विकासका नाममा विनाश
२९ भदौ २०७१
•
६ मिनेट पाठ
विकासका नाममा विनाश
दोष प्रकृतिलाई दिने गरे पनि अधिकांश प्राकृतिक विपत्तिको जिम्मेवार मानवीय क्रियाकलाप नै हुन्छ। तत्कालको लोभ वा रहर पूरा गर्न जानीजानी विपत्ति निम्त्याउने मूर्खता गरिन्छ। यस्तो प्रवृत्तिलाई मूर्खतामात्र भनेर पनि पुग्दैन। कारण, केही व्यक्तिको गलत सोच र लोभबाट हुने विनाशको मार धेरै निर्दोष जनताले सहनुपर्छ। सुर्खेत जिल्लाको वीरेन्द्रनगर-१२ खोरियामा हालै यस्तै घटना भएको छ। वनमा डोजर लगाएर सडक खन्ने अनुमति वन कार्यालयले नदिए पनि स्थानीय व्यक्तिहरूले रातारात बुल्डोजर चलाएर बाटो खनेछन्। यो दुस्साहस र अपराधको सजाय प्रकृतिले सिंगो गाउँलाई दियो। डोजर लगाएको बाटोमा साउन २९ गते गएको पहिरोबाट अहिले सिंगै गाउँ जोखिममा परेको छ र २७ परिवार विस्थापित भएका छन्। गोरखामा एनेकपा (माओवादी)का दुई गुटबीचको विवादले विकास कार्य र विकाससँग सम्बन्धित कार्यालयहरूको कामकाज प्रभावित भएको छ। जिल्ला विकास समितिको समीक्षा बैठक र विकास बजेट वितरण कार्यसमेत रोकिएको छ। खोरियाको पहिरो विकासका नाममा जथाभावी प्रकृतिमाथि गरिएको ज्यादतीको प्रतिनिधि घटना हो। गोरखाको विवाद विकासका नाममा जथाभावी खर्च गरिने रकम हात पार्ने होड हो। 
सडक यातायातको सुविधा सबैजसो विकासको ढोका हो। यसैले सडक सुविधाको निम्ति गाउँलेहरू आफैँ अग्रसर हुनु अनुचित वा आश्चर्यको विषय होइन। परन्तु, प्राविधिक अध्ययन र परामर्शै नगरी जथाभावी सडक खन्ने काम गर्नु भने विनाश निम्त्याउनु नै हो। त्यसमा पनि कमजोर पहाडको भारवहन क्षमताको ख्यालै नगरी त्यहाँ ठूला मेसिन प्रयोग गर्नु त झन् ठूलो अपराध हो। दुर्भाग्य, ठूलो विनाश निम्त्याउने यस्तो अपराध रोक्न सरकारले ध्यानै दिँदैन। यस्तो अपराधको अगुवाइ गर्नेमा धेरैजसो राजनीतिक दलका कार्यकर्ता नै संलग्न हुने भएकाले सरकारले तमासे बनेर तिनैलाई सह दिएको हुनुपर्छ। प्रकृतिले भने वातावरण विनाश गर्नेलाई सजाय दिने गरेको छ। तर, प्रकृतिले सजाय दिँदा दोषी र निर्दोषमा भेद गर्दैन। 
प्रविधिक अध्ययन र सुपरीवेक्षण नभए पनि डोजर लगाउने कार्य काम छिटोसक्न मात्र गरिएको होइन। सरकारी पैसा चाँडै खर्च गरिसक्ने, जथाभावी मेसिन लगाई सस्तोमा काम सकेर बढी नाफा गर्ने र राजनीतिक नेताहरूको स्वामित्वमा रहेका मेसिन भाडामा लिएर तिनलाई लाभ पुर्या उने नियतले धेरै ठाउँमा यस्तो विध्वंश निम्त्याउने गरिएको हुन्छ। अर्थात्, यस्तो विनाश जानजानी निम्त्याइने गरिएको हुन्छ। यसैले त एउटै पार्टीका कार्यकर्ता पनि विकासे काम हात पार्न मारामार गर्न तम्सन्छन्। अर्थात्, सुर्खेत र गोरखाको घटनाको प्रकृति बेग्लै देखिए पनि प्रवृत्ति एउटै हो र यो मुलुककै प्रतिनिधि प्रवृत्ति बनेको छ। 
सरकारमा इच्छाशक्तिको अभाव र भ्रष्टहरूको प्रभावले गर्दा यस्तो विनाश रोक्न नरोकिएको उदाहरण त चुरे क्षेत्रको उत्खनन नै विध्वंश नै हो। कमजोर पहाडमा बनाइने ग्रामीण सडकमा अपनाउनुपर्ने प्राविधिक सतर्कता र पालना गर्नुपर्ने मापदण्डको हेक्का राखेमा सुर्खेतको खोरियामा जसरी गाउँ नै सार्नुपर्ने गरी पहिरो जाने थिएन। प्राकृतिक वातावरण जोगाएर थुप्रै ग्रामीण सडक बनाइएका छन्। तिनले खासै ठूलो क्षति पुर्यािएका छैनन्। त्यस्ता योजना श्रम प्रधान हुन्छन् र वातावरणमैत्री प्रविधिको प्रयोग गरिएको हुन्छ। लागत केही महंगो र योजना निर्माणमा बढी समय लागे पनि वातावरणीय प्रभावको अध्ययन र प्राविधिक परामर्शमा बनेका योजनाले कम क्षति पुर्या उँछन् भने त्यस्ता सडक दिगो पनि हुन्छन्। प्राविधिक र वातावरणीय पक्षको बेवास्ता गरेर देश विकासका नााममा लुट्ने विनाशकारी लहर नरोक्ने हो भने मुलुक अकल्पनीय विपत्तिको दुश्चक्रमा फस्नेछ। यसैले तत्काल ठूला मेसिनको प्रयोगका लागि मापदण्ड निर्माण गरी त्यसको प्रभावकारी अनुगमन गर्नुपर्छ। प्राविधिक सल्लाह र वातावरणीय प्रभावको अध्ययनबिना यस्ता ठूला मेसिन प्रयोग गरेर प्राकृतिक वातावरण खलबल्याउने अपराधीलाई सजाय दिलाउन पनि सरकार हिचकिचाउनु हुँदैन।
अर्को समाचार
पाइँदैन विनाश गर्न
०५ असोज २०७६
•
१७ मिनेट पाठ
पाइँदैन विनाश गर्न
अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन। तर देश संघीयतामा रूपान्तरण हुन लागेपछि विकासका नाममा विनाशका काम धेरैतिर भएका छन्। सडक बनाउने नाममा साविकदेखि राजकुला र अरु कुला बेमाखसँग मासिएका छन्।

साबिकदेखिका कुला मासिँदा धान प्रशस्त उब्जा हुने फाँटका फाँट बाँझो बनेकाछन्। त्यसरी बनाएका सडक बर्खा लागेपछि नासिन्छन्। धेरै ठाउँमा पहिरो जाने गरेको छ। अब न नयाँ बनेको सडक न साबिकदेखिको धान उत्पादन हुने खेत ! आजको हाम्रो नेपालको विकासको मोडल–नमुना प्रायः यस्तो छ। पृथ्वी राजमार्ग निर्माण भएपछि त धादिङ जिल्ला विकासको नाममा विनाश हुने जिल्लामध्ये पहिलो हो जस्तो लाग्छ। यो पहाडी जिल्लाहरूको तुलनामा हो।

धादिङ जिल्ला राणा शासनदेखि नै काठमाडौँ खाल्डोका मान्छेलाई फलफूल, अन्न, घीउ, मह र तरकारी परिपूर्ति गथ्र्यो र काठमाडौँ शहरका सुतीसुती खानेहरूलाई पाल्थ्यो। काठमाडौँका टाठाबाठा केही मान्छे धादिङमा धेरथोर लगानी गर्थे। थोरबहुत जग्गा किन्थे वा भोगबन्धकी, दृष्टिबन्धकीमा लिन्थे। त्यसबापत ब्याज वा कुत लिन्थे। धादिङको मास, पिँडालु भनेपछि सारै स्वादिलो। काठमाडौँका मान्छे भुतुक्कै हुने। यहाँ बिहे, ब्रतवन्ध जस्ता भोजभतेर हुने कामका लागि टपरी, दुना, बोहता, चारकुने धेरै चाहिने हुँदा सालको पात पनि धादिङले नै परिपूर्ति गथ्र्यो। बिहेका निम्ति पात टिप्न भनी काठमाडौँबाट धादिङतर्फ महिलाको टोली नै जान्थ्यो। त्यतिबेला भोज खुवाउने खण्डेथाल, प्लेट, चम्चाको चलन पसेको थिएन। तसर्थ जे गर्दा पनि सालको पात।

आजको राजनीति पैसामा अडेको छ। राजनीति पैसामा मात्र लुट्पुटिन खोज्छ पैसो राजनीतिसँग। आज संघीय संसद्का स्थानहरूमा मात्र ठेकदार, बैंकर र व्यवसायी छैनन्, बरु प्रदेश र स्थानीय तहमा समेत त्यस्तैको कब्जा छ।

अम्बा, पाकेका काँक्रा र सालको पात

काठमाडौँमा खाजा खाने चिया पसल सारै कम थिए। चिया खाजा खाने पसललाई पनि होटेल भनिन्थ्यो। रेस्टुरेन्ट भन्ने शब्द प्रवेश गरेकै थिएन। खाजा खाने भट्टी वा होटलमा पनि प्लेटमा दिने चलन आइसकेको थिएन। त्यस्ता पसलमा सालको पातमा दिन्थे तरकारी अचार। ती सबैका लागि सालको पात धादिङबाटै आउने हो। सोह्रश्राद्ध लाग्नुअघिदेखि झण्डै हरिबोधिनी एकादशीसम्म नै अम्बा खुब खुवाउँथ्यो धादिङले। धादिङका किसानका बारीमा अम्बा आफैँ उम्रने, आफँै बढ्ने, हुर्कने, फल्ने, पाक्ने ! प्रकृतिको आफ्नै नियम। यता धादिङका किसानहरूका हातमा पैसो पर्ने बाटो पनि यही हो। डोकोमा पाकेका अम्बा भारीका भारी ल्याउँथे त्यहाँका किसान। पाकेका अम्बा मीठा,सारै मिठा। यातायातको साधन थिएन। धादिङ परदेखिनै हिँडेरै आउनुपर्ने। डोकोभरिको अम्बा र सालको पातका मुठा बोकेर।

त्यसरी ल्याएको अम्बा किन्न एकथरि व्यापारी स्वयम्भु, रामकोट आदिसम्म पनि जान्थे र बीच बाटोमा सस्तोमा अम्बा किन्थे र महँगोमा शहरमा ल्याएर बेच्थे। त्यस्तालाई फौबञ्जार (बिचौलिया)भनिन्थ्यो। धादिङले अम्बामात्र होइन, फर्सी–काँक्रा पनि ख्वाउँथ्यो। दसैँमा मासु पचाउन पाकेका काँक्राको अचार बनाइन्थ्यो नौरथा लागेपछि। पाकेका काँक्राको अचार प्रायः माटाका घैँटामा खाँदी खाँदी हालिन्थ्यो। त्यो अचारमा रायो वा तोरी पिँधेर छोप हालिन्थ्यो। पाँच सात दिनपछि त्यो खल्पी अचार च्वास्स अमिलो तर सारै स्वादिलो हुन्थ्यो। अचार भनेपछि पीरो त हुने नै भो। त्यो अचारलाई खल्पी भनिन्थ्यो। शायद त्यसले मासु पचाउँथ्यो कि ? ती काँक्रा धादिङले नै पु¥याउँथ्यो।

विषाक्तता उत्सर्जन

त्यो जमानामा धादिङमा राणा शासनले फदोद्यान (फलफूलको बगैँचा) पनि राखेको थियो। धादिङका केही भाग काठमाडौँ भन्दा होचो भएकाले काठमाडौँ खाल्डोमा नफल्ने, नपाक्ने फलफूललाई चाहिने तातो पुग्दैनथ्यो। काठमाडौँमा पिचरोड धेरै नहुँदा र सिमेन्टीका घरहरू बाक्ला नबन्दासम्म। यसकारण काठमाडौँमा आँप, रुख कटहरहरू खुवाउने जिल्ला धादिङ नै थियो। त्यसो त काभ्रे र सिन्धुपाल्चोक पनि केही परिवारलाई आँप खुवाउँथ्यो। त्यो धादिङलाई यति धेरै खन्ने, खोस्रने घाउ लाउने काम भो पृथ्वि राजमार्ग बनेपछि। ढुंगा,बालुवा, पाँगो माटो केही देख्नै नहुने भो। धादिङ क्षतविक्षत भो। ढुंगालाई गिट्टी बनाउने, धुलो बनाउने क्रसर गर्ने उद्योग नामका व्यापार यति बाक्लो स्थापित भो सुन्दर, उत्पादक र चरम ऊर्वर धादिङ धुलो, डिजेलको विषाक्त धुँवा र प्रदूषण आपूर्ति गर्ने जिल्लामा बदलियो।

जग्गा प्लटिङको अर्को माफियातन्त्र छ। यी माफियाले पानीको मुहान मासे, प्रकृतिको कला र मनोरञ्जन, चलखेलका ठाउँ (क्रिडास्थल) नै सिध्याए। अग्लो होचो ठाउँ सम्याएर प्राकृतिक संरचनाउपर आक्रमण गरिरहेकाछन्।

अम्बा, रुखकटहर, निबुवा, ज्यामिर, किमिरो, भोगटे, फर्सी, काँक्रा, करेला, मास, मस्याङ, पिँडालु, तरुल, आँप परिपूर्ति गर्ने धादिङ ढुंगा, गिट्टी, बालुवा जस्ता जिल्लाका आधारभूत प्रकृतिको बासस्थान नै निकासी गर्ने उल्टो दिशामा पल्टियो। खेती गरी ऋतुअनुसार हरिया परिया, रसिला, तागतिला, स्वादिला खाद्य र पेय पदार्थ उत्पादन गरी सेवा गर्दै आएको धादिङ ग्यास उद्योग स्थापना र सञ्चालन गर्ने, प्रदूषण परिपूरण गर्ने, कार्बन डाइअक्साइड उत्पादन, उत्सर्जन र आपूर्ति गर्ने जिल्लामा रूपान्तरण भो। त्रिशूली नदी बालुवाबिहीन, माछारहित, दुर्लभ एवं महŒवपूर्ण जलचरशून्य निर्जीव नदीका रूपमा बदलिने क्रम ह्वात्तै बढ्यो। जिल्लाको दृश्य स्वरूप स्वतः बदलियो भने आन्तरिक स्वभाव पनि उल्टियो। अक्सिजन होइन, प्रदूषण प्रवाह गर्ने घातक भएर पो निस्कियो धादिङ। ऊ आफँै यस्तो भएको नभई गराइएको हो।

माटो उपहार

केही वर्षअघि धादिङको विकास, समृद्धि र वातावरण जस्ता विषयमा एउटा अनुष्ठान आयोजना गरिएको थियो। जसमा मलाई पनि एउटा कार्यपत्र पेश गर्ने मौका दिइएको थियो। धादिङ जिल्ला विकास समितिले जस्तो लाग्छ, धादिङबेसीमा नै। त्यो कार्यक्रममा म अलि खरोरूपमा नै प्रस्तुत भएको थिएँ जसका कारण सहभागीहरू मप्रति आक्रामकहुन र जिल्लाको ढुंगा, माटो र बालुवाप्रति आक्रमण गर्ने स्थिति अन्तहोस् भन्ने मनसाय थियो मेरो। आफ्नो माटोप्रति अद्वितीय माया, मोह र समर्पण हुन्छ देशभक्तहरूको। अहिलेसम्म आफ्नो माटो, मातृभूमिमा गई भूमिलाई ढोगी माटाको टीका लगाएर फर्कने थुप्रै मान्छे छन्।

माटोप्रतिको मोहको उदाहरण मलाई सम्झना छ, राष्ट्रले (नेपाल राष्ट्रले नै) प्रजातन्त्र सेनानी ज्युँदा शहीद टंकप्रसाद आचार्यलाई के उपहार दिने भन्नेमा लामो र गम्भीर छलफल भयो। मस्तिष्क नै मन्थन हुने स्तरको बहस एवं तर्क÷वितर्कपछि नेपालको एक मुठी माटो उपहार दिने भन्ने निष्कर्षमा पुग्यो त्यो भेला। छलफलमा उपहारका विषयमा लामो विमर्श भो। कतिपयले सुनको हार भने, कतिले नगद एकमुष्ठ भने। धेरैले धेरै थोक भने। तर अन्तमा मातृभूमिको एक मुठी माटो उपहार दिने निर्णय भयो करतल तुमुल ध्वनिबाट उक्त प्रस्ताव सर्वसम्मति, सर्वसहमतिबाट पारित भो। टंकप्रसादजी स्वयं पनि सर्वाधिक खुसी हुनु भो। यस्तो हुन्छ माटोप्रतिको मोह र मोहिनी। मलाई धादिङसँग यही गुनासो राख्नु थियो सशक्तरूपमा। तर स्वार्थका सामु देशभक्ति कमजोर हुने परिस्थिति छ आमरूपमा।तसर्थ कहिले कहिले यस्ता प्रयत्नले स्वरूप लिँदैनन्।

रिसोर्ट र केवुलकार माफियाको बिगबिगी

मातृभूमिप्रति कत्तिको माया छ सरकारको नेतृत्वमा र पार्टी नेतृत्वको ? यो प्रश्न उठेको छ आज देशभक्तहरूमा। तर यो कुरा यसरी ठाडै उठाउनुहँुदैन किनभने देशभक्तिको प्रश्न अत्यन्त संवेदनशील हुन्छ। तर आज मुलुकको अवस्था यस्तो विकराल स्थितिमा पुगेको छ जहाँ देशभक्ति एवं देशभक्तको मुद्दा नउठाइ भएको छैन। आज अदृष्यरूपमा, प्रच्छन्नरूपमा, मौनमुद्रामा देश चिथोरिँदैछ, निचोरिँदैछ। रिसोर्ट माफियाहरू, केवुलकार माफियाहरू पैसामुखीहरू यो खाल्डोको रक्षाकवच वरिपरिको रुख बुट्यान भएका र नभएका डाँडा, भञ्ज्याङ र मैदानहरूउपर उनीहरूको आँखा लागिसक्यो। आक्रामक रूपमा। शिवपुरी क्षेत्र दोस्रो आक्रमणमा परेको छ यी माफियाहरूको।

कुरा यति मीठो गर्छन् मानौँ उनीहरूको कुरो पच्चीसै आना ठीक छ भन्ने पार्छन्। चन्द्रागिरी डाँडा कब्जा गरिसके। बिजोग छ त्यहाँ केवुलकार एवं रिसोर्ट सञ्चालनपछि। केबुलकार माफिया र रिसोर्ट माफियाहरू आफ्ना कुरा यसरी राख्छन् जसको खण्डन गर्न मुस्किल पर्छ। ती क्षेत्रमा उहिलेदेखि बसिरहेका हजारौँ हजार मान्छेको आर्थिक, शैक्षिक एवं स्वास्थ्य अवस्था यस्तो दयनीय छ यी क्षेत्रमा। बिनारिसोर्ट र बिना केवुलकार व्यवसाय तिनीहरूको उत्थान सम्भवै छैन भन्ने तर्क गर्छन्। प्रकृतिको आफ्नै नियम छ, नियमितताछ, अनुशासन छ। जसको दाँजो अन्य कुनै विधावालासँग पनि छैन। त्यत्रो सुक्ष्म प्राणी कमिलाले कति ठूला कति बलिया र कति कलात्मक घर बनाउँछ। गौँथलीको गुँड कति सुन्दर, कति वातावरणमैत्री र कति बलियो ? तोपचराको गुँड संसारकै उत्कृष्टतम वास्तुकलाकारको डिजाइनभन्दा उत्तम, वातानुकूलित, आकर्षक र कलात्मक। आफैँत तोप चरो। ऊ एक्लैले चुच्चोले बोकेर ल्याएको घाँसले बनाएको गुँड(बासस्थान)।

असहजतातर्फ स्थिति

आजको राजनीति पैसामा अडेको छ। राजनीति पैसामा मात्र लुट्पुटिन खोज्छ पैसो राजनीतिसँग। आज संघीय संसद्का स्थानहरूमा मात्र ठेकदार, बैंकर र व्यवसायी छैनन्, बरु प्रदेश र स्थानीय तहमा समेत त्यस्तैको कब्जा छ। स्थानीय तहको नेतृत्व कतिपय ठाउँमा ट्रयाक्टर, ट्रिपर, डोजरवालाहरूले हातपारेका छन्। विकासका कामका लागि ढुंगा, बालुवा गिट्टी माटो नभई हँुदैन। अझ सिमन्टी ढलानवाला निर्माणका लागि सिमन्टी, गिट्टी, बालुवा र इँटाका लागि ढुंगा नभई हँुदैन। स्थानीय तहको नेतृत्व त्यसैकहाँ पुगेको छ। यसैले नदी खोलाको दोहनले हद नाघिसक्यो। ढुवानीका साधनको स्वामित्व उसको हातमा, स्थानीय तहको राजनीतिक नेतृत्व पनि उसैको हातमा। यसर्थ अब स्थानीय तहको ढुंगा, बालुवा, बोल्डर र पाँगो माटो जोगाउन धौ धौ भो। स्थानीय सरकारको नेतृत्वलाई कसरी बालुवा, ढुां र माटोको माया गर्ने÷गराउने ?

सँगसँगै जग्गा प्लटिङको अर्को माफियातन्त्र छ। यी माफियाले पानीको मुहान मासे, प्रकृतिको कला र मनोरञ्जन, चलखेलका ठाउँ (क्रिडास्थल) नै सिध्याए। अग्लो होचो ठाउँ सम्याएर प्राकृतिक संरचनाउपर आक्रमण गरिरहेकाछन्। यो पनि हद नाघ्न लागिसक्यो। प्लटिङ माफियाहरू आफ्नो तर्कमा छन्। जे हुँदापनि आज दशौँ दिशाबाट प्रकृतिमाथि नै प्रहार छ प्रकृतिको संरचना रहस्यमय सहअस्तित्व भएको सुक्ष्मातिसुक्ष्म अन्योन्याश्रितता र अन्तर्निर्भरताका जटिलता पैसा नै सबै थोक हो भन्ने माफियाहरूले कसरी बुझे बुझे ? यसैले आज झन् असजिलो अवस्था आइप¥यो। यी माफियाको सत्ता र अन्य शक्तिसँग पनि नजिक वा टाढाको माखेसाङ्लो रहेकाले देशको माटो, ढुंगा, बालुवा संरक्षण गर्न गम्भीर चुनौती भएर आयो। स्थिति सहज छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस