अलपत्र नयाँ नेपाल र नेपाली
१६ भदौ २०७१
•
१८ मिनेट पाठ
अलपत्र नयाँ नेपाल र नेपाली
सिंहदरबारबाट नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जोड्ने थापागाउँको बाटोमा मन्त्री, सांसद, राजनीतिक नेता र कार्यकर्ताको लस्करै देखिन्छ। सिंहदरबार देशको सत्ताको केन्द्र भएकोले यसको आसपास खानदानी राष्ट्रसेवकले घरजम गरेर बस्नु स्वभाविकै भयो।

  
यही बाटोमा २०७१ साल भाद्र १५ गते दिउँसो १ बजे ८५० नम्वरको ‘भीआईपी' गाडीलाई बाटो ‘क्लियर' गर्न गाडीबाटै सशस्त्र प्रहरीका जवान मुख छाड्दै बटुवा र सर्वसाधारणलाई हप्काउँदै थिए। मेरो स्कुटर अचानक ती विशिष्ट व्यक्तिको गाडी छेउमा पुग्दा मलाई सातो लिने गरी अगाडि बसेको प्रहरीले हप्काए। म ठिंग उभिएँ र बिस्तारै लक्ष्मीको चिया पसल पार गरेर वानेश्वर चोकमा पुगे। सातवर्ष अगाडि कांग्रेसको झन्डा बोकेर गणतान्त्रिक आन्दोलनमा लाग्दा मलाई त्यही ठाउँबाट गिरफ्तार गरिएको घटना स्मृतिपटलमा ताजा भयो। गणतन्त्र नेपालमा गणराज्यहरू बन्नेछन्, जनताले बाटो हिँड्दा हप्कीदप्की सहनुपर्ने छैन, शासक पनि राजा र राजपरिवार झै तामझामका साथ नहिँडी सामान्य नागरिकको भावना बु‰ने छन् भन्ने गणतन्त्र नेपालको सपना ‘मिथक' हुन पुगेजस्ो लाग्यो। हुन पनि केही पनि त परिवर्तन भएको छैन सामान्य नागरिकका लागि!

आधुनिक राजनीतिक परिभाषामा समाजमा क्रान्ति निरन्तर चलिरहन्छ भन्ने गरिन्छ। अर्थात्, क्रान्ति एकपटक हुने घटनामात्र हुँदैन अनेक रूप र रंगमा क्रान्तिलाई निरन्तरता नदिँदा सत्तामा पुग्नेहरू सामन्ती शासक बन्ने गर्छन्। तसर्थ इतिहासले क्रान्तिको नयाँ परिभाषा अगाडि ल्याएको छ हिजोआज। नेपालमा निरन्तर क्रान्तिको अभ्यासबाट मात्र लोकतन्त्र जनमुखी बन्न सक्छ भन्ने त विगत अढाइ दशकको अनुभवले पनि सिकाइसकेेको छ हामीलाई। अझ राज्यको व्यवहारले गर्दा नागरिक भएर बाँच्न निरन्तर सजगताको आवश्यकता बोध नवउदारवादी लोकतान्त्रिक व्यवस्थामा जरुरी भएको छ।

परन्तु, निरन्तरको सजगता र क्रान्ति कसरी गर्ने र कस्ले गर्ने भन्ने विषयमा बहस र छलफल जरुरी छ। क्रान्ति शब्दले आफैँ एउटा चित्र निर्माण गर्छ मनमस्तिष्कमा। जसमा बन्दुक, गोलीबारुद अनि त्याग र सहादतजस्ता विम्ब जोडिएका छन् क्रान्तिसँग विगतमा। व्यक्तिको आन्तरिक रूपान्तरण र सामूहिक प्रार्थनाबाट सरकार रूपान्तरण गर्ने पद्धतिलाई पनि क्रान्ति भनिन्छ आधुनिक समयमा। निर्वाचित सरकार अक्षम र भ्रष्ट हुँदा सामूहिक उपस्थिति र प्रार्थनाबाट नयाँ सरकार निर्माण हुने क्रम सामान्य भएको छ अहिले। तसर्थ, अब संभवतः पुरानो स्वरूपको क्रान्तिको जरुरत नपर्ला नेपालमा। तर टुँडीखेल र मोफसलका त्यस्तै केन्द्रमा जम्माभएर हज्जारौँ लाखौँ नागरिकले तीन वर्षभित्र लोडसेडिङ मुक्त नेपाल, भ्रष्टाचार मुक्त समाज अनि सबैका लागि राम्रो शिक्षा र स्वास्थ सेवाको प्रार्थना र दबाब गरी सरकारलाई जिम्मेवारीबोध गराउन त सकिन्छ। सरकारलाई कुम्भकर्ण निद्राबाट ब्युझाउन सकिन्छ। वाग्मती सफाइ अभियानबाट पनि नागरिकको निरन्तर क्रान्तिको उपदेयतालाई बु‰न र सम्झन सकिन्छ।  

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध राजनीतिक दलका विरोध कार्यक्रम प्रभावकारी भइरहेका थिएनन्। थोरै कार्यकर्ता सडकमा थिए र ती पनि समातिने डर थियो। यही कारण सहरका गल्लीहरूभित्र गणतन्त्रको नारा लगाएर सुरक्षाकर्मीलाई छल्दै हामीले आन्दोलन मर्न दिएको थिएनौ। राजनीतिक दल र नेतासँगको गहिरो निराशाबाट जनतालाई आन्दोलनमा सहभागी गराउन नेपालको राजनीतिमा नयाँ प्रयोग र अभ्यास भयो त्यही समय। त्यो सफल पनि भयो।

त्यस अभ्यासका क्रममा नेपाली जनताको मानसपटलमा केही छवि निर्माण भए जस्ले आन्दोलनको ऊर्जा र उचाइमाथि पुर्‍याए। गैरराजनीतिक क्षेत्र खासगरी मानव अधिकारकर्मी, साहित्यकार, गायक, कवि, विश्वविद्यालयका प्राध्यापक, कलाकार, संगीतकर्मी, व्यंग्यकारलगायत अनेकौं क्षेत्रका प्रतिभा त्यसैताका नेपालको सडक आन्दोलनमा देखा परे। अहिले पनि आँखा चिम्म गरी नेपालमा मानव अधिकारकर्मी सम्झदा एउटा तस्बिर सबै नेपालीको मनमस्तिष्कमा आउँछ । किन? अहिले पनि कीर्तिपुर आन्दोलनको चर्चा गर्दा एकजना प्राध्यापकको चित्र आउँछ किन? मोफसलमा बसी व्यग्यचित्र (कार्टुन)को माध्यमबाट सबै आन्दोलनकारीलाई ऊर्जावान बनाउने नेपालमा एकै जना न थिए। आन्दोलनमात्र हैन विकासका क्षेत्रमा पनि त्यस्तै निजी विश्वविद्यालय पनि अन्तर्राष्ट्रिय स्तरको नेपालमा बनाउन सकिँदोरहेछ भन्दा एउटा आकार आउँछ मानसपटलमा। तर जनताको मानसपटलमा बस्ने यस्ता छविहरू संविधानमा व्यवस्था भएअनुसारको राष्ट्रिय ख्याति प्राप्तमा नपर्ने पो रहेछ नयाँ नेपालमा। तर दलको भागबन्डामा नपर्दैमा तिनको भूमिका, प्रभाव र राष्ट्रिय जिम्मेवारी समाप्त भएको ठानिन्छ भने त्यो सोच सही हैन। धेरै चाँडै देशको राजनीतिक क्षितिजमा एउटा नयाँ क्रान्ति सशक्त र संगठितरूपमा अगाडि आउने लक्षण प्रशस्त देखिन थालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजोआज व्यस्तता बढेको छ। अस्वस्थ प्रधानमन्त्री स्वस्थ छन् भन्ने सन्देश दिनमात्रै यस्तो चहलपहल बढेको त पक्कै नहोला। बिहानैदेखि बेलुकी अबेरसम्म मन्त्री र पार्टी नेताहरूको आवतजावत बाक्लिएको देखिन्छ बालुवाटारमा। यसै उहापोहमा मन्त्रिपरिषद्को बैठकले राजनीतिक पार्टीहरूले गरेको भागबन्डालाई सदर गर्‍यो र झन्डै नौ महिनादेखि अलपत्र रहेको पच्चीस सभासद्मध्ये अठार जनाको नियुक्ति गरेको छ, राष्ट्रिय ख्याति प्राप्त व्यक्तिमध्येबाट। यी राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरू कुन कर्म गर्नाले जनताको मानसपटलमा आए अनि दलहरूको प्राथमिकतामा परे भन्ने पनि बिस्तारै जनताले सूचित हुने मौका पाउने नै छन्।  

संविधान निर्माणको लागि अपूरो रहेको संविधान सभा करिबकरिब पूरा भएकाले आउने माघ महिनाभित्र संविधानको खाका तयार हुने आशा सरकार र राजनीतिक दलले दिएका छन् यी अठार जना राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरूको चयनसँगै। तर विश्वको राजनीतिक घटनालाई नियाल्दा र नेपालमा सभासद्हरूको विगत सम्झदा आगामी माघ महिनासम्म संविधानको खाका तयार होला भनी विश्वास गर्ने आधार भने निकै कमजोर छ। संविधान निर्माण जति चाँडो हुन्छ नयाँ निर्वाचन पनि उति नै छिटो हुनुपर्छ। अन्यथा, नयाँ संविधानले वैधता र राजनीतिक औचित्य स्थापित गर्न लामो समय कुर्नुपर्ने हुन्छ। यसरी ताजा जनादेशको लागि कुर्नुपरे संविधान आए पनि संक्रमणकाल समाप्त नहुने र नयाँ ढंगले राजनीतिक अस्थिरता उत्पन्न हुने अनुमान अहिले नै गर्न सकिन्छ। संक्रमणकाल लम्मिने र बेलामा संविधान नबन्ने नबनाउने मानसिकतामा राजनीतिक दलहरू छन् कि भनेर सन्देह गर्नुपर्ने कारण यही हो। किनभने संविधान समयमै ल्याएर ताजा जनादेश लिन सत्तारुढ कांग्रेस, एमाले र विपक्षी दल अहिले तयार होलान् भनेर विश्वास गर्न सकिँदैन।

कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दल तत्काल नयाँ निर्वाचनमा जान सहमत हुने लक्षण देखिँदैन। सबैजसो दल अहिले आन्तरिक विग्रह र नेतृत्व थला परेको अवस्थामा देखिन्छन्। संविधान सभाबाट संविधान निर्माणको काम सम्पन्न गरे पनि व्यवस्थापिका संसद्को कार्यकाल बाँकी नै रहन्छ भन्ने मानसिकतामा सांसदहरू हुनु पनि अस्वभाविक होइन। अनि पदावधि बाँकी छँदै ताजा जनादेशमा जाने निर्णय भए सांसदहरू त्यसको विरुद्ध उत्रने चलन पनि नेपालमा नयाँ होइन। नेपालको राजनीतिक अस्थिरताको लामो युग यही मानसिकताबाट अगाडि बढिरहेको छ। वास्तवमा नयाँ संविधानसँगै ताजा निर्वाचनमा जाने विषयमा अहिलेसम्म कुनै राजनीतिक दलका नेताले सोचेका पनि छैनन् होला। तसर्थ, सहजै अनुमान लगाउन सकिन्छ वर्तमान सरकार अझै लामो जान्छ र संविधान निर्माणको समयतालिका फेरिनेक्रम जारी रहनेछ। संविधान निर्माण गर्ने एकमात्र लक्ष्य लिएको सरकार सुस्त गतिमा चल्नुपर्ने बाध्यात्मक परिस्थिति छ। तर के सरकारको काम संविधान निर्माण गर्नुमात्र हो? देशको अलपत्र स्थिति हेर्दा त त्यस्तै देखिन्छ।

एकातिर राजधानीमा ठूलाठालुहरू बन्दुक बोकेका सुरक्षाकर्मी लगाएर बाटो खुला गरेर गुडिरहेका छन् भने अर्कोतिर सम्पूर्ण देशभर सडकहररू अवरुद्ध छन्। कुनै राजमार्ग पनि पूरै चलेका छैनन्। नेपाली जनतालाई एकठाउँबाट अर्को ठाउँ जान फेरि भारत छिर्नुपर्ने बाध्यता उत्पन्न हुँदैछ। हवाई यात्रा सर्वसाधारण जनताका लागि अपर्याप्त र महंगो छ। राजमार्गमा निर्बाध यातायात चल्न नसकेको कैयौं साता भए पनि सरकारलाई कुनै चासो नै नभएको प्रतीत हुन्छ। राजधानी भित्रिने सामान बोकेका ट्रक बर्दिवास–लालगढका बीचमा दसौं दिनदेखि अलपत्र छन्। वृद्ध, बिरामी र बच्चा राजमार्गमा बसबाट उत्रेर एक दुई किलोमिटर हिँडेर अकोगाडी समात्न बाध्य छन्। पहाडको पहिरोमा परी मारिएका, बिचल्लीमा परेका र अंगभंग भएकाप्रति सरकार संवेदनहीन देखियो भनेर पीडितहरू नै नारावाजीमा उत्रिए। तराईका राजमार्गहरूमा त्यस्तै अवस्था छ। नेपालीको मुख्य चाड दसैंतिहार अगाडि छ। लाखौं नेपालीहरू विदेशबाट सामान बोकेर आफ्नो घरतर्फ जान आउँछन्। सरकारको गति यही हो भने दसैंको मुखमा नेपाली जनताले ठूलै सास्ती भोग्नुपर्ने देखिन्छ।

यतिखेर देश संचालनको ‘अथोरिटी' नै कहाँ छ भन्ने शंका उब्जेको छ। प्रधानमन्त्री आफ्नो तन्दुरुस्तीको प्रमाण कार्यव्यस्तताबाट बुझ्न संचारक्षेत्रलाई सम्झाइरहेका छन्। प्रधानमन्त्रीले सम्झाउने र बुझाउने संचारक्षेत्रलाई होइन नागरिकलाई हो। प्रधानमन्त्रीले मंत्रीहरूमाथि डण्डा चलाउन स्वास्थको प्रमाणपत्र पेस गर्नुपर्दैन। नागरिक तहबाट हेर्दा भ्रष्टाचार नियन्त्रण गर्नेमात्र होइन शासन नै सञ्चालन गर्ने सबै जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएर मन्त्रीमण्डल बालुवाटारको बंकरमा वास गरेको भान भएको छ। मंत्रीहरू सबैभन्दा सरल र अनुभवहीन प्रधानमन्त्री पाएर दंग छन्। यता जनता भने बिचल्लीमा परेर सडक र नदी किनारमा सास्ती भोग्दैछन्। विपत्तिको समयमा पनि मन्त्रीहरू पटक्कै संवेदनशील नदेखिएको यथार्थलाई राजमार्गमा वृद्ध र बिरामीहरूले वाणी दिन्छन्, पहिरो र बाढीमा परेका असहायले बिलौना गर्दै भन्ने गरेका छन्।

साँच्चै नै नयाँ नेपाल सबैतिर अलपत्र परेको छ। शिक्षा, स्वास्थ, बजार प्रणाली, भौतिक पूर्वाधार, सुरक्षा अवस्था कुनै क्षेत्रमा पनि पद्धति र प्रक्रियाबाट संस्थाहरू गतिमान् हुनसकेका छैनन्। पूरै राज्य संयन्त्र तजबिजी हैकबाट सञ्चालित छ। पुरानो व्यवस्था रहेन, नयाँ व्यवस्था चलिरहेको छैन। त्यसैले यस्तो अवस्थालाई सक्रमणकाल भनिएको होला।

नयाँ नेपालमा व्यक्तिको जागरुकता बढेको छ। सरकार र राज्यको दायित्व र भूमिका बारे नागरिक तहमा बहस र छलफल भइरहेको छ। विगतमा सरकारको सबै गैरजिम्मेवारी र उपेक्षालाई जनताले सहजरूपमा स्वीकार गर्थे। अझ भनौ, स्वीकार्न बाध्य थिए। अब त्यस्तो छैन। संचारको विकासले जनचेतनामा अपूर्व वृद्धि भएकोछ। केही हदसम्म सञ्जार जगतले जनताको मनोभावलाई वाणी दिएको छ, ‘रेस्पोन्स' गरेको छ। राजमार्गमा टन्टलापुर घाममा हिँड्ने व्यक्ति पनि कानमा रेडियो लगाएर समाचार सुन्न छुटाउँदैनन्। बिस्तारै जनआक्रोसले सूत्रको रूपमा आकार लिँदैछ। जागरुक क्रान्तिका लागि नेपाली समाजमा स्थापित अनुहारहरूबीच पनि छलफल गहन हुँदैछ। हुनत, सरकारमा बसैकाहरू दसैंतिहार पछि क्रियाशील हुनुपर्ला भनेर अहिले सुस्ताउँदै रहेका होलान् तर जनआक्रोश हेर्दा भित्रभित्रै नयाँ आन्दोलन उठ्ने पूर्वाभास भइरहेको छ। सत्ताको अट्टालिकाबाट सतहको हलचल नदेखिनु स्वाभाविकै होला तर यथार्थलाई त्यसरी बेवास्ता गर्नुभन्दा समयमै सचेत भए बेस हुनेछ।



अर्को समाचार
चीनमा ४४ नेपाली चेली अलपत्र
१२ असार २०७६
•
१० मिनेट पाठ
चीनमा ४४ नेपाली चेली अलपत्र
बेइजिङ - गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् । उनीहरूलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो । अलपत्र नेपाली चेलीले आफूहरूलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।




काठमाडौं गौशाला पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीले मोटो रकम लिएर आफूहरूलाई चीन पठाएको ती चेलीले बताएका छन् । उक्त मेनपावर कम्पनीले गार्मेन्ट कारखानामा कपडा ‘प्याकिङ’ गर्ने काम र आकर्षक तलब पाइने भन्दै झुक्याएर चीन पठाएको आरोप उनीहरूको छ । गत मे १२ मा ३९ जना र सोही महिनाको ३१ तारिखमा १० नेपाली महिला उत्तर कोरियाको सीमानजिकै पर्ने तानतोङ आएका थिए । उनीहरुमध्ये पाँचजना केही सातापछि नेपाल फर्किसकेका छन् भने ४४ जना अलपत्र परेका छन् । पहिलो चरणमा चीन आएका ३४ जनाको भिसा सकिएको दुई साता भइसकेको छ भने दोस्रो चरणमा आएका १० जनाको भिसा पनि सकिँदैछ । चिनियाँ कानुनअनुसार अवैधरुपमा चीन बस्ने विदेशीलाई दैनिक पाँच सय युआन जरिवाना हुन्छ । भिसा अवधि सकिएको तीन सातापछि हिरासतमा लिइन्छ । चीनमा अलपत्र पर्नेमा १९ देखि ३७ वर्ष उमेरसम्मका सामान्य साक्षरदेखि उच्च मावि तह उत्तीर्णसम्म छन् ।

उद्धारका लागि नेपाली दूतावास र मेनपावर कम्पनीसँग हारगुहार

कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीका राम कार्की, गिरिराज घिमिरे र निर्णय पौडेलले मोटो रकम लिएर आफूहरुलाई चीन पठाएको अलपत्र नेपाली चेलीले बताएका छन् । नेपालबाट चीन पठाउँदा गार्मेन्ट कारखानामा कपडा ‘प्याकिङ’ गर्ने भनिए पनि आफूहहरूले यहाँ आएर मेसिनबाट लुगा सिलाउने काम गर्नुपरेको अलपत्रमध्येकी सविता भट्टराईले बताइन् । मेसिन चलाउन आउँदैन भन्दा पनि जबरजस्ती काममा लगाइएको र मेसिन वा गार्मेन्ट बिग्रिएमा क्षति तिर्नुुपर्ने भन्दै रोजगारदाताले धम्की दिने गरेको उनले बताइन् ।

एजेन्टमार्फत कम्पास मेनपावरको सम्पर्कमा आएका उनीहरुले जनही कम्तीमा ६० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म तिरेको पीडितमध्येकी सर्लाहीकी संगीता बखरेलले बताइन् । कम्पास मेन पावर कम्पनीले उनीहरुलाई ३५ हजार रुपैयाँ तलब हुने भनेको थियो तर यहाँ एक महिनाको तलब भन्दै तीन सय ४५ चिनियाँ युआन (पाँच हजार रुपैयाँ ) मात्र दिइएको गुनासो उनले गरिन् । उनका अनुसार थोरै पैसामा काम गर्न नसक्ने भन्दै कम्पास मेनपावर कम्पनीमा फोन गरेपछि गार्मेन्ट कारखानाले एक सय डलर थपिदिएको थियो । पैसा थपिदिए पनि नेपालमा सम्झौता गर्दा उल्लेख गरिएको ३५ हजारको आधा पनि हुँदैन । गार्मेन्ट कारखानामा वाङ र चाङ नाम गरेका व्यक्तिले काम लगाउने गरेको बखरेलले बताइन् ।

काठमाडौंस्थित कम्पास मेनपावर कम्पनीबाट एक महिनाको पर्यटन भिसामा गार्मेन्ट कारखानामा काम गर्न चीन पठाइएका नेपाली चेलीको भिसा अवधि सकिएको छ । उनीहरूले सम्झौताअनुसार सेवासुविधा र तलब पनि पाएका छैनन् ।

बखरेलका अनुसार नेपालबाट चीन पठाउँदा मेनपावर कम्पनीले दैनिक ८ घण्टामात्र काम गर्नुपर्ने भने पनि ११ घण्टासम्म पसिना बगाउनुपरेको छ । बिहान ६ बजे घण्टी बजेपछि एक कचौरा जाउलो खाएर सात बजेभित्र कारखानाभित्र छिरिसक्नुपर्छ । सातदेखि १२ बजेसम्म काम गरेपछि खाना खान क्यान्टिन जानुपर्छ । क्यान्टिनमा एउटा तरकारी र एक कचौरा भातमात्र खान दिइन्छ । आधा घण्टाभित्र खाना खाएर साढे १२ देखि साँझ साढे ६ बजेसम्म निरन्तर काम गर्नुपर्छ । एउटा कोठामा ८ जनालाई राखिन्छ । कोही बिरामी भएर काममा जान नसके क्यान्टिनमा खाना खान नदिने गरेको बखरेलले बताइन् । कारखाना परिसरभन्दा बाहिर निस्कन नदिने र त्यहाँ पसल भए पनि किनेर खान नपाइने भएकाले बिरामी पर्दा भोकभोकै बस्नुपरेको उनले बताइन् । उनका अनुसार महिनामा दुई दिनमात्र बिदा हुन्छ । कारखानामा आफूहरूलाई शारीरिकसँगै मानसिक यातना दिइएको र मेनपावर कम्पनीलाई उद्धार गरी नेपाल फर्काउन भन्दा उसले ‘त्यस्तै हो काम गर्दै गर’ भनेर अलमल्याएको अर्की पीडित सुमित्रा बराइलीले बताइन् ।

गत अक्टुबरमा ल्याबोनिङ प्रान्तको तानतोङबाट तानतोङ गार्मेन्ट कारखानाले नेपाली कामदार माग गर्न स्वीकृतिका लागि बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएको थियो । आवेदनमा साताको ६ दिन काम गर्ने र मासिक तलब साढे तीन सय अमेरिकी डलरदेखि माथि हुने उल्लेख गरिएको थियो । कारखानाको स्थलगत निरीक्षणपछि उपयुक्त लागेर स्वीकृति दिएको दूतावासका मिनिस्टर सुशील लम्सालले नागरिकलाई बताए । सम्झौताअनुसारको काम र पारिश्रमिक किन नदिएको भनेर दूतावासले प्रश्न गर्दा गार्मेन्ट कारखानाका अधिकारीले अत्यन्त गैरजिम्मेवार जबाफ दिने गरेको उनले बताए । लम्सालले भने, ‘कम्पास मेनपावरले नेपालीलाई त्यत्रो पैसा दिनुपर्दैन । त्यो सम्झौता नेपाल सरकारलाई देखाउनमात्र हो भनेको रहेछ ।’

कम्पास मेनपावर कम्पनीले ‘मानव बेचबिखन’ कै रुपमा काम गरेको समेत पाइएको छ । चिनियाँ रोजगारदाता उक्त कम्पनीका अधिकारीले कम्पास मेनपावरका सञ्चालकले श्रमिकलाई सम्झौताअनुसार पैसा दिनुनपर्ने र बाँकी पैसा एकआपसमा बाँड्नुपर्ने भनेको जानकारी दूतावासलाई गराएका छन् । चिनियाँ कम्पनीले कामदार चीन आउँदा लाग्ने सबै खर्च बेहोरे पनि नेपालको मेनपावर कम्पनीले मनलाग्दी पैसा असुलेको छ । नेपाल फर्किएका चारजनाले आफूहरुले तिरेको पैसा फिर्ता माग्दा मेनपावर कम्पनीले आलटाल गर्दै आएको छ । ‘बाहिर हल्ला नगर, तिमीहरुलाई त्यही पैसामा अर्को देश पठाउँला’ भन्दै आफूहरुलाई अलमल्याएको चीनबाट फर्किएकी एक महिलाले टेलिफोनमा बताइन् ।

चिनियाँ कम्पनीले गत अक्टुबरमा नेपाली दूतावासमा बुझाएको सेवासुविधासम्बन्धी सर्तमा दिएको निवेदनअनुसार कामदारको स्वास्थ्य बिमा, हवाई टिकट, खानबस्न, टेलिफोन सुविधा, हरेक दुई वर्षमा नेपाल जाने टिकटसहित बिदाको सुविधा हुनेलगायत उल्लेख छ । तर कम्पनीले सर्तअनुसारका कुनै पनि सुविधा उपलब्ध नगराएको पीडितले बताएका छन् । चिनियाँ कम्पनीले नेपालीलाई कामदार भिसा पनि दिन नसक्ने संकेत गरेको छ । चीनमा विदेशीलाई कामदार भिसा दिन निकै कडा गरिएको छ ।

नेपाली दूतावासले नेपाली चेलीहरुको उद्धारका लागि चिनियाँ कम्पनी र काठमाडौंस्थित कम्पास मेनपावर कम्पनीसँग कुरा गरिरहेको मिनिस्टर लम्सालले जानकारी दिए । ‘जेजसरी हुन्छ, केही दिनमै उनीहरुलाई नेपाल फर्काउने काम हुन्छ’, लम्सालले भने, ‘चीनमा पर्यटन भिसामा आएर कामदार भिसा पाउन धेरै कठिन छ ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस