उत्तर कोरियाका दोस्रो शक्तिशाली नेता चाङ सङ टेकलाई फाँसी दिइनुलाई त्यहाँको आन्तरिक शक्ति संघर्षमा मात्र सीमित गरिनु गल्ती हुनसक्छ। तानाशाही एकदलीय कम्युनिष्ट शासनका कारण बाह्य विश्वबाट दुर्गम बनाइएको उक्त देशभित्रको घटनाक्रमबारे छिमेकी दक्षिण कोरिया अवगत थियो। दक्षिण कोरियाली गुप्तचर एजेन्सीमार्फत् चाङमाथि हुन लागेको कारबाही बाह्य विश्वले थाहा पाइसकेको थियो। निकट सम्बन्ध रहेको चीनलाई पनि जानकारी नहुनु असम्भव होला। आणविक हतियार रहेको उक्त देशमा भएको घटनाबाट विश्व जगत् सतर्क र सजग रहनु उत्ति नै स्वाभाविक हो। त्यसैले विकसित नयाँ घटनाक्रमबारे अड्कल, अनुमान र विश्लेषणहरूले कोरिया प्रायद्वीपमा शक्तिराष्ट्रहरूको भूमिका बढेको संकेत मिल्छ।
चाङलाई उत्तर कोरियाली सत्तारूढ वर्कस पार्टीको पोलिटब्युरो बैठकबाट सुरक्षाकर्मी लगाएर बेइज्जतीपूर्वक निकालियो। भ्रष्टाचार, अनैतिक चरित्रलगायत् २७०० शब्द लामो आरोप लगाएर मृत्युदण्ड दिइयो। तर मृत्युदण्डभित्रको राजनीतिक सत्तासंघर्षको कारण गहिरो छ। हुन त तानाशाही शासन चलाउनेहरूले संगठनभित्रको प्रतिपक्षीलाई कुनै न कुनै बहाना झिकेर सफाया गरेको इतिहास साक्षी छ। सद्धाम हुसेनले शक्तिमा आएपछि आफ्नै दल बाथ पार्टीका ६० भन्दा बढी वरिष्ठ नेताहरूलाई कारबाही गरेका थिए। जसमध्ये अधिकांशलाई मृत्युदण्ड दिएर सत्तामा एकछत्र राज गरे। स्टालिनले पार्टीभित्रका प्रतिपक्षहरूको हत्या गरे। हिटलरले पनि आन्तरिक प्रतिपक्षीहरूको हत्या गरेर सत्तामा बलियो पकड बनाए। इदी अमिनले प्रतिपक्षीको छानी छानी सफाया गरे। उत्तर कोरियाली शासक किम जोङ युनले तानाशाही चरित्र देखाए। उत्तर कोरियामा कम्युनिष्ट शासन स्थापना गर्ने किम इल सुङका नाति युनलाई सत्तामा ल्याउन चाङ स्वयंले महत्वपूर्ण भूमिका खेलेका थिए। तर दुई वर्ष नबित्दै सत्ता हत्याउन खोजेको गम्भीर आरोप लगाउँदै बेइज्जत गर्दै मृत्युदण्ड दिइनुभित्रको नियत, विभिन्न कारण र परिणामबारे गम्भीर अध्ययन भइरहेछ।
नाताले फुपाजु र आफूलाई सत्तामा ल्याउन विशेष भूमिका खेल्ने चाङलाई दिइएको मृत्युदण्डले उत्तर कोरियाको कठोर शासनप्रणाली प्रतिविम्बित हुन्छ। सत्ताको एकछत्र शक्ति किम परिवारबाहेक अरूमा जान कठिन छ, एउटै व्यक्तिको राज चल्छ र प्रमुख नेताको काममा बाधा सृजना गर्ने जोकोही सजायको भागिदार बन्न सक्ने सन्देश गएको छ। किम इल जोङको सहयोगीका रूपमा शासनको लामो अनुभव सँगालेका चाङको मृत्युदण्डले उनलाई एकलौटी शासनको अवसर मिलेको छ। साथै विरोधीहरूमा वा भविष्यमा जन्मन सक्ने विरोधीहरूमा मानसिक त्रास सृजना गर्न सफल भएका छन्। अब उनलाई लागेको छ जोकसैले विरोध गर्ने साहस गर्ने छैनन्। चाङका सहयोगीहरूलाई समेत मृत्युदण्ड दिएको र देशबाहिर रहेका अन्यलाई समेत बोलाएर कारबाहीको तयारी गरेबाट उनले उत्तर कारियामा एकछत्र शासनको योजना बनाएको देखिन्छ। चाङको मृत्युदण्डपछि युनले छानीछानी विरोधीलाई ठेगान लगाउने गरेको तथ्य खुलेको हो। दुई वर्षमा युनले सयौंको संख्यामा अधिकारीहरूको सफाया गरेको खुल्यो। यति धेरै संख्यामा सफाया गर्नुलाई त्यहाँभित्रको शक्तिसंघर्षको खेल प्रष्ट हुन्छ। चाङले सत्ता पल्टाउन खोजेका थिए वा युनले एकछत्र शासन गर्ने महत्वाकांक्षाले मृत्युदण्ड दिन लगाए भन्ने विषय अनुमान र अध्ययनमा सीमित छ। तथ्यहरू अझै बाहिर आइरहेका छैनन्।
युन सत्ताच्युत हुन सक्ने सम्भावनाबारे उत्तिकै आँकलन गरिएका छन्। किम परिवारभित्रै सत्तासंघर्ष भइरहेकोबारे पनि अनुमान लगाइन्छ। किम जोङ इलको जेठो र माइलो छोरा सत्ता संचालनमा अगाडि बढाइएनन्। बरू कान्छा छोरा युनलाई देशको प्रमुख बनाइएको हो। फुपाजु चाङले जेठो छोरालाई समर्थन गरेर पछिल्लो घटना भएको अनुमान पनि लगाइन्छ। उनलाई शक्तिमा ल्याउनहुन्न भन्ने पक्षमा चाङ रहेका थिए कि भन्ने विश्लेषण गर्ने ठाउँ पनि छ। किनकि उनीमाथि लगाइएको आरोपमध्ये तीन वर्षअघि उनी सैन्य कमिसनको उपप्रमुख बनाइँदाको समारोहमा मन नलागी/नलागी ताली बजाएको विषय पनि समावेश छ। उतिबेला इलको अस्वस्थताका कारण चाङले नै उत्तर कोरिया हाँकेका थिए। सत्तामा राम्रो पकड, अनुभव र रणनीति कौशल भएकाले उनी सतर्क भएको हुनसक्छ। अनुभवहीनताको फाइदा फुपाजुले उठाएर सत्ता पल्टाउन सक्ने खतरालाई सदाका लागि अन्त गर्ने चाल चलेको सम्भावना उत्तिकै छ। छानीछानी फुपाजुका सहयोगी र समर्थकलाई हटाउँदै र कारबाही गर्दै जाने क्रममा दुई वर्षमा दुई सय शक्तिशाली अधिकारीमध्ये आधालाई दण्डित गरिसकेका छन्। यसबाट युनको एकछत्र शासन संचालन गर्ने जुक्ति बुझ्न सकिन्छ तर कारबाहीअघिका घटनाक्रम केलाउँदा विदेश सम्बन्धको घटनाक्रम केलाउनुपर्छ।
उत्तर कोरियाको आन्तरिक शक्ति संघर्षमा चीन र दक्षिण कोरिया जोडिएर आइहाल्छन्। दक्षिण कोरियासँगको तनावग्रस्त सम्बन्ध यथावत् छ। तर कोरिया प्रायद्वीपमा तनाव बढाउने वा घटाउनेमा नेतृत्वको भूमिका महत्वपूर्ण रहन्छ। चाङ सुधारवादी बाटोतर्फ बढ्न खोजेको उनीमाथि लागेको आरोपलाई केलाउँदा बुझ्न सकिन्छ। विशेषगरी आर्थिक प्रगति हासिल गर्नेतर्फ काम थालेका थिए। चीनको जस्तै आर्थिक सुधारको बाटो अवलम्बनका पक्षधर थिए। परम्परागत आर्थिक प्रणालीलाई रूपान्तरण गर्नेतर्फ कदमहरू चाल्न खोजे। देशभित्रको साधन र स्रोतको उपयोग र निकट सम्बन्ध रहेको चीनसँगको सम्झौता गरी आर्थिक लाभ हासिल गर्ने प्रयास देखिन्छ। चाङ स्वयंले चीनसँग बलियो सम्बन्ध रहेका नेताको परिचय बनाएका थिए। उनले गत वर्षमात्र चीनका राष्ट्रपति र प्रधान मन्त्रीसँग भेटेका थिए। युनचाहिँ देशभित्रै थिए। उनको मृत्युदण्ड चीनको उत्तर कोरियाको शक्तिमा रहेका निकट मित्रको मृत्युदण्ड पनि हो। कतै उत्तर कोरियाको चीनसँगको दूरी बढ्ने त होइन? यो सम्भावना नकार्न सकिँदैन।
त्यसो हो भने उत्तर कोरियामा थप शक्ति संघर्षको घटना हुनसक्छ। चाङमाथि चीनको नाम उल्लेख नगरी अघोषितरूपमा उसैलाई जोडेर गम्भीर आरोप लगाइएको छ। चीनसँगको सीमामा विशेष आर्थिक क्षेत्र स्थापनाको सम्झौता तयारी र बहुमूल्य खनिजहरू चीनलाई सस्तोमा बेचेको आरोप छ। जसमध्ये बेइजिङबाट उत्तर कोरियाको राजधानी प्योङयाङ हुँदै दक्षिण कोरियाको सीमासम्म रेलसेवा संचालनको महत्वाकांक्षी योजनासमेत छ। चीनमा रहेर आर्थिक सम्बन्ध सुदृढ गर्न सक्रिय चाङको परिवारका सदस्य र समर्थकमाथि युनले कडा निर्देशन जारी गरेबाट पछिल्लो घटना गम्भीर प्रकृतिको छ। चीनले तत्काल कुनै प्रतिक्रिया जनाएकोबारे खुलेको छैन। तर उत्तर कोरियाको अति निकट सम्बन्ध राख्ने भएकाले उसले जनाउने प्रतिक्रियाले कुनै ठोस परिणामका रूपमा देखापर्न सक्छ। युनले चीनलाई चिढ्याए भन्ने अवस्था पनि तत्काल देखिँदैन। लगाएको आरोपमध्ये चीनलाई अघोषितरूपमा जोडिएकोचाहिँ छ। चाङलाई जनतामाझ बदनाम बनाउन विदेशीको नाम जोडेको मात्र पनि हुनसक्छ। तानाशाहीहरू आफू भित्रभित्र मिल्ने र बाहिर विदेशीको नाम जोडेर प्रतिस्पर्धीलाई ठेगान लगाउने बहाना गर्छन्। युनले त्यसै गरेको पनि हुनसक्छ। उनको खास ध्येय सत्तामा एकलौटी प्रभाव स्थापना गर्नु नै हो। छिमेकीलाई घुमाउरो तरिकाले मुछेर प्रतिद्वन्द्वीमाथि गम्भीर आरोप लगाउनुले चाहिँ शंका बढाएको हो।
जतिसुकै सीमामा कडाई गरे पनि वा जनतालाई विश्व जगतबाट टाढा राख्न खोजे पनि उत्तर कोरिया बाह्य प्रभावबाट मुक्त छैन। त्यहाँको आन्तरिक राजनीतिक शक्ति संघर्षमा बाह्य सम्बन्धको उत्तिकै महत्वपूर्ण भूमिका छ। सतहमा हेर्दा अनियमितता गर्नेलाई राज्यले कडा सजाय दिएको, एउटा तानाशाहले सत्ताका लागि आन्तरिक प्रतिस्पर्धीलाई सफाया गरेको वा अनुभवहीन शासकले होस गुमाएर अन्धाधुन्ध आदेशहरू दिएको बुझाई हुनसक्ला तर उत्तर कोरियाको आन्तरिक संघर्षमा बाह्य सम्बन्धका तत्वहरूलाई नदरअन्दाज गर्न सकिँदैन। अपरिपक्व शासक किम जोङ युनले आन्तरिक प्रतिस्पर्धीको सफाया गरेर कुन बाह्य शक्तिको प्रभावलाई कमजोर वा बलियो बनाउने हुन् भविष्यको घटनाक्रमले देखाउनेछ। कोरिया प्रायद्वीप र दक्षिणी चीनको समुन्द्रमा शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा बढ्दै जाँदा उत्तर कोरियामा आन्तरिक सत्ता संघर्ष हुनु संयोगमात्र नहोला।