खर्च जुटाउन गाह्रो
०१ पौष २०७४
•
६ मिनेट पाठ
खर्च जुटाउन गाह्रो
काठमाडौं- नयाँ संविधानको व्यवस्थाबमोजिम संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको संरचना खडा हुँदैछ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रियसभाको निर्वाचन हुने क्रममा छ । संघीय संरचना स्थापनासँगै मुलुकलाई आर्थिक भार पनि थप भएको छ । मुलुकमा आर्थिक समृद्धिका लागि विकासको तीव्र लहर आए मात्रै मुलुकले आर्थिक भार थेग्न सक्नेछ । विष्लेषक पिताम्बर शर्माले भने संघीयतालाई व्यवस्थित गरेमा मुलुक छिटै समृद्धितर्फ पुग्ने बताए । उनले नयाँ अभ्यास सुरु भएकाले सानातिना समस्यालाई स्वाभाविकै मान्नुपर्ने बताउँदै भने, ‘यसलाई प्रयोगमै हेरेपछि मात्रै वास्तविकता थाहा हुन्छ ।’   




अर्थ मन्त्रालयले बजेट व्यवस्थापन र आर्थिक कठिनाइबारे बेलाबेलामा विज्ञसँग छलफल गरिरहेको छ । अर्थका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले सरकारले विकास निर्माणका स्रोत जुटाउने र स्थानीय स्तरमा पनि स्रोत परिचालन हुँदा संघीय संरचनामा आर्थिक भार बढे पनि व्यवस्थापन गर्न सहज हुने बताए । अर्थ मन्त्रालयले बनाएको खाकाबमोजिम तीन वर्षभित्र प्रदेश र स्थानीय तहका भौतिक संरचना तयार गर्न ८ खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । पोखरेलका अनुसार चालू आर्थिक वर्षको बजेट व्यवस्थाअनुसार अर्थ मन्त्रालयले सात प्रदेशलाई ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम सवारीसाधन खरिद तथा अस्थायी भौतिक संरचना व्यवस्थापन तथा तलबभत्तामा प्रयोग हुनेछ । प्रदेश प्रमुखका लागि चालूतर्फ ४४ करोड ४५ लाख र पुँजीगततर्फ ३ करोड ५० लाख रुपैयाँ पनि विनियोजन गरिएको छ । बाँकी रकम प्रदेश सरकारको सञ्चित कोष खडा भएपछि विनियोजन हुँदै जाने पोखरेलले जानकारी दिए ।

संघीय संसद् राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक छ । प्रदेशसभा एक सदनात्मक छ । स्थानीय तहमा गाउँसभा÷नगरसभा छन् । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रमा १५ मन्त्रालय र प्रदेश सभामा ७ मन्त्रालय राख्ने प्रस्ताव दुई महिनाअघि मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्को प्रशासन समितिमा यसबारे छलफल भइरहेको छ ।

समितिको प्रस्ताव हुबहु पारित भएमा संघमा १५ र प्रदेशमा सात मन्त्रालय रहनेछन् । संघीय संसद् दुई सदनात्मक हुने भएका कारण राष्ट्रिय सभामा ५९ सदस्य आउनेछन् भने प्रतिनिधिसभामा २ सय ७५ सदस्य आउनेछन् । प्रदेश सभामा कुल ५ सय ५० कुल ७ सय ५३ स्थानीय तहमा १४ हजार कर्मचारी खटाइसकिएको छ । प्रदेशसभामा तीन हजार कर्मचारी खटाउने तथा संघ (केन्द्र) मा १५ हजार कर्मचारी राख्ने तयारी छ ।

राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य तथा संघीय संसद् सचिवालय र प्रादेशिक संसद् सचिवालयसहित सबै तहका कर्मचारीको तलबमा मात्रै वार्षिक करिब १६ अर्ब खर्च हुन्छ । संसद् सचिवालयले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार प्रतिनिधिसभाका २ सय ७५ सांसद्लाई वार्षिक ७७ करोड ४६ लाख रुपैयाँ तलबभत्तामा जानेछ भने राष्ट्रियसभाका ५९ सदस्यका लागि  वार्षिक ३० करोड २४ लाख रुपैयाँ खर्च लाग्नेछ । सात प्रदेशसभाका सदस्यका लागि वार्षिक एक अर्ब ६१ करोड ८० लाख  रुपैयाँ खर्च हुने अनुमान छ । संघीय संसद् सचिवालयका लागि १ अर्ब ७० करोड र प्रदेशसभा सचिवालयका लागि ९३ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । संघमा राखिने १५ हजार कर्मचारीका लागि वार्षिक ६ अर्ब २१ करोड रुपैयाँ तलब खर्च लाग्ने देखिन्छ । सात प्रदेशमा राखिने तीन हजार कर्मचारीका लागि तलबमा मात्रै वार्षिक १२ करोड ४२ लाख रुपैयाँ खर्च हुनेछ भने स्थानीय तहमा खटाइएका १४ हजार कर्मचारीका लागि करिब ४८ करोड ३० लाख रुपैयाँ खर्च हुने भएको छ ।
अर्को समाचार
संघीयतामा खर्च धान्न गाह्रो छैन
२३ माघ २०७४
•
४ मिनेट पाठ
संघीयतामा खर्च धान्न गाह्रो छैन
युवराज खतिवडा




पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक


संघीयताको व्यवस्थापन गर्न पक्कै पनि चुनौती छन् । अतिरिक्त खर्च बढ्छ ।  तर, गाह्रो भने छैन ।

देश संघीयतामा गइसकेपछि केन्द्रीय निकायका कर्मचारी, प्रहरी, सेना र केन्द्रीय सरकारको खर्च घटाउनु पर्ने हुन्छ । त्यस्तै स्थानीय तहको खर्च जुटाउन करको दायरा पनि विस्तार गर्नुपर्ने हुन्छ ।

अझै पनि ठूलो क्षेत्र करको दायरामा आउन सकेको छैन । अनौपचारिक अर्थतन्त्रले ठूलो हिस्सा आगटेको छ । सम्पत्ति, घरबहाल, जग्गा रजिस्ट्रेसन स्थानीय तहका मुख्य कर उठाउने क्षेत्र हुन् । कृषिको उत्पादन क्षेत्रमा बाहेक अन्यमा अनुदान दिन बन्द गर्नुपर्छ । कृषिमा आधारित उद्योगलाई करको दायरामा ल्याउनु पर्छ ।

अहिलेसम्मको अवस्था हेर्दा हामीले पूर्वाधार विकासमा राम्रो गर्न नसकेका हौं । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा भने राम्रै गरिरहेका छौं । अब हाइड्रो पावर निर्माणमा जोड दिनुपर्छ । जसले गर्दा पेट्रोल आयातमा घटाउन सकिन्छ । १५ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने हो भने इन्धन आयात घट्छ । हामीले खोजिरहेको समृद्धि सामाजिक न्यायसहितको समृद्धि हो । स्थानीय तहलाई सक्षम बनाउन केही समय लगानी गर्नुपर्छ । स्थानीय तहको संरचना तयार गर्नुपर्ने अवस्था छ । जसका लागि ठूलो लगानी आवश्यक पर्छ । पर्यटक आगमन वृद्धिका लागि  विमानस्थल र होटल खोल्न जरुरी छ ।

कृषिमा ६ प्रतिशतभन्दा बढी वृद्धि गर्न गाह्रो भएकोले अन्य क्षेत्र पहिल्याउनु पर्छ । अहिले नै विदेशी पुँजी चाहिँदैन भन्नु गलत हो । देशको अवस्था अर्को चरणमा पुगेपछि वैदेशिक लगानीबारे विचार गर्न सकिन्छ । अहिले भने वैदेशिक लगानी आवश्यक छ । यतिखेर हामीलाई वर्षमा १२–१५ खर्बको लगानी आवश्यक छ । तर हाम्रो बचत तीन खर्ब जति मात्र छ । वैदेशिक लगानी भिœयाएर भौतिक पूर्वाधारको विकास गरिसकेपछि विदेशी सहायताबारे सोच्न सकिन्छ । सरकारले सधैँभरि वैदेशिक सहायता लिने भनेको चाहिँ होइन ।

त्यस्तै अब निजी क्षेत्रले पनि भौतिक पूर्वाधारको विकासमा लगानी बढाउन आवश्यक छ । अहिले भइरहेको आर्थिक वृद्धिलाई आधार मान्दा पनि अबको चार–पाँच वर्षमा प्रति व्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पुर्याउन गाह्रो छैन । नेपालले हाइड्रो, पूर्वाधार र पर्यटनबाट आर्थिक वृद्धि गर्न सक्छ । छोटो समयमा संसारका धेरै मुलुकले ठूलो प्रगति गरेका कारण हामीले पनि आर्थिक वृद्धि गर्न सक्छौं ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस