दसैं सकिने तरखरमा छ भने तिहार संघारमा छ। नेपालका पूर्वी र मध्य तराईमा मनाइने छठको शुभकामना आदानप्रदान सुरु भएका छन्। तिहारको भाइटीकाको छैटौं दिन पर्ने छठलगत्तै मुलुक संविधान सभाको निर्वाचनमा होमिने छ। अधिकांश हिन्दुको महान् चाडपर्वहरू मनाउने क्रमसँगै राजनीतिक पार्टीहरू संविधान सभा निर्वाचनको चटारोमा देखिन्छन्।दसैं, तिहार, छठ विशेषतः हिन्दु धर्मावलम्वीका चाडपर्व हुन्। जुन धार्मिक आस्थासँग गासिएका छन्। संविधान सभा निर्वाचन र यी चाडपर्वको सोझो सम्बन्ध देखिँदैन। राजनीतिका आफ्ना घुमाउरा बाटामा धर्म/संस्कृतिसँग अन्तर्सम्बन्धित चाडपर्वहरूको त्यति ठूलो लेनदेन नहुन सक्छ। आसन्न संविधान सभामा जातीयता र क्षेत्रीयता प्रमुख मुद्दा बन्ने देखिँदैछ। यस अर्थमा यी चाडपर्वको सान्दर्भिकता आउँछ। नेपाली समाजमा यी चाड सामाजिकीकरण भइरहेको अवस्थालाई राजनीतिसँग गाँसेर हेर्न सकिन्छ। नेपालको राजनीतिमा उठेका जातीय, क्षेत्रीय राजनीतिमा दसैं, तिहार र छठको सामाजिक दायरा केलाउनु उचित हुन्छ।
जनआन्दोलन २०४६ पछि पूर्वी पहाडमा दसंै बहिष्कारको राजनीतिले आकार लियो। दसंै बहिष्कारको राजनीति गर्नेहरूले घार्मिक, सांस्कृतिक आधारमा बहस चलाए। अन्त्यमा बहिष्कार राजनीतिको जोर लागेन। किरात, लिम्बूको निधारमा रातोको सट्टा सेतो टीका टल्कियो। पहेँलो जमरा जहाँको त्यहीँ रह्यो। धार्मिक आस्था, शक्तिको आराधना, देवीको पूजाआजा जस्ता दसंैका मौलिक पक्ष समयक्रममा कमजोर बनेका छन् । दसंै खाने/पिउने, रमाइलो गर्ने र एकापसमा भेटघाट गर्ने चाडका रूपमा विकसित भयो र अझ व्यापक बन्दै गएको देखिन्छ। नेपालमा सबैजसो जातजातिलाई कुनै न कुनै रूपमा दसंैले गाँजेको अनुभव गर्न सकिन्छ। दसैं मान्नेहरू भिड, नमान्नेहरूको न्यून उपस्थितिमा बहिष्कारवादी हराएका छन्।
उता पूर्वी र मध्य तराईका अधिकांश हिन्दुले मनाउने छठ वर्षेनि काठमाडौंमा विस्तार भएको देखिन्छ। एक दशकअघिसम्म वाग्मती किनार थापाथलीमा सीमित छठ अहिले रानीपोखरी, गुहेश्वरीलगायत् स्थानमा भव्यरूपमा मनाइन्छ। जागिर, व्यापार र रोजिरोटीका लागि राजधानी आएका मधेसका बासिन्दाले काठमाडौंमा विस्तार गरेका छठ र त्यसमा यहाँका रैथानेको सद्भावपूर्ण सहभागिताले राजनीतिक भाषा बोलिरहेको छैन। त्यसैले जातीय र क्षेत्रीय राजनीतिमा विश्वास गर्नेहरूले दसंै र छठको सामाजिकीकरणको हिसाबकिताब गर्न आवश्यक देखिँदैछ।
जनता के चाहन्छन्, जातीय, क्षेत्रीय राजनीति वा सबै जातजाति र क्षेत्रका नेपालीबीच एकता र सद्भाव? आसन्न संविधान सभा निर्वाचनमा यस्ता प्रश्नको उत्तर खोजिने छन्। आसन्न निर्वाचन राजनीतिमा जातीय, संघीयता र क्षेत्रीय राजनीति प्रमुख एजेन्डा हुने निश्चित छ। संघीयता, शासकीय स्वरूपलगायत्का केही महत्त्वपूर्ण राजनीतिक मुद्दामा राजनीतिक दल सहमत हुन नसक्दा संविधान नबनेको हो। अहिले यिनै मुद्दा लिएर पार्टी जनतामा जाँदैछन्। जनताले कसलाई भोट हाल्ने? कतिपय मतदातामा अन्यौल छ। विगतका निर्वाचनमा उल्लेख्य मतदाताले मतदानको अन्तिम समयमा मात्र निर्णय गर्ने गरेको पाइन्छ। यसले पार्टी राजनीतिले नेपाली समाजमा जरा गाडिनसकेको अवस्था औल्याउँछ। यस्तो अवस्थामा के आधारमा दललाई भोट दिने? दल हेर्ने कि आफूलाई मन पर्ने उमेदवार? मतदाताको अन्यौलग्रस्त मानसिकताको लाभ बाठा उमेदवारले उठाउने छन्। पार्टी राजनीतिमा लामो समयदेखि आबद्ध मतदातामा एकखाले प्रतिबद्धता हुन्छ। उनीहरू राजनीतिक आस्था, सिद्धान्त र पार्टीको विचारका आधारमा भोट दिन्छन्। प्रतिबद्ध मतदाताको विकल्प हुँदैन तर नेपालको भोट राजनीतिमा पार्टी राजनीतिमा प्रतिबद्ध नरहेका उल्लेख्य मतदाताले निर्वाचन परिणाममा फरक पार्ने गरेका छन्। मतदातामा नयाँ खोज्ने प्रवृत्ति पनि हुन्छ। यसको लाभ अघिल्ल्ाो संविधान सभा निर्वाचनमा एमाओवादी र मधेसवादी दलले उठाए। नयाँ शक्तिका रूपमा उदाएका यी दल विभाजन र फुटको मारमा परेका छन्। आधा जनसंख्या रहेको तराई मधेसको भोट राजनीतिमा यस पटक ठूलो परिवर्तन हुनसक्छ। चिराचिरा परेका मधेसवादी दलको भोट बाँडिने अवस्थाको लाभ कांग्रेसलगायत्का राजनीतिक दलले लिन सक्नेछन्। विगत संंविधान सभा निर्वाचनमा मधेसको सबैभन्दा ठूलो दल एमाओवादी हो। त्यो अवस्था खस्कन नदिन उसको प्रयास जारी छ। राष्ट्रिय राजनीतिमा मधेसी विभेदका मुद्दा जसरी उठान भएका छन् त्यसरी नै मधेसभित्रै त्यहाँका मुद्दा प्राथमिकताका साथ मुखरित हुन सकेका छैनन्। मधेसी समाजमा जातीयता, लैगिंक विभेद र वर्गीय समस्या अन्य समाजमा भन्दा बढी देखिन्छ।
२०६२/२०६३ को आन्दोलनसँगै उदाएको माओवादी र मधेसवादी दलको परीक्षा भइसकेको छ। कांग्रेस/एमाले पुराना पार्टी भइहाले। एमालेलगायत् प्रमुख राजनीतिक पार्टीबाट बाहिरिएका जनजाति नेताहरूले गठन गरेको संघीय समाजवादी नयाँ पार्टी हो। उसको जातीय एजेन्डालाई मतदाताले कसरी लिन्छन्, हेर्न बाँकी छ। संविधान सभामा जातीय मुद्दा प्रवलरूपमा उठ्नुका पछाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सक्रियता र ठूलो लगानी थियो भनिन्छ। यस अर्थमा वैदेशिक लगानीमा उचालिएको जातीय मुद्दालाई मतदाताले कसरी ग्रहण गर्ने हुन्? अहिल्यै आँकलन गर्न सकिँदैन। जातीय संघीयताको वकालत गर्नेहरूले सकेसम्म जनतामा जान नचाहेको विगतले उनीहरूको अवस्था औल्याउँछ। मरिसकेको राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालले धार्मिक, सामाजिक मुद्दा अघि सारेको छ। प्रमुख राजनीतिक दलको प्रतिक्रियाको भोटबाहेक उसको सैद्धान्तिक आधार प्रभावकारी छैन।
खासमा यो निर्वाचनमा मतदातासँग धेरै विकल्प देखिँदैन। नयाँ दल छैनन्। परीक्षा लिइसकेका दलकै उमेदवारमध्ये छान्नुपर्ने अवस्था छ। मतदाताले दलले खेलेका भूमिका, घोषणापत्रमार्फत् व्यक्त कार्यक्रम र उनीहरुका काम समीक्षा गर्दै निश्चित राजनीतिक पार्टीलाई भोट दिनु उचित हुन्छ। नेपालमा पार्टी राजनीति राम्ररी विकास नभइसकेको अवस्थामा जोसिला भाषण गर्ने, अन्य दल र नेताको आलोचना गर्ने, मीठा आश्वासन बाँड्ने उमेदवार मतदाताका आकर्षण हुने गरेका छन्। आलोचना, विरोध र प्रतिक्रियामा मत हाल्ने होइन। आसन्न निर्वाचनमा आधाभन्दा बढी ३५ वर्षमुनिका मतदाता छन्। २५ वर्षमुनिका मतदाताको संख्या करिव २२ प्रतिशत छ। अर्थात् निर्णायक युवा नै हुन्। कतिपय युवा पार्टी राजनीतिमा आबद्ध छैनन्। पार्टीबाट विरक्तिएर व्यक्ति छान्ने मानसिकतामा रहेका उनीहरूको प्रतिक्रिया पाइन्छ। युवाहरू पार्टी राजनीतिबाट टाढिएर उमेदवारको अनुहारपछाडि लाग्ने अवस्था आयो भने त्यो पार्टी राजनीतिक प्रणालीका लाागि प्रत्युत्पादक बन्न जानेछ। नेपालमा राजनीतिक स्थायित्वका लागि २, ३ वटा प्रमुख दल भए पुग्छ। यसका लागि युवाले भूमिका खेल्नु आवश्यक छ। 'खराबमध्येको राम्रो' मान्यतामा रहेर युवाले व्यक्ति होइन, दलका पछाडि लाग्नु अहिलेको आवश्यकता हो। अनिमात्र पार्टी राजनीतिको आधार बलियो बन्छ।