संविधान सभाको निर्वाचनसँगै सबै समस्या समाधानको गाँठो फुक्छ भनेर प्रमुख दलका सबै शीर्ष नेताले भने। यही कारण लोकतान्त्रिक परिपाटीमा बिरलै हुने प्रधान न्यायाधीशको नेतृत्वमा गैरराजनीतिक चुनावी सरकार निर्माण भयो। निर्वाचन आयोगमा पुरानै व्यक्तिलाई पुनर्नियुक्ती गरियो। निर्वाचनको लागि ठूला दलको सहमतिमा सेना परिचालन गरियो। अनि नेकपा–माओवादी नेतृत्वको मोर्चा बाहिरै रहे पनि निर्वाचन सम्पन्न भयो।अस्थिरता, अभाव र अन्योलले आक्रान्त नागरिकले ठूला दलका यी कुरा पत्याए। बन्द, हड्ताल, हिंसा र आतंक हुँदाहुँदै पनि नागरिक निर्वाचनमा होमिए। यसैले निर्वाचन अपेक्षाकृत सहजरूपमा सम्पन्न भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले मात्र होइन, निर्वाचनमा भाग लिएका सम्पूर्ण राजनीतिक दलहरूले पनि निर्वाचन, स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएको भन्दै निर्वाचन भएको साँझ वक्तव्य जारी गरे। तर मतगणना सुरु भएसँगै एनेकपा (माओवादी)ले निर्वाचनमा धाँधली भएको भन्दै बखेडा झिक्यो। निर्वाचन परिणाम आफ्नो र पार्टीको पक्षमा नहुने देखेपछि एमाओवादीका नेताले बखेडा झिकेको नबुझ्ने कोही छैनन्। तर पनि एमाओवादीले यो नागरिक बहिष्कृत र तिरस्कृत नाटक मञ्चन गर्न छाडेको छैन। नेपाली राजनीतिक रंगमञ्चमा आफ्ना उमेदवारले जिते जतिबाहेक अन्य सबै क्षेत्रमा धाँधली भएको भन्ने नयाँ 'ठट्यौली' एमाओवादीले प्रदर्शन गरिरहेको छ।
नेपालको सामाजिक, आर्थिक, राजनीतिक हरेक दृष्टिकोणबाट गरिएका अनुसन्धानले अहिलेको चुनावी परिणामलाई सही प्रमाणित गरिसकेको छ। त्यसैले एमाओवादीको मोटरसाइकलको हावा फुस्काएर, गाडी दुर्घटना गराएर धाँधली गरियो भन्नेजस्ता हास्यास्पद तर्कले राजनीतिक इमानदारी र लोकतन्त्रप्रतिको प्रतिबद्धता नभएको स्पष्ट पार्छ।
संविधान सभा निर्वाचनको अन्तिम परिणामले नेपाली कांग्रेसलाई पहिलो र नेकपा (एमाले)लाई दोस्रो ठूलो दल बनायो। निर्वाचनअगाडि एघार बुँदे राजनीतिक सहमति गर्दा राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भनेमा एमाओवादीमात्रै थिए। अरू सबै त्यसको विपक्षमा थिए। निर्वाचन अघिसम्म राष्ट्रपतिका बारेमा अत्यन्तै सकारात्मक रहेको एमाले दोस्रो राजनीतिक दल भएसँगै नकारात्मक हुनु अर्को हास्यास्पद पक्षहो।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डा. रामवरण यादवले नेपाली कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिएका थिए। भर्खरै सम्पन्न संविधान सभा निर्वाचनमा उनले मतदानसमेत गरेनन्। राष्ट्रपति पदको गरिमा जोगाउने र आफ्ना राजनीतिक गतिविधिलाई निष्पक्षरूपमा अगाडि बढाउने विषय राष्ट्रपति यादवले कहिल्यै सम्झौता गरेनन्। वि.सं. २०६४ सालमा सम्पन्न निर्वाचनपछिका ४ वर्षको अवधिमा कैयौं यस्ता अवसर आए जसलाई राष्ट्रपतिले सहजै र लोकतान्त्रिक ढंगबाट निकास दिए। शक्तिको लोभ, मोह र स्वार्थबाट माथि रहने प्रयास गरे।
राष्ट्रपतिमा निर्वाचित हुनुअघि उनी नेपाली कांग्रेसका नेता थिए। तर अहिले डा. यादवलाई कांग्रेसको साँगुरो राजनीतिक घेराबाट मात्र हेर्दा उनको योगदानलाई अवमूल्यन गरेको ठहर्छ। यतिखेर राष्ट्रपति संविधानको संरक्षकका रूपमा रहेको साझा संस्था हो। त्यसैले सत्ताको बाँडफाँटमा राष्ट्रपतिलाई मोलतोलमा झार्ने गरी भइरहेका बहस प्रत्युत्पादक छन्।
नेपालको अन्तरम संविधान, २०६३ ले संविधान सभाबाट संविधान जारी गरेपछि नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था गरेको छ। यसै कारण संविधान सभाको निर्वाचनभन्दा पहिले भएको एघार बुँदे राजनीतिक सहमतिमा नेकपा (एमाले)ले वर्तमान राष्ट्रपति नफेर्ने अडान लिएको थियो। एमाओवादीबाहेक अरू प्रायः सबै दलले त्यसलाई समर्थन गरेका थिए। यसपछि एमालेले जारी गरेको निर्वाचन घोषणापत्रमा समेत उसले निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने उल्लेख गरेको छैन। अर्थात्, एमालेले नयाँ राष्ट्रपति चाहिन्छ भन्ने एजेन्डा जनता सामु लागेकै थिएन। यो एजेन्डा त एनेकपा (माओवादी)ले लगेको थियो र त्यसलाई नेपाली जनताले अस्वीकृत गरिदिएका छन्। एजेन्डानै नबनाएको विषयलाई लिएर नयाँ जनमतअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्नु राजनीतिक इमानदारी होइन।
एमालेले नयाँ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने तर्क गरेको छ। एउटा उल्लेख गर्नैपर्ने विषय के हो भने वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई एमालेले समेत मतदान गरेको थियो। यसैगरी उसले नयाँ निर्वाचन सम्पन्न भएसँगै जनादेश परिवर्तन भएको दाबी प्रस्तुत गरिरहेको छ। यसलाई नै सही मान्ने हो भने हिजोको संविधान सभामा भएका कामको स्वामित्व लिने बुँदा एमालेले आफ्नो घोषणापत्रमा किन राखेको? पहिलो संविधान सभामा जम्मा ४ स्थानमा रहेको हिन्दु धर्म र राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपा नेपाल अहिले चौथो शक्तिका रूपमा उदाएको छ। हिजो संघीयतालाई अन्तरिम संविधानमा राख्नका लागि बाध्य पार्ने मधेसी जनअधिकार फोरमको संख्या ५४ बाट घटेर एक दर्जनभन्दा कममा आइपुगेको छ। यो पनि नयाँ निर्वाचनपछि आएको जनादेश हो। के निर्वाचनको संख्यात्मक परिणामलाई हेरेर संघीयता नेपालमा आवश्यक छैन वा राजतन्त्र र हिन्दु धर्म आवश्यक रहेछ भन्दै त्यही निर्णय गर्नसक्ने सामर्थ्य एमालेमा छ? नयाँ जनादेशअनुसारका काम गर्ने हो भने अघिल्लो संविधान सभाले पारित गरेका विषयवस्तु सबैमा पुनः छलफल गर्ने, सहमती खोज्ने वा मतदान गर्नुपर्ने हुन्छ। के यसमा एमाले खुला छ? छ भने त्यस अवस्थामा एक वर्षभित्र संविधान सभाले संविधान जारी गर्न सक्छ? गणतन्त्र, धर्मनिरपेक्षता अनि संघीयताजस्ता परिवर्तनका एजेन्डामा नयाँ जनादेशले असर पार्दैन भने अन्तरिबम संविधानमै उल्लेख भएको राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि बारेमा कसरी असर पार्न सक्छ? के यो व्यक्तिगत र पार्टीगत स्वार्थकै कारण उठेको बहस हो? एमालेले यस्ता सबाललाई स्पष्ट पार्नुपर्छ।
हुनत, राष्ट्रपतिको पद र त्यसमा रहने व्यक्ति सर्वकालिक होइनन्। राष्ट्रपतिले कुनै गलत काम गरेका छन् वा राष्ट्रहित, गणतन्त्रलगायतका परिवर्तनका एजेन्डाविपरीत कुनै गतिविधि गरेका छन् भने उनलाई महाभियोग लगाएर व्यवस्थापिका संसद्बाट हटाउन सकिन्छ। तर संविधान संशोधन गरेर राष्ट्रपतिलाई हटाउन मिल्दैन। यस्तो संवेदनशील मामिलामा जबर्जस्ती गर्दा त्यसले दूरगामी असर पार्न सक्छ।
एमालेलगायत राष्ट्रपति परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेकाहरूले इतिहासबाट एउटा पाठ सिक्नु आवश्यक छ। वि.सं. २०६४ सालको निर्वाचनपछि सबै भन्दा ठूलो दल बनेको एनेकपा (माओवादी)ले निर्वाचन अघिको 'भद्र सहमति' अर्थात् गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने समझदारी पालना गरेन। हरुवाहरूलाई पद दिइँदैन भन्दै भाषण र वक्तव्यबाजी गरियो। कालान्तरमा एमाओवादी 'गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा समर्थन नगर्नु वा नबनाउनु पार्टीको इतिहासकै एउटा ठूलो गल्ती थियो। यसले गर्दा देश तथा स्वयं एनेकपा (माओवादी)ले समेत ठूलो व्यवधान भोग्नु परिरहेको छ।' भन्ने यो निष्कर्षमा आइपुगेको छ। अहिलेको अवस्था पनि ठीक यस्तै छ। संविधान सभाबाट संविधान जारी नगर्दै राष्ट्रपति परिवर्तन गर्ने हो भने एक वर्षमा संविधान त बन्दैन नै एमालेले पनि केही समयपछि एमाओवादीले जस्तै आत्मालोचना र प्रायश्चित गर्ने दिन आउनसक्छ। त्यसैले यस निरर्थक र प्रत्युत्पादक बहस छाडेर शान्ति, संविधान र स्थायित्वका विषयमा सबै दलले ध्यान दिनु आवश्यक छ।