यही सेप्टेम्बर १८, २०१४ मा स्कट्ल्यान्ड संयुक्त अधिराज्यमै रहने वा स्वतन्त्र राष्ट्र बन्ने भन्ने विषयमा गरिएको जनमत संग्रहमा ५५ प्रतिशत जनताले संयुक्त अधिराज्यमै रहने पक्षमा मत दिए। अब यो विषय कम्तीमा एक पुस्ताका लागि टुंगिएको छ। जनमत संग्रह घोषणालगत्तै अनावश्यकरूपमा स्वतन्त्रता अभियान चलाएकोमा स्कटिस नेसनल पार्टीका नेता तथा स्कटल्यान्डका प्रथम मन्त्री अलेक्स सालमोन्डलाई पद छोड्न व्यापक दबाब परेपछि उनले राजीनामा गरेका छन्।भनिन्छ, उनलाई राजनीतिबाटै सन्यास लिन पार्टीभित्रैबाट दबाब पर्न थालेको छ।
आखिर स्कटल्यान्ड स्वतन्त्र राष्ट्र हुनुपर्ने वा नपर्ने विवाद किन बेलाबेला उठ्ने गर्छ? सन् १७०७ मा इङल्यान्ड, स्कटल्यान्ड, आयरल्यान्ड र वेल्स मिलेर संयुक्त अधिराज्य बनेदेखि नै एउटा राष्ट्रवादी धार यस युनियनसँग असन्तुष्ट थियो र दीर्घकालमा स्कटल्यान्डलाई फेरि छुट्टै राष्ट्र बनाउने उद्देश्यले सक्रिय थियो। यस धारणालाई बल पुर्यानउने केही कारक पनि छन्। हालमा स्कटल्यान्डको संयुक्त अधिराज्यमा भूभागमा ३३ प्रतिशत, जनसंख्यामा १५ प्रतिशत र अर्थतन्त्रमा ८ प्रतिशत हिस्सा छ। ब्रिटिस साम्राज्यको विस्तार भएको समयमा अठारौं शताब्दीको सुरूमा आफ्नो अन्तर्राष्ट्रिय व्यापार विस्तार गराउने उद्देश्यले स्कटल्यान्ड संयुक्त अधिराज्यमा प्रवेश गरेको थियो। बेलायतले नियन्त्रणमा लिएका क्षेत्रमा स्कटल्यान्डको वैदेशिक व्यापार फस्टायो पनि। पछिल्लो पटक सन् २००८ देखि सुरुभएको विश्वव्यापी आर्थिक मन्दीबाट अन्य विकसित राष्ट्रका तुलनामा ब्रिटिस अर्थतन्त्र अत्यन्त धिमा गतिमा पुनरूत्थानको बाटोमा आइरहेको पृष्ठभूमिमा केही स्कटिसले छुट्टै राष्ट्रको कल्पना गरी त्यसबाट नै द्रूत विकास बढी हुने संभावना देखेर स्वतन्त्रताको विषय पुनः उठाए।
ऐतिहासिक पृष्ठभूमिबाट हेर्ने हो भने स्कटल्यान्ड औद्योगिक क्रान्तिको समयदेखि नै युरोपको एउटा इन्धन स्रोतका रूपमा रहँदैआएको छ। स्कटल्यान्डले औद्योगिक उत्पादनका रूपमा कपडा, जेट इन्जिनका पार्ट पुर्जा, ह्विस्कीलगायत धेरै अल्कोहलयुक्त पेय पदार्थ, कम्प्युटर सफ्टवेयर, पानीजहाजजस्ता वस्तुको उत्पादनका साथै बैंकिङ, बिमा, र लगानी व्यवस्थापनका क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको छ। अन्य विकसित राष्ट्रहरूजस्तै स्कटल्यान्डले औद्योगिक उत्पादन र प्राथमिक कच्चा पदार्थमा आधारित वस्तुको उत्पादनमा जोड दिनुपर्ने नीति कायम राखे पनि सफल हुनसकेको छैन। यसको सट्टा सेवा क्षेत्रको उत्पादन अप्रत्याशितरूपले वृद्धि भएको छ र हाल यो स्कटिस अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र बनेको छ।
औद्योगिक क्रान्तिपछि स्कटल्यान्डले आफ्नो आर्थिक गतिविधिलाई पानी जहाज, कोइला र स्टीलजस्ता ठूला उद्योगमा केन्द्रित गर्योत। स्कटल्यान्डको संयुक्त अधिराज्यमा प्रवेशपछि पनि ब्रिटिस साम्राज्यले उसको वैदेशिक व्यापारलाई नियन्त्रण गरेन, स्कटल्यान्डले निर्बाधरूपले आफ्नो क्षमता र आवश्यकताअनुरूप अन्तर्राष्ट्रिय व्यापार गर्थ्यो। ब्रिटिस साम्राज्यले गर्दा स्कटल्यान्डका औद्योगिक उत्पादनका लागि बजारको समस्या पनि थिएन। तर बीसौं शताब्दीको उत्तरार्धमा धेरै औपनिवेशिक मुलुकहरू क्रमशः स्वतन्त्र बन्दै गएपछि संयुक्त अधिराज्यभित्रका मुलुकहरूलाई आफ्नो बजार कायम राख्न गाह्रो पर्दैगयो। यसै क्रममा स्कटिस ठूला उद्योगहरूको पनि विस्तार रोकियो। तत्पश्चात्, स्कटिस अर्थतन्त्र बिस्तारै प्रविधि र सेवा क्षेत्रको विकाससहित अघि बढ्यो। सन् १९८० को दशकमा ग्लास्गो र एडेनबरा सहरहरूका बीचमा ...सिलिकन कोरिडोर'को निर्माण गरियो जसले गर्दा स्कटल्यान्डका धेरै प्रविधिसम्बन्धी उद्योग यस क्षेत्रमा सारिए। यसकारण स्कटल्यान्डका धेरै इलेक्ट्रोनिक्स, सुरक्षा, सूचना, सेमिकण्डक्टरसम्बन्धी उद्योगलगायत बैंकिङ, बिमा, मनोरञ्जन, जैविक प्रविधिसम्बन्धी गतिविधि धेरै यसै भेगमा केन्द्रित छन्। साथै धेरै विश्वविद्यालय पनि यही क्षेत्रमा स्थापना भएका छन्।
पछिल्लो समयमा स्वतन्त्र स्कटल्यान्डको अभियान चलाउनेहरूले महत्वका साथ उठाउने गरेको विषय भने राजनीतिकभन्दा पनि आर्थिक प्रकृतिका छन्। उत्तरी समुद्रको तटीय क्षेत्रमा रहेको विशाल ग्यास र तेलको भण्डारले स्कटिस जनतालाई धेरै धनी बनाउनेछ र स्कटल्यान्डको प्रतिव्यक्ति आय इङ्ल्यान्डकोभन्दा दिगो रूपले धेरै माथि जानसक्छ भन्ने उनीहरूको सोचाइ हो। हालैको अवस्थामा पनि स्कटल्यान्डको प्रक्षेपणमा सन् २०१४ का लागि त्यहाँको प्रतिव्यक्ति आय करिब ३९ हजार र संयुक्त अधिराज्यको प्रतिव्यक्ति आय ३५ हजार हुने देखिन्छ।
स्वतन्त्रतासम्बन्धी जनमत संग्रह हुनु पहिल्यै ब्रिटिस प्रधानमन्त्रीले केही पक्षमा स्कटल्यान्डलाई बढी स्वतन्त्रता दिने वाचा गरेका थिए। जनमत संग्रहको पूर्व सन्ध्यामा बेलायतको संभावित विभाजनको खतराले स्कटल्यान्डमा भएको विदेशी लगानी त्यहाँबाट पलायन हुने खतरा बढेर गएको थियो। त्यहाँ थप लगानीको वातावरण धमिलिएको थियो। फलस्वरूप, ब्रिटिस पौन्ड केही सातादेखि निरन्तर खस्कन थालेको थियो। यिनै समस्याको सेरोफेरोमा ब्रिटिस अर्थतन्त्र मन्दीको अवस्थाबाट अत्यन्त सुस्त गतिले मात्र अघि बढिरहेको थियो र त्यसमा सुधारको तत्काल संभावना झिनो देखिएको थियो। समग्रमा स्कटिसले ब्रिटिस अर्थतन्त्रमा धेरै ठूलो अंश नलिए पनि यो रणनीतिक महत्वको भने छ। हालको परिस्थिति अब केही दशकसम्म जस्ताको तस्तै रहने भएकोले बृटिश अर्थतन्त्रको यस वर्षको वृद्धिदर ३ प्रतिशतको हाराहारी रहने अनुमान गरिएको छ। परिस्थिति अनुकूल हुँदैगएकोले बैंक अफ इङल्यान्डले आगामी मार्च महिनादेखि लागु हुने गरी ब्याजदर बढाउने नीति लिएको छ।
स्वतन्त्रता पक्षधरहरूले स्वतन्त्र स्कटल्यान्डको मुद्रा के हुने भन्नेमा ठोस धारणा अगाडि ल्याउन सकेनन्। हाल त्यहाँ ब्रिटिस पौन्ड र स्कटिस पौन्ड दुवै प्रचलनमा रहेपनि बैंक अफ स्कटल्यान्डले निष्कासन गरेको स्कटिस पौन्डलाई बैंक अफ इङ्ल्यान्डले स्वीकृति प्रदान गर्नुपर्छ र तिनीहरूको विनिमय दर बराबर राखिएको छ। स्वतन्त्रतासम्बन्धी निर्णय गरेमा ब्रिटिस पौन्ड त्यहाँ लागु हुन नसक्ने नीति लन्डनले सार्वजनिक गरेपछि स्वतन्त्रताको पक्षमा वकालत गर्नेहरूले युरो मुद्रामा जाने सोच विकसित गरे तर गत केही वर्ष अघिदेखिको ग्रीस, आयरल्यान्ड, पोर्चुगलजस्ता युरोपेली युनियनभित्रका साना र आवश्यक गृहकार्यविना युनियनभित्र छिरेका मुलुकमा आएको वित्तीय संकटको पृष्ठभूमिमा धेरै मतदाता स्वतन्त्रताका पक्षमा आउन हिच्किचाए।
हालको जनमत संग्रहपछि अब स्कटल्यान्डलाई वित्तीय दृष्टिले बढी स्वतन्त्र बनाउने र सार्वजनिक खर्चको व्यवस्थापन स्थानीय सरकारलाई नै सुम्पने दिशामा पक्कै पनि केही प्रगति हुनेछ। अझ प्रष्ट रूपमा भन्ने हो भने सन् २०१२ देखि स्कटल्यान्डलाई कर उठाउने स्वतन्त्र अधिकार दिइएको छ। सन् २०१६ देखि त्यहाँको सार्वजनिक वित्तको व्यवस्थापन पूर्णरूपले स्कटल्यान्डले लिनेछ। यसअनुरूप आय करका दरहरू १० प्रतिशतसम्म बढाउने वा घटाउने अधिकार स्कटिस सरकारलाई हुनेछ। फलस्वरूप, यहाँको अर्थतन्त्रलाई निर्देशित गर्ने क्षमता वृद्धि हुँदै जानेछ। तर वित्तीय स्वतन्त्रताले स्कटल्यान्डको भलाइ नै गर्छ भन्ने कुनै भरोसा चाहिँ छैन। किनभने, ठूलो आर्थिक शक्तिसँग एकाकार भएका कमजोर अर्थतन्त्रमा वित्तीय स्वतन्त्रता वित्तीय संकटमा परिणत भएका प्रशस्त उदाहरण पनि छन्। ग्रीस, पोर्चुगल, आयरल्यान्ड यसका ज्वलन्त उदाहरण हुन्। त्यसैले स्कटल्यान्डले बढी राजस्व उठाउन सक्ने क्षमता यसका समष्टिगत आर्थिक परिसूचक समग्र ब्रिटिस अर्थतन्त्रकोभन्दा कमजोर नहुँदासम्म मात्र सान्दर्भिक हुन्छ।
स्कटल्यान्डलाई वित्तीय स्वतन्त्रताअन्तर्गत राजस्व उठाउने र खर्च गर्ने अधिकार सम्पन्न गराउने पक्षमा बेलायतका तीनैवटा प्रमुख राजनीतिक पार्टीहरू कन्जरभेटिभ, लेबर र लिबरल डेमोक्य्राट सबै नै सहमत छन्। त्यसैले उसलाई वेस्टमिन्स्टर (संयुक्त अधिराज्यको राजनीतिक केन्द्र) को नियतका बारेमा शंका गर्ने खासै ठाउँ छैन। बरू स्कटल्यान्डले आफ्नै क्षमताको परीक्षण गर्नुपर्ने देखिएको छ। लिबरल डेमोक्य्राटहरूले त अझ पैत्रिक सम्पत्ति माथिको कर र पुँजीगत आम्दानीमाथिको करमा पनि स्कटल्यान्डलाई स्वतन्त्र छोडिदिनुपर्ने धारणा अगाडि ल्याएको छ। सुरुका वर्षमा त्यहाँको वार्षिक बजेटको आकार लन्डनले तय गर्ने भएपनि त्यसभित्र राजस्व र खर्चको पक्षमा स्कटल्यान्डले आफ्नो क्षमता देखाउन र विस्तार गर्न सक्ने प्रावधान राखिनेछ। केन्द्रीय सरकारले यो प्रावधान इङल्यान्ड, आयरल्यान्ड र वेल्समा पनि लागु गर्ने सोच राखेको छ। यसरी बेलायतमा वित्तीय संघीयता अब नयाँ रूपमा सुरु हुनेछ। फलस्वरूप, त्यहाँ स्रोतको व्यवस्थापन न्यायसंगत ढंगले भइरहेको छैन भन्ने असन्तुष्टि पनि दीर्घकालीनरूपमा साम्य हुनेछ।
यी सबै सम्भावनाको खोजी एकैसाथ गर्न थालियो भने र तिनकाबीचमा उचित तालमेल हुनसकेन भने संयुक्त अधिराज्यको संघ कमजोर बन्दै जानेछ। तर अर्कोतिर उचित तालमेल कायम हुन सकेका खण्डमा एक आपसमा विश्वासको वातावरण कायम भएर नयाँ सम्भावना पनि प्रस्फुटित हुन सक्नेछन्।