सप्ताहव्यापी चीन भ्रमण सकेर फर्केका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई भनेका थिए - 'एक दुई दिनमा नै सहमति हुन्छ, सहमतिको विकल्प छैन, अन्य दलका शीर्षस्थ नेतासँग कुराकानी गरी उच्चस्तरीय संयन्त्र निर्माण गरेर अघि बढ्ने छौँ। संसद्को गतिरोध पनि हट्ने छ र संविधान निर्माणको प्रक्रिया अघि बढ्नेछ। अहिले म आँधी बेरीको आन्दोलनको कुरा गर्दिन।' अध्यक्ष दाहालसँगै चीन गएर फर्किएका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण)ले भोलिपल्टै एउटा कार्यक्रममा भने 'कांग्रेस-एमालेको अडान हेर्दा सहमतिको संभावना छैन। सहमति हुन सक्दैन। हाम्रा अध्यक्षले सहमतिका कुरा गरे पनि त्यो संभव छैन, आन्दोलनमा जानुको विकल्प छैन'।
माओवादीका प्रमुख दुई नेताका यी भनाइ सरसर्ती हेर्दा विरोधाभास युक्त लाग्छन्। यस्ता सार्वजनिक अभिव्यक्तिबाट सर्वसाधारण अन्योलमा पर्न सक्छन्। राजनीतिक विश्लेषकलाई लाग्न सक्छ माओवादीभित्र पुष्पकमल दाहाल र मोहन वैद्यले प्रतिनिधित्व एउटा नरम र अर्को कठोर दुई धार छन्। तर, माओवादी शान्तिपूर्ण प्रक्रियामा आएदेखि तिनका सार्वजनिक कथन र व्यवहार हेर्दा भने यो उनीहरूको रणनीति हो भन्ने स्पष्ट हुन्छ। प्रतिपक्षलाई अलमल्याएर आफ्नो लक्ष्यमा पुग्ने र सत्ता कब्जा गर्ने रणनीतिभन्दा यसलाई भिन्न अर्थमा बुझ्नु माओवादी रणनीति नबुझ्नु हो। खास गरेर माओवादी सर्वसत्तावादविरुद्ध उभिएको नेपाली कांग्रेसले दाहालको भनाइमा विश्वास गरेर अघि बढ्न खोज्यो भने महाभूल हुनेछ। प्रजातान्त्रिक मूल्य र मान्यतामा आस्था र विश्वास राख्ने नेपाली जनताप्रति धोका र गद्दारी हुनेछ। वैद्यले जे भने माओवादीको रणनीति त्यही हो। यस मानेमा वैद्य इमान्दार देखिन्छन्। उनले कहिल्यै पनि प्रजातान्त्रिक गणतन्त्रको कुरा गरेका छैनन्। जहिले पनि जनगणतन्त्रकै कुरा गरेका छन्। जनगणतन्त्रमा अदालत, सुरक्षा निकाय, प्रशासन कम्युनिष्ट पार्टीको मातहतमा रहन्छन्। जनताका मौलिक सांस्कृतिक, मानवीय हक अधिकार कम्युनिष्ट पार्टीले व्याख्या गरेअनुसार हुने गर्छ। कम्युनिष्ट शासनमा व्यक्ति गौण र पार्टी प्रधान हुन्छ। तिनका दृष्टिमा वर्तमान विधायिका/संसद् बुर्जुवाहरूको गफ गर्ने थलो हो। यसमा विश्वास नभएको हुँदा नै वैद्यले संसदबाट राजीनामा गरेका हुन्।
अन्य दलहरूसँग वार्तामा बस्दा लचकता देखाउने, कुरा नरम गर्ने र समयमा संविधान निर्माण नहुँदा उत्पन्न हुने जनआक्रोश अरूको थाप्लामा थुपार्न 'संविधानसभा माओवादीको एजेण्डा हो। हामी संविधान बनाउन प्रतिबद्ध छौंँ, कांग्रेस र एमाले गंभीर छैनन्' भनी रहनु माओवादीको तात्कालिक रणनीति हो। सत्ता कब्जा गर्ने अनुकूल समय निर्माण गर्नु चाहिँ माओवादीको एक मात्र उद्देश्य हो। १२ वूँदे सहमतिदेखि अहिलेसम्म माओवादी र सात दल वा सरकारबीच भएका संझौताअनुसार उनीहरूका तर्फबाट गर्नुपर्ने काम एउटा पनि गरेका छैनन्। जवर्जस्ती कब्जा गरिएका जग्गाजमीन र धनसंपत्ति फिर्ता, बेपत्ता पारिएका नागरिकको खोजी, मानव अधिकार उल्लंघनका गंभीर घटनाको छानवीन, सत्य निरुपण आयोग बनाउने कुनै काम भएका छैनन्। विस्तृत शान्ति संझौतामा पटक पटक भएका सहमति संझौता पालना गर्न ९ महिना सत्तामा बस्दा माओवादीले कुनै चासो लिएनन्। माओवादी नाटक गर्न खप्पिस छन्। यसैले सबै दोष अरू दलमाथि थुपारेर आफू चोखो बन्न पनि खोज्छन्। तर कांग्रेस र एमालेको सत्ता लोलुपताले गर्दामात्र माओवादीको भद्दा नाटक कलापूर्णजस्तो देखिने गरेको हो।
माओवादीको आन्तरिक मूल्याङ्कन के देखिन्छ भने परिस्थिति अनुकूल नहुन्जेल प्रतिपक्षसंँग वार्ता गर्ने, लचिलो देखिने तर कांग्रेस-एमालेका कार्यकर्ताको संपति लुटिरहने, वाईसीएलद्वारा प्रतिपक्ष माथिको आक्रमण जारी राख्ने र प्रतिपक्षलाई थकाएर सत्ता कब्जा गर्ने। चीनमा माओले यस्तै गरेका थिए। भियतनाममा हो ची मिन्हले यसै गरे। कम्युनिष्टहरूले जहाँ जहाँ सत्ता कब्जा गरे यही रणनीति अख्तियार गरेको देखिन्छ। माओवादीले ९ महिनासम्म आफ्नो नेतृत्वमा सरकारमा रहेका समयमा निजामती प्रशासन, जनपद र सशस्त्र प्रहरीमा आफ्नो गहिरो घुसपैठ भइसकेको पनि ठानेको छ। नियंत्रणमा लिन नसकेको भनेको सेनामा पनि दोस्रो प्रमुख व्यक्ति आफ्नो अनुकूल भइसकेकोमा अलिकति नमिल्दा सेना कब्जा हुन नसकेको हो। अब त्यस्तो गल्ती दोहरिन दिनु हुँदैन भन्नेमा उनीहरू सचेत देखिन्छन्। समग्र सेनासँंग वैरभाव नभएको र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालसँंग मात्र विवाद भएको भनी सेनाको मन जित्न उनीहरू अहिले नरमरूपमा प्रस्तुत हुने गरेका छन्।
राजनीतिकरूपमा मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस भएकाले द्वन्द्व प्रारंभ गर्दादेखि नै माओवादी कांग्रेसविरुद्ध कडारूपमा प्रस्तुत भएर कैयौं कांग्रेसी कार्यकर्ताको हत्या, धन संपत्ति कब्जा गरी विस्थापित हुन वाध्य पारेको हो। सत्तामा हुँदा पनि तिनलाई आफ्नो गाउँ घरमा पुनःस्थापित गराउन कांग्रेसले सकेन। त्यसैले ठूलो संख्यामा कांग्रेसजन गाउँबाट विस्थापित भएर सहर पसेका छन्। अन्तर्राष्ट्रिय जगत्को सहानुभूति लिन पनि सहरमा कांग्रेसबाट हुने विरोधप्रति माओवादीले खासै उग्र गतिविधि गरेको देखिन्न तर गाउँमा भने त्यसको ठीक उल्टो व्यवहार हुनेगरेको छ। एमालेलाई माओवादीले कहिल्यै गंभीर राजनीतिक शक्तिकारूपमा लिएको देखिँदैन। एमालेभित्रको एउटा धार माओवादी समर्थक रहेको छ भने अर्को धार नेपाली कांग्रेस निकट देखिन्छ। गाउँ स्तरका एमाले कार्यकर्तामध्ये अधिकांश माओवादीमा प्रवेश गरेका छन्। सायद, यसैले एमालेलाई माओवादी नेताले राजनीतिक शक्तिका रूपमा नहेरी अत्यन्त हेयको दृष्टिले "तेस्रो लिंगी" जस्तो अमर्यादित शब्द प्रयोग गर्ने गरेका छन्। उनीहरूले माधव नेपालको सरकारलाई कठपुतली भन्ने गरेका छन्।
अदालतलाई विधायिका मातहतमा राख्ने, विधायिकाले नै ऐनको अन्तिम व्याख्या गर्ने, अदालतमा रहेका राजनीतिक प्रकृतिका मुद्दा संसदमा छलफल गरी निर्णय गर्ने, तथाकथित विशेष परिस्थितिमा प्रेसलगायत जनताका मौलिक हकमाथि प्रतिबन्ध लगाउने, सार्वभौम जनताद्वारा निर्वाचित राष्ट्रप्रमुखलाई पनि सम्बन्धित पार्टीले फिर्ता बोलाएमा संसदले अनुमोदन गर्नुपर्ने जस्ता अप्रजातान्त्रिक प्रावधान संविधानमा राख्नै पर्ने अडान राख्ने माओवादीले नागरिक सर्वोच्चताको दुहाइ दिएर विगत ३ महिनादेखि संसद् अवरुद्ध गरेको छ। माओवादी अवरोधका कारण बजेटजस्तो अत्यन्त संवेदनशील विषय पारित हुन सकेको छैन। केही दिनभित्रमा बजेट पारित नभए राष्ट्रमा अभूतपूर्व संकट आइपर्ने र राष्ट्र नै ठप्प हुन सक्छ। यस्तो जटिल स्थितिमा राष्ट्रलाई पुर्याएर आफ्ना गलत माग पूरा गर्न सरकारलाई ९ दिनको 'अल्टिमेटम' दिएको छ। ३ महिनामा पूरा नभएका माँग ९ दिनभित्र पूरा हुँदैन भन्ने थाहा भएर नै भोलि हुनसक्ने अप्रिय घटनाबाट जोगिन माओवादीले यो सरकारलाई पासो थापेको हो।
अहिले सरकार नै छैन भन्दा कुनै अत्युक्ति हुँदैन। यस्तो परिस्थितिमा समयमा तलब खान पाएनन् भने राज्यका विभिन्न अंगले कसरी काम गर्लान्? यी सबैमा पूरा विचार गरेर नै माओवादीले संसद् अवरुद्ध र आन्दोलनको कुरा अघि सारेको हो। उसले दिएको नाराका आधारमा जनता सडकमा उत्रनेवाला छैनन् भन्ने पनि माओवादीलाई थाहा छ । वास्तवमा बेमौसमको बाजा भएको छ माओवादी आन्दोलन। आन्दोलनको घोषणा गरिसकेको हुँदा आफ्नो प्रतिष्ठा जोगाउन नेवा राज्य, तांसालिंग जातीय नारा अघि सारेको छ। जातीय मुद्दा अघि सारेर आन्दोलन चर्काउने रणनीति अन्तरगत प्रशिक्षण र तालिम दिइएको छ माओवादी कार्यकर्तालाई।
मुलुक दिन प्रतिदिन संकटको भूमरीमा फँस्दै गएको अवस्थामा माओवादीको यस रणनीतिको कसरी प्रतिवाद गर्ने भनेर सत्ताका प्रमुख घटक कांग्रेस र एमालेमा भने कुनै चिन्तन देखिदैन। एमालेभित्रको एउटा धार माओवादीले गर्न लागेको यही आन्दोलनबाट माधवकुमार नेपालको सरकार गिर्ने छ र त्यसपछि माओवादी नेतृत्वको सरकारमा आफू पनि जान पाइन्छ भन्ने मनोकांक्षा लिएर रातोदिन सरकारको शीघ्र पतनको कामना गरीरहेछ। कांग्रेस पनि संस्थागत निर्णयबिना प्रधानमन्त्रीले सभापतिको दबाबमा सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा प्रधानमन्त्रीसँंग ठुस्किएर बसेको छ। एमालेको एउटा धारले सत्ता गिराउन निरन्तर लागि पर्दा पनि हिजोका दिनमा सरकारको रक्षामा कांग्रेस उभिएको थियो। प्रधानमन्त्रीको जसरी पनि सत्ता टिकाउने मूर्खतापूर्ण निर्णयले सरकार गिराउन तत्काल नलागे पनि त्यसको प्रतिरक्षामा कांग्रेस पनि अब खडा हुने छैन। कांग्रेसका अधिकांश नेता माओवादीको आन्दोलन चर्कदै गयो भने वर्तमान सरकारलाई 'भीरबाट लड्न लागेको गाईलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन' भन्ने मनस्थितिमा देखिन्छन्।
सत्ताबाहिर आफ्नो अस्तित्व नदेख्ने माओवादीको सैन्य चिन्तनले राष्ट्रमाथि खतराको कालो बादल मडारिन थालेको छ। सरकारको विघटन र गठनमा नै दलहरू अलमलिइरहे भने संविधान समयमा बन्ने छैन। बनी हाले पनि लोकतान्त्रिक हुने छैन। जनताको इच्छा आकांक्षाविपरीतको संविधानमा नै तेस्रो जनआन्दोलनको बीजारोपण हुनेछ।
माओवादीका प्रमुख दुई नेताका यी भनाइ सरसर्ती हेर्दा विरोधाभास युक्त लाग्छन्। यस्ता सार्वजनिक अभिव्यक्तिबाट सर्वसाधारण अन्योलमा पर्न सक्छन्। राजनीतिक विश्लेषकलाई लाग्न सक्छ माओवादीभित्र पुष्पकमल दाहाल र मोहन वैद्यले प्रतिनिधित्व एउटा नरम र अर्को कठोर दुई धार छन्। तर, माओवादी शान्तिपूर्ण प्रक्रियामा आएदेखि तिनका सार्वजनिक कथन र व्यवहार हेर्दा भने यो उनीहरूको रणनीति हो भन्ने स्पष्ट हुन्छ। प्रतिपक्षलाई अलमल्याएर आफ्नो लक्ष्यमा पुग्ने र सत्ता कब्जा गर्ने रणनीतिभन्दा यसलाई भिन्न अर्थमा बुझ्नु माओवादी रणनीति नबुझ्नु हो। खास गरेर माओवादी सर्वसत्तावादविरुद्ध उभिएको नेपाली कांग्रेसले दाहालको भनाइमा विश्वास गरेर अघि बढ्न खोज्यो भने महाभूल हुनेछ। प्रजातान्त्रिक मूल्य र मान्यतामा आस्था र विश्वास राख्ने नेपाली जनताप्रति धोका र गद्दारी हुनेछ। वैद्यले जे भने माओवादीको रणनीति त्यही हो। यस मानेमा वैद्य इमान्दार देखिन्छन्। उनले कहिल्यै पनि प्रजातान्त्रिक गणतन्त्रको कुरा गरेका छैनन्। जहिले पनि जनगणतन्त्रकै कुरा गरेका छन्। जनगणतन्त्रमा अदालत, सुरक्षा निकाय, प्रशासन कम्युनिष्ट पार्टीको मातहतमा रहन्छन्। जनताका मौलिक सांस्कृतिक, मानवीय हक अधिकार कम्युनिष्ट पार्टीले व्याख्या गरेअनुसार हुने गर्छ। कम्युनिष्ट शासनमा व्यक्ति गौण र पार्टी प्रधान हुन्छ। तिनका दृष्टिमा वर्तमान विधायिका/संसद् बुर्जुवाहरूको गफ गर्ने थलो हो। यसमा विश्वास नभएको हुँदा नै वैद्यले संसदबाट राजीनामा गरेका हुन्।अन्य दलहरूसँग वार्तामा बस्दा लचकता देखाउने, कुरा नरम गर्ने र समयमा संविधान निर्माण नहुँदा उत्पन्न हुने जनआक्रोश अरूको थाप्लामा थुपार्न 'संविधानसभा माओवादीको एजेण्डा हो। हामी संविधान बनाउन प्रतिबद्ध छौंँ, कांग्रेस र एमाले गंभीर छैनन्' भनी रहनु माओवादीको तात्कालिक रणनीति हो। सत्ता कब्जा गर्ने अनुकूल समय निर्माण गर्नु चाहिँ माओवादीको एक मात्र उद्देश्य हो। १२ वूँदे सहमतिदेखि अहिलेसम्म माओवादी र सात दल वा सरकारबीच भएका संझौताअनुसार उनीहरूका तर्फबाट गर्नुपर्ने काम एउटा पनि गरेका छैनन्। जवर्जस्ती कब्जा गरिएका जग्गाजमीन र धनसंपत्ति फिर्ता, बेपत्ता पारिएका नागरिकको खोजी, मानव अधिकार उल्लंघनका गंभीर घटनाको छानवीन, सत्य निरुपण आयोग बनाउने कुनै काम भएका छैनन्। विस्तृत शान्ति संझौतामा पटक पटक भएका सहमति संझौता पालना गर्न ९ महिना सत्तामा बस्दा माओवादीले कुनै चासो लिएनन्। माओवादी नाटक गर्न खप्पिस छन्। यसैले सबै दोष अरू दलमाथि थुपारेर आफू चोखो बन्न पनि खोज्छन्। तर कांग्रेस र एमालेको सत्ता लोलुपताले गर्दामात्र माओवादीको भद्दा नाटक कलापूर्णजस्तो देखिने गरेको हो।