आतंकवादको चुनौती
२३ कार्तिक २०७१
•
१५ मिनेट पाठ
आतंकवादको चुनौती
शान्तिको दियो निभाउने षड्यन्त्रमा दक्षिण एशियामा आतंकवादले हुरी चलाउन खोजिसक्यो। अलकायदा नेता अयमन अल जवाहिरीले सेप्टेम्बरको पहिलो हप्ता भिडियोमार्फत् भारतीय उपमहाद्वीपमा 'जिहादको झण्डा ठड्याउने' भन्दै शाखा विस्तारको अभिव्यक्तिले दक्षिण एशियामा चुनौती बढ्न सक्छ। सन् २०११ मा पाकिस्तानको अबोटावादमा लुकेर बसेका विन लादेन अमेरिकी हमलाका क्रममा पक्राऊपछि मारिएयता निरूत्साही भएको आतंकवादी समूह अलकायदा पुनर्संगठित हुँदै आक्रामक बन्ने संकेत हो यो। हिन्दुवादी दलको परिचय बनाएको भारतीय जनता पार्टीको सरकार गठनको एक सय दिन पुगेलगत्तै अलकायदा नेताबाट आएको अभिव्यक्तिले दक्षिण एशियामा आतंकवादले समस्या ल्याउनसक्ने शंका पैदा भएको छ। अर्कोतर्फ भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारमा गतिरोध उत्पन्न हुनुले शान्तिकामीहरूलाई निराश बनायो। 
आतंकवाद दक्षिण एशियाको प्रमुख चुनौतीमध्येको एक हो। दक्षिण एशियाका दुई शक्तिशाली देश भारत र पाकिस्तानबीचको द्वन्द्वका क्रममा आतंकवादको विषय प्राथमिकताका साथ उठ्ने गर्छ। एकले अर्कालाई आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउने गर्छन्। विशेषगरी भारतले पाकिस्तानमाथि आतंकवादमार्फत् 'छद्मयुद्ध' को आरोप लगाउँछ। भारतमा भएका कतिपय हमलामा पाकिस्तानमा आधार बनाएका वा उसैद्वारा संरक्षित समूहको भूमिका रहेकोतर्फ भारतको आरोप छ। सन् २००८ को मुम्बई हमलामा पाकिस्तानलाई आधार बनाएर सक्रिय आतंकवादी समूह लस्कर ए तइबाको संलग्नता पुष्टि भयो। दुवै देशबीचको सम्बन्धमा तनाव बढाउने घटनापछि सम्बन्ध सुधारमा लामो गृहकार्य आवश्यक पर्योग। नरेन्द्र मोदीले प्रधान मन्त्रीको सपथ लिने समारोहमा सार्कका कार्यकारी प्रमुखहरूलाई गरिएको निम्तो स्वीकार्दै पाकिस्तानी प्रधान मन्त्री नवाज सरिफ दिल्ली पुग्दा सम्बन्ध सुधारको सम्भावना बढे पनि घटनाक्रम पुनः नकारात्मक दिशातर्फ बढेको छ। भारत र पाकिस्तानबीच हुने भनिएको वार्ता र उच्चस्तरीय भ्रमण स्थगित भएको छ। आतंकवादी समूहको भारतमा आक्रमणको चेतावनी सार्वजनिक भइरहनु र दुई देशबीचको सम्बन्ध सुधारको पहलमा अवरोध आउनुले नकारात्मक सन्देश गएको छ। बन्दै गरेको शान्तिको वातावरण बिग्रने खतरा बढ्दैछ। आतंकवादसँग लड्न सामूहिक प्रतिबद्धता र कार्यान्वयन खाँचो रहँदा गतिरोधले उल्टो आतंकवादीको मनोबल बढाउन सक्छ। दुवै देशले वार्तामा पूर्णविराम नलागेको भनेबाट आशा बाँकी छ। संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन न्युयोर्कमा भेला हुने क्रममा मोदी र सरिफको भेट प्रतीक्षारत् छ। 
आतंकवादको तारो : आतंकवादले दक्षिण एशियामा धेरै क्षति पुगेको छ। क्षेत्रीय राजनीतिमा अस्थिरता र अशान्तिका कारण पुगेको मानवीय र भौतिक क्षतिले संसारको पुरानोमध्येको सभ्यता भासिदियो। अस्थिरता र आपसी द्वन्द्वको जगमा टेकेर आतंकवाद मौलायो। आतंकवादले अस्थिरता र द्वन्द्वमा उत्प्रेरकको भूमिका खेल्यो। आतंकवादी गतिविधि फष्टाउँदा ठूला नेताहरू मारिएका छन्। सन् १९९१ मा राजीव गान्धीको तामिल आतंकवादीको आत्मघाती बम हमलाबाट हत्या भयो। पाकिस्तानमा सन् १९५१ मा प्रथम प्रधान मन्त्री लियाकत अली खान र २००७ मा बेनजिर भुट्टोको आतंकवादीले हत्या गरे। श्रीलंकामा सन् १९५९ मा एस.डब्लु.आर.डी. बन्दरनाइके र १९९३ मा रनसिंघे प्रेमदासाको आतंकवादी आक्रमणबाट हत्या भयो। आतंकवादले दक्षिण एशियालाई सबैभन्दा बढी पिरोलेको छ। आतंकवादको आधारभूमि दक्षिण एशियाली देशहरूमा बढी रहेको बुझाई संसारभर छ। 
दक्षिण एशियामा आतंकवादको तारो बन्नेमा भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेश प्रमुख हुन्। श्रीलंकामा तामिल विद्रोहीमाथि सैन्य कारबाहीपछि अवस्था फेरिएको छ। अन्य देश पनि आतंकवादको चुनौतीबाट मुक्त छैनन्। नेपालमा समेत आतंकवादले प्रभाव बनाउन खोजेको सूचनाहरू सार्वजनिक भएका छन्। आतंकवादको तारो उच्च अधिकारीहरू हुनसक्ने खतरा छ। शक्तिराष्ट्रहरूको सामरिक स्वार्थले अफगानिस्तान आतंकवादीको क्रिडास्थल बन्न पुग्यो। अतिवादी क्रुर तालिवानी शासन सत्ताको उदय अमेरिका र रूसबीचको द्वन्द्वको परिणाम हो। तालिवानलाई धपाउने क्रममा अमेरिकाले अफगानिस्तानमा उपस्थिति देखायो। आतंकवादविरूद्धको युद्ध छेडेर प्रत्यक्ष सैनिक उपस्थिति जनाए पनि अफगानिस्तान आतंकवादी समूहको छायाँबाट मुक्त हुन सकेको छैन। छिमेक पाकिस्तानसँगको सीमावर्ती क्षेत्र आतंकवादी समूहको प्रभावस्थल कायमै छ। तालिवानलाई पाकिस्तानले संरक्षण र सहयोग गरिरहेको आरोप अफगानिस्तानको छ। 
पाकिस्तानले अफगानिस्तानमा प्रभाव कायमै राख्न आतंकवादी समूहलाई सघाएर रणनीतिक स्वार्थ लिन खोजेको आरोप लागे पनि ऊ आफै आतंकवादबाट प्रताडित छ। पाकिस्तानमा आतंकवादी हमलाबाट वर्षेनी सयौंको ज्यान जान्छ। चुनाव प्रचारका क्रममा आतंकवादी हमलाबाट बेनजिर भुट्टोको हत्याले कतै सत्ताका लागि शासकहरूले आतंकवादलाई हतियारका रूपमा त प्रयोग गर्दैनन् भन्ने शंका पैदा भएको थियो। पाकिस्तानको खुफिया एजेन्सी आइएसआईमाथि आतंकवादलाई हतियारका रूपमा प्रयोग गर्ने गरेको आरोप लाग्छ। सैनिक प्रभाव बलियो हुनुमा खुफिया एजेन्सी पनि एउटा कारण हो। विन लादेन अवोटावादमा फेला पर्नुले पाकिस्तानको सेना विवादमा परेको थियो। आतंकवादीलाई प्रश्रय दिएर रणनीतिक लाभ उठाइरहेको शंकामा बल पुग्यो। 
आतंकवादको आधार : जाति र धर्म विशेषका लागि संघर्षका नाममा आतंकवादी गतिविधि हुने गर्छ। पहिचान र पृथक हुनका लागि पनि आतंकवादी गतिविधि भएका उदाहरण छन्। राजनीतिक रङ्ग दिँदै आतंकवादीले प्रभाव विस्तार गर्छन्। दक्षिण एशियामा आतंकवादको आधार कट्टर धर्मवाद, कट्टर जातीय पहिचानको पृथकतावाद, जातीय अहंकारका कारण उत्पन्न हुने साम्प्रादायिक अतिवाद, गरिबी, असमानता र अन्याय प्रमुख हुन्। धर्मका नाममा भएका आतंकवादी गतिविधिले धेरै निर्दोषको ज्यान गएको छ। क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर बनाउँदै आएको छ। इतिहासको अँध्यारो पक्ष कोट्याएर वा बढाइचढाई गर्दै बदलाको भावना जगाउँदै आतंकवादी गतिविधिप्रति प्रेरित गर्ने समूह सक्रिय छ। गरिबी र असमानताले विचलित समुदाय वा व्यक्ति आतंकवादी गतिविधितर्फ आकर्षित हुनसक्छ। अर्कोतर्फ जातीय र धार्मिक द्वेष वा घृणा समाजभित्र गडिएको छ। कतिपय समुदायमा अर्को धर्म र जाति र समुदायप्रति घृणा जगाउने शैलीको सामाजिकीकरण यथावत् छ। स–साना विषयमा हिंसात्मक दंगा मच्चिन्छ। समाजको संवेदनशीलताबारे जानकार आतंकवादी समूहले कमजोरीको फाइदा उठाउँदै विध्वंस मच्चाउन सक्छन्। राज्यको सुरक्षा प्रणालीलाई समेत विफल बनाएर धज्जी उडाउन सक्छन् क्षेत्रीय राजनीतिमा प्रभाव बनाउन खोज्ने वा भूमिकाका लागि स्थान बनाउन प्रयासरत् बाह्य शक्तिले यहाँको अस्थिरताको आधारमा खेल्दा आतंकवादलाई फाइदा पुग्छ। आतंकवादलाई रणनीतिक स्वार्थमा उपयोग गर्ने बाह्य शक्ति पनि छन्। 
आतंकवादविरूद्धको अस्त्र : दक्षिण एशियामा आतंकवादको अन्त निकै कठिन छ। इच्छाशक्ति र सदस्य राष्ट्रबीच कार्यान्वयनमुखी प्रतिबद्धता भए निरूत्साहित बनाउन सम्भव छ। आपसी सम्बन्धमा सुधार, समन्वय, सहकार्य र विश्वासको वातावरण बन्नुपर्छ। क्षेत्रीय शान्ति र स्थिरताका लागि विशेषगरी आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको सम्बन्धमा सुधार प्राथमिक छ। दुई देशबीच जब गतिरोध बढ्छ तब आतंकवादी हमलाहरू बढेको तथ्य छ। अर्कोतर्फ सम्बन्ध सुधारको प्रयासका क्रममा आतंकवादी हमलामार्फत् गतिरोध बढाउने षड्यन्त्रमूलक घटना भएका छन्। त्यस्ता षड्यन्त्र दुवै देशका अतिवादी समूह वा व्यक्तिबाट मात्र नभएर बाह्य तहबाट समेत भएका छन्। दक्षिण एशियामा शान्ति र स्थायित्व देख्न नचाहनेहरू शान्तिको बोली बोल्दै अशान्ति मच्चाउने भूमिका खेल्ने गर्छन्। जसबाट छिमेकी देशहरू समेत प्रभावित छन्। 
भारतविरूद्ध सक्रिय आतंकवादी समूहका सदस्यहरू नेपाली भूमिमा पक्राउ परेका घटना सार्वजनिक भए। जसमध्ये यासिन भटकल र अब्दुल करिम टुण्डा सन् २०१३ मा पक्राउ परेका थिए। नेपाली भूमिबाट पाकिस्तानी आतंकवादी समूहले सन् १९९९ मा भारतीय विमान अपहरण गर्योप। अफगानिस्तानको कान्दाहारमा लगेर अपहरण योजना सफल बनायो। नेपालले कहिले पनि आफ्नो भूमि छिमेकविरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धताअनुसार सक्दो प्रयास गर्दै आएको छ। तर पनि आतंकवादविरूद्धको लडाइँ एकल प्रयासबाट मात्र सफल हुँदैन। सामूहिक प्रतिबद्धता र कार्यान्वयन पक्ष बलियो हुनु आवश्यक छ। भारत र पाकिस्तानबीचको द्वन्द्वका बीचबाट आतंकवादले मौलाउने र प्रभावशाली हुने मौका पाएको छ। यही मौकाको फाइदा उठाउँदै दुवै देशका छिमेकमा आतंकवादीले आधार बलियो बनाउन सक्छन्। आतंकवादलाई निरूत्साहित पार्ने हो भने सर्वप्रथम भारत र पाकिस्तानबीच सुमधुर सम्बन्ध खाँचो छ। तबमात्र उनीहरूले सार्कका अन्य देशमा आतंकवादलाई आधारभूमि बनाउन नदिन भूमिका खेल्न सक्छन्। 
आतंकवादले खेल्न पाउने र उनीहरूमार्फत् खेल्ने स्वार्थ बोकेका शक्तिहरूले सामाजिक समस्यालाई हतियार बनाउने गरेका छन्। विविध धर्म, संस्कृति, जाति, जनजाति रहेको दक्षिण एशियाली समाजभित्रको सामाजिक संवेदनशीलतालाई हल्कारूपमा लिनु सबैभन्दा ठूलो कमजोरी हो। आर्थिक विकासको एकोहोरो रटानका कारण सामाजिक यथार्थ र समस्यालाई बेवास्ता गर्नुले चुनौती थपिएको थपियै छ। आतंकवाद प्रभावशाली बनेमा विकासका धरोहरसमेत ध्वस्त हुन्छन्, सन् २००१ मा न्युयोर्कस्थित जुम्ल्याहा भवन अलकायदाको आक्रमणबाट ध्वस्त भएको घटना साक्षी छ। तसर्थ आर्थिक विकास र समानताका अलावा समाजमा जरा गाडेर बसेको समस्या समाधान गर्नु र समयानुकूल परिवर्तनकारी कदम चाल्नुपर्ने खाँचो छ।


अर्को समाचार
पाकिस्तान आतंकवादको जननीः मोदी
३० असोज २०७३
•
२ मिनेट पाठ
पाकिस्तान आतंकवादको  जननीः मोदी
नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्।




भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै  मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

मोदीले भने ‘हाम्रो आर्थिक समृद्धि, सुरक्षा र विकासको सबैभन्दा ठूलो चुनौती भनेको आतंकवाद हो र यो दुःखको कुरा हो की भारतको एक छिमेकी मुलुक आतंकवादको जननी हो, यो मुलुकले विश्वमा भएका आतंककारीलाई शरण दिने मात्र होइन उनीहरुको मनोबल समेत बढाइ दिन्छ।

भारतले सेम्टेम्बर १८ मा भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्पमा १८ जनाको ज्यान जानेगरि भएको आतंककारी हमलामा पाकिस्तानको हात रहेको आरोप लगाएपछि यी दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ।

मोदीले ब्रिक्सका सदस्य राष्ट्रहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले भने ‘हाम्रो छिमेकी मुलुकमा राजनीतिक मुद्दालाई आतंकवादको प्रयोग गर्न सकिन्छ भन्ने मानसिकता छ जुन मानसिकताको हामी कडा निन्दा गर्दछौँ।’

भारतले सेम्टेम्बर १८ मा भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्पमा १८ जनाको ज्यान जानेगरि भएको आतंककारी हमलामा पाकिस्तानको हात रहेको आरोप लगाएपछि यी दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ।

यता पाकिस्तानले भने उक्त हमलामा आफ्नो कुनै हात नरहेको र काश्मिरको मुद्दाबाट विश्वको ध्यान अन्यत्र खिच्नका लागि भारतले षड्यन्त्र गरिरहेको बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस