बुहारीले सासु-ससुरा, जेठाजु, देवर र दुई वर्षकी नन्दलाई पनि 'तपाईं' भन्नुपर्छ। अझ कतिपय घरका बुहारी त पहिले कहिल्यै नभनेको भए पनि 'तपाईँ' को ठाउँमा 'हजुर' र 'जानुहोस्' को ठाउँमा 'गइस्योस्' भन्छन्। अर्काको घर गएपछि विनम्र नबनी भयो त? महिलाले विनम्रता जानेकी छैन भने सरसापट गरेरै पनि काम चलाउनै पर्ने हुन्छ। नत्र खैरियत छैन। लोग्नेको घर गएपछि ठूलो घर पाएँ भनेर महिला गद्गद् हुन्छे। घर बेच्न या त्यसको खटनपटन गर्न पो पाउँदिनन् त, बिहानै घरको माथिदेखि तलसम्म, कोठाचोटाबरण्डाको बडारकुडार गरेर स्याहार्नुपर्ने त्यो घर उनैको त हो नि! महिलालेे ठूलो घरको धक्कु नलगाए हुन्छ। बरु तीजको व्रत बस्दा अविवाहितले वरदान माग्नू - हे भगवान, हे भगवती! मलाई सानो घर मिलोस्।
छोरी मान्छे भएर ठूलो स्वरमा हाँस्नु हँुदैन - यो मैले पनि धेरैपटक पाएको चेतावनी हो। भानुभक्त बाजेको कृपाले धेरै महिला धक फुकाएर हाँस्न डराउँछन्। म मरुञ्जेल खित्का छोडेर हाँस्छु। स्कुल क्याम्पसमा गुरुगुरुआमाको पिटाइ खाने डरले बेन्चमुनि मुख छोपेर हाँसेबाहेक म सधैँं खुलेरै हाँसेकी छु। हाँसो त प्राकृतिक हुन्छ। प्राकृतिक हाँसोलाई छोरी भएकैले दमन गर्नुपर्छ रे! छोरी मान्छे भएर धेरै बाठी हुन नखोज्नू- यो अर्को 'डाइलग' हो। बाठी छोरी मान्छे नै हुन्छन्। छोरा मान्छे त बाठा हुन्छन्। होइन त?
एक्लै? अस्ति भरखर मलाई नाईटबसमा एक यात्रीले सोध्यो। उसको मनसाय थियो - छोरी मान्छे भएर एक्लै हिँडेकी? अस्तिमात्रै होइन, म धेरैपटक एक्लै हिँडेकी छु। एक्लै हिँड्दा मलाई र मेरो परिवारलाई डर लागेन तर चिन्दै नचिनेका, भरखरै देखेको मान्छेलाई आश्चर्य र डर लाग्यो। मलाई पनि सधैँं एक्लै हिँडेर 'गिनिज बुक'मा नाम लेखाउनु छैन। तर सहयात्री पाउन त गन्तव्य एउटै हुनुपर्यो नि। समय, स्थान र परिस्थितिले एक्लै हिँड्नु पर्ने हुन्छ। र, यो कुनै ठूलो कुरा त होइन। सबै आआफ्ना उद्देश्य सपना बोकेर सानो झोलामा खत्रयाकखुत्रुक हालेर गन्तव्यमा निस्केका हुन्छन्। म कोसँग डराउने? मेरो छेउछाउका यात्री आफ्नो सामान सम्हाल्न नसकेरै चिन्तित छन्, उनीहरूबाट म कसरी असुरक्षित हुँदा र?
धेरैपटक मैले दुई दिनसम्मको पैदल यात्रा एक्लै गरेकी छु। एक्लै? किन? जस्ता प्रश्नले मैले कहिल्यै यात्रा रोकिन। तर त्यस्ता प्रश्नले मनमा थोरबहुत डर पैदा गरिदिने रहेछ। पैदल यात्रामा अरू मान्छे भेटिन्छन्। तिनै मान्छेले पनि सोध्थे- एक्लै? कहाँसम्म पुग्ने हो? निमेषभरमै दिमागले मलाई खबर पठाउँथ्यो- यो एक नम्बरको डाँका हो। तब मैले उसलाई भनिदिन्थेँ- एक्लै होइन, साथीहरू पछि आउँदैछन्। म छिटोछिटो हिँड्थें। लगभग कुदेरै ऊसँगको दूरी बढाउँदै जान्थेँ। मनमनै घोषित डाँकालाई धेरै पछि छोडेपछि मात्र सन्तोषको सास लिन्थेँ। पछि हाँसो लाग्थ्यो- ऊ साँच्चैको डाँका भए एक्लै र दुक्लै सोधिरहन्थ्यो होला र? लुट्न त एकै मिनेट नै काफी हुँदैन र? आफैं खिसि्रक्क हुन्थेँ। मनभित्र मैले कत्राकत्रा डरका पुरिया कोचेकी रहेछु?
सहपाठीहरुले मलाई निडर भन्थे। स्कुले जीवनमा पाएको यो 'उपाधि' सम्झेर फुर्ति लाउने हिसाबले काठमाडौं फर्किएपछि साथीलाई भने - म एक्लै मधेश पुगेर आएँ नि! । साथीले जवाफ दिई - कुन ठूलो कुरा हो र? म खुत्रुक्कै परें। मैले ठूलै पराक्रम गरें भन्ने सोचेकी रहेछु। आफूलाई वीरांगनाको दर्जा दिनु बेर थिएन। तर साथीको जवाफले मलाई वास्तविकतामा बोध गराइदियो। हो त - एक्लै मधेश जानु कुन ठूलो कुरा भयो र?