जलवायु परिवर्तन र द्वन्द्व
२३ असोज २०७०
•
१६ मिनेट पाठ
जलवायु परिवर्तन र द्वन्द्व
केही दशकदेखि पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। वैज्ञानिकहरूका अनुसार यसो हुनुको प्रमुख कारण तीव्र औद्योगीकरण तथा सहरीकरण, जैविक इन्धनको अत्यधिक खपत, वन जङ्गलको व्यापक विनाश, कृषिको विकासजस्ता मानवसिर्जित गतिविधिबाट उत्पन्न कार्बनडाइअक्साइडजस्ता ग्यासको मात्रा वायुमण्डलमा अत्यधिक वृद्धि हुनु हो। वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढेकाले सूर्यको किरणले उत्पन्न हुने सौर ताप पृथ्वीबाट अन्तरिक्षमा फर्कने प्रक्रियामा अवरोध पैदा भएको छ।पृथ्वीबाट अन्तरिक्षमा सौर ताप फर्कने प्रक्रियामा अवरोध पैदा गर्ने ग्यासलाई 'ग्रिन हाउस ग्यास' भन्ने गरिन्छ। वायुमण्डलमा यस्ता ग्यासको मात्रा बढेकाले पृथ्वीको तापक्रम निरन्तर बढी रहेको हो। त्यसैलाई 'ग्लोबल वार्मिङ' पनि भन्ने गरिन्छ। वैज्ञानिकहरूका अनुसार करोडौँ वर्षसम्म सन्तुलनमा रहेको प्राकृतिक वातावरणलाई मानवसिर्जित गतिविधिले विगत केही दशकमा ठूलो प्रतिकूल असर पारेको छ।
तापक्रम वृद्धिले विश्वको जलवायुमा ठूलो परिवर्तन आएको छ र यसको असर विश्वका सबै भागमा देखिन थालेको छ। कतै खडेरी पर्न थालेको छ भने कतै अति वर्षा भई बाढीको प्रकोप बढ्न थालेको छ। विश्वका उच्च भूभागको हिउँ पग्लन थालेको छ। हिमाल क्रमशः नाङ्गो पहाडमा परिणत हुँदैछ। समुद्रको सतह बढिरहेको छ। समुद्रीतटका मुलुकहरू डुबानमा परी अस्तित्व गुमाउने खतरामा छन्। मौसमको सही पूर्वअनुमान गर्न कठिन हुन थालेको छ। जलवायु परिवर्तनले सम्पूर्ण प्राणी र वनस्पतिलाई प्रतिकूल असर पार्दैलगेको छ। विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङका अनुसार समयमै समाधानको उपाय नसोच्ने हो भने जलवायु परिवर्तनद्वारा सिर्जित समस्याले निकट भविष्यमा मानव जातिको अन्त्यसमेत हुनसक्ने जोखिम बढेको छ। यसैले जलवायु परिवर्तन विश्वका सबै राष्ट्रलाई चिन्ता र चासोको विषय बनेको हो।
संयुक्त राष्ट्रसंघ तथा विश्वका विभिन्न मुलुकका सरकारलाई जलवायु परिवर्तनको प्रतिकूल असर न्यूनीकरण गर्न र जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न वैज्ञानिक सल्लाह दिन स्थापित अन्तर्राष्ट्रिय सस्था 'इन्टरगभर्नर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज' (आईपीसीसी)ले गत २७ सेप्टेम्बरमा स्विडेनको राजधानी स्टकहोल्ममा एक प्रेस विज्ञप्तिमार्फत जलवायु परिवर्तनबारे केही नयाँ तथा महत्वपूर्ण खोज नतिजा सार्वजनिक गरेको छ। उक्त खोज नतिजा पछिल्ला केही वर्षयता वैज्ञानिकहरूले जलवायु परिवर्तनसम्बन्धी हजारौँ अनुसन्धानमार्फत प्राप्त गरेका सूचनामा आधारित भएको आईपीसीसीले बताएको छ।
सन् २००७ मा आइपीसीसीको नयाँ प्रतिवेदनअनुसार जलवायु परिवर्तनको सम्भावित कारक तत्व मानवसिर्जित गतिविधि नै हो भन्नेमा वैज्ञानिकहरू ९० देखि शत प्रतिशत विश्वस्त थिए भने अहिले उनीहरू ९५ देखि १०० प्रतिशत विश्वस्त रहेका छन्। साथै, जलवायु परिवर्तनमा मानिसको प्रतिकूल प्रभावबारे शंका गर्ने अब कुनै ठाउँ नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जलवायु परिवर्तन यथार्थ हो र यसको प्रतिकूल असर न्यून पार्नु मानव अस्तित्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। आईसीपीसीको प्रतिवेदनअनुसार जलवायु परिवर्तनको प्रतिकूल प्रभाव विश्वका सबै भागमा पहिलेभन्दा अहिले बढी स्पष्टरूपमा देखिन थालेको छ र आउँदा दिनमा अझ बढी एवं स्पष्ट देखिन थाल्नेछ।
सन् १९५० को दशकदेखि पृथ्वीको तापक्रममा निरन्तर वृद्धि हुनुको मूल कारण मानिसको प्रतिकूल प्रभाव नै हो भन्ने निष्कर्ष आईसीपीसीका पदाधिकारीले निकालेका छन्। जलवायु परिवर्तनसम्बन्धी अध्ययनका लागि पछिल्लो समयमा विकास गरिएका भरपर्दाे वैज्ञानिक तथा प्राविधिक विधि र विभिन्न कोणबाट गरिएका वैज्ञानिक अनुसन्धानका खोज नतिजाको मद्दतले वैज्ञानिकहरू उक्त निष्कर्षमा पुगेका हुन्। सन् १८५० देखिको सबै दशकमध्ये पछिल्लो तीन दशकदेखि पृथ्वीको तापक्रममा सबैभन्दा तीव्र गतिले वृद्धि भइरहेको आईसीपीसीको प्रेस विज्ञप्तिमा उल्लेख छ। आईसीपीसीका वैज्ञानिकहरूका अनुसार मानव अस्तित्वमाथि जलवायु परिवर्तनको खतरा न्यून पार्न २१ सौँ शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धिलाई कुनै पनि हालतमा १.५ देखि २.० डिग्री सेल्सियसमा सीमित राख्नु अत्यन्त जरुरी छ। सिद्धान्ततः यस्तो लक्ष्य हासिल गर्न सकिने भए पनि आजकै गतिमा वातावरणमा कार्बनडाइअक्साइडजस्ता 'ग्रिनहाउस' ग्यासको उत्सर्जन कायम रहने हो भने २१ सौँ शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम ५ देखि.६ डिग्री सेल्सियसले बढ्नेछ र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भयावह हुनेछ। यस प्रकारको तापक्रम वृद्धिले विश्वका कतिपय भूभागमा ताप लहर (हिट वेभ)को क्रम र अवधिमा वृद्धि हुनेछ। पृथ्वीको तापक्रम बढ्नाले पानी पर्ने भूभागमा अति वर्षा हुनेछ र सुख्खा भूभागमा खडेरी अझ बढ्ने छ भने समुद्रको तापक्रम बढ्नाले अझ तीव्र गतिमा हिउँ पग्लनेछ र समुद्रको सतह बढ्नेछ। 
जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यून पार्न आउँदा दिनमा 'ग्रिनहाउस' ग्यासको उत्सर्जनमा दिगो र अत्यधिक कटौती गर्नुको विकल्प नरहेको विज्ञहरू बताउँछन्। 'ग्रिनहाउस' ग्यासको उत्सर्जनमा कमी ल्याउन नसकिने हो भने वायुमण्डलमा भएको 'ग्रिनहाउस' ग्यासलाई सोसेर जमिनमुनि भण्डार गर्ने नयाँ प्रविधिको विकास गर्नुपर्ने वैज्ञानिकहरूको धारणा छ। नर्वेका वैज्ञानिकहरू यस प्रकारको प्रविधि विकास गर्न प्रयासरत छन्। यद्यपि, उक्त प्रविधि निकै खर्चिलो भएकाले व्यवहारमा प्रयोग हुन सकिरहेको छैन र निकट भविष्यमा हुनसक्ने सम्भावना पनि देखिँदैन। तसर्थ अहिलेलाई जलवायु परिवर्तनको प्रतिकूल असर न्यून पार्ने एकमात्र उपाय हो– 'ग्रिनहाउस' ग्यासको उत्सर्जन कम गर्नु।
जलवायु परिवर्तनको प्रतिकूल प्रभाव विकसित तथा कम विकसित राष्ट्र दुवैलाई पर्ने भए पनि यसको असर कम विकसित राष्ट्रलाई बढी पर्ने अन्तर्राष्ट्रिय संस्थाहरू बताउँछन्। विकसित राष्ट्रसँग जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न आवश्यक प्रविधि, स्रोत र साधन उपलब्ध छ भने कम विकसित राष्ट्रसँग यस्ता प्रविधि र साधन उपलब्ध छैनन्। विश्वका अति कम विकसित राष्ट्रमा गरिबी निवारण कार्यमा संलग्न विश्व संस्था 'केयर इन्टरनेसनल'का अनुसार यी अति कम विकसित राष्ट्रमा गरिबी निवारण गर्ने प्रयासमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सबैभन्दा ठूलो अवरोध बन्दै आएको छ। कृषिमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावका कारण विश्वका कतिपय कम विकसित राष्ट्रका किसानहरू कृषि पेसा त्यागेर वैकल्पिक पेसा अपनाउन वाध्य भएका छन्। जलवायु परिवर्तनको प्रतिकूल प्रभावले कैयौं कम विकसित राष्ट्रमा खाद्य असुरक्षा बढाएको 'केयर इन्टरनेसनल'का पदाधिकारी बताउँछन्। 
पछिल्लो अध्ययनअनुसार जलवायु परिवर्तनले मानिसको व्यवहारमा समेत प्रत्यक्ष असर पार्ने गरेको पाइएको छ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित वैज्ञानिक जर्नल 'साइन्स'मा छापिएको लेखअनुसार जलवायु परिवर्तनका कारण समाजमा हिंसा र द्वन्द्व बढेको पाइएको छ। तापक्रमको वृद्धिले मानिसमा रोष पैदा हुने गरेको अनुसन्धानकर्ताहरू बताउँछन्। तापक्रमको सानो वृद्धिले पनि मानिसमा विभिन्न प्रकारका द्वन्द्व निम्तिने गरेको पाइन्छ। यस प्रकारको द्वन्द्व विकसित तथा विकासशील देश दुवैमा पाइएको अध्ययनमा उल्लेख छ। विशेषगरी गर्मी बढी भएका मुलुकमा तापक्रमको वृद्धिले बढी द्वन्द्व निम्तिने गरेको छ। उदाहरणका लागि कतिपय अफ्रिकी मुलुकमा अत्यधिक गर्मी भएका वर्षमा गृह युद्धका घटना बढेको पाइएको छ। क्यालिफोर्नियाको बर्कले विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार आउँदा दिनमा पृथ्वीमा हुने तापक्रम वृद्धिले मानिसहरूबीच विभिन्न प्रकारका द्वन्द्व अझ उग्र र स्पष्टरूपमा देखा पर्नेछ। यस प्रकारको द्वन्द्व व्यक्ति, समूह वा समाजबीचमात्र नभई विभिन्न देशबीचसमेत उत्पन्न हुने जोखिम प्रबल देखिन्छ। एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा कुनै महिनामा औसत तापक्रम ३ डिग्री सेल्सियसले वृद्धि हुँदा व्यक्तिहरूबीचको द्वन्द्व ४ प्रतिशतले वृद्धि भएको पाइन्छ भने मानिसहरूको समूहबीचको द्वन्द्व र हिंसा १४ प्रतिशतले वृद्धि भएको पाइन्छ। वैज्ञानिकहरूका अनुसार दक्षिण अमेरिकाको प्रसिद्ध मायान सभ्यताको नवौँ शताब्दीमा भएको पतनको कारण पनि त्यतिबेलाको जलवायु परिवर्तनले निम्त्याएको द्वन्द्वकै परिणाम हो। 
जलवायु परिवर्तनले सामाजिक अव्यवस्था, जनसंख्याको बसाइँसराइ र द्वन्द्व निम्त्याउँछ भन्ने निष्कर्ष सन् २००३ मा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सन् २००६ मा संयुक्त अधिराज्यको सरकारले र सन् २००७ मा संयुक्त राष्ट्रसंघले प्रायोजित अध्ययनबाट पनि देखिन आएको छ। यस्तै एक अध्ययनअनुसार सुडानको दारफुरमा गृह युद्ध चर्किनुको एउटा प्रमुख कारण जलवायु परिवर्तन भएको देखिएको छ। जलवायु परिवर्तनबाट हिंसा र द्वन्द्वका घटनामा वृद्धि हुनाको यथार्थ कारण भने अनुसन्धानकर्ताले पत्ता लगाउन सकेका छैनन्। केही वैज्ञानिकका अनुसार तापक्रम वृद्धिबाट मानिस बढी हिंस्रक बन्नुको कारण जलवायु परिवर्तनबाट मानव शरीरमा आउने जैविक परिवर्तन पनि हुनसक्छ। 
जलवायु परिवर्तन र द्वन्द्वबीच केही सम्बन्ध छ भन्ने आधार बलियो देखिए पनि यस प्रकारको सम्बन्धलाई सबै विज्ञले स्वीकारेका भने छैनन्। नर्वेको राजधानी अस्लोस्थित 'पिस रिसर्च इन्स्टिट्युट'का पदाधिकारीका अनुसार अफ्रिकी मुलुकमा गत ५० वर्षमा भएका गृह युद्धका प्रमुख कारण वातावरण नभई राजनीति हो। यसैगरी अमेरिकाको 'नेसनल एकेडेमी अफ् साइन्स'को एक अध्ययनअनुसार अफ्रिकी मुलुकमा जारी गृह युद्धको जलवायु परिवर्तनसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन। ती गृह युद्धका प्रमुख कारण सामाजिक अव्यवस्था र राजनीति हुन्। जलवायु परिवर्तन र द्वन्द्वबीच वास्तवमै कुनै बलियो सम्बन्ध छ वा छैन भन्ने तथ्य भविष्यमा गरिने अध्ययन र अनुसन्धानले स्पष्ट पार्नेछन्। यस्तै अध्ययन र अनुसन्धानमा अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयलगायतका अनुसन्धानकर्ता लागेका छन्। उनीहरू निकट भविष्यमा यसबारे ठोस आधार प्राप्त हुनेमा विश्वस्त छन्।


अर्को समाचार
पर्यटन क्षेत्रः ‘फेक बुकिङ’ले पर्यटन क्षेत्र त्रसित
२९ साउन २०८२
•
५ मिनेट पाठ
पर्यटन क्षेत्रः ‘फेक बुकिङ’ले पर्यटन क्षेत्र त्रसित
प्रविधिको उच्चतम प्रयोग, जलवायु परिवर्तन, विभिन्न मुलुकबीच बढ्दो द्वन्द्व लगायतका घटनाक्रमले विदेशी पर्यटक आउजाउमा प्रभाव पार्न थालेको भन्दै पर्यटन क्षेत्रले चिन्ता जनाएको छ। आगामि दिनमा पर्यटन क्षेत्रमा नयाँनयाँ शैलीका चूनौती थपिने चिन्ता पनि व्यवासायीको छ।  




चूनौती बढ्दै जाँदा पर्यटक आउजाउ घट्ने हो की भन्ने चिन्ता व्यावसायीमा पलाएको छ। पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका व्यावसायी टिकाराम सापकोटाका अनुसार पर्यटन क्षेत्रमा साइबर थ्रेटको चूनौती थपिन थालेको छ। कतिपय विदेशी पर्यटकले ठूला होटलको बुकिङ ह्याक गर्नेसम्मका काम गर्न थालेका छन। त्यस्तै अनावश्यक रुपमा बुकिङ गर्ने तर, नआउने गतिविधि पनि पर्यटन क्षेत्रमा थपिएको उनले बताए। ‘फेक बुकिङको समस्या देखिन थालेको छ। बेलैमा ख्याल नगर्ने हो भने भविश्यमा अझ अप्ठेरो पर्न सक्छ,’ सापकोटाले भने।

‘होटलको कोठा बुकिङ गर्ने, तर, नआउने गर्दा व्यावसायीलाई अप्ठेरो पर्छ। बुकिङ भएपछि पाहुना आउने अपेक्षा हुन्छ। तर, अन्तिम समयमा कुनै कारण देखाएर पाहुना आउँदैनन,’ उनले भने, ‘एकपटक बुकिङ देखिएको कोठा थप बुकिङ गर्न मिल्दैन। तर, पाहुना नै नआएपछि अन्तिम समयमा कोठा नै पाहुनाविहीन अवस्थामा राख्नुपर्छ।’ होटलका साइट ह्याक गरेर बुकिङ प्रभावित पार्नु बढी चिन्ताको विषय रहेको उनले सुनाए।

त्यस्तै पछिल्लो समय पर्यटन क्षेत्रमा प्राकृतिक प्रकोपका घटनाले चूनौती थप्न थालेका छन। जलवायु परिवर्तनका कारण अधिक गर्मी बढ्नु, भीषण वर्षा र बाढी पहिरो निम्तितु, पर्यटकहरु यस्तै घटनामा पर्नु जस्ता कारणले पनि पर्यटन क्षेत्रमा चूनौती थपिएको सापकोटाको भनाई छ। ‘प्राकृतिक विपद्का घटनामा पर्दा कतिपय पर्यटकले ज्यानै गुमाउनुपरेको छ,’ उनले भने, ‘यो राम्रो सन्देश होईन। यस्ता घटनाका कारण पर्यटक तसिर्ने जोखिम रहन्छ। विभिन्न जिल्लामा पछिल्ला समय भएका प्राकृतिक विपद्का कारणले पनि पर्यटकको आगमन रोकिने गरेको छ।’

पोखराका पर्यटन क्षेत्रको सुरक्षाबारेको छलफलमा सापकोटाले पछिल्लो समय कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्रमा सबैभन्दा कठिन अवस्था आइपरेको बताए। कोरोनाका कारण आगमन झन्डै शुन्यमा झरेको र त्यो आकार बल्ल अहिले उकासिन थालेको उनले बताए। ‘कोरोनाको प्रभाव बेलाबेला अहिले पनि सुनिन्छ। कतै पहिलेकै जस्तै अवस्था आउने हो की भन्ने त्रास पनि छ,’ उनले भने, ‘कोरोनाको जस्तै त्रास आगामि दिनमा पनि फैलिनेमा चिन्ता गर्ने बेला भएको छ। कुनैपनि बेला फरक रोगको संक्रमण बढ्ने जोखिम उत्तिकै छ।’

सापकोटाका अनुसार युवाको विदेश पलायनले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति अभाव भएको, पर्यटन क्षेत्रमा सूचना आदानप्रदानमा संयोजन हुन नसक्नु, विभिन्न मुलुकबीच द्वन्द्व चर्किदा पनि पर्यटन क्षेत्र प्रभावित हुने क्रम बढेको उनले बताए। युद्धका कारण पर्यटक आउजाउ नै रोकिने अवस्था आएको समेत उनले बताए।

‘अहिलेका चूनौती यसअघि थिएनन। तर, जब प्रविधि, जलवायु परिवर्तन, विदेश पलायनको गति, अन्तर्राष्ट्रियस्तरका द्वन्द्व, विभिन्न प्रकारका संक्रामक रोगले पछिल्लो समयमा पर्यटन क्षेत्रमा चूनौती बढाईरहेका छन,’ उनले भने, ‘यी समस्या आगामि दिनमा अझै थपिनेमा दुईमत छैन। अहिले देखिएको समस्या समाधान हुने भन्दा पनि बढ्ने चिन्ता छ।’
पोखरा भ्रमण वर्षका संयोजक गोपि भट्टराई पनि पर्यटन क्षेत्रमा केहीवर्ष अघिसम्म नदेखिएका चूनौती अहिले सबैभन्दा बढी टड्कारो रुपमा देखिएको बताउँछन। ‘जलवायु परिवर्तनको असर यतिसम्म बढ्दै गएको छ की कुन ठाउँमा कुनबेला हिमपहिरो र बाढी आउने भन्ने यकिन छैन। पर्यटकीय क्षेत्रमा घटना हुँदा त्यसको असर पर्यटकमा पर्छ,’ उनले भने, ‘राजनीतिक अस्थिरता पनि उत्तिकै समस्या छ। नेपालमा झनै बेलाबेला हुने गरेका राजनीतिक घटनाक्रमका कारण विभिन्न मुलुकले पर्यटकलाई घुम्नै नजाउ भनेर ट्राभल एड्भाइजरी नै जारी गर्नुपनि परेको छ।’

पर्यटन क्षेत्रमा देखिएका सुरक्षाका नयाँ चूनौतीलाई सहजै समाधान गर्नका लागि सरकार मात्र नभई स्वयं पर्यटन व्यावसायी पनि सक्रिय हुनुपर्ने उनले बताए। ‘कुन बेला पर्यटकलाई घुम्न पठाउनु हुन्छ र हुँदैन भन्नेमा स्वयं पर्यटन व्यावसायी पनि सचेत हुन जरुरी छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा सुरक्षको भूमिका महत्वपूर्ण हुन्छ। तर त्यही सुरक्षा चूनौती थपिएको छ। हरेक वर्ष नयाँनयाँ खालका घटनाक्रम हुन थालेका छन। ती घटनाक्रमले अन्त्यमा पर्यटन क्षेत्रमै असर पारेको छ।’

पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो समय होटल क्षेत्रमा फेक बुकिङको समस्या बढिरहेका छन। ‘चल्तीका होटलको बुकिङ साइट ह्याक गरेर कोठा खालि नरहेको भनेर झुक्याउने गरिएको छ। होटलको बुकिङमा कोठा खालि नभएपछि पाहुना अन्यत्र जाने गरेका छन । तर, वास्तवमा ती होटलका सबै कोठा बुकिङ भएका हुँदैनन,’ लामिछानेले भने, ‘त्यत्ति मात्र नभई नयाँनयाँ साइटहरु खोलेर बुकिङ लिने, पैसा असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने पनि गुनासो बढिरहेको छ। फेक बुकिङको चिन्ता बढिरहेको छ।’ पाहुनासँग रकम असुल्न नक्कली कम्पनि नै खडा गर्ने र बुकिङ लिने अनि पैसा असुल्ने गर्दा पर्यटक पनि ठगिएको उनले बताए।

त्यसबाहेक पछिल्लो समय फूड सेक्यूरिटीको समस्या पनि बढ्दै गएको उनले बताए। पोखराकै चल्तीका होटलले दक्ष जनशक्ति अभावमा गुणस्तरीय खाना पस्किन नसक्ने अवस्था लामिछानेले बताए। ‘अनुभवि सेफजति विदेश पलायन भएका छन। नयाँपुस्ताले कामै गर्न छाडेको छ। अनुभव अभावमा होटल तथा रेस्टुरेन्टले पस्केको खाना स्वस्थ नभएको गुनासो आउन थालेको छ,’ उनले भने, ‘आगामि दिनमा यो समस्या अझ बढ्दो छ। किनकी अनुभवी सेफ पाउनै मुस्किल छ। गुणस्तरहीन खाना खाएकै कारण पर्यटक बिरामी पर्न थालेको गुनासो आउनु पर्यटन क्षेत्रमा नयाँ चूनौती हो।’  

लामिछानेका बिचारमा पछिल्लो समय जलवायु परिवर्तनको असर पनि उत्तिकै बढेको छ। कुन बेला कुन ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाउँछ भन्ने अवस्था नरहेको उनले बताए। अनुमान नै नभएको ठाउँमा बाढी र पहिरो आउनु थप चूनौती रहेको उनले बताए। ठाउँठाउँमा वेदर स्टेशन नहुँदा पर्यटकले सही सूचना पाउन नसकेर समस्यामा पर्ने गरेको पनि उनले बताए।  

‘मौसमबारे बेलैमा जानकारी पाउने हो भने पर्यटकले त्यो रुट नै परिवर्तन गर्न सक्छन। तर, सूचना प्रवाहमा पनि समस्या छ। मौसमी जानकारी बेलैमा पाउन नसक्दा बाढीपहिरोको चपेटामा परेर पर्यटकले बाटोमा लामो समय बिताउनुपरेको छ,’ उनले भने। पर्यटन क्षेत्रमा देखिएका सुरक्षा समस्या समाधान गर्नका लागि व्यावसायी देखि सरकार सक्रिय हुनुपर्ने, प्रविधिमा निगरानी बढाउनुपर्ने, सूचना प्रवाहमा तदारुकता देखाउनुपर्ने उनले बताए। पछिल्लो समय देखिएका यस्ता समस्या आगामि दिनमा झनै बढ्नै जाने अवस्था रहेकोले सचेत हुनुपर्ने लामिछानेको सुझाव छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस