दक्षिण एसियाबारे जानकार नान्सी पावेलको भारतका लागि अमेरिकी राजदूतबाट राजीनामा अप्रत्याशित होइन। भारतमा लोक सभा चुनावको पूर्वसन्ध्यामा सत्ता परिवर्तनको संकेतलगत्तै अमेरिकी नीतिमा भारतीय जनता पार्टीका प्रधान मन्त्री उमेदवार नरेन्द्र मोदीप्रतिको नीतिमा बदलावको सन्देश हो।चर्चामा आएअनुसार बाराक ओबामाले नयाँ राजदूतमा भारतीय मूलका गुजराती अमेरिकी नागरिक राजीव शाह चयन गर्न लागेका छन्। यस अवस्थामा मोदीप्रतिको नीतिमा अमेरिकाको नीतिमा यु टर्न प्रष्ट हुनेछ। सन् २००५ मा अमेरिकाका लागि भिसा आवेदन अस्वीकार गरेर भारतमा लोक सभा चुनाव नजिकिँदै गर्दा वर्षौं लामो चिसिएको सम्बन्ध अन्त गर्न अमेरिकाले कदम चाल्यो। मोदीलाई लामो समयदेखि नभेटेका अमेरिकी अधिकारीहरूले सत्तारूढ गठबन्धनको बर्हिगमनको संकेत पाउनेबित्तिकै भेटघाटको माहोल तयार गरे। पावेलले मोदीलाई फेब्रुअरी १४ मा भेटिन्। अमेरिकाले लचिलो भएको संकेतमात्र दिएन, हातेमालो गरेरै देखायो।
मोदीसँग पावेलको भेट भारतमा सम्भावित नयाँ सत्ताप्रति अमेरिका नीति परिवर्तनको सन्देश हो। सत्तारूढ गठबन्धनसँग सम्बन्ध चिसिँदा अमेरिका र भारतबीच सम्बन्ध बिग्रेको सन्देश प्रवाह भइरहँदा सुधारको संकेत पनि। शक्तिराष्ट्रहरू सामरिक स्वार्थका लागि नीति परिवर्तन गरिरहन्छन्। अमेरिकाले मोदीप्रति यही नीति लागु गर्यो। नत्र झण्डै एक दशकपछि सम्बन्ध सुधारको पहल हुन्थेन। पश्चिमा र मोदीबीचको विगत सम्बन्ध सामान्य थिएन। गुजरातमा सन् २००२ मा भएको दंगामा दोषी आरोप लागेपछि पश्चिमाहरू मोदीप्रति कठोर बनेका थिए। मानव अधिकार उल्लंघनमा संलग्न रहेको सूचीमा राखेर पानी बाराबार गर्यो। तर मोदी सत्तारोहणको सम्भावित रिपोर्ट पाएपछि ओबामा नीतिमा परिवर्तन आयो। भारतभित्र ख्याति र आकर्षण बढाए बाबजुद मोदीको अन्तर्राष्ट्रिय सम्बन्धको प्रभावकारिताबारे प्रश्न उठ्थ्यो। विशेषगरी विदेशीहरूप्रति कठोर अभिव्यक्ति दिन्थे। राजनीतिमा देखाउने र गर्नेमा फरक हुन्छ। कूटनीति क्षेत्रमा झनै लागु हुनसक्छ। सँगसँगै परिवर्तन र यु टर्न पनि सम्भव छ। मोदीसँग अमेरिकाको सम्बन्ध सुधारले लिएको दु्रत गतिले यही तथ्य उजागर गर्छ।
युरोपेली युनियनका सदस्य राष्ट्रहरू मोदीसँग सम्बन्ध सुधार्न अमेरिकाभन्दा अगाडि भए। राजदूतहरूले भेटघाट गरे र मोदीमाथि विगतमा गरिआएको बहिष्कारको नीति खारेजको घोषणा गरे। पश्चिमासँग मोदीको व्यक्तिगत सम्बन्धमा नयाँ सम्भावना गत वर्ष नै पलाएको थियो जसले वर्तमानमा मूर्त रूप लियो। मोदीप्रतिको कठोर नीति परिवर्तन गर्नु पश्चिमाहरूको रणनीति र बाध्यता दुवै हो। दक्षिण एसियाको शक्तिशाली र उदीयमान शक्ति भारतका सम्भावित प्रधान मन्त्री मोदीसँग सम्बन्ध नसुधार्नुले दीगो नकारात्मक असर पर्नसक्ने बुझेर सम्बन्धको नयाँ पुल निर्माण गरेका छन्।
मोदी सन्देश
द्वितीय विश्वयुद्धमा जितका बाबजुद बेलायतले भोगेको क्षति र विश्वमा उर्लेको स्वतन्त्रताको आन्दोलन लहरको परिणाम सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो। लामो समय बेलायतको उपनिवेश भोगेको भारतको राजनीतिमा अन्तर्राष्ट्रिय प्रभाव नकार्न सकिन्न। द्वितीय विश्वयुद्ध र त्यसपछिका केही वर्षहरूसम्म भारतमा बेलायतको सबैभन्दा बढी प्रभाव थियो। देशभित्रकै सुरक्षासम्बन्धी निर्णयमा भारतले बेलायतसँग परामर्श नगरी कदम नचालेको इतिहासकारहरूले खुलासा गरेका छन्। त्यसपछि भारतमा रूस र अमेरिका प्रभाव देखाउन तँछाडमछाड गरे। इन्दिरा गान्धीको समयमा भएका घटनाबाट उक्त अवस्थाको विश्लेषण भएका छन्। महाशक्ति बनिसकेको अमेरिकाले एसियामा रूसको मात्र के बेलायतको समेत प्रभाव खुम्च्याउँदै लग्यो। अमेरिकाको लगभग एकछत्र राज चल्यो। भारतको राजनीतिमा अमेरिकाप्रति नरम नीति लिनेहरू हावी भए। दक्षिण एसियाका गम्भीर सवालहरूमा भारतले कदम चाल्नुअघि अमेरिकालाई नदरअन्दाज गर्न सकेन। पछिल्लो समयमा चाहिँ दक्षिण एसियाको राजनीतिमा अझै प्रभावशाली बन्न खोजिरहेछ। बंगलादेशको राजनीतिमा अमेरिका र युरोपेलीको विरोधका बाबजुद भारतले विवादास्पद चुनावलाई औपचारिक समर्थन गर्यो। मनमोहन सिंहले पदबाट बिदा हुने समयमा पछिल्लो घटनाक्रम देखिएको हो। अमेरिकासँगको सम्बन्धमा उत्पन्न समस्यालाई सत्तारूढ गठबन्धनको रणनीतिका रूपमा मात्र बुझ्नु गलत हुनसक्छ। भारतमा आफूलाई राष्ट्रवादी खेमा भनी परिचित गराउने भारतीय जनता पार्टीको राष्ट्रवादको कडा नाराको सामना गर्न कंग्रेस आईको सरकारले केही कठोर रणनीतिक कदम चालेको विश्लेषण गर्नेहरू पनि छन्। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी कानुन तर्जुमा गरेर धनी र शक्तिशाली देशहरूलाई फाइदा बनाउने कार्य भएको आरोप विपक्षीबाट लाग्नुले सत्तारूढ गठबन्धनको पश्चिमाप्रतिको रणनीति कार्यनीति होइन भन्ने शंका जन्मिएको हो।
मोदीको उदयलाई सतहमा केलाउँदा भारतको आन्तरिक राजनीति प्रमुख कारण बनेको छ। दुई कार्यकाल सम्हालेको कंग्रेस आई नेतृत्वको गठबन्धनमाथि ठूला भ्रष्टाचारका आरोप लागे। उल्लेख्य आर्थिक वृद्धि र तीव्र भौतिक विकास हासिल गरेबाबजुद गरिब र धनीबीचको खाडल अति बढेको, सहरी र सहरोन्मुख क्षेत्रमा आपराधिक गतिविधि बढेको भन्दै असन्तुष्टि व्याप्त भयो। भ्रष्टाचारको गम्भीर आरोप र दिल्लीमा सन् २०१२ को डिसेम्बरमा भएको सामूहिक बलात्कारको घटनाले सहरकेन्द्रित मध्यमवर्गीय बढी संलग्न आम आद्मी पार्टीको उदय भयो। भारतका उच्च घरानिया नागरिकको विदेशी बैंकमा अकुत सम्पत्ति रहेको चर्चा व्याप्त भयो। मध्यमवर्गीय भारतीयहरू सबैभन्दा असन्तुष्ट भए। असन्तुष्टिमै टेकेर गुजरात दंगामा आरोपित मोदीले शक्ति सञ्चय गरे। सोनिया गान्धीलाई विदेशी दर्ज गराउँदै प्रत्यक्ष सत्तामा जाने बाटो छेके पनि कंग्रेस आईलाई छेक्ने विगतका सबै रणनीति भुत्ते भए। दुई कार्यकाल लोक सभामा पहिलो दल बन्दै सत्तामा रहन सक्यो।
भ्रष्टाचार विरोधी मुद्दालाई अन्य दलले पनि मुख्य मुद्दा बनाएपछि भारतीय जनता पार्टीले राष्ट्रवादको मुद्दालाई प्राथमिकतामा राखेर देशदौडाहा गरेको छ। अरविन्द्र केजरीवालको नेतृत्वको दलका जिम्मेवार अधिकारीबाट कास्मिरमा सेना राख्ने/नराख्नेबारे जनमत संग्रह गर्नुपर्ने विवादास्पद अभिव्यक्तिपछि मोदीले राष्ट्रवादको नारालाई झनै उचालेका छन्। आम आद्मी पार्टीलाई पाकिस्तान पक्षधरको गम्भीर आरोप लगाए। भारत र पाकिस्तानबीच कास्मिरको विवादास्पद क्षेत्रमा गत वर्ष सैनिकबीच भएको भिडन्तपछि मोदीले पाकिस्तानविरूद्ध लक्षित कठोर अभिव्यक्ति दिँदै आएका छन्। राष्ट्रवाद भन्नेबित्तिकै पाकिस्तान विरोधी ठान्ने भारतीयहरूको मोदीप्रतिको समर्थनका पछाडि यही कारण हो। भाजपा सरकारमा रहँदा भारतको वैदेशिक नीति कंग्रेस आई जस्तो पुरानै हुन नसक्ने इतिहास साक्षी छ। अटलबिहारी वाजपेयी सत्तामा रहँदा भारतको छिमेकी नीति कठोर थियो विशेषगरी पाकिस्तानसँग। सत्तारोहण गरेको एक वर्षमै सन् १९९९ मा भएको पाकिस्तानसँगको युद्धलाई परिस्थितिजन्य मात्र मान्न नमिल्ला। भाजपाको छिमेकप्रतिको कठोर नीतिले समेत काम गरेको छ। भाजपामा हिन्दु धर्मका पक्षपाती हावी छन् जसले कंग्रेस आईलगायतका धर्म निरपेक्षमा प्रष्ट मुसलमान बाहुल्य पाकिस्तानप्रति कठोर नीति बनाएको छ। मोदी गतिविधिले भारत पाकिस्तानबीचको सम्बन्धमा समस्या आउनसक्ने सम्भावना नकार्न सकिन्न।
नेपाल नीति
नरेन्द्र मोदीलाई भेट्न चाहने प्रयास नेपालका प्रभावशाली नेताहरूबाट लामो समययता हुँदै आएको छ। औपचारिक/अनौपचारिक भेटेकामध्ये केहीले भेटघाट सार्वजनिक गरे त केहीले गरेनन्। व्यापारिक घरानियाँहरूले संयोजन गरी मोदीको नेपाल भ्रमण गराउने प्रयास गरेका थिए तर कर्मचारीतन्त्रको सुझावलाई दृष्टिगत गरी आएनन्। मोदीका दूतहरूको नेपालमा बाक्लो आगमन चलिरह्यो। जसले उनको सन्देशबाहकको काम गरे। भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग नेपालका नेताहरूको भेट जति सहज छ उति मोदीसँग छैन। यसमा मोदीको ब्यस्ततामात्र कारक होइन। सम्भावित भावी प्रधान मन्त्रीका दाबेदारलाई तत्काल भ्रमण नगर्न सुझावले काम गरेको हुनसक्छ। सत्ताका जानकार पूर्व र वर्तमान कर्मचारीहरूसँग सुदृढ सम्बन्ध बनाएर सफलताको पाइलामा गति बढाएका मोदीले उनीहरूलाई नाघेर जाने सम्भावना थिएन।
मोदी सत्तामा आएपछि आन्तरिक र बाह्य राजनीतिमा के कदम चाल्छन्? नेपाल नीति कस्तो हुन्छ? चासो बढ्दो छ। नेपाल नीतिमा उनले कर्मचारीतन्त्रको सुझावलाई नाघ्ने छैनन् भन्ने स्पष्ट छ। तर नीतिभित्र रणनीतिमात्र पर्दैन, कार्यनीति पनि पर्छ। एक्ट र एक्सन जस्तै। राजनाथ सिंहले उठान गरेजस्तो नेपालमा हिन्दु गणतन्त्रको नारा लागु गराउने पहल गर्नेछन् वा छैनन्? भारतीय जनता पार्टीले सत्तारूढ गठबन्धनको नीतिका कारण छिमेकमा भारतको प्रभाव घटेकोतर्फ वर्तमान नीतिले घाटा पुगेको निर्क्यौल गरेको लामो समय भइसक्यो। दक्षिण एसियाको शक्तिशाली देशले प्रभाव कायम गर्न खोज्नु अस्वाभाविक होइन। मोदीले आदर्श मानेका सर्दार भाइ पटेल भारतको इतिहासमा अति राष्ट्रवादीको परिचय बनाएका छन्। भाजपाका पूर्व नेता अटलबिहारी वाजपेयीको सरकार हुँदा नेपालमा माओवादी हिंसा ह्वात्तै बढेको थियो। इतिहास केलाउँदा भाजपा नेतृत्वको सरकार बनेमा कंग्रेस आई नेतृत्वको जस्तै नेपाल नीति रहिरहने सम्भावना छैन। सामरिक स्वार्थमा चल्ने शक्ति राष्ट्रहरूमा सरकार फेरबदलभित्र पनि बाह्य राजनीतिमा गरम र नरम नीति लिने स्वार्थ लुकेको हुन्छ। जस्तो अमेरिकामा रिपब्लिकनको उदयले कडापन्थी र डेमोक्रयाट्सको नीतिले नरमपन्थी वैदेशिक नीति अख्तियार गर्ने देखिँदै आएको छ। भाजपाको उदय र सम्भावित सत्तारोहणले नेपालभित्रका हिन्दुवादीलाई हौस्याएको हुनुपर्छ। यो आत्मरतिमा रमाउनुबाहेक केही होइन। विश्व राजनीतिमा प्रभाव बढाउने भारतीय महत्वाकांक्षा बढ्दै जाँदा मोदीको उदय भएको छ। यसबाट छिमेकप्रति कंग्रेस आई सरकारभन्दा अझै प्रभाव जमाउन खोज्ने कार्यनीति देखिन सक्ने सम्भावना छ। शक्तिशाली देशका लागि छिमेकको आन्तरिक मामलाका विद्यमान मुद्दाहरू पनि सामरिक स्वार्थमै जोडिएर आउँछ। भारत नीति पृथक रहने सवाल रहँदैन। घटनाक्रम केलाउँदा मोदी सत्तामा आएमा छिमेकप्रति कठोर बन्लान्/नबन्लान् तर नरम भने बन्ने छैनन्।