मानव सभ्यताको विकाससँग सम्बन्धित विविध विधाका विज्ञका बीचमा विभिन्न विषयमा पक्कै पनि अनगिन्ती प्राज्ञिक मतभिन्नता होलान्। तर मानव समाजको विकास अत्यन्त गतिशील छ भन्नेमा भने मतैक्य नै हुनुपर्ने हो।यस गतिका निम्ति निरन्तर प्रचुर मात्रामा चाहिने ऊर्जाको स्रोत कुनै बाहिरी इन्धनको भण्डारमा नभई स्वयं मानिसभित्रै छ। कहिल्यै ह्रास नहुने, अन्य कुनै पनि ‘नवीकरणीय' ऊर्जा भन्दा दिगो त्यो ऊर्जाको स्रोत हो यथास्थितिप्रति मानिसको सार्वकालिक असन्तुष्टि। यो असन्तुष्टि सम्भवतः मानिसमा अन्तर्निहित नैसर्गिक प्रवृित्त हो। दुई खुट्टामा उभिएर हिँड्ने यो विशिष्ट प्राणीलाई ‘मानव' बनाउने प्रमुख कारक तत्वमध्येको एउटा विशिष्ट गुण हो।
तर, यथास्थितिप्रतिको त्यस असन्तुष्टिले मात्रै पुग्दैन। वर्तमानभन्दा सुन्दर भविष्यको सम्भावना छ, अहिलेभन्दा बढी खुसी,सक्षम र जाग्रत हुन सकिन्छ भन्नेजस्ता विषयमा विश्वास त्यत्तिकै आवश्यक छ। उज्यालो भविष्यको सम्भावनाले नतान्ने हो भने विद्यमान अन्धकारप्रतिको निषेधभावले धकेलेरमात्रै मानव इतिहासको रथ अघि बढ्दैन। त्यसैले, शरीरभरी छालाको रौँ खुइलिएको, आत्मरक्षाको निम्ति दाह्रा, नङ्ग्रा, सिङ, केही नभएको, उँड्न नसक्ने, भिर चढ्न नसक्ने यो निरीह दुईखुट्टे प्राणीलाई यति शक्तिशाली मनुष्य बनाउने अर्को गुण हो उज्यालोको चेत, सुन्दर सम्भावनामा विश्वास।
यथास्थितिप्रति व्यक्तिको असन्तुष्टि प्रायः क्रान्ति, विद्रोह, आन्दोलन आदिका रुपमा विष्फोट हुने गरेको छ। तर उज्यालोको चेतको अभावमा यी ठुल्ठुला विष्फोट ठूलो गर्जनका साथ केबल विध्वंशका रूपमा सिद्धिन्छन् नभए तिनले हिंसा र विनाशको नयाँ र लामो सिलसिलालाई जन्म दिन्छन्। त्यसो भए समाज अगाडि नबढ्नेमात्र हैन दशकौं पछाडि पर्न सक्छ। दुईतीन दशक यता विश्वमा भएका कैयौं घटना र ‘सम्पन्न' भए भनिएका ‘क्रान्ति'का उदाहरण हेर्दा देखिन्छ – यथास्थितिप्रतिको असन्तुष्टि र त्यसको विष्फोटले मात्र मानवसमाज अगाडि बढ्न सक्दैन।
तर वर्तमानको पीडा जति सजिलै बोध हुन्छ, उज्यालो सम्भावनाको चेत त्यति सजिलै प्राप्त हुँदैन। यथास्थितिप्रतिको असन्तुष्टि व्यक्त गर्न जति सजिलो हुन्छ, अगाडिको दिशा तय गर्न त्यति सजिलो हुँदैन। एकापसमा रहेका भिन्नता जति सजिलै देखिन्छन्, आपसी समानताका विन्दु त्यति सजिलै देखिँदैनन्। के भएन, के मन परेन, के देखि वाक्क भइयो भन्न जति सजिलो हुन्छ, के खोजेको हो बताउन त्यति सजिलो हुँदैन। त्यसैले होला, धेरै देशमा क्रान्ति र विप्लव ‘सम्पन्न' हुँदा विजयोल्लासको ठाउँ तुरन्तै अचम्मको शून्य र अन्योलले लिएको देखिएको छ। नयाँ राजनीतिक खेलाडीका स्वर र चित्रले मिडिया छ्यापछ्याप्ती भइरहँदा सामान्य जनता भने हृदयविदारक ‘ब्लूज' गाइरहेका देखिएका छन्। कति मुलुकमा थोरै सकारात्मक परिवर्तन पनि भए तर त्यसका निम्ति जनताले अनावश्यकरूपमा धेरै मूल्य चुकाउनु परेको छ।
मुलुकलाई गणतन्त्रको युगमा प्रवेश गराउन हाम्रो पछिल्लो जनआन्दोलनमा पतनोन्मुख राजतन्त्रप्रतिको असन्तुष्टिले नै प्रमुख भूमिका खेलेको हो। के कुरा ‘चाहिएन', ‘पुग्यो', भन्ने विषयले नै प्रमूख भूमिका खेलेको हो। तर त्यससँगै के ‘चाहियो' भन्ने कुराको पनि धूमिल चित्र थियो जनमानसमा। त्यसैले समकालीन विश्वमा प्रजातन्त्रका निम्ति भनेर गरिएका अनेक अधुरा आन्दोलनपछि कतिपय देशले भोग्नुपरे जस्तो बेहाल यस देशले भोगिहाल्नु परेको छैन।
तर राष्ट्र र जनताले जुन मूल्य तिर्नुपरेको छ यो परिवर्तनका निम्ति, त्यसका अनुपातमा भने राजनीतिक दलहरूमा हुनुपर्ने उत्तरदायित्वबोध, समयचेत, वैचारिक स्पष्टता, नेतृत्व क्षमता र चारित्रिक स्वच्छताको पीडादायी अभाव छ। अत्यन्त लज्जास्पद र अस्वीकार्य आत्मकेन्द्रित खेलमा रत देखिन्छन् प्रमुख दलका नेताकार्यकर्ता। पूर्वाग्रहविहीन वस्तुनिष्ठतामा र वैज्ञानिक तर्कमा आधारित ज्ञानको खोजी, सैद्धान्तिक छलफल तथा दिशानिर्धारणका सबालले कुनै पनि ठूला पार्टीमा प्रमुखता पाएको देखिँदैन।
यस अवस्थामा, नेकपा(एमाले)भित्र देशको यथार्थ र आफ्नो उत्तरदायित्वका बारेमा छलफल हुन थाले रे भन्ने उत्साहप्रद समाचार सुनिदैछ। हुनुपर्ने जत्तिकै तर्कसंगत, वस्तुनिष्ठ, पूर्वाग्रहरहित वैज्ञानिक हुन सकेका छन् कि छैनन्? थाहा छैन। आआफूले बोकेका झगडियाका पक्षमा वकिलले गर्ने बहस जस्तो ‘लाभ निर्देशित' वकालतको स्तरभन्दा माथि उठेका छन् कि छैनन् यी छलफल, त्यो पनि थाहा छैन। यति ठूलो र महत्वपूर्ण पार्टीको मामिलामा नागरिकले चासो लिनु, राम्रो होस् भन्ने चाहनु स्वाभाविकै हो।
जनसमुदायमा राम्रो प्रभाव भएको ठानिएको एमालेलाई बेलाबेलामा सैद्धान्तिक अस्पष्टताको आरोप लाग्नेगरेको छ। बुद्धिजीवी, सर्जक, सामाजिक अभियन्ताआदिका बीचमा ठूलै संख्यामा शुभेच्छुक भएको ठानिने र देशलाई तीनतीनवटा प्रधानमन्त्री दिइसकेको पार्टीलाई यो सैद्धान्तिक अस्पष्टता सुहाउने कुरै हैन। प्रतिस्पर्धी पार्टीभित्रका कमजोरी र संकटमा आफ्नो भविष्य सुरक्षित देख्ने कुनै पनि पार्टीले लामो यात्रा तय गर्न सत्तै्कन। आफैभित्रको संकटलाई पनि परिष्कृत, बलियो, स्पष्ट हुने अवसरका रूपमा देख्नसक्ने पार्टीमात्र सधैँ अघि बढिरहेको हुन्छ। तर यसका निम्ति नभई नहुने सर्त हो – नेताको चारित्रिक शुद्धता, सत्यपक्षधरता, सहकर्मीप्रतिको स्नेह, कनिष्ठहरूको सशक्तीकरण, पुस्तान्तरणमा विश्वास र अभिभावकमा हुने गुण। नेतामा वाक्पटुता हुनसक्छ, तार्किक विश्लेषण र संगठन क्षमता हुनसक्छ, दशकौं पार्टी चलाएको अनुभव पनि होला। तर मस्तिष्कको बायाँ गोलार्धको श्रेष्ठताले मात्रै कोही नेता बन्दैन। दायाँ गोलार्धको झन् ठूलो भूमिका हुन्छ। बायाँ गोलार्धको काम विश्लेषण गर्ने, तर्क गर्ने, जोड घटाउ गर्ने, जित्न खोज्ने हो। दायाँ गोलार्धको काम संश्लेषण हो, पूर्णतामा हेर्ने हो, सिर्जना, कला, नैतिकता र अभिभावकत्वको थलो हो। नेताहरूले पूर्णतामा देख्न सक्नुपर्छ घटना, परिस्थिति, यथार्थ र सम्बन्धहरूलाई। चारित्रिक शुद्धता नभएको नेताले यसो गर्न सत्तै्कन।
चीनका लिउ साओछीले उहिल्यै ‘असल कम्युनिस्ट कसरी बन्ने' भन्ने बारेमा लामै व्याख्यान दिएका रहेछन्। समाजबारे त्यसबेलाका कम्युनिस्टले जे बुझेका थिए, त्यसमा आजका कम्युनिूट, गैरकम्युनिस्टको फरक मत हुन सक्छ। तर आत्मशुद्धीकरणको पाटोमा उनले गरेका कुरामा भने जुनसुकै सामाजिक अभियन्ता पनि सहमत हुनुपर्ने हो। माओसँग सत्ताको लडाइँमा लिउ हारे, उनलाई अपमानित गरियो, अपमानकै अवस्थामा मरे। माओको त्यो ‘जित' पछि धेरै घटना भइसकेकाछन् चीनमा पनि, विश्वमा पनि। यतिका दशकपछि, मूल्यमान्यताको ह्रास र भ्रष्टाचारसँग चीन अझै जुझिरहेको छ। आर्थिकरूपमा असामान्य प्रगति गर्न सक्षम चीनले यस लडाइँमा भने सफलता प्राप्त गर्नसकेको छैन। ऊबेला चीनलाई विश्वक्रान्तिको केन्द्र मान्ने संसारभरका माओपक्षीय कम्युनिस्टले जस्तै नेपाली कम्युनिस्टले पनि लिउलाई गाली गरेका थिए। कतिले अझै गर्दै होलान्। सत्तरी, अस्सी वर्ष अगाडि चीनको सन्दर्भमा गरिएका मूल्यमान्यताका कुरा नेपालका अहिलेका कम्युनिस्ट वा गैरकम्युनिस्ट ले मान्नुपर्छ भन्ने पनि हैन। तर के चाहिँ अकाट्य छ भने जुनसुकै पार्टी पनि व्यक्तिहरूले बन्ने हो। ‘झुर' व्यक्ति लिएर असल पार्टी बनाउन असम्भव छ। त्यसैले देशको भविष्यका बारेमा, आजको विश्व सन्दर्भमा देशले लिनुपर्ने दिशा र आफ्नै भूमिकाका बारेमा एमालेभित्र गम्भीर छलफल हुन थालेकै हो भने मूल्यमान्यता, नैतिकता र आचरणका सबाल पनि त्यहाँभित्र त्यत्तिकै गम्भीर छलफलको विषय भए राम्रो हुन्थ्यो। कमरेडहरुले लिउ शाओ छीको त्यस प्रवचनलाई पनि एकचोटी पढे के हानि होला र!
जाँदा जाँदै एउटा अर्को कुरा विभिन्न पार्टीबीच अनेक भिन्नता हुँदाहुँदै पनि, यतिबेला साझा बाटो पहिल्याउन आवश्यक भएको छ देशका निम्ति। एउटै पार्टी भित्र त झन् भिन्नताको खेती गर्ने बेलै हैन। परिवर्तनका लागि भनेर त्यत्रो दुःख गरेका मानिस छन् एमालेभित्र। कुनै बेला 'कमरेड' भन्ने आयातित शब्दले कत्रो महत्व राख्थ्यो पार्टीमा! एकअर्काको कति वास्ता गर्थे कमरेडहरु! त्यो आपसी स्नेह र सम्मानलाई किन दन्त्यकथा बन्न दिने? पदको लडाइँ ज्यादै असुन्दर देखिन्छ लोकतान्त्रिक अभ्यासको अर्थ यति सतही र सस्तो हुनुहुँदैन।
मस्तिष्कको दायाँ गोलार्धलाई पनि काम गर्न दिनोस्, कमरेड। हाम्रो शुभकामना छ!