पुरानो सम्बन्धका पुरानै चुनौती
२७ साउन २०७१
•
१८ मिनेट पाठ
पुरानो सम्बन्धका पुरानै चुनौती
भनिन्छ, नेपाल र भारतबीच ‘रोटी र बेटी’को संबन्ध छ। एक अर्बभन्दा बढी जनसंख्या भएको भारत र ३ करोड जनसंख्या पनि नभएको नेपाल, परमाणु क्लबको सदस्य भारत र सियोदेखि हवाइजहाजसम्म आयात गर्नुपर्ने नेपाल।तैपनि दुई देशबीच खुला सीमाना छ। बहुसंख्यक नेपाली विश्वनाथको दर्शन नगरुञ्जेल जीवन सार्थक नहुने ठान्छन् भने भारतका अधिकांश हिन्दुले पनि पशुपतिनाथको दर्शनपछि मात्र जीवन सार्थक रहेको मान्छन्। जनस्तरको यही सम्बन्धलाई आत्मासत् गरेर नै भारतका प्रथम प्रधानमन्त्री नेहरुले नेपाल भारतका बीचको सम्बन्धलाई ‘अनुपम’ भनेका हुनुपर्छ।
 नेहरुको सन् १९५१ मा भएको प्रथम नेपाल भ्रमणपछि त्रिभुवन राजपथ निर्माण एवं कोलंबो प्लानअन्तर्गत र भारत सरकारको सिधै छात्रवृत्तिमा नेपालका वैज्ञानिक, डाक्टर, प्राध्यापक तथा अन्य क्षेत्रका विशेषज्ञ तयार पार्न भारतले गरेको सहयोगले नेपालमा विकासलेे गति लिन थालेको हो। भारतीय सहयोग नभएको आधुनिक नेपालको कुनै क्षेत्र पनि छैन। विकासमा मात्र होइन नेपाली जनताले लोकतन्त्रका लागि गरेका संघर्षहरू २००७ सालको क्रान्तिदेखि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि भएका संघर्षमा भारतीयहरूको नैतिक समर्थन रहेको थियो। भारत लोकतन्त्रको लागि भएका आन्दोलन र संघर्षप्रति उदार नभएको भए २०१७ सालपछि नेपालका धेरै प्रजातन्त्रवादी नेता मारिने थिए र नेपाल अझ लामो समयसम्म तानाशाहीको फन्दाबाट उम्कन सक्ने थिएन। अन्ततः नेपालीले कम्युनिस्ट सर्वसत्तावादी शासन सहनुपर्ने हुनसक्थ्यो। सत्र सालको परिवर्तनभन्दा पहिले नेपालको उत्तरी सीमामा कम्युनिस्ट चीनको आधिपत्य स्थापित भइसकेको थियो। यति हुँदाहुँदै पनि नेपालका स्वतन्त्र निर्णयहरूमा चीनको हात देख्ने भारतीय संस्थापनको दृष्टिदोषले गर्दा दुई देशबीचको व्यापक अनुपम सम्बन्धको न्यानोपन नेपालीले अनुभव गर्न पाएनन्। चाहे कोदारी राजमार्गको निर्माणमा होस् वा पूर्व—पश्चिम राजमार्गको निर्माणमा चीनको सहभागितालाई भारतले आफ्नो सुरक्षा र स्वतन्त्रता माथिको खतरा ठान्ने गरेको तीतो अनुभव नेपाली जनताले गर्नुपर्योन।
 भूगोल र जनस्तरमा रहेको निकटता सरकारी स्तरमा देखिन नसकेको धेरै भइसकेको थियो। यस्तो बेलामा भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदी यही २०७१ सालको साउन १८ गते नेपाल आए र भोलिपल्टै स्वदेश फर्के।  प्रधानमन्त्री मोदीले नेपालको संसद्लाई गरेको सम्बोधनको जिल्लाजिल्लाका एफएम रेडियो र नेपाल र भारतका टेलिभिजनहरूले पनि प्रत्यक्ष प्रसारण गरेकाले उनलाई सुन्ने र उनको ‘बडी ल्याङवेज’ हेर्ने बुझ्ने मौका कुनाकाप्चाका नेपालीलाई समेत मिल्यो। पशुपतिनाथको विशेष पूजा, लुम्बिनी र जनकपुरको विशेष चर्चा अनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहेको उनको द्विविधारहित  अभिव्यक्तिले पनि नेपालका ८१  प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ४ प्रतिशत किराँती गरी ९४ प्रतिशत ॐ कार परिवारका जनतामा विशेष प्रभाव पार्यो । एकै दिनमा स्वदेश र विदेशमा रहेका ४० हजार नेपालीले सामाजिक संजालमा प्रतिक्रिया जनाएर उनीप्रति आत्मीयता प्रकट गरे।
 भारतको संसद्मा प्रधानमन्त्री मोदीले पशुपतिनाथको पूजाआजा गरेकोमा आलोचनासमेत भयो। तर पशुपतिनाथको दर्शन गर्ने उनी पहिला भारतीय प्रधानमन्त्री भने होइनन्। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सन् १९५१ मा पहिलो पटक र विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला दोस्रो पटक नेपालको भ्रमणमा आउँदा पशुपतिनाथको दर्शन गरेका थिए। नेहरुले पूजाअर्चनामा भने चासो देखाएनन्। पशुपति मन्दिर परिसरमा रहेको उन्मत्त भैरवको महत्व तथा भैरव र शिवजीको सम्बन्धका विषयमा उनले बीपीसँग लामो विश्लेषणात्मक चर्चा गरेका थिए। नेहरुपछि राजीव गान्धी, अटलविहारी वाजपेयी, पीभी नरसिंह रावलगायतका भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा पशुपतिको दर्शन गरेका थिए।
 विभिन्न समयमा नेपालको भ्रमण गर्ने अन्य विदेशी नेतामा चीनका प्रधानमन्त्री चाउएन लाई, फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितराँ, बेलायतकी महारानी एलिजावेथ द्वितीय, भारतका राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन, श्रीलंकाका राष्ट्रपति जयवर्धने र सोभियत संघका राष्ट्रपति भोरोसिलोभ आदि उल्लेख्य व्यक्ति पनि थिए। त्यतिबेला न त नेपालको संचार क्षेत्र अहिलेजस्तो विकसित थियो न तिनले नेपाली जनताको मनमस्तिष्क छुने भाषण नै दिएका थिए। अधिकांशले औपचारिक कूटनीतिक भाषा बोलेका थिए। मोदीले कूटनीतिक औपचारिकताभन्दा माथि उठेर सिधै नेपाली जनतालाई सम्बोधन गरे। हिमाल, पहाड र तराईको चर्चा गर्दै नेपाल सार्वभौम राष्ट्र भएकोमा जोड दिए। भारतको स्वतन्त्रताको लागि नेपालीले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै उनले भने — हिन्दुस्थानले त्यस्तो कुनै पनि लडाइँमा विजय हासिल गरेको छैन, जुन विजयमा नेपालीको रगत नबगेको होस्। नाम नलिए पनि उनको भाषणको अन्तर्यमा भारतीय स्वतन्त्रता संग्राममा वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारीलगायतका नेपाली नेताहरूले गरेको योगदानको मूल्याङ्कन थियो।
 मधेसवादी दलका नेतासँगको भेटमा नेपालको कुनै एउटा भूभागको नभएर सिंगो राष्ट्रको विकासमा लाग्न उनले दिएको सल्लाहले नेपाली जनतामा भारतप्रति रहेको शंका मेटाउन केही सहयोग गर्योा। पहिलो संविधान सभामा संघीयतामा जाँदा ‘एक मधेस :  एक प्रदेश’ र जातीय संघीयताको विषय चर्कोरूपमा उठाइएको थियो। भारतमा मूलतः मनमोहन सिंहको सरकारका पालामा नेपालको राजनीतिदेखि प्रशासनसम्ममा भारतीय संस्थापन एवं खुफिया एजेन्सीको अनावश्यक चासो र हस्तक्षेपले भारतको नियतमाथि नै नेपाली जनमानसमा शंका र भय उब्जेको थियो। प्रधानमन्त्री मोदीले त्यसलाई मेटाउने राम्रै प्रयास गरे। यसले नेपाली जनमानसमा भारतप्रति सकारात्मक धारणा बनाउन सहयोगी भूमिका खेलेको भन्नु अत्युक्ति हुनेछैन। प्रधानमन्त्री मोदीको भ्रमणपछि मधेसवादी दलका नेताको प्रतिक्रियाले पनि त्यसलाई पुष्टि गरेको छ।
 प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै पटकपटक चीनको भ्रमण गरी त्यहाँको विकासबाट प्रभावित नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएका छन्। अब नेपालको विकासमा चीनले गर्ने सहयोगप्रति भारतको सकारात्मक धारणा रहने अपेक्षा नेपाली जनताले राख्दा अन्यथा हुनेछैन। अहिले भारतको सबभन्दा ठूलो व्यापार साझेदार चीन भएको छ। व्यापारको परिमाण सन् २०१५ सम्ममा १०० खर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
 प्रधानमन्त्री मोदीले इतिहास र धर्मका चर्चामात्र गरेनन् बरु दुई देशकेा सम्बन्धलाई समयसापेक्ष बनाउने केही आधारभूत विषय पनि प्रस्तुत गरेका छन्। नेपालको ऊर्जाको दीर्घकालीन विकासको बाटो खोल्ने ऊर्जाको विकास र व्यापार सम्झौता ४५ दिनभित्र गर्ने समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको छ। उनले नेपालको बिजुली भारत सित्तैमा होइन पैसा तिरेर लिन चाहन्छ भनेका छन्। यसले माथिल्लो कर्णालीबाट निस्कने ९०० मेघावाट विद्युत उत्पादनको द्वार खोल्नेछ र विद्युत् व्यापार संझौता भए अरू विद्युत् आयोजना निर्माणको सम्भावना पनि बढ्नेछ।
नेपाल र भारतका जल विद्युत् आयोजनामध्ये दुवै देशको समान अधिकार स्थापित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना वर्षौंदेखि कार्यान्वयन भएको थिएन। अब वर्ष दिनभित्रमा कार्यान्वयन गर्ने र त्यसलाई अघि बढाउन प्राधिकरण स्थापना गर्ने तथा त्यसको कार्यालय नेपालमा रहने निर्णय भएको छ। यो मोदी भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि हो। यस अघिका कोसी र गण्डक सम्झौतामा ठगिइएको अनुभव गरेका नेपालीले निम्ति पञ्चेश्वर बहुउद्देश्यीय योजना ‘कासे ढुंगा’ हुने अपेक्षा गरेका छन्। यसबाट उत्पादन हुने ५ हजार ६ सय मेगावाट विद्युत् दुवै देशले आधाआधा गर्ने र पानीको तल्लो तटीयअधिकार समेत संझौतामै उल्लेख भएकाले नेपाल भारतबीचका संझौतामध्ये यो विशेष प्रकारको हुन पुगेको हो। यसैगरी अपर कर्णालीमा संझौता भयो भने ४ सय मेगावाट क्षमतालाई बढाएर ९ सय मेगावाट पुर्याौउन सकिने भनिएको अरुणको निर्माणको पनि बाटो खुल्नेछ। अरुण तेश्रो बन्यो भने अरुणमै दोस्रो र चौथो आयोजना सुरु हुनेछ र अरुण भ्यालीलाई ‘विद्युत हव’का रूपमा विकास गर्न सकिनेछ।
 प्रधानमन्त्री मोदीको भ्रमणको अवसरमा भएको नेपालको पूर्वाधार विकासमा खर्च गर्नेगरी १ अर्ब डलर बराबरको सहुलियत ऋण दिने घोषणा भारतले अहिलेसम्म नेपाललाई दिइआएको सहयोगमा सबैभन्दा ठूलो धनराशि हो। यसलाई कसरी र केमा खर्च गर्ने निर्णय नेपालले नै गर्ने हो तर मोदीले नेपालको विकासको लागि नयाँ सूत्र ‘हिट’ सुझाएका छन्। हिटको एचले हाई वे (राजमार्ग), आईले इन्फर्मेसन वे (सूचनाप्रविधि मार्ग) र टीले ट्रान्स वे ( विद्युत् प्रसारण लाइन) बुझाउँछ। मोदीले नेपालको विकासका लागि यो सूत्र प्रभावकारी हुनेमा जोड दिएका छन्। यसैगरी कृषिमा अर्गानिक (जैविक) खेती र जडीबुटीको विकासमा ध्यान दिन पनि नेपाललाई सल्लाह दिऐका छन्। अरू विकास आयोजनाका निम्ति पनि भारतले सहयोग गर्ने घोषणा गरिएको छ।
 भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहण समारोहमा सबै छिमेकी देशका नेतालाई बोलाएर अब भारतको परराष्ट्र नीतिको प्राथमिकता पहिलेका भारतीय सरकारको भन्दा भिन्न हुने सन्देश दिए।  ‘सबका साथ :  सबका विकास’ मोदीको नारा रहेको छ। भारत २१ औं शताब्दीमा महाशक्ति राष्ट्र बन्ने हो भने छिमेकीसँगको सम्बन्ध सौहार्द बनाउनुका साथै छिमेकको पनि सँगै विकास हुनुपर्ने उनले बुझेको स्पष्ट पारेका छन्। यस क्रममा उनको पहिलो विदेश भ्रमण भुटान र दोस्रो नेपाल रह्यो। दुवै भ्रमणमा मुख्य मोदीले मुख्य कार्यसूची विकासलाई बनाएका छन्।
 छिमेकीलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ भन्ने भारतका प्रधानमन्त्रीको नीति मोदीलेे पहिलो बनाएका भने होइनन्। यसभन्दा पहिले तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालले पनि यस्तै नीति सुरु गरेका थिए। भारतले छिमेकीसँगको सम्बन्धमा उत्तिकै लाभ (रेसिप्रोकल) खोज्नु हुँदैन भन्ने उनको नीतिलाई ‘गुजराल डक्ट्रिन’ भनिएको थियो। तर उनको सरकारै कमजोर थियो। अरूको बैशाखीमा चल्नु परेकोले त्यो धेरै दिन टिक्न सकेन। प्रधानमन्त्री मोदीलाई कसैको बैशाखी आवश्यक छैन। स्वतन्त्र भारतमा प्रथम पटक बलियो गैरकांग्रेसी सरकार अहिले बनेेको छ। पार्टीमा पनि मोदीको पकड बलियो भएकाले कम्तीमा आगामी ५ वर्ष उनले चाहेको नीति कायम रहनसक्छ।
 प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल र भारतबीचको युगौं पुरानो सम्बन्धमा नयाँ आयाम सुुरु भएको छ। तर यसको कार्यान्वयन कसरी हुने हो भन्ने चाहिँ हेर्नै बाँकी छ। मोदीका सामुन्ने पनि त्यही नोकरशाही संयन्त्र छ जुन छिमेकीसँग सम्मानपूर्ण समान व्यवहार गरेर मन र विश्वास जित्नभन्दा ठुल्याइँ देखाएर निर्देशन दिन रमाउँछ। नेपालमा पनि अनगिन्ती चुनौती छन्। सर्वप्रथम त नेपालमा राजनीतिक नेतृत्वकै प्रश्न छ। नेतृत्वको ‘लोतिखोरे’ चाल देखेर वाक्क भएकैले नेपाली जनतामा मोदीप्रति भावुक आकर्षण बढेको हो। नेपालमा राजनीतिक नेतृत्व दलभित्रको गुट र उपगुटभन्दा माथि उठ्नसकेको छैन। मोदी भ्रमणका उपलब्धि कार्यन्वयन गर्न भने यतिबेला सबै दलको नेतृत्व गंभीर र इमानदार हुनु जरुरी छ। भारतको सहयोग र सद्भावना लिएर संविधान बनाउने र मुलुकमा शान्ति एवं स्थिरता कायम गरेर विकास गर्ने जुन अपूर्व अवसर आएको छ त्यसलाई गुमाइयो भने सन्तानले धिक्कार्नेछन्। यस्तो अवस्था आउन धेरै वर्ष कुर्नुपर्ने छ। सबै नेतालाई चेतना भया।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस