सुरज सिंह फिल्मी शैलीमा जेलबाट फरार भएपछि नेपाली जेलको अवस्थातर्फ फेरि ध्यान तानियो।भाग्नुको कारणका अलावा जेलको अवस्था खोजी गर्दै अध्ययन अनुसन्धानसहितको प्रतिवेदन तयार भयो। जाँचबुझ समितिले जेलमा विद्यमान सुरक्षा चुनौतीलाई प्राथमिकतामा राखेर समाधानका लागि सुझाव पेश गर्यो। जेल जस्तो संवेदनशील स्थानमा लोडसेडिङले पारेको समस्या, जेलमा राखिएका सीसीटीभीलाई २४ सै घण्टा चलाउन नसक्नुका अलावा आन्तरिक प्रशासनमा बढी भर पर्दा भोग्नुपरेको सुरक्षा कमजोरी उल्लेख छ जुन जेलभित्रका कैदी/बन्दीबाट छानिएर जिम्मेवारी दिई आन्तरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी दिइने प्रशासनप्रति सरकारी निकायबाट गरिएको अविश्वास हो।
गृह प्रशासन जेलको आन्तरिक प्रशासनप्रति विश्वस्त हुन नसक्नुमा पहुँचका भरमा प्रशासनको महत्वपूर्ण जिम्मेवारी लिने प्रवृत्ति मुख्य कारण हो। जेलको बसाइँ अवधि, आनीबानी, कार्यक्षमता जस्ता मापदण्ड भन्दा राजनीतिक वा सरकारी निकायमा पहुँचका बलमा जिम्मेवारी हात पार्ने अवस्था विकास भएको छ। पैसा खर्च गरेरसमेत पद हात पारी दुरूपयोग गर्नेहरू छन्। फलस्वरूप आन्तरिक प्रशासन विवादमा पर्दै आएको छ। आन्तरिक प्रशासनको जिम्मेवारी लिएकाहरू जेलभित्रैबाट गैरकानुनी धन्दा सञ्चालनमा मुछिएका वा विवादमा परेका तथ्य छन्। प्राप्त अधिकार र सुविधा दुरूपयोग गरी कैदी जेलबाट फरार भएको घटनासमेत छ। आर्थिक अपराधसँग सम्बन्धित घटनामा जेल पर्नेहरूले प्रायःजसो जेलको आन्तरिक प्रशासनमा विशेष जिम्मेवारी पाउने गरेको पाइन्छ। यसमा पहुँच र पैसा मुख्य कारण देखिन्छ। काठमाडौं उपत्यकाका जेलहरूमा आन्तरिक प्रशासनमा चर्चित 'डन' हरूको हालीमुहाली देखिएको थियो। यसका पछाडि पहुँच र पैसा नै कारण बन्यो। राजधानीका कारागारहरूको भौतिक सुधारमा चर्चित 'डन' हरूले योगदानसमेत गरे। शौचालय, भेटघाटका लागि विश्रामस्थलको सुधारमा प्रत्यक्ष पैसा खन्याएर सामर्थ्य देखाए।
सरकारले विगतमा कारागारको भौतिक पूर्वाधारमा देखाएको उदासिनताका कारण उनीहरूले खेल्ने मौका पाएका थिए। भौतिक पूर्वाधारको स–साना कामहरू गरेर प्रभाव देखाउँदै भित्रै गुटहरू बनाए। कुनैबेला राजधानीका जेलहरूमा डनहरू थुपिँ्रदा भौतिक पूर्वाधारको सुधारमा उनीहरूबीच प्रतिष्पर्धा नै चलेको थियो। जेललाई अपराधी थुन्ने साँघुरो क्षेत्रमात्र ठान्ने सरकारी नीति र त्यहाँ समयानुकूल परिवर्तन र भौतिक पूर्वाधारको विकासमा उदासिनता देखाउँदा कुख्याती कमाएकाहरूले लाभ लिए। अहिले परिस्थिति केही बदलिएको छ। जेलको भौतिक पूर्वाधारको विकासमा गृह मन्त्रालयअर्न्तर्गतको कारागार व्यवस्था विभागले चासो बढाएको छ तर यो पर्याप्त छैन। जनसंख्या वृद्धि, तीव्र आधुनिकीकरण र सहरीकरणले अपराध बढ्नु सामान्य भइसक्दा जेलको कैदी/बन्दी अटाउने क्षमतामा खासै वृद्धि भएको छैन। जेलमा कैदी/बन्दीको चाप बढ्दै जानु, बलियो गुटहरूको चेपुवामा पर्नु र जेलभित्र कैदी/बन्दीबीचको आर्थिक असमानताले निम्न आर्थिक पृष्ठभूमिका कैदी/बन्दीमा नैराश्यता बढ्न सक्छ। जेलबाट भाग्ने वा जेलमै बसेर ठूला अपराधको सोच विकास गर्न पुग्छ। व्यावसायिक अपराधीको समूहमा आबद्ध भएर अपराधको नयाँ तौरतरिका सिक्न सक्छ।
नभोगिकन नसुध्रने परम्परा अझै कायम छ। जेलको सन्दर्भमा पनि त्यही देखियो। तीन वर्षअघि पेस्तोल बोकी जेलभित्र भेटघाट कक्ष पुगी युनुस अन्सारीमाथि भारतीय नागरिक जसजित सिंहले गोली प्रहार गरेपछि कैदी/बन्दीको सुरक्षालाई गम्भीरताका साथ उठाइयो। जेलको प्रमुख द्वारमा विशेष सुरक्षा अपनाइयो। सीसीटीभीहरू जडान गरिए। सुरक्षाजाँच कडा पारियो। कैदी/बन्दी भेट्न आउनेको सरकारद्वारा मान्यताप्राप्त परिचयपत्र अनिवार्य मात्र गरिएन, गृह प्रशासनको कडा निगरानीमा रहेका कैदी/बन्दीलाई भेट्न आउनेको फोटो खिचेर विस्तृत व्यक्तिगत विवरणहरू संकलन गरी कम्प्युटरमा राख्न थालियो। कैदीबन्दीको सुरक्षाका लागि चालिएको उक्त कदमले बाह्य आक्रमणबाट सुरक्षित बनाउन योगदान पुर्यायो। बाहिर सक्रिय अपराधी र तिनका विचौलियामार्फत् अपराध सञ्चालन गर्ने कुख्यात् कैदी/बन्दीलाई बेफाइदा पुग्यो। ढिलो भए पनि आधुनिक प्रविधिको आवश्यक प्रयोगले कैदी/बन्दीलाई सुरक्षित बनाउनुका साथै जेलबाटै सञ्चालित हुनसक्ने अपराध कम गर्ने आधार तयार भयो। जेल सुरक्षामा नयाँ प्रविधि ल्याइएपछि अपराधीहरूले नयाँ तरिका अपनाउन सक्नेतर्फ बेलैमा ध्यान दिन उत्तिकै जरूरी छ। अपराधीले ढिलो या चाँडो विकल्प तयार गरी अपराध गर्न खोजिहाल्छ।
देशका कारागारहरूमा बेलाबखत हुने गरेका जेल सरूवामा गलत नियत पनि लुकेको देखिन्छ। विशेषगरी कारागारहरूमा कैदी/बन्दीको चाप बढेपछि स्वास्थ्यको ख्याल गरी उपचारलाई ध्यानमा दिई वा आफन्तसँगको भेटघाट सहज हुने हेतुले सरूवा गरिन्छ। तर राजनीतिक दबाबमा समेत जेल सरूवा हुनेगर्छ। जेल सरूवामा राजनीतिक दलका नेताहरूको स्वार्थ रहनुमा आपराधिक प्रवृत्तिको समूहमार्फत् प्रभाव कायम राख्नु हो। कतिपय नेताहरूमा कसुरदारलाई सुधार्नेभन्दा उसैलाई प्रयोग गरी राजनीतिक र आर्थिक लाभ लिने नियत लुकेका देखिन्छ। जेलबाहिर र भित्रसम्म अपराधीलाई राजनीतिक संरक्षण रहनुले अपराध नियन्त्रणमा मात्र नभई अपराधीलाई सुधार्ने नीतिमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ। जेल सुधार गृहभन्दा 'बिगारगृह' बन्दै त छैन? अपराधको पाठशाला त बन्दै छैन? अपराधीको सञ्जाल बलियो बनाउने केन्द्र बन्दै त छैन? यी गम्भीर सवाल केलाउन जरूरी छ।
हुनेखाने अपराधीले पैसाको बलमा जेल सजाय छलेर फाइदासमेत लिएका छन्। बिरामी नभए पनि बहाना गरेर अस्पताल पुग्छन्। धन्दा सञ्चालनका लागि अस्पतालको कोठा दुरूपयोग गर्छन्। अस्पताल जाने बहानामा सँगै गएका प्रहरीलाई लिएर यौन व्यवसायका अखडाहरूमा कैदी/बन्दी पुगेको घटना लुकेको छैन। सञ्चारमाध्यमले अस्पताल जाने नाममा मोजमस्तीका स्थलहरूमा कैदी/बन्दी पुगेको घटना सार्वजनिक गरेका छन्। यस्तो क्रियाकलाप हुनेखाने र पहुँचवाला कैदी/बन्दीबाट हुनेगर्छ। निम्न वर्गकाहरू कि त कैदी/बन्दीलाई दैनिक उपलब्ध हुने भत्ताबाट टिकेका छन् कि भत्ताका अलावा कारागारमा प्राप्त कामको अवसरबाट रकम जोहो गर्छन्। कारागारभित्रको आर्थिक असमानताले सुधारको पहलमा मात्र नभएर आन्तरिक सुरक्षामा समेत समस्या खडा हुनसक्छ। हुनेखाने कैदी/बन्दीले निम्न वर्गकोलाई पैसाको लालच देखाएर दुरूपयोग गर्नसक्छ। स्वार्थसिद्धका लागि गुट बनाएर भित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्नसक्छ। जेलभित्र गुट बनाएर भिडन्तको अवस्था बनेको उदाहरणसमेत छ। चार वर्षअघि डिल्लीबजार कारागारमा दुई समूहबीच मध्यरातमा भिडन्त भएको थियो। एक दर्जनको संख्यामा कैदी/बन्दी गम्भीर घाइते हुनेगरी भएको उक्त घटनामा कुख्यात अपराधमा जेल परेकाहरूको नेतृत्वदायी भूमिका थियो।
जेलभित्र सुधारको नीति प्रभावकारी नहुँदा व्यावसायिक अपराधीले फाइदा लिएका छन्। कलिला कैदी/बन्दीलाई सुधारको साटो थप अपराधका लागि अघोषित तालिम दिने गर्छन्। समूह नै बनाएर अपराध गर्छन्। विशेषगरी डकैती, अपहरण र फिरौती लिने आपराधिक घटनामा जेलभित्रै समूह तयार गरी अपराधलाई तीव्रता दिएको पाइन्छ। विशेष दबाब आउने घटनाको अनुसन्धानमा प्रहरी जेलमा रहेकासम्मलाई सोधपुछ गर्न पुग्ने गरेबाट सञ्जाल जेलसम्म रहने गरेको तथ्य फेला पर्छ। जेलमा कैदी/बन्दीलाई अपेक्षाकृत सुधार्न नसक्नु र उल्टै अधिकांश कैदी/बन्दी छुटेपछि वा भित्रैबाट आपराधिक गतिविधिमा संलग्न हुने अवस्था सिर्जना हुनुलाई गम्भीरताका साथ केलाउन जरूरी छ।
अपराधी थुनेर समाजमा थप अपराध हुन नदिने नीतिबमोजिम जेलको सञ्चालनभन्दा फरक तरिकाले बढ्न खोजेको देखिएको छ। खुल्ला कारागारको अवधारणासहित काम अगाडि बढाउने नीति प्रकाशमा आएको छ। कैदीलाई समाजसँग प्रत्यक्ष घुलमिल गराएर सुधार्ने नीतिअर्न्तर्गत ल्याउन खोजिएको बुझिन्छ तर यसको संवेदनशीलतालाई उत्तिकै बुझ्नुपर्ने हुन्छ। यो अर्को असफल प्रयोग बन्ने खतरा छ। विषयको गम्भीरता र समाजको यथार्थ अवस्थालाई बेवास्ता गरेर बढ्दा उल्टो परिणति भोग्नुपर्ने हुन्छ। खुल्ला कारागारभन्दा पहिले जनचेतना जरूरी छ। कैद भुक्तानी गरेर फर्किएको व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोणमा फरक आउन अनिवार्य छ। एकपटकको अपराधी सधैँको अपराधी ठान्ने सोचमा परिवर्तन आउन जरूरी छ। सुधारिएर फर्केको व्यक्तिलाई समाजले स्वीकार्ने र पुनःस्थापितको अवसर प्रदान गर्नुपर्छ।