बलियो व्यक्ति कमजोर संगठन
२३ वैशाख २०६६
•
११ मिनेट पाठ
बलियो व्यक्ति कमजोर संगठन
नेपाली कांग्रेस केही वर्षयता निरन्तर कमजोर हुँदै गएको छ । कांग्रेसको आकर्षण जनसमर्थन मताधारमात्र होइन राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका र सान्दर्भिकतासमेत क्रमशः गुमिरहेको छ । यसमा कांग्रेसजनका आआफ्ना तर्क छन् । एकथरीको मत छ कांग्रेसले समाजवादी धार त्याग्यो सामाजिक न्यायको पक्ष छाडेर बजार अर्थतन्त्र भूमंडलीकरण विश्वव्यापीकरण निजीकरणजस्ता बजारमुखी अर्थ नीति अपनायो त्यस कारण असफल भयो ।




यस तर्कमा दम छैन । यही कालखण्डमा नेपाली कांग्रेसजस्तै भारतको कांग्रेस पार्टीले पनि यस लहरलाई आत्मसात् गरेकै हो । अरु थुप्रै मुलुकका प्रजातान्त्रिक समाजवादी भनिने पार्टीले पनि बजारमुखी खुला अर्थ नीति अपनाएकै हुन् । उनीहरु कमजोर भएनन् भने नेपाली कांग्रेसमात्र किन समस्या यो होइन रहेछ ।
कांग्रेसकै अर्को धारको मत छ गणतन्त्र संघीयताजस्ता समयसापेक्ष कार्यसूचीलाई बेलैमा अपनाउन नसक्दा त्यस्तो एजेन्डा बोकेको माओवादीभन्दा पछि पर्नुपर् यो । यो पनि पूर्ण सत्य होइन । गणतन्त्र परीक्षित हुनै बाँकी छ भने संघीयता राष्ट्रहितकारी हुनेछ कि राष्ट्रघाती त्यसको निक्र्योल गर्न केही वर्ष कुर्नुपर्ने छ । यस्ता अनिश्चित कार्यसूची लिएर आन्दोलनको नेतृत्व नगरेकाले कांग्रेस पछिपरेको अवश्य पनि होइन ।

अर्कागरी कांग्रेसजनको राय छ कांग्रेसमा आन्तरिक प्रजातन्त्र छैन यसैले पार्टीका सबै कार्यकर्ता समानरुपमा सकि्रय हुँदैनन् । तर वास्तवमा यो पनि समस्या होइन । समस्याको परिणाम मात्र हो । समस्या त हो संगठन नै नहुनु । संगठन भएको भए आन्तरिक प्रजातन्त्र हुन्ौपथ्र्यो नहुने कुरै हुँदैनथ्यो। कांग्रेसको संगठन नाम मात्रको छ सुदृढ व्यवस्थित जीवन्त र कि्रयाशील छैन । यसो त कांग्रेसको पार्टी कार्यालय छ केन्द्रीय समिति छ । महासमिति पनि छ । महाधिवेशन पनि हुन्छ वषौर्ँ म्याद गुजारेर र त्यसलाई कुंभभेलामा परिवर्तन गराइन्छ । महासमितिको हालत पनि उस्तै छ ।

माओवादीसँग मिल्न १२ बुँदे सम्झौता गर्दा न महाधिवेशन डाकियो न त महासमिति नै । सर्वोच्च नेताको एकल निर्णयबाट १-२ जना साक्षी राखेर सहीछाप गरियो । पछि केन्द्रीय समितिबाट अनुमोदनको औपचारिकता पूरा गरियो । केन्द्रीय समितिमा मनोनीत सदस्य थुप्रै हुन्छन् । निर्वाचित पनि नेताको हुकुमीतन्त्रविरुद्ध मत व्यक्त नगर्ने परम्परामा हुर्केका हुन्छन् । वास्तवमा कांग्रेसको अधिकांश संरचना जिम्मेवारी लिन नसक्ने थकित गलित बृद्धहरुको कब्जामा छ । त्यहाँ इतिहासको ब्याज खान वा आफ्नो व्यक्तिगत स्वार्थका लागि कांग्रेस बनेका वा भइरहेका मान्छेको बाहुल्य र प्रभुत्व छ । केही अपवाद होलान् । त्यो बेग्लै हो ।

कांग्रेसको न कुनै विभाग कि्रयाशील छ न कार्यालय व्यवस्थित । धनी नेता र धनी शक्ति केन्द्रको गरिब पार्टी भएको छ यो । स्रोत परिचालनको स्थिति कति दयनीय छ भने कुचीकारले पनि समयमा तलब पाउँदैनन् । भौतिक र वित्तीय पूर्वाधारमात्र हैन हरेक कुराको अभाव छ । कार्यकर्ताको अभाव छ सबै नेता छन् वा हुन चाहन्छन् । नेता हुन नखोज्ने अल्छी छन् । प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टीका कार्यकर्ताका तुलनामा कि्रयाशीलता जनसम्पर्क ऊर्जा जुझारुपन प्रतिबद्धता र अन्य कौशलमा पनि धेरै कमजोर छन् । त्यागी दूरदर्शी सुझबुझयुक्त र सक्षम नेताको कांग्रेसमा अभाव छ । विभाजनको घाउ पुरिएको छैन । त्यसले गुटबन्दी अन्तर्कलहलाई संस्थागत नै तुल्याएको छ ।

यथार्थमा कांग्रेस भनेको कसिलो संगठन होइन । त्यो त उदार प्रजातन्त्रमा विश्वास गर्ने मानिसहरुको माच मात्रै हो । संगठन शून्यताको यो रोग आजको होइन वीपीकै पालाको हो । वीपीको पालामा उनको व्यक्तित्व सुझबुझ र कौशलले कांग्रेसको संगठनको कमीलाई धेरै हदसम्म पूर्ति गरेको थियो । उनको शेषपछि नेतृत्वको जिम्मेवारी पाएका तीन नेतामध्ये गणेशमानजी र किसुनजीमा संगठन चलाउने क्षमता भएन । गिरिजाप्रसाद कोइरालामा संगठन हाँक्ने जाँगर र कौशल थियो । त्यसैले सभापति हँुदामात्र होइन महामन्त्री हुँदा पनि पार्टीको संगठन उनकै वरपर परिक्रमारत रहन्थ्यो । तर उनको बौद्धिक र नैतिक धरातल बलियो थिएन । त्यसैले पार्टीले निरन्तर परिवारवाद र अन्तर्कलहको सिकार भैरहनु पर् यो ।

पार्टी निरन्तर कमजोर हुँदै गयो । संगठन सुदृढ भएको भए नेताका कमजोरीको क्षतिपूर्ति हुन्थ्यो । एउटा पद्धति निर्माण हुन्थ्यो पद्धतिल्ो नेतृत्वलाई बाँध्यो जिम्मेवार बनाउँथ्यो । संगठन गतिलो भएको भए नेताहरु स्वेच्छाचारी हुन पाउँदैनथिए । आन्तरिक निर्णय र सन्तुलनले काम गथ्र्यो क्षति धेरै हुन पाउने थिएन । कार्यकर्ता प्रशिक्षण र जिम्मेवारीयुक्त हुन्थे । जनतासँग सम्पर्क टुट्ने थिएन । अहिले तराईमा जस्तो जनाधार माताधार खस्कने थिएन । पार्टी पनि जनचाहनाअनुसार परिवर्तित हुँदै जाने थियो ।

मूलतः संगठन गतिलो नभएकै कारण न त नेता कार्यकर्ता गतिला भएर निस्किए न पार्टी नै गतिशील भयो । संगठनकै सहकार्य समन्वय र मार्गदर्शनको अभाव रहन जाँदा पार्टी पटकपटक सरकारमा गएर पनि न सफल हुनसक्यो न लोकप्रिय।

संगठन गतिलो नहुँदा दुनिया भरमा पराजित र प्रतिरक्षात्मक स्थितिमा पुगेको कम्युनिस्ट विचार बोक्ने पार्टीबाट कांग्रेस हारेको हो भन्ने यसका नेताले पनि बुझेका छन् । तर उनीहरु नीतिमा सुधार गर्न चाहँदैनन् । आफुखुसी गर्न छाडेर आफैलाई बढी जवाफदेही बनाउन गिरीजाबाबुमात्र होइन शेरबहादुर सुशील रामचन्द्र कोही पनि चाँहदैनन् । त्यसैगरी कडा परिश्रम गर्नुपर्ने गरी परिवर्तित हुन अल्छी कार्यकर्ता पनि चाँहदैनन् । आफूले आधिकारिकरुपमा नपाएको शक्ति प्रयोग गर्न पल्केका सुजातादेखि शेखरसम्मका कोही पनि त्यो शक्ति छोड्न चाँहदैनन् । यस्तोमा कस्ले र किन गर्ने संगठन निर्माण संगठन चुट्की बजाएर निर्माण हुँदैन । वर्षौको कडा परिश्रमपछि बल्ल यस्को जग बस्न थाल्छ । कांग्रेसीलाई भने आजै अहिल्यै खाइहाल्नु परेको छ । उनीहरु २०१८ वा २०३१ सालका कांग्रेसी होइनन् बलिदान दिन । आजका कांग्रेसीको शब्दकोशमा बलिदान शब्द छैन ।

प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टीहरुलाई कांग्रेसको संगठनहीनताको राम्रो जानकारी छ । संगठनहीनताले तलदेखि माथिसम्मका नेता कार्यकर्ता सबैमा हुर्किएको चरम आत्मकेन्द्री सोच र अति व्यक्तिवादी व्यवहारको फाइदा प्रतिस्पर्धीले लिएका पनि हुन् । एमालेका मदन भण्डारीहरुले २०४८- ५१ को कालखण्डमा गणेशमानजीलाई गिरीजाबाबुविरुद्ध उपयोग गरेर फाइदा लिएका थिए । बीचमा शेरबहादुर देउवालाई उपयोग गरेर फाइदा लिए। २०५८ पछि २०६४ सम्म माओवादीले गिरिजाबाबुलाई प्रयोग गरेर फाइदा लियो ।

संविधान सभा चुनावमा पार्टी नराम्ररी पराजित हुँदा पनि आफू प्रयोग गरिएको बोध कोइरालालाई भएन । राष्ट्रपति निर्वाचनमा आफैँले धोका पाएपछि मात्र उनलाई त्यो सत्य बोध भयो । संगठनभन्दा व्यक्तिको स्वार्थ प्रधान भएको एउटा उदाहरण हो यो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस