‘क्षमा सशक्त अस्त्र हो किनकि यसले आत्मालाई मुक्ति दिन्छ र भय हटाउँछ,' नेल्सन मण्डेलाले शान्ति प्रक्रियाका जटिलताहरू पार गर्न कदम चाल्दै गर्दा क्षमाबारे जोड दिँदै भनेका थिए। कालामाथि गोराले साढे चार शताब्दीसम्म शोषण र दमन गरे पनि मण्डेलाले बदलाको भावनालाई पूर्णत निरूत्साहित गरेर महानता देखाए।शक्ति हातमा आयो भन्दैमा दमनकारीमाथि पूर्वाग्रही बनेर प्रस्तुत भएनन्। उनको विवेकशील कार्य र महानताका कारण दक्षिण अफ्रिकाले सशस्त्र द्वन्द्वपछि शान्ति र समृद्धिको सुन्दर पथ निर्माण गर्न सक्यो। द्वन्द्वका अवशेषहरू अझै मेटिएका छैनन्। तापनि नागरिकलाई शान्तिका लागि आग्रह पूर्वाग्रह, बदला र आक्रोशभन्दा माथि उठेर सुन्दर र शान्त भविष्य निर्माणमा पथ प्रर्दशन गर्न सके। महात्मा गान्धी भन्थे– कमजोरले कदापि क्षमा दिन सक्दैन। क्षमा शक्तिशालीको विशेषता हो। गान्धीको आदर्शलाई व्यवहारमा लागु गरेका मण्डेलाले शान्तिको दियो बाल्न हात कमाएनन्। साहस देखाएर दिगो शान्तिको मार्ग कोरिछाडे। बदला र आक्रोशले प्रस्तुत भएर सलाईको काँटी सल्काएको भए शान्तिको दियो होइन बरू देश नै दनदनी बल्थ्यो होला।
सभ्य समाज र नागरिकका लागि युद्ध कदापि स्वीकार्य होइन। हिंसालाई सभ्य समाजले अस्वीकार गर्छ। तर पनि युद्ध र हिंसाबिनाको संसार परिकल्पनामा मात्र सीमित छ। संसारमा आजसम्म निर्माण भएका देश र समाज युद्धबाट बनेका हुन्। संसारका सबै समाज अझै पनि हिंसाबाट पूर्ण मुक्त छैनन्। आर्थिक समृद्धि हासिल गरेका पश्चिमा देशहरूले गृहयुद्ध झेलेका थिए। आजपर्यन्त आन्तरिक द्वन्द्व समृद्ध देशहरूको टाउको दुखाई बनेको छ। नेपालमा सशस्त्र द्वन्द्व हुनुका कारण केलाइए। निष्कर्षमा द्वन्द्व व्यवस्थापनमा चुक्नु नेपालमा सशस्त्र द्वन्द्व हुनुको प्रमुख कारण हो। सामाजिक, राजनीतिक र आर्थिक जे कारण देखाए पनि विगतमा जन्मिएका आन्तरिक र बाह्य कारणले उत्पन्न समस्याको सम्बोधन र व्यवस्थापन गर्न नसक्दा हिंसा भोग्नुपर्यो। सुन्दर र स्वर्गीय संसारको लालसा देखाएर गरिएको ‘जनयुद्ध' गलत थियो भन्ने प्रमाणित भइसक्यो। यद्यपि माओवादीले बचाउका लागि सैद्धान्तिक तर्कहरू पेश गर्न छाडेको छैन। के सोचेका थियौँ, के भयो अहिले? नतिजा साक्षी छ। यद्यपि बितेका तीता पलहरू कोट्याएर समस्या बल्झाउनु प्रत्युत्पादक हुनसक्छ।
देशमा सशस्त्र द्वन्द्वका अवशेष अझै बाँकी छन्। दुईवटा चुनाव सकिँदैमा शान्ति आयो भनेर ढुक्क हुने अवस्था छैन। लडाकु व्यवस्थापन गर्दैमा काम सकिएको छैन। शान्तिको अनुभूति गाउँका कुनाकाप्चासम्म पुग्नुपर्छ। सहरका चोक र गल्लीहरूमा सामान्य नागरिकले सुरक्षित महसुस गरी निर्धक्कसँग हिँड्न सक्नुपर्छ। विगतमा पीडित हुने हुन् या पीडक नै किन नहुन्, दुवै एकअर्काका कारण भयभित हुने अवस्था हट्नुपर्छ। द्वन्द्वले रोपेको आक्रोश र बदलाको भावना मेटिनैपर्छ। सरकारी कागजपत्रमा मेलमिलापको मसी छर्दैमा मात्र हुँदैन। नागरिकमाझ मेलमिलापको भावना विकास हुनुपर्छ। शान्ति विरोधी गतिविधि र भ्रमहरू चिर्नसक्ने सामर्थ्य बढ्नुपर्छ। सलाई कोर्नेले आगलागी पनि गराउन सक्छ र अन्धकारमा उज्यालो दिने दियो पनि जलाउन सक्छ। सलाई कोर्नेले आगो सल्काउँदैछन् कि दियो जलाउँदैछन् भन्ने सवाल महत्वपूर्ण हो। कुन नियतले शान्ति र भ्रान्तिको सवाल उठाइएको हो प्रष्ट पार्न जरूरी छ। शान्तिकामी चेतनाको दियो बाल्नु अनिवार्य छ।
शान्ति प्रक्रियामा देखापरेको मूल समस्या भनेको शान्ति कसैको व्यक्तिगत इच्छा र राजनीतिक भविष्यको बन्धक बनाइनु हो। लडाकु समायोजन, आवधिक चुनाव होस् या संविधान निर्माण प्रक्रिया नै किन नहोस् सबैलाई सत्ताको सौदावाजीमा सीमित बनाइयो। राजनीतिक र गैरराजनीतिक व्यक्तिहरूले आ–आफ्नो स्वार्थपूर्तिका लागि शान्ति प्रक्रियाको धज्जी उडाउन छाडेका छैनन्। दिगो शान्ति स्थापना भयो भने भविष्यमा केका नाममा राजनीति गर्ने? एकाथरीलाई पीडाले सताएको छ। अर्काथरीलाई दिगो शान्ति स्थापनापछि दानापानी कटौतीको भय छ। एकातर्फ चर्को स्वरले शान्तिको नारा लगाउने अर्कातर्फ द्वन्द्व चर्काएर हतियार व्यापारीको स्वार्थ पूर्ति गर्न सक्रियहरूको कमी छैन। मुखमा रामराम बगलीमा छुरा उखान सान्दर्भिक छ। आग्रह र पूर्वाग्रहले ग्रसित भई बुद्धिको दुरूपयोग गर्दै विवेकहीन भई एकोहोरो आक्रमणमा खनिनेको नियत निश्चितरूपमा गलत हुन्छ। यस्तो प्रवृत्तिकाहरू दिगो शान्तिका बाधकमात्र होइनन् दुश्मन हुन्।
सशस्त्र द्वन्द्वले भौतिक संरचना ध्वस्त भएकामात्र छैनन्। मान्छेको शरीरमात्र अङ्गभङ्ग भएका छैनन्। द्वन्द्वलाई प्रत्यक्ष वा अप्रत्यक्ष भोगेका नागरिकको मनमा गहिरो चोट छाडेको छ। विशेषगरी सशस्त्र द्वन्द्वकालमा हुर्के/बढेका युवा पिँढीमा त्यसको असर छ। धेरै मनोरोगी छन्। देशले दूरगामी असर भोग्दैछ । चुनौती सामनाका लागि सबै मिल्नुपर्छ। द्वन्द्वमा आफन्त गुमाएका, अङ्गभङ्ग भएका, सम्पत्ति गुमाएका निश्चितरूपमा बढी पीडित हुन्। तर एक दशकको काललाई देखे/भोगेका र सुनेका प्रत्येक नेपाली द्वन्द्वका पीडित हुन्। सम्झँदा पीडा हुने र बिर्सनै नसक्ने गरी दश वर्ष लामो द्वन्द्वले गहिरो घाऊ बनाएको छ। घाऊ निको पार्ने चुनौती बाँकी छ। उपचारका क्रममा दुष्प्रभाव अर्थात् साइड एफेक्टप्रति चनाखो हुन जरूरी छ। दोषीलाई दण्ड नदिँदा भविष्यमा दण्डहीनता बढ्ने गरी नकारात्मक सन्देश जानसक्छ। दण्ड दिँदा द्वन्द्वमा प्रत्यक्ष संलग्न हजारौं मुछिन्छन्। राज्यको जिम्मेवार निकायमा रहेका, राजनीतिक दलका अलावा आमजनतामा परिस्थितिको गाम्भीर्यता मनन गरेर सुझबुझ अपनाउनुपर्ने दायित्व छ।
सुकरातको जस्तो विधिको शासनका लागि बलिदानी दिने महानताको आशा वर्तमान नेपालका परिवर्तनकारी नामधारी कसैबाट गर्न सकिँदैन। सुकरातले मूल्य र मान्यतामाथि प्रश्न तेर्साए पनि राज्यको विधिमाथि चुनौती दिएर गैरकानुनी कार्य गरेको स्वीकार्दै हेमलक विष पिलाएर मृत्युदण्ड दिने फैसलाको सम्मान गरेका थिए। आफूअनुकूलको समाज रचनाका लागि नभई प्रगति र समृद्धिसहितको सभ्य समाजका लागि प्रतिबद्ध हुनेले सुकरातझैं त्याग र बलिदानी देखाउन सक्छ। निष्ठापूर्वक सही नियतले मूल्य र मान्यतामाथि चुनौती दिनेहरूले कानुनको सम्मान गर्न जान्दछन्। राज्यसत्ताको लगाम विवेकशीलको हातमा रहे मूल्य र मान्यतामाथि चुनौती बढेपछि कारणको खोजी गर्दै परिवर्तन स्वीकार्न सक्ने खूबी देखाउँछ। हामीले यी दुवै प्रकारका व्यक्तित्व नभेट्नु दुर्भाग्य हो। नत्र मेलमिलापको वैधानिक मार्ग तय भइसक्थ्यो। आजसम्म मेलमिलापको वातावरण जे/जति बन्यो त्यो जनताको स्वविवेकका कारण बन्यो। संचारमाध्यम उत्प्रेरक सावित भए। सोझा जनताको उदारता, क्षमा दिने स्वभाव र तिक्तता भुलेर मित्रताको हात बढाउने महानताले समाजमा मेलमिलापको वातावरण विकास हुँदै गएको हो। राजनीतिक नेतृत्व होस् या टाठाबाठा नै किन नहुन् सबै व्यक्तिगत स्वार्थमा अल्भि्कएका छन्। कार्यकर्ता थुनिए भन्दा पनि आफू पनि तानिने भयले सताइएका छन्। अधिकांश कार्यकर्ताको बिजोग भइसक्यो। हतियार उठाएको पछुताउ गर्दै हतास र निराश मन लिएर बाँच्नेहरू देशभित्र र बाहिर प्रशस्तै भेटिन्छन्। दण्ड दिलाउन खोज्नेमध्येका धेरैजसो टाठाबाठाको नियत सफा छैन। अतिवादी चिन्तनले ग्रस्त भएर भिडन्तको शब्द ओकल्नेहरू न्यायका नाममा शान्ति बिथोल्न खोज्छन्। दण्ड सुधार्न दिइनुपर्छ भन्ने हेतुले नभई अहंकार र स्वार्थ पूरा गर्न र गराउनका लागि चालिएको कदमप्रति सावधान हुन जरूरी छ। हिंस्रक सोच र नियतप्रति सचेत हुने अवस्था तड्कारो छ।
आरोप प्रत्यारोप, द्वन्द्वकालीन पुराना घटनालाई निहुँ बनाएर बखेडा झिक्नुले समस्या बढाउँछ। यसो भन्दैमा सबै घटनालाई एउटै डालोमा राखेर दोषीले उन्मुक्ति पाउनुपर्छ भनिएको होइन। द्वन्द्व व्यवस्थापन गर्न नसक्दा निम्तिएको सशस्त्र द्वन्द्वको दोषी द्वन्द्वका दुवै पक्ष हुन् र भागिदार आमनेपाली नागरिक। विगतबाट शिक्षा लिएर सुन्दर भविष्यको निर्माण गर्नेतर्फ अग्रसर हुनु वर्तमानको आवश्यकता हो। क्षमाले नै विगतको पीडा बिर्साएर सुखद भविष्यको बाटो देखाउँछ। नेपाली जनताले त्यो महानता देखाइसकेका छन्। १८ हजारको रगत बगाउने गरी भएको हिंसाका पक्षधरहरूलाई क्षमा दिए। हदैसम्मको अतिवाद देखाउनेहरूलाई जनताले माफी दिएको घटना संसारको कमै देशमा देखिन्छ। जनताले माफी दिए पनि हिंसात्मक गतिविधि गर्नु गल्ती भयो र हिंसा मच्चिनुपूर्व व्यवस्थापन गर्न नसकिनु कमजोरी रहेको आत्मासाथ गर्दै सार्वजनिक माफी माग्ने महानता देखाउने कोही देखिएन। जनताको माफीलाई कमजोरी ठान्ने शैली अझै देखिँदैछ।
नेपालमा हिंसा त मच्चियो तर नेल्सन मण्डेलाको जन्म भएन। मण्डेला पनि हिंसाको कुण्डबाट निस्किएर गान्धीवादी बनेका थिए। एक कार्यकाल दक्षिण अफ्रिकाको राष्ट्रपति बनेर नयाँ पुस्तामा शक्ति हस्तान्तरण गर्ने मार्ग खोलेर सत्ताबाहिर बसेका थिए। विडम्बना नै भन्नुपर्छ नेपालमा हिंसाको कुण्डबाट निस्किएकाहरूमा शान्तिका लागि बलिदानीको सोचसम्म पलाएन। सत्तालिप्सामा रहेकाहरूबाट नयाँ पुस्तालाई शक्ति हस्तान्तरण गर्नुपर्ला भन्ने भय व्याप्त छ। हिंसाको कुण्डबाट निस्किएकाहरूको हातमा लागेको रगतको दाग अझै मेटिएको छैन। टड्कारो रगत देखिएपछि दोष सजिलै लाग्छ। हिंसामा मुछिएको आरोप प्रमुख दलका पुराना पुस्ताका सबैजसो नेतामा छ। लहरो तान्दा पहरो खस्न सक्छ। त्यसैले हिंसाको पृष्ठभूमिबाट हुर्के/बढेको लहरो देशका लागि हितकर छैन। कसैको आरोपमा हच्किनुपर्ने बाध्यता र भयले सताउनेबाट गतिलोसँग सत्ता सञ्चालनको आशा गर्न सकिँदैन। दिगो शान्ति र समृद्धिको जनताले दिएको माफीको गुन तिर्न शान्ति र अहिंसाको पृष्ठभूमिबाट आएकाहरूमा नेतृत्व हस्तान्तरण हुनुपर्छ। विगतलाई क्षमासँगै हिंसाको कुण्डमा हात डुबाएका पुराना पुस्तालाई पनि क्षमा। नयाँ पुस्तामा देशको बागडोर।