शिक्षा क्षेत्रमा भ्रष्टाचार
१५ कार्तिक २०७१
•
९ मिनेट पाठ
शिक्षा क्षेत्रमा भ्रष्टाचार
पञ्चायती शासन होस् वा बहुदलीय, राजाको शासन होस् वा गणतन्त्रपछिको, भ्रष्टाचारको अखडाका रूपमा कहलिएका भन्सार, एयरपोर्ट, कर, नापी, मालपोत, सडक आदि जस्ता कार्यालयमा सरुवा हुन सबै लालायित हुने गरेका थिए र अहिले पनि छन्। त्यस्ता ठाउँमा ६ महिनामात्र बसे पनि भने करोडौँ कमाउने गरेका समाचार बेलाबेलामा विभिन्न सञ्चार माध्यममा आउने गरेका थिए। छ।त्यसका अलावा अन्य क्षेत्रमा नगण्य मात्रमा कमाइ हुने हुँदा त्यति आकर्षकका ठाउँ बन्न सकेका थिएनन् भने मास्टरी गर्ने शिक्षकहरूको त कठैबरा भन्ने जागिर थियो। स्कुल र क्याम्पस पढाउनेलाई एकै किसिमले हेरिन्थ्यो। उनीहरूले राज्यले दिएको तलवबाहेक दुई पैसा अतिरिक्त कमाउने कुनै ठाउँ थिएन। राज्यले निजामती कर्मचारी र शिक्षकलाई बराबर तलव दिए पनि समाजमा निजामती कर्मचारीका अगाडी शिक्षक निरीह देखिन्थे। शिक्षण पेशा विशुद्ध थियो। गणतन्त्र आउनुअघि निजामतीलगायतका कर्मचारीलाई अख्तियारको डर भए पनि शिक्षकहरू छाति खोलेर हिँड्ने गरेका थिए। थोरै कमाउँथे। त्यहीअनुसारको लवाइखुवाई थियो। त्यसैले यो त हेर्दै पनि मास्टर होला जस्तो छ भन्थे तर पनि शीर भने सधैँ उँचो रहने गरेको थियो।
वि.सं.२०६३ सालमा देशमा गणतन्त्र आएपछि प्राविको मास्टरदेखि भिसी, राजदूत, मन्त्री, सचिव, आइजिपीलगायतका सबै पोस्टमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिने परम्परा बसालियो। सरकारी जागरिमा प्रमोसन हुन होस् वा राजनीतिक नियुक्ति पाउन, दलका नेताहरूको आशीर्वाद नपाइकन नहुने भयो। नेताहरूको आशीर्वाद योग्यताको आधार बन्न पुग्यो। त्यतिमात्र होइन, पार्टीभित्र पनि नेताहरूको आशीर्वाद पाउने माध्यम काम गर्ने क्षमता, इमानदारिताभन्दा पनि उनीहरूलाई चढाउने नजरानाले निर्णय गर्न पुग्यो। पछिल्लो समय सरकारबाट निकालिएका एक मन्त्रीले आफ्नो पार्टीका नेतालाई कमिसन बुझाउन नसकेको हँुदा मन्त्रीबाट फिर्ता बोलाइएको कुरा सार्वजनिकरूपमा नै व्यक्त गरेका छन्। त्यसबाट के स्पष्ट हुन्छ भने भ्रष्टाचारले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। त्यसैले भन्सार, एयरपोर्ट, कर, नापी, मालपोतमात्र होइन गाउँको प्राविको मास्टरले एक्स्ट्रा पैसा कमाउन ठाउँ खोज्यो। अख्तियारले प्राविको हेडमास्टरलाई भ्रष्टाचारीका रूपमा कारबाही गर्दा सुरुमा पत्याउनै गाह्रो पर्योव तर त्यो यथार्थ हो। हुँदै जाँदा कस्तो देखियो भने जहाँ जसको जति क्षमता छ उसले त्यसै हैसियतको भ्रष्टाचार गरेको छ। यो सब जे भएको छ त्यो सबै परिवर्तनको नेतृत्व गरेका हौँ भन्नेहरूले सिकाएको पाठ हो। समाजले अनुशरण गरेको यथार्थता हो। यो सबको कारण कुनै व्यक्तिको रहर होइन, समाजले दिएको उपज हो। किनभने समाजले रातारात करोडपति हुनेलाई ठूलो मान्छे देखेको छ। मानसम्मान दिएको छ। उसले गरेका गलत क्रियाकलापको विरोध गर्ने साहस गुमाउँदै गएको छ। हुँदै जाँदा भ्रष्टाचार समाजको एउटा अभिन्न अङ्ग बन्न पुगेको छ। भ्रष्टाचारको विरोध गर्नेहरू नै समाजमा अल्पमतमा पर्दै गएका छन्।
यो देशमा भ्रष्टाचारको अखडा भनेको सिंहदरवार र बालुवाटार नै हो जहाँ नीतिगत भ्रष्टाचारदेखि अरबौँ अरब रकमको डिल हुने गर्छ। अख्तियारले नदेखे पनि त्यो जनताले देखेका छन्। त्यसको पीडा भोगेका छन्। त्यसपछिका अन्य ठाउँ भन्सार, एयरपोर्ट, मालपोत, नापी, कर, सडकलगायतका अड्डा हुन् जहाँ सेवा लिन जाने नागरिकले बिनापैसा काम गरेर फर्कन पाउँदैनन्। यो सब यथार्थ लुकाएर अख्तियारले आफ्नो सम्पूर्ण ध्यान शिक्षा क्षेत्रमा लगाएको छ। पञ्चायती शासनकालदेखि भ्रष्टाचारको अखडाका रूपमा रहेका त्यस्ता कार्यालयमा अख्तियारले आँखा लगाउनै नसक्ने अवस्थामा पुगेको भएरै हुनुपर्छ त्यतिबेला निरीह ठानिएको शिक्षा क्षेत्रमा उसको ध्यान खिचिएको छ। हुन पनि उसले दूरदराजमा रहेको प्राविदेखि विभिन्न विश्वविद्यालयमा छापा मरेर कारबाही अगाडि बढाएको छ। कांग्रेस, एमाले र एमाओवादीले भाग लगाएर नियुक्ति खाएका पूर्वाञ्चल, मध्यमाञ्चल र पोखरा विश्वविद्यालका पदाधिकारीलाई विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ भने अन्य ३ वटा विश्वविद्यालयमाथि अनुसन्धान गर्दैछ। लाग्छ, अब केही दिनमा त्यहाँका पदाधिकारीमाथि पनि भ्रष्टाचारको मुद्दा हाल्नेछ। भ्रष्टाचार गर्ने कुरामा कुनै छुटेका छैनन्। यो गलत काम हो गर्नुहुँदैन भनेर कसैले असहमति राखेको पाइएको छैन। यसो हुनुको एउटै कारण नियुक्तिको प्रक्रिया एकै किसिमको हुनु हो। शैक्षिक क्षेत्रमा पञ्चायत र बहुदलकालमा नभएको भ्रष्टाचार गणतन्त्रकालमा प्रवेश गर्योि जुन भागबन्डाले निम्त्याएको हो। भागबन्डामा नियुक्त हुनेहरू क्षमताले भन्दा पनि कसैको निगाह र दानभेटीले गर्दा नै भएको थियो। यो सब त्यसैको परिणाम हो। 
नेपालका विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन बेच्दै आएका छन्। त्यसैलाई आयआर्जनको माध्यम बनाउँदै आएको अख्तियारको अनुसन्धानले पनि देखाएको छ। हुन पनि विभिन्न विश्वविद्यालयका पदाधिकारीलाई आङि्गक क्याम्पसको भन्दा पनि सम्बन्धन दिएका निजी क्याम्पसको चिन्ताले पिरोलेको छ। सरकारी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा त्यहाँका भवन दिनानुदिन भूत बङ्गला बन्दैछन्। निजी क्याम्पस दिन/प्रतिदिन प्रगति गर्दैछन्। शिक्षा व्यापारीहरूका लागि राम्रो कमाइ हुने ठाउँ बनेको छ। त्यसैले त नेतादेखि तस्करसम्मको लगानीमा विदशी नाम र त्यसैअनुसारको तामझाममा करोडौँ लगानी गरी कलेज खुलेका छन्। यो देशका नागरिकले शिक्षा पाउने आधार क्षमताले होइन पैसाले निर्धारण गर्ने गरेको छ। पैसाअनुसारको शिक्षा बिक्रीका लागि राखिएको छ। कसैसँग पैसा छ भने उसको सन्तानमा क्षमता नभए पनि डाक्टर, पाइलट र इन्जिनियर बन्न सक्नेछन। तर आर्थिकरूपले कमजोर भएको बाउको सन्तान जति नै क्षमतावान भए पनि डाक्टर इन्जिनियर होइन, सामान्य शिक्षा लिनैैबाट वञ्चित हुनुपर्ने अवस्था छ। शिक्षा सरकारी नियन्त्रणबाहिर गइसकेको छ। यो नीतिगतरूपमा गरिएको भ्रष्टाचार हो जुन कुरा सिंहदरबार र बालुबाटारबाट निर्देशित


अर्को समाचार
संघीय मामिला र शिक्षामा बढी भ्रष्टाचारः अख्तियार
२९ कार्तिक २०७८
•
२ मिनेट पाठ
संघीय मामिला र शिक्षामा बढी भ्रष्टाचारः अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मामिला र शिक्षासँग सम्बन्धित विषयमा बढी भ्रष्टाचार हुने गरेको औंल्याएको छ। आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो तथ्यांकले सो चित्र देखिएको जनाएको हो।




राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन प्रस्तुत गर्दै आयोगले सबैभन्दा बढी संघीय मामिला(स्थानीय तहसमेत) सँग सम्बन्धित उजुरी बढी रहेको औँल्याएको छ।

आयोगका अनुसार सोको प्रतिशत ३२ दशमलब ७२ प्रतिशत रहेको छ। त्यसपछि शिक्षा क्षेत्रमा सबेभन्दा बढी उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ। शिक्षा क्षेत्रमा मात्र १५ दशमलब ६१ प्रतिशत उजुरी छन्।

आयोगले उजुरीका आधारमा कुन क्षेत्रमा भ्रष्टाचार, अनियमितता हुने गरेको हो, त्यसको पनि क्रम निर्धारण गरेको छ।

शिक्षापछि सबैभन्दा बढी उजुरी भूमि प्रशासन सम्बन्धी रहेका छन्। सोको प्रतिशत ९ दशमलब ०९ रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

त्यसपछि वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरीको प्रतिशत ५ दशमलब ०१ रहेको छ भने, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित उजुरीको प्रतिशत ३ दशमलब ९३ रहेको छ।  

यसैगरी भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित उजुरीको प्रतिशत ३ दशमलब ७६, गृह प्रशासनसँग सम्बन्धित ३ दशमलब ४७ प्रतिशत, उर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रअन्तर्गत ३ दशमलब ०९ प्रतिशत र अर्थ मन्त्रालयसँग सम्बन्धित २ दशमलब ०९ प्रतिशत उजुरी रहेका छन्।

आयोगले नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ५ दशमलब ६१ प्रतिशत, गैरकानूनी सम्पत्ति आर्जनतर्फ ३ दशमलब ३८ प्रतिशत र अन्य निकायअन्तर्गत १२ दशमलब २५ प्रतिशत उजुरीहरु रहेका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा आयोगको केन्द्रीय कार्यालय, टंगाल र मातहतका कार्यालयमा गरी १४ हजार ४२५ वटा उजुरीहरु प्राप्त भएका छन्। यसका साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार २ सय उजुरी समेत गरी कारबाही गर्नुपर्ने उजुरीको संख्या २२ हजार ६२५ रहेको जनाएको छ।

आयोगले आर्थिक वर्ष २०७७/७८ मा कूल उजुरीको ६४ दशमलब २३ प्रतिशत उजुरी  अर्थात् १४ हजार ५३२ उजरी फछ्र्योट गरेको गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। उजुरीहरुमध्ये ५१० वटा उजुरी उपर विस्तृत अध्ययन गर्ने निर्णय गरिएको, ८ हजार २६७ उजुरी तामेली गरिएको, ८५० उजुरी उपर सुझाव दिई तामेली गरिएको, ४ हजार ९०५ उजसरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको प्रतिवेदनमा उल्लेख भएको आयोगका प्रवक्ता नारायण रिसालले बताए।

उनले चालू आर्थिक वर्षका लागि ८ हजार ९३ वटा उजुरीको जिम्मेवारी सरेर आएको पनि बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस