१९७१ साल भाद्र २४ गते जन्मेका नेपाली राजनीति र साहित्य क्षेत्रका महानायक विश्वेश्वरप्रसाद कोइरालाको शताब्दी वर्ष यही भाद्र २४ गते पूरा हुँदैछ र त्यसको ठीक दुई महिनापछि नेपाली प्रजातान्त्रिक आन्दोलनका अर्का अथक योद्धा गणेशमान सिंहको जन्म शताब्दी कात्तिक २४ गतेबाट सुरु हुँदैछ।एकै वर्ष जन्मेका यी दुई युग पुरुषले आधुनिक नेपालको प्रजातान्त्रिक शासनको जग बसाले। “हुकुमको जवाफ छैन, कालको ओखती हुँदैन” भन्ने मान्यतामा जकडिएको समाजमा प्रजातन्त्रका यी दुई महानायकले हुकुमलाई विधिको शासनमा ढाल्ने अथक संघर्ष गरे। २००७ सालमा सरदर आयु ३० वर्ष र साक्षरता २ प्रतिशत मात्र रहेको नेपालमा अहिले नेपालीको सरदर आयु ६८ वर्ष र तराईका केही जिल्लालाई छोडेर मुलुक पूर्ण निरक्षरता उन्मूलनको अवस्थामा पुगेको छ।
सबभन्दा बढी निरक्षर रहेका तराईका ६ जिल्लामा सर्लाही १ लाख ६५ हजार ८, महोत्तरी १ लाख ६३,७८९, धनुषा १ लाख ४८,७२७, रौतहट १ लाख २३,६८९ र सिरहामा १ लाख २,०४७ निरक्षर छन्। ५८ जिल्लाबाट पूर्णरूपमा निरक्षरता उन्मूलन भएको छ। अहिले देशभर १५ देखि ६० वर्ष उमेर समूहका जम्मा १७ लाख ४५,३३४ मात्र निरक्षर छन्। ती सबैलाई यो वर्ष साक्षर बनाउने सरकारले घोषणा गरेको छ। युनेस्कोको मापदण्डअनुसार ९५ प्रतिशतभन्दा बढी साक्षर भएपछि कुनै पनि मुलुकलाई पूर्ण स्ााक्षर मानिन्छ, ०७ साल देखिको निरन्तर प्रयत्नबाट मुलुक यतिबेला निरक्षरबिहीन बन्न सफल भएको छ। मातृ मृत्युदर र ५ वर्षभन्दा मुनिको बाल मृत्युदरमा पनि मुलुकले फड्को मारेको छ। यो ०७ सालको क्रान्तिको उपलब्धि हो र बीपी, गणेशमानको सपनाले सफलता हासिल गरेको अवस्था हो। मुलुकलाई यो अवस्थामा पुर्याबउनमा ती अनगिन्ती सपुतहरुको बलिदानलाई भुल्न सकिन्न। तर बीपी र गणेशमान वा ती सहिदहरुले यतिमात्र सपना देखेका थिएनन्। उनीहरुको सपना त्यतिबेला मात्र पूर्ण हुनेछ जब लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुनेछ र मुलुकमा शान्ति र स्थिरता आउनेछ।
बीपी जन्मशताब्दी वर्षको कार्यक्रम अन्तिम चरणमा पुगेको छ। जनस्तरबाट यति व्यापक कार्यक्रम अहिलेसम्म कुनै नेपालीको भएको थिएन। बीपीको राजनीतिक र साहित्यिक व्यक्तित्वका कारणले पनि जनस्तरमा यति धेरै कार्यक्रम भएका हुन्। जनस्तरका कार्यक्रमहरु हेर्दा बीपीको साहित्यिक व्यक्तित्वले राजनीतिक व्यक्तित्वलाई ओझेलमा पारेको हो कि भन्ने पनि देखिन्छ। बीपीका साहित्यिक कृतिमाथि झण्डै दुई दर्जनभन्दा बढी विद्यावारिधि भइसकेका छन्। अहिलेसम्म १८ वटा जर्नल प्रकाशित भइसकेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले ४०६ पृष्ठको “आख्यानकार बीपीको पुनर्पाठ” कृति प्रकाशित गरिसकेको छ भने गोरखापत्रको सहप्रकाशन मधुपर्कले २७ जना लेखकका बीपीको कृतिमाथिको समालोचना, ११ वटा कविता, ५ वटा संस्मरण र विभिन्न साहित्यकारसँग वार्तासहितको १६० पेजको भव्य विशेषाङ्क नै प्रकाशित गरेको छ। नेपाली लेखक संघले देशव्यापी १५ वटा गोष्ठी गरेर बीपीका बारेमा गहन विचारविमर्श गरिसकेको छ। गोरखापत्रले केही दिनदेखि बीपीको आत्मवृत्तान्त र अन्य राजनीतिक लेखलाई दैनिक प्रकाशन गर्ने गरेको छ। यो केही गैरसरकारी संघ संस्थाले बीपी सम्बन्धमा गरेको छोटो टिप्पणी हो। कार्यक्रमको अन्तिम समयसम्ममा अन्य धेरै कृति सार्वजनिक हुनेछन्।
बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले भने बीपीको समाजवाद, राजनीतिक, आर्थिक र सामाजिक सिद्धान्तलाई लिएर कुनै गम्भीर गोष्ठी, छलफल र संवाद गर्नेतर्फ ध्यान दिएको देखिएन। २००३ सालमा विराटनगरमा प्रथम मजदूर आन्दोलनको नेतृत्व गरेकामा तत्कालीन राणा शासनले गिरफ्तार गरी बीपी, गिरिजाप्रसाद र मनमोहन अधिकारी आदिलाई धनकुटा हुँदै काठमाडौं ल्याएको कुरालाई “बीपी विचार यात्रा” को नाम दिएर नेपाली कांग्रेसले बीपी जन्म शताब्दीको औपचारिक कार्यक्रम समाप्त गर्दैछ। योबाहेक पार्टीका तर्फबाट बीपी सम्बन्धमा गहन चिन्तन र छलफलको कुनै कार्यक्रम वा गहन कृति प्रकाशन गरिएन। बीपीको समाजवादी चिन्तन र बीपीले जीवनपर्यन्त अवलम्बन गर्नुभएको राजनीतिमा नैतिक मूल्य र मान्यतालाई नेपाली कांग्रेसले छाडेको गम्भीर आरोप लाग्ने गरेको छ। अहिले १० वर्ष भएको बालक अबको १० वर्षपछि २० वर्षको हुँदा त्यतिबेला उसले बीपीलाई कसरी सम्झने? के अहिले गरेको पदयात्राले १० वर्षपछि त्यो युवालाई कुनै मार्ग दर्शन गर्नेछ? त्यतिबेला उसलाई मार्ग दर्शन गर्ने सामग्री बीपीका सम्बन्धमा लेखिएका कृति मात्र हुनेछन्। यस किसिमको हल्का प्रचारात्मक कार्यक्रमले भोलिका युवालाई कुनै मार्गदर्शन गर्ने छैन। पदयात्रा नै गर्नु थियो भने बीपी जन्म शताब्दी सुरु भएको हिउँद महिनामा गर्न सकिन्थ्यो। जतिबेला बढीभन्दा बढी जनता कार्यक्रममा संलग्न हुन सक्थे। मध्य वर्षादमा गरिएको कार्यक्रममा स्वभावतः स्थानीय जनसहभागिता न्यून हुने नै भयो।
अहिलेका युवा तरुणहरुको मनस्थिति कस्तो छ भन्ने बु‰न हालै क्यान्सर रोगबाट निधन भएका नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको निधनमा १२–१५ वर्षदेखि २५ वर्ष उमेरका युवाहरुको अत्यन्त ठूलो जमघट नै त्यसको जवाफ हो। यी युवालाई न बीपी, गणेशमान थाहा छ, न त प्रजातन्त्र र समाजवादप्रति तिनको मोह छ। तर वास्तविकता के हो भने अबको नेपालको प्रतिनिधित्व त तिनले गर्ने हो, तिनीहरुमा कसरी बीपीलाई पुर्यानउने भन्नेमा कांग्रेसको चिन्तन हुनुपर्ने हो। युवा तरुणहरुसँगको बहसमा बीपी भन्ने गर्नुहुन्थ्यो– “युवा उमेरले मात्र होइन, विचार र चिन्तनले हुने हो। तिमी २० वर्षे युवाभन्दा म ६० वर्षको वृद्धमा युवा चिन्तन जो सधैँ परिवर्तनकारी हुन्छ र आफ्नो उद्देश्यमा समर्पित हुन्छ, बढी छ।” अहिले पनि बीपीको यस्तो कालजयी विचार समय सान्दर्भिक छन्। त्यसतर्फ युवाहरुलाई कसरी उत्प्रेरित गर्ने? नेपाली कांग्रेस यस्ता गम्भीर प्रयत्नभन्दा हल्का प्रचारात्मक कार्यक्रमबाट बीपी जन्म शताब्दी वर्ष समाप्त गर्दैछ। बीपी भन्ने गर्नुहुन्थ्यो– “मैले सिद्धान्तमा सम्झौता गरेको भए सधँै राजाको प्रथम छनोटमा म नै पर्ने थिएँ तर मैले प्रजातन्त्र र राष्ट्रियतामा सम्झौता नगरेको हुँदा नै मैले आफूले मात्र होइन नेपाली जनताले समेत दुःख पाउनुपर्योर।” अहिले कांग्रेसले सत्ताका लागि गलत सम्झौता गरेर राष्ट्र र प्रजातन्त्रलाई नै बेलाबेलामा भडखारोमा पारेको आरोप लाग्ने गरेको छ तर कांग्रेस नेतृत्वको मनस्थिति हेर्दा यस्ता आरोप 'काग कराउँदै गर्छ पीना सुक्दै गर्छ' भन्ने देखिन्छ।
बीपी जन्मशताब्दी मनाउन कांग्रेसको संस्थापना भन्दा भिन्न बीपीको आदर्शलाई जीवनपर्यन्त अवलम्बन गरेका नेता भीमबहादुर तामाङको अध्यक्षतामा एउटा समिति गठन भएको थियो। तर नियतिको त्रु्कर प्रहारले अचानक भीमबहादुरजीको निधन भयो। समिति बनाउनमा अग्रसरता लिने चक्र बाँस्तोला पनि यतिबेला स्मृतिलोप (कोमा) मा हुनुहुन्छ। उहाँ क्रियाशील हुन सक्नुभएन। यो समितिमा बीपीसँग नजिक भएका धेरै बुद्धिजीवी आबद्ध थिए। चक्रजीको विशेष जोड थियो– बीपीका भारतीय मित्रहरु र अन्य अन्तर्राष्ट्रिय विद्वान्लाई आमन्त्रित गरेर आजको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको उपादेयतामा छलफल गर्ने र त्यसको निष्कर्षलाई पुस्तकाकारमा निकाल्ने। तर नियतिको खेल अर्कै भयो। भीमबहादुरजीको निधन र चक्रजीको अस्वस्थताले यो काम हुन पाएन। यस्तो काम नेपाली कांग्रेसको तर्फबाट हुनुपर्थ्याे तर नेपाली कांग्रेसमा यस्तो सोच देखिएन।
बीपीको जन्मशताब्दी वर्षको कार्यक्रम समाप्त भएको दुई महिनापछि गणेशमानजीको जन्म शताब्दी वर्ष सुरु हुँदैछ। एउटै वर्ष जन्मेर दुवै महान् सपुतले समृद्ध नेपालका लागि आजीवन संघर्ष गरे। बीपी र गणेशमानजीका बीचको सम्बन्ध अनुपम थियो। सत्ता र संघर्षमा उहाँहरु दुवै सँगसँगै रहनुभयो। २०१७ सालभन्दा अघि कांग्रेसमा चार शीर्षस्थ नेता थिए– बीपी, सुवर्ण, सूर्यप्रसाद र गणेशमान। बीपी र गणेशमानका बीच आजीवन जुन सम्बन्ध रह्यो, सुवर्णजी र सूर्यबाबुसँग त्यस्तो सम्बन्ध रहन सकेन। २०१७ साल पुस १ गतेको काण्डले त्यसमा व्यवधान ल्यायो तर बीपी र गणेशमान ८ वर्ष जेल, ८ वर्ष प्रवास र पुनः २ वर्ष सुन्दरीजल जेलमा सँगै रहनुभयो। यति लामो समय सुखदुःखका बेला पनि उहाँहरुका बीचको सम्बन्धमा कहिल्यै कटुता आएन। शाख्य भावमा रहनुभयो।
बीपीले लिने महत्वपूर्ण निर्णयहरुमा गणेशमानजी कतिपय सन्दर्भमा आफ्नो अलग्गै धारणा राख्नुहुन्थ्यो तर बीपीले जब तर्कसंगतरूपमा गणेशमानजीलाई सम्झाउनुहुन्थ्यो आफ्ना पूर्व अडान चटक्कै छाडेर उहाँले सदा बीपीलाई साथ दिनुभयो। यस सम्बन्धमा पछिल्लो घटना हो– ०३३ सालमा नेपाल फर्कने र ०३६ सालमा जनमत संग्रहमा भाग लिँदा ससर्त कि निसर्त भाग लिने। ०३३ सालमा नेपाल फर्कने कुरामा गणेशमानजीको भनाइ थियो– “भारतमा बस्नु मन्द विष सेवन गर्नु हो, नेपाल जानु आत्महत्या।” बीपीले सम्झाउनुभयो– हामी नेपालमा प्रजातन्त्र, राष्ट्रियता, अहिंसा र सत्यको लडाइँ लड्न गइरहेछौं। “श्रेयान् स्वधर्मे निधम्, परधर्मो भयावह” आफ्नो मुलुकमा गएर फाँसीमा झुण्डिनु धेरै श्रेय छ, भारतमा बसेर मन्द विष पान गर्नुभन्दा। आखिरमा गणेशमानजी बीपीसँगै नेपाल फर्कनुभयो। दुवैले फाँसीसम्म हुन सक्ने मुद्दाको सामना गर्नुपर्योर।
०३९ सालमा बीपीको निधन भएपछि गणेशमानजी कार्यकर्ताहरुसँग भन्ने गर्नुहुन्थ्यो– “मैले आजीवन नेता मानेका बीपी र सुवर्णजी प्रजातन्त्रको आन्दोलन नसकिँदै जानुभयो। उहाँहरुले पूरा गर्न नभ्याउनुभएको प्रजातन्त्रको पुनस्थापना गर्ने आन्दोलनको नेतृत्वको अभिभारा नियतिले यतिबेला मेरो काँधमा आइपरेको छ, त्यसकारण मेरो अब अर्को कुनै आकांक्षा छैन, सिवाय बीपी र सुवर्णजीले बालेको प्रजातन्त्रको दियो नयाँ पुस्तालाई हस्तान्तरण गर्नु।” ०४६ सालमा उहाँकै नेतृत्वमा निरंकुश पञ्चायतविरुद्ध आन्दोलन सफल भएर प्रजातन्त्र स्थापना भयो। आन्दोलन समाप्त भएपछि जब राजा वीरेन्द्रबाट उहाँलाई प्रधान मन्त्री बन्न आग्रह भयो त्यसलाई अस्वीकार गरी किशुनजीलाई प्रधान मन्त्री बनाउन अनुरोध गर्नुभयो। गणेशमानजी कार्यकर्तासमक्ष गरेको वाचा पूरा गरेर अभिभावक भएर बस्नुभयो।
तेस्रो विश्वका नेताहरुमा आरोप लाग्ने गर्छ, सत्ताका लागि नेताहरु जेसुकै गर्न तयार हुन्छन्। गणेशमानजी त्यसको अपवाद हुनुभयो। १९९७ सालदेखि २०५३ सालसम्म नेपालमा प्रजातन्त्रका लागि जे/जति संघर्ष भए, त्यसमा अभिन्नरूपमा जोडिने नाम हो गणेशमान सिंह। आजको नेपालको राजनीतिमा मूल्य र मान्यताको जुन खडेरी परेको छ, त्यसको अपवादमा गणेशमान हुनुहुन्थ्यो। गणेशमानजी शताब्दी वर्ष मनाउँदा उहाँले आजीवन गर्नुभएको संघर्ष, उहाँले स्थापना गर्न खोज्नुभएको मूल्य र मान्यतामा आजका युवा जमातलाई संलग्न गराउन सकेमात्र शताब्दी वर्ष मनाएको औचित्य रहनेछ।