बालकृष्ण अधिकारी, काठमाडौ, असोज ८ - संविधानसभा पुनर्स्थापना बहस निरर्थक भएपछि चुनावमा जाने सहमति गरेका मधेसी मोर्चासहितका चारै शक्ति चुनावी सरकारको कुर्सीको दाउमा छन्। चुनावमा जाँदा नेतृत्व पाए परिणाम प्रभावित गर्न सकिने लोभमा उनीहरु प्रधानमन्त्री पद अरू कसैलाई छाड्न तयार छैनन्।
चुनावी सरकार कसको नेतृत्वमा भन्ने सहमति नहुँदा चुनावमा जाने निर्णय नै संकटमा पर्ने अवस्था छ।
एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा चारै शक्ति सरकार नेतृत्वबारे आ-आफ्नै दाबी पेस गरिरहेका छन्। यहीबीच निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जाने विकल्पबारे पनि राजनीतिक वृत्तमा बहस जारी छ।
चुनावमा जाने दलहरुबीच सहमतिसँगै सुरु भएको राजनीतिक उतारचढावलाई नजिकबाट नियालिरहेकाहरु नेपाली राजनीतिमा प्रभाव पार्दै आएका शक्तिकेन्द्रहरु 'दलले खिचातानी जारी राख्दै स्वतन्त्र व्यक्तिसमेत छान्न नसक्ने' निष्कर्षका साथ बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउने अभ्यासमा सक्रिय छन्। तर यीमध्ये कुनै पनि अभ्यास सहमतिनिकट पुग्न सकेका छैनन्।
माओवादी, कांग्रेस र एमाले चुनावी सरकारको नेतृत्व आफ्नो पोल्टामा पार्न सक्रिय देखिन्छन्। तीनवटै दल चुनावी सरकारको नेतृत्वको होडबाजीमा सक्रिय भएको अवस्थामा मधेसी मोर्चाका नेता अवस्था आफूअनुकूल बनाउने अभ्यासमा छन्। अन्य दल भने प्रधानमन्त्री बनेमा आफूहरुलाई चुनाव सहज हुन्छ भन्ने कोठे अंकगणितमा व्यस्त छन्।
कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता केपी शर्मा ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुर भट्टराईको विकल्पका रुपमा चर्चामा छन्। तर, सत्ताको बल कसको कोर्टमा छ? राजनीतिक परिदृश्य अझै प्रस्ट छैन।
कांग्रेस, एमाले, साना दल र मधेसी मोर्चाका केही घटक भट्टराईलाई सरकारको नेतृत्वबाट हटाउनुपर्नेमा एकमत छन्। तर, भट्टराईपछि प्रधानमन्त्रीको एकल दाबेदार खुलाउन नसक्दा उनीहरुको दौडधुपले सार्थक स्वरुप पाउन सकेको छैन।
प्रधानमन्त्री भट्टराईप्रति त्यति सकारात्मक नभए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल भट्टराईकै नेतृत्वमा सर्वदलीय चुनावी सरकार गठन हुनुपर्ने सार्वजनिक मन्चमा बोल्दै आएका छन्।
प्रधानमन्त्रीका लागि कांग्रेसभित्रै कोइराला, देउवा र पौडेल उम्मेदवारका रुपमा अगाडि बढेकाले माओवादी कांग्रेसको अन्तरविरोधलाई आफूअनुकूल प्रयोग गरिरहेको देखिन्छ।
पार्टीभित्र लफडा भए पनि कांग्रेसले सत्ता नेतृत्वको दाबी भने छाडेको छैन। संविधानसभापछिको सरकारको नेतृत्व माओवादी र एमालेले गरेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने पुरानो माग कांग्रेसले निरन्तरता दिई नै रहेको छ।
चुनावी सरकारको नेतृत्व गर्न दिने पूर्वसहमतिको आधारमा आफ्नो पार्टीले अब सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको दाबी भए पनि माओवादीले संविधानसभा पुनर्स्थापनाको विकल्प समाप्त भएलगत्तै पाँचबुँदे सहमतिको औचित्य समेत सकिएको बताउँदै माओवादीका नेताहरुले सार्वजनिक मञ्चमै कांग्रेसको नेतृत्व अस्वीकार गरेका छन्। शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस वा एमालेलाई सरकारको नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै भट्टराईको विकल्प दिनुपरे पनि गठबन्धनबाट नै दिने निर्णय गरेको छ।
अन्य दल र मित्रशक्ति कांग्रेसभित्र देखिएका प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये कोइरालाप्रति केही सकारात्मक नभएका होइनन्। संविधानसभा विघटनपूर्व नै उनलाई प्रधानमन्त्री बनाउने प्रयास भएको थियो। तर, उनले स्वीकार नगर्दा अहिले पासा पल्टिएको सत्ता राजनीति नियालिरहेका एक विश्लेषकले बताए।
पछिल्लो समय कोइरालाले वरिष्ठ नेता देउवासँग चिसिएको सम्बन्ध सुधार्दै उनैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पहल सुरु गरेका छन्। केन्द्रीय सदस्य सशांक कोइरालाको निवासमा भएको दुवै नेताको वार्ता त्यसैको प्रारम्भ भएको कांग्रेस नेताहरु बताउँछन्। तर, कोइराला निकट नेताहरुले सभापति कोइरालाकै नेतृत्वमा चुनावी सरकारको रटान भने त्यागिसकेका छैनन्।
उपसभापति पौडेलले पनि नेतृत्वको दाबी छाडेका छैनन्। संसदीय दलको निवर्तमान नेता भएको भन्दै उनले आफू नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने अडानमा छन्। केन्द्रीय समितिले सहमतिको सरकारको नेतृत्वमा आफूलाई पठाउने यसअघि नै निर्णय गरेको भन्दै देउवाले पनि प्रधानमन्त्रीको बलियो दाबी गरिरहेका छन्।
कोइराला निकट केन्द्रीय सदस्य मानबहादुर विकले चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने र प्रधानमन्त्री सभापति नै हुने दाबी गरे। 'शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री बनिसक्नुभयो,' उनले नागरिकसँग भने, '२०४८ सालपछि उपसभापति रामचन्द्र पौडेल पनि पटकपटक पावरमा पुग्नुभएकै हो, अब पालो सभापतिको हो।'
शुक्रबारको प्रमुख दल बैठकमा एमालेले कांग्रेस नेतृत्वमा सरकार बनाउन औपचारिक प्रस्ताव नै गर्योभ। तर, कांग्रेसका नेताहरु एमालेको प्रस्तावप्रति ढुक्क भने छैनन्। एमाले बाहिरी रुपमा कांग्रेसको पक्षमा देखिए पनि ऊ सकेसम्म आफ्नै नेतृत्वमा चुनावी सरकार बनाउन सके माओवादीको विभाजनलाई सकारात्मक रुपमा प्रयोग गर्दै बहुमत ल्याउन सकिने दाउ खेलिरहेको कांग्रेस नेताहरुको ठम्याइ छ।
एमालेले कांग्रेसको आन्तरिक किचलोका प्रधानमन्त्रीको एक्लो उम्मेदवार आउन नसक्ने निष्कर्ष निकालेकाले औपचारिक रुपमा आफूले दाबी गर्न नसकेको र बाहिरी रुपमा कांग्रेसको नाम लिने र उम्मेदवार छान्न ऊ असफल भएपछि आफ्नो दाबी पेस गर्ने उसको दाउ रहेको कांग्रेसका एक नेताले बताए।
एमाले नेता भरतमोहन अधिकारीले एमाले कांग्रेस नेतृत्वको चुनावी सरकारको पक्षमा रहेको बताए। तर, कांग्रेस नेतृत्वलाई अन्य दलले स्वीकार नगरे दोस्रो विकल्पमा जसको नाममा सहमति हुन्छ, उसैले सरकारको नेतृत्व गर्ने उनको तर्क छ। 'बाबुरामजीले प्रधानमन्त्री मैले छाडेँ भनेर राष्ट्रपतिलाई भन्नुपर्योत, त्यसपछि उहाँले नयाँ सरकार गठनका लागि दलहरुलाई आग्रह गर्नुपर्योत,' उनले भने, 'पहिलेको सहमतिअनुसार कांग्रेसलाई सरकारको नेतृत्व दिन वा जसको नाममा सहमति हुन्छ, त्यसलाई सहयोग गर्न एमाले तयार छ।'
सहमतिका लागि जस्तोसुकै त्यागका लागि तयार भने पनि माओवादी सजिलै सरकारको नेतृत्व छाड्ने पक्षमा छैन। यो उसकै व्यवहारले पटकपटक देखिएको तथ्य हो। पार्टी विभाजित भएको अवस्थामा आफ्नो नेतृत्वको सरकार नभए चुनावमा अप्ठ्यारो पर्ने उनीहरुको निष्कर्ष देखिन्छ।
त्यसैले संविधानका अन्तर्वस्तुमा सहमति निर्माण हुन नसकेको दाबी गर्दै २१ वैशाखमा गरेको पाँचबुँदे सहमतिअनुसार नेतृत्व छाड्नुपर्ने बाध्यता नभएको जिकिर गरेको छ। सकेसम्म भट्टराई नेतृत्वलाई नै सर्वदलीय स्वरुप दिने यसमा सहमति नभए पनि नेतृत्वमा पार्टी अध्यक्षलाई अगाडि सार्ने उसको रणनीति देखिन्छ। यी दुवै रणनीति असफल भए सत्तारुढ गठबन्धनका नेता महन्थ ठाकुर वा स्वतन्त्र व्यक्ति भन्दै आफूसँग सकारात्मक रहेकालाई प्रधानमन्त्री बनाउने कसरतमा माओवादी जुटेको छ।
'नयाँ चुनावमा गएपछि पाँचबु"दे सहमतिको औचित्य सकियो अब, कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पुरानो सहमति लागू हुन सक्दैन,' माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, 'बाबुरामजीको नेतृत्वलाई कांग्रेसले नमान्ने हो भने हामीलाई कांग्रेसको नेतृत्व मान्नुपर्ने बाध्य छैन।'
उता, सरकारको नेतृत्वका लागि प्रमुख तीन दलको खिचातानीलाई आफूअनुकूल उपयोग गर्ने रणनीतिमा रहेको मधेसी मोर्चाबीच प्रधानमन्त्रीबारे एकमत छैन। उनीहरु तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने कसरतमा छन्।
सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले भट्टराई नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना नरहेको बताए। राजनीतिक सहमतिका आधारमा नयाँ चुनावी सरकार गठन गर्नुपर्ने बताए पनि उनले कांग्रेस र एमालेको नेतृत्व नस्विकार्ने बताए।
'अब अर्को विकल्प खोज्नुपर्छ,' उनले भने, 'त्यस्तो व्यक्ति महन्थ ठाकुरजी पनि हुनसक्नुहुन्छ।'
उता माओवादीवाट विभाजित नेकपा- माओवादी पनि सरकारको दाबेदारीमा पुगिसकेको छ। उपाध्यक्ष सिपी गजुरेलले गोलमेच सम्मेलनमार्फत संविधानका अन्तर्वस्तु र सरकारको नेतृत्व कसले लिने भन्ने टुंगो लगाउनुपर्ने बताए।
'बाबुराम भट्टराईले सरकार छाड्ने कुरा गरेका छैनन्,' उनले भने, 'आफूलाई प्रमुख दल भन्नेहरु छ वर्षमा असफल सिद्ध भएका छन्। सरकारको नेतृत्व अब हामीलाई दिनुपर्छ।'
साना दलका नेता प्रधानमन्त्रीको प्रतिस्पर्धामा छैनन्। अब को प्रधानमन्त्री भन्नेमा पनि प्रस्ट देखिएनन्। नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापतिले निष्पक्ष चुनावका लागि तटस्थ व्यक्तिको नेतृत्वको सरकार गठन गर्नुपर्ने बताए। दलीय नेतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने उनको निष्कर्ष छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वतन्त्र चुनावी सरकार गठनमा जोड दिए। 'एउटा पार्टीको नेतृत्व सरकार हटाएर अर्को पार्टी नेतृत्वमा सरकार गठन गर्दा निष्पक्ष चुनाव हुँदैन,' उनले भने, 'पूर्व वा बहालवाला न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्छ।'
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको 'सिन्डिकेट' ले मुलुक ध्वस्त भएको भन्दै तटस्थ व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए। तर, कस्तो व्यक्ति तटस्थ हो र कसरी छान्ने भन्ने उनले खुलाउन सकेनन्।