यात्राभरि राष्ट्रिय एकताको आवाज उठेको थियो। सिर्जना उत्सवमा पनि त्यही कुरा। तर, पृथ्वीनारायण शाहको जस्तो एकता होइन जसले पराजित कीर्तिपुरेको नाक काटेर सत्र धार्नी पुर्याएका थिए। नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कात्तिकको पहिलो हप्ता गैँडाकोटमा स्रष्टालाई भेला गराई यसै विषयमा बहस गरायो जहाँ सहअस्तित्वपूर्ण राष्ट्रिय एकता झल्काउने सात बुँदे घोषणापत्र जारी गरियो।
गोरखा राज्य विस्तार गर्ने पृथ्वीनारायणको महत्वाकांक्षा संयोगवश नेपालका लागि सुखद रह्यो। तर, भूगोलको एकता सब थोक होइन रहेछ। सांस्कृतिक र भावनात्मक एकता उनले गर्न सकेका रहेनछन्। त्यो नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि छताछुल्ल भयो। यो देश तिनको पनि त्यतिकै हो जसको अस्तित्व र संस्कृति सीमानाजस्तै मिचिएका छन्। त्यसैले दोस्रो जनआन्दोलनपछिको अन्तरिम संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेेेको हो। त्यो सहअस्तित्वपूर्ण सुन्दर समाजको परिकल्पना हो। तर, गतिविधि यस्ता भइरहेका छन् जसले देश फेरि बर्थडे केकजस्तै टुक्रिने हो कि भन्ने चिन्ता बढ्दै छ। त्यसविरुद्ध गैँडाकोटमा स्रष्टाले सहअस्तित्वपूर्ण राष्ट्रिय अखण्डताका पक्षमा आवाज उठाए जो संघीय लोकतान्त्रिक गणतन्त्रको पनि आवाज हो।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानको नेतृत्वमा सहमति नेपाल, अक्षर समूह, नारायणी कला मन्दिर, चितवन वाङ्मय प्रतिष्ठानले स्रष्टा सिर्जनामै मात्र रमाउने होइनन्, देशको समस्यामाथि गम्भीर चिन्तन गर्ने बौद्धिक जमात पनि हुन् भन्ने देखाउन खोजे। मेलामा थिए साहित्यकार, संगीतकार, चित्रकार र पत्रकार। तीन दिने मेलाको पहिलो दिन मोदनाथ प्रश्रितले 'सहअस्तित्व निम्ति राष्ट्रिय अखण्डता' शीर्षक कार्यपत्र प्रस्तुत गरे। सुदीप्ती भण्डारी, बुद्धि गुरुङ, प्रकाश थापा, भीम शर्मा, तमबहादुर पुनःको चित्रको सन्देश पनि त्यही थियो।
दोस्रो दिन सिर्जना उत्सवको रौनक बेग्लै थियो। चितवन र नवलपरासीका उत्साही सष्टाहरु थुप्रै भेटिए। चितवन बसेर राष्ट्रिय साहित्यमा राम्रै हस्तक्षेप गरेका युवाकवि भुपिन व्याकुल, संगीत आयाम, सरिता तिवारीका सहअस्तित्वपूर्ण राष्ट्रिय अखण्डता झल्काउने सिर्जना तारिफयोग्य थिए। ध्रुवचन्द्र गौतम, सरुभक्त आफ्ना प्रशंसकबाट जतिखेर पनि घेरिइरहेका हुन्थे। राजेन्द्र शलभ, उषा शेरचन, राजेश्वर कार्की, अमर गिरी, गोविन्दराज विनोदी, मणि लोहनी, कपिल अज्ञात, सुमनराज श्रेष्ठ, तुलसीहरि कोइराला, सनतकुमार वस्ती, आरएम डंगोल, महेन्द्र गुरुङ, होमनाथ सापकोटा, अमर न्यौपाने, निमेष निखिल, पुष्प आचार्य, खनाल रेवतीराज, इन्द्र रेग्मी, जी शर्मा, पुष्प आचार्य, नमुना शर्मा, हरिहर पौडेल, सुरेन्द्र अस्तफलका सिर्जनामा सामयिक आवाज थियो। कवि अमर गिरीलाई दिइएको यज्ञश्वर कला साहित्य पुरस्कारले मध्यपश्चिमकै सम्मान भएको टिप्पणी गरियो। त्यहीँ भेटिए एक समयका पत्रकार, गजलकार यज्ञविक्रम शाही जो रोजीरोटीका क्रममा विभिन्न आइएनजिओ चहार्न पुगे। आइएनजिओको मह कति गुलियो रहेछ भने उनी त्यतै भुलिए।
उत्सवको तेस्रो दिन नेपाली साहित्यलाई विश्वप्रतिस्पर्धामा उतार्ने पहलबारे गोविन्दराज भट्टराईको कार्यपत्रमा राजेन्द्र सुवेदी, कुमार कोइराला, ज्ञानु अधिकारी, ध्रुवेशचन्द्र गौतम, महेश पौडेलले टिप्पणी गरे। मेलाको तीनै दिन बिसौनीमा सुकर्म सांगीतिक समूहको शास्त्रीय संगीत सुनेर उपस्थित सबैले शान्ति प्राप्त गरे। नेपाली कला साहित्य प्रतिष्ठानले विगत तीन वर्षदेखि साहित्यिक यात्राको मेसो मिलाउँदै आएको छ। यात्राका परिकल्पनाकार नेपाली कला साहित्य डटकम एकेडेमीका अध्यक्ष मोमिला र उपाध्यक्ष राजेश्वर कार्की हुन् जसको पहलमा प्रतिनिधि नेपाली कविता ग्रन्थ 'सगरमाथाको नृत्यमग्न आत्मा' प्रकाशित छ। त्यसको अंग्रेजी संस्करण चाँडै नै आउँदैछ। 'कथा र निबन्धमा पनि काम हुँदैछ', मोमिलाले घोषणा गरिन्।
पत्रकारको जमातमा पत्रकारकै खिल्ली उडाउने काम भइरहेको थियो। दीपक सापकोटा, प्रतिरोध कार्की, शिखर आरोहणबीच अखबारी छेडखानी चलिरहेको थियो। संयोगले यसै बेला भारतीय जनता पार्टीका नेता जसवन्त सिंहको किताब 'जिन्ना, इन्डिया पार्टिसन, इन्पिेन्डेन्स' निकै चर्चित छ। भारतीय अखबारहरुले पुस्तक पूरै नपढी यस्तो समीक्षा लेखिदिए जसका आधारमा सिंहलाई पार्टी निकाला गरियो। पत्रकारले सहअस्तित्वपूर्ण राष्ट्रिय अखण्डतालाई पृथ्वीनारायण शाहको एकतासँग जोडिदिए भने के होला? सहभागीहरु चिन्ता व्यक्त गरिरहेका थिए।