा पूर्व–पश्चिम र मध्य प्रदेश बनाइनु भौगोलिक धरातल, भूू राजनीतिक अवस्थिति, जनसंख्या, प्राकृतिक स्रोत साधन, सामाजिक संरचना ऐतिहासिकता, भाषा, धर्म, संस्कृति, जात, जाति, भेषभुषासमेतका आधारमा अति उत्तम हुने देखिन्छ। प्रदेश निर्माण गर्दा सामर्थ्य, पहिचान, प्रशासकीय सुगमतामा ध्यान दिनुपर्छ भन्नेमा सबैको मतैक्यता पाइन्छ। तर ती सबै मिलाएर कुनै एउटा पनि प्रदेश बन्न सक्ने अवस्था भने नेपालमा छैन। यही कारण नेपालमा सामर्थ्यका आधारमा क्षेत्रीय स्तरमा कर्णाली राप्तीको जलाधार क्षेत्र (जसमा बाग्लुङको गलकोटदेखि महाकालीसम्मको भूभाग पर्छ) लाई कर्णाली प्रदेश भन्न सकिन्छ। त्यसैगरी पश्चिमाञ्चल र सो पूूर्व सिन्धुलीको दुम्जा क्षेत्रसम्मको भूभाग (जसमा धौलागिरी, गण्डकी, लुम्बिनी, वाग्मती र नारायणी अञ्चलसम्मको भूभाग पर्छ) लाई गण्डकी प्रदेश नामकरण गर्न सकिन्छ। त्यसरी नै मध्यमाञ्चल तथा सोपूर्व मेचीसम्मको भूभागलाई कोशी प्रदेश वा पूर्वाञ्चल नामकरण गरी उत्तर–दक्षिण चिरा पारी ३ वटा प्रदेश बनाउँदा त्यहाँको जल, जमिन, जंगल र बासिन्दाको सम्बन्धलाई प्रगाढ बनाई विकास निर्माण सम्भव हुने देखिएको छ। मेसोपोटमिया होस् वा युक्रेस होस् अथवा सिन्धुघाटीको सभ्यता होस्, ती सबैको अध्ययनबाट त्यही पुष्टि हुन्छ। नेपालको न्यायिक इतिहास पल्टाएर हेर्ने हो भने २०१६ सालतिर पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जमा उच्च अदालत स्थापना भएको पाइन्छ। यसले पनि नेपालमा पूर्व पश्चिम र मध्यलाई अलग अस्तित्व दिन खोजेको देखिन्छ। यी सबै तथ्यबाट सामर्थ्यका आधारमा पूर्व–पश्चिम र मध्य गरी ३ वटा प्रदेश बनाइनुपर्छ। तर त्यसले पहिचानको विशिष्ट सम्बोधन गर्न सक्दैन। त्यसैले पहिचानका लागि स्वशासित गणराज्यानुभूति दिनुपर्ने देखिन्छ।
पहिलो संविधान सभाले–१४, आयोगले–११ र उच्चस्तरीय राजनीतिक समितिले–१० प्रदेशको प्रस्ताव गर्दा पनि पहिचानको संविधान हुने नदेखी थप स्वायत्त प्रदेशको प्रस्ताव गरेको पाइन्छ। १४। १५ वटा प्रदेश बनाउँदा पनि पहिचानको सम्बोधन नहुने हो भने किन धेरै प्रदेश बनाएर प्रशासकीय खर्च बढाउने? प्रशासकीय खर्च जति कम गर्न सक्यो त्यति धेरै विकास निर्माण गर्न सकिन्छ र छोटो समयमै नेपाल समृद्धशाली बाटोमा अग्रसर हुन्छ। त्यसकारण 'हिमाल, पहाड, तराई कोही छैन पराई' भन्दै उत्तर–दक्षिण चिरा पारी हिमालमा हिउँ पर्दा तराईको तातोले सेक्ने र तराईमा प्रचण्ड गर्मी बढ्दा हिमाल पहाडले शितलता छर्किने गरी प्रदेश निर्माण गर्ने कुरामा विद्वान्हरुले अभिमत दिँदै आएका छन्। निश्चय पनि उत्तर–दक्षिण चिरा पार्दा जल, जमिन र जंगलको समायोजन मिलाउनुपर्छ किनकि विकास निर्माणका अभिन्न पक्ष तिनै हुन्। त्यसमा सामाजिक संरचनाको जोड र कोण मिल्दा सुनमा सुगन्ध भनेझैँ हुन्छ नै। त्यसकारण यसतर्फ बहस केन्द्रित हुनुपर्र्छ। जलाधार क्षेत्रको महŒवलाई बेवास्था गर्दै पूूर्व–पश्चिम चिरा पारी बन्ने प्रदेश न सामर्थ्यका आधारले मजबुत देखिन्छ न त पहिचानका हिसावले। पूूर्वको मिथिला सभ्यता र मध्यको भोजपुरी पश्चिमको पाल्ही अर्थात अवधी र थारू सभ्यताको सम्बोधन हुन्छ। तराई क्षेत्रमा रहेको यो विविधतालाई बेलैमा सम्बोधन गरी एकता कायम गर्नुपर्छ। यस्ता कुरालाई बिर्सिएर गोलमटोल पार्ने काम कसैले पनि गर्नुहुँदैन। हाम्रो भूूराजनीतिक हिसावले पनि ती प्रदेश जोखिममा छन्। कुनै पनि बेला क्रिमिया जस्तै बन्न सक्छन भन्नेतर्फ पनि समयमै होसियार भइएन भने त्यतिबेला पछुताउनुसिवाय हाम्रो हातमा केही बाँकी रहने छैन। यो समयमै बुझ्न जरुरी छ।
केन्द्रीय स्तरमा गठन हुने संघीय संरचना चुस्तदुरुस्त हुनुपर्छ। अनावश्यकरूपमा आकार बढाई खर्चिलो र भड्किलो बनाउन हुँदैन। मुलुकमा अहिले केवल ६ खर्ब वार्षिक बजेट छ। सबैले त्यही नै बाँड्ने हो। किनभने राज्ाश्व रातारात बढ्दैन। त्यसैले ती सब कुरालाई विचार गर्दा प्रतिनिधि सभामा सभाध्यक्षसहित १५१ जना सदस्य भए पुग्छ। पहिलो संविधान सभाको प्रस्ताव पनि त्यही नै छ। प्रतिनिधि सभालाई दुवै सदनको गुणयुक्त बनायो भने छुट्टै अर्को सदन पनि बनाउनुपर्दैन। त्यस्तै कार्यकारी प्रमुखसहित बढीमा १५ जना सदस्य भएको मन्त्रीमण्डल पर्याप्त हुन्छ। विगतको अनुभवले पनि त्यही भन्छ। राम्रा कुरा जसले जहिले गरेको भए पनि अनुकरणयोग्य हुन्छन्। त्यस्तै अबको सर्वोच्च अदालत आफैँमा संवैधानिक अदालत हुनुपर्छ। दुनियाका मुद्दा प्रदेशको उच्च अदालतबाटै टुङ्गिनुपर्छ। त्यसो हुँदा प्रधान न्यायाधीश सहित ७ जना न्यायाधीश भए पुग्छ। संयुक्त राज्य अमेरिका जस्तो मुलुकमा ९ जना न्यायाधीशले कार्यसम्पादन गर्छन्। हाम्रो सर्वोच्च अदालतको आकार संयुक्त राज्य अमेरिकाको जत्रो चाहिँदैन।
क्षेत्रीयस्तरमा स्थापना हुने गण्डकी कोशी कर्णाली प्रदेशमा ५१ जनामा नबढ्ने गरी प्रदेश सभा र मुख्य मन्त्रीसहित ११ जनामा नबढ्ने गरी प्रदेश सरकार र मुद्दाको अनुपातमा मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश भएको उच्च अदालत र लोक सेवा आयोग जस्ता संरचना निर्माण गनर् उपयुक्त हुने देखिन्छ। सामर्थ्यका आधारमा प्रदेश गठन गर्ने हो भने त्यसले पहिचानको सम्बोधन गर्न सक्दैन त्यसैले पहिचानका लागि विशेष व्यवस्था गनर्पर्ने हुन आउँछ। उपक्षेत्रहरुमा हाल भइरहेका अञ्चल र जिल्लास्तरका संरचनाको सट्टामा प्रदेशको माताहतमा रहने गरी २५ वटा स्वशासित गणराज्य ( प्रस्ताव गरिएको छ। जसले पहिचाहनको सम्बोधन गर्न सक्छ भन्ने मान्यता राखिरहेको छ। जसमा अध्यक्षसहित ३५ जनामा नबढ्ने गरी राज्य परिषद्, प्रमुखसहित ७ जनामा नबढ्ने गरी स्थानीय सरकारका रूपमा राज्य सरकार, मुद्दाको अनुपातमा विशिष्ठ श्रेणीका न्यायाधीश रहनेछन्।
न्यायाधीश, चितवन जिल्ला अदालत