कोरोना कहरको अर्थशास्त्र
०३ असार २०७७
•
६ मिनेट पाठ
कोरोना कहरको अर्थशास्त्र
कोरोना कहरले विश्व आक्रान्त भइरहँदा बन्दाबन्दीमा रहेका युवा एक्कासि सडकमा उत्रे । धेरैले यसलाई स्वस्फूर्त जोस, वर्तमान सरकारको धेरै कमजोरी, अकर्मण्यता र अक्षमताका कारण युवा बाध्य हुनुप-यो भनेर सकारात्मकरूपमा लिए भने सरकारको आलोचना गर्न र सुन्न नसक्नेले युवाहरू सडकमा उत्रनुलाई नकारात्मक टिप्पणी पनि गरे । हाम्रा युवा कोरोना कहरबीच पनि सरकारले गरेका काम, पाइलैपिच्छे भ्रष्टाचार, अराजकता र दम्भप्रति सहनशीलता गुमाएका कारण सडकमा उत्रन बाध्य भएका हुन् । युवा सडकमा आउनु नपर्ने गरी काम गरेर देखाउन सके त्यो नै गतिलो सजाय हुन्न र ? युवाहरूले देखाएका अनुशासन, सभ्यता, सामाजिक दूरी कायम, व्यवस्थापकीयरूपमा गरिएको विवेक र उनीहरूका जायज माग जसले सम्पूर्ण नागरिकको प्रतिनिधित्व गरेको छ । युवाले चाहे जे पनि गर्न सक्छन्, नेतृत्व सम्हाल्न सक्छन् र आवश्यक परे सडकमा उत्रन सक्छन् । युवा पुस्ताको धारणा र विचारलाई सामान्यीकरण गर्नुहुँदैन भन्ने एउटा चेतनास्वरूप यसलाई लिन सके आगामी दिनमा धेरै कुरा सुध्रन सक्छन् ।  

आज विश्वका कैयौँ राष्ट्र र आधिकारिक संस्थाहरू कोरोनापछिको अवस्था कस्तो होला भन्ने योजना र अनुसन्धानमा तल्लीन रहँदा हामीकहाँ भने सरकारका कमजोरी औल्याइदिने संवैधानिक अंग र निकायहरू, सल्लाहकार अनि सरोकारवालाले समेत सत्ताको फाइदा लिनुबाहेक सरकारलाई मार्गदर्शन गर्न सकेनन् । हामीकहाँ क्षणिक फाइदा सोचेर सत्तामा पुग्ने र सत्ताको फाइदा लिन खोज्नेहरूको बाहुल्यता भएका कारण दिगो विकास लक्ष्यमा योजना बनाउलान् भनेर विश्वास कसरी गर्ने ? कोभिड–१९ को प्रभावले विश्वमै मानिसको जीवनयापन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, व्यवसाय र अन्य क्षेत्रमा प्रभाव पार्नेछ ।  

प्रत्येक राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा सहयोग गर्ने कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रको विकासमा कस्ता रणनीति र योजना अघि सार्न सके कोरोनापछिको समयमा पनि हतोत्साहित हुनुपर्दैन भन्नेमा धेरै राष्ट्रले योजना तथा नीति एवम् कार्यक्रमलाई जोड दिएका पाइन्छ । संसारबाट गरिबी र भोकमरी उन्मूलन नहुँदासम्म कुनै पनि राष्ट्रले आफ्नो मात्र समृद्धि हासिल गर्न सक्दैनन् भन्ने दूरगामी सोचाइ राखी संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरूको खाका तयार पा¥यो जसको मुख्य उद्देश्य हो– सन् २०३० सम्ममा विकासको फलबाट कोही पनि पछि नपरुन् । कोरोना कहरले यो लक्ष्यमा अरू प्रभाव पा¥यो तर यसबाट हतोत्साहित नभई झन् नयाँ सोचले योजना बनाउँदै जानुपर्छ भन्ने उद्देश्यले नयाँ नयाँ योजना बन्दैछन् र अनुसन्धान भइरहेका छन् ।

धनी राष्ट्र मात्रै होइन, गरिब र मध्यमस्तरीय राष्ट्रका लागिसमेत दिगो विकासको रणनीतिमा आबद्ध हुनुपर्ने सुझाव र आग्रह संयुक्त राष्ट्र संघले गरिरहेको छ । कोरोनापछिको आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, जलवायु परिवर्तन र वातावरणीय संरक्षणलाई समेट्ने सामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्ने काममा निरन्तरता दिँदै जानुपर्ने कुरालाई पुनःस्मरण गर्नुपर्ने बताएको छ । कोरोना प्रभावले सबै क्षेत्रमा असर गरेको भए पनि यसको पुनरुत्थानमा महत्वपूर्ण आयामलाई समेट्न सकिने आशावादी लक्षणहरू संयुक्त राष्ट्र संघमार्फत गरिएका अनुसन्धानले बताउँछन् ।  

कोरोनाको प्रभावअघि २० मिलियनभन्दा बढी मानिस नियमितरूपमा भोकै ओछ्यानमा जान्थे भने कोरोना महामारीका कारण यो दोब्बरको संख्याले बढ्न सक्छ भन्ने अनुमान विश्व खाद्य कार्यक्रमले गरेको छ । मानव निर्मित द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दीका कारण गम्भीररूपमा मानिस तीव्र भोकमरीको जोखिममा पर्नेछन् । 
सामान्य अवस्थामा सामना गरिरहेका गरिबी, भोकमरी, असमानता, जलवायु परिवर्तन, वातावरणीय गिरावट, शान्ति र न्याय जस्ता विश्वकै चुनौतीहरूलाई अबको रणनीतिले पनि सम्बोधन गर्ने गरी ऊर्जा लगाउन प्रेरणा पनि दिएका छन् उनीहरूका अनुसन्धानले । विश्वव्यापीरूपमा १० प्रतिशत मानिस चरम गरिबीमा बाँचिरहेका थिए भने कोरोनाको प्रभावले यो संख्या बढ्ने अनुमान गरिएको छ । युएनयु वल्र्ड इन्स्टिच्युट फर डेभलपमेन्ट इकोनोमिक्स रिसर्चले प्रकाशित गरेको नयाँ अनुसन्धानले विश्वव्यापी कोरोना महामारीको आर्थिक नतिजाले विश्वमै कुल मानव जनसंख्याको ८ प्रतिशतले विश्वव्यापी गरिबी बढाउन सक्ने चेतावनी दिएको छ । सन् १९९० पछि तीस वर्षमा विश्वमै गरिबी बढेको यो पहिलो पटक हुनेछ ।

विश्व जनसंख्याको १० प्रतिशत अझै स्वास्थ्य, शिक्षा, पिउने पानी र सरसफाइ पहुँच जस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गर्दै आएका छन् । विकासोन्मुख देशमा महामारीपछि आइलाग्ने जोखिम बढ्दै जानेछन् । स्वास्थ्यको क्षेत्रमा मात्र नभएर आगामी वर्षहरूमा प्राकृतिक विनाशकारी घटना, सामाजिक र आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ । युएनडिपीका अनुसार विकासशील देशहरूमा आय घाटा २२२ अर्ब डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ र अनुमानित विश्वव्यापी जनसंख्याको ५५ प्रतिशतले सामाजिक सुरक्षामा पहुँच नपाउने अवस्था आउन सक्छ ।  

कोरोनाको प्रभावअघि २० मिलियनभन्दा बढी मानिस नियमितरूपमा भोकै ओछ्यानमा जान्थे भने कोरोना महामारीका कारण यो दोब्बरको संख्याले बढ्न सक्छ भन्ने अनुमान विश्व खाद्य कार्यक्रमले गरेको छ । मानव निर्मित द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दीका कारण गम्भीररूपमा मानिस तीव्र भोकमरीको जोखिममा पर्नेछन् । एक अर्बभन्दा बढी मानिस सम्भावितरूपमा भोकमरीको छेउमा पुग्दा, अत्यधिक जोखिममा रहेका क्षेत्रलाई खाना र मानवीय राहत प्रदान गर्न तुरुन्त कदम चालिनुपर्छ भन्ने विश्व खाद्य कार्यक्रमको आग्रह छ ।  

हामी भोकाएका २० मिलियनभन्दा बढी मानिसलाई पोषण दिन चाहन्छौँ भने विश्वमा भोक र कृषि प्रणालीको गहन परिवर्तनको आवश्यकता छ । कृषि उत्पादकत्व र दिगो खाद्यान्न वृद्धि नै भोकमरीको जोखिम कम गर्न सकिने उपाय हो । ग्रामीण जनता, गरिबी र जोखिममा रहेका नागरिकलाई भोकमरीबाट मुक्त गराउने उपाय सोच्नु जरुरी छ भनेर सचेत पनि गराएको छ । खाद्य र कृषि संगठनले सबै देशलाई आग्रह गरेको छ– कमजोर जनसंख्याको तत्काल खाद्य आवश्यकताहरू पूरा गर । सामाजिक सुरक्षा कार्यक्रमहरूलाई बढावा देऊ । विश्वव्यापी खाद्य व्यापार जारी राख । घरेलु आपूर्ति शृंखला चालु राख र खाद्यान्न उत्पादन बढाउन साधारण किसानको क्षमतालाई समर्थन गर । संयुक्त राष्ट्र संघको ग्लोबल मानवीय प्रतिक्रिया योजना संसारको सबैभन्दा गरिब देशहरूमा भाइरसविरुद्ध लड्न र खाद्य असुरक्षाको सामना गर्नेलगायतका अति कमजोर मानिसका आवश्यकतालाई सम्बोधन गर्न कदम चाल्ने योजनाहरूमा केन्द्रित भएको छ ।

संयुक्त राष्ट्र संघको अनुसन्धानले पुस्टि गरिसकेको छ कि कृषि विश्वको सबैभन्दा ठूलो रोजगारदाता हो जुन आजको विश्व जनसंख्याको ४० प्रतिशतका लागि आजीविका प्रदान गर्छ । यो गरिब ग्रामीण घर÷परिवारका लागि आय र रोजगारीको सबभन्दा ठूलो स्रोत हो । विश्वव्यापी ५०० मिलियन साना फार्महरूमार्फत विकासशील विश्वको एक ठूलो भागमा खपत हुने ८० प्रतिशतसम्म खाद्यान्न प्रदान गर्न सफल भएको छ ।  

साधारण महिला र पुरुषहरूमा लगानी गर्नु भनेको गरिबका लागि खाद्यान्न सुरक्षा र पोषण, साथै स्थानीय र विश्वव्यापी बजारहरूका लागि खाद्यान्न उत्पादन बढाउने महत्वपूर्ण उपाय हो । १९०० को दशकदेखि, करिब ७५ प्रतिशत बालीनाली विविधता कृषकहरूको क्षेत्रबाट हराइसकेको छ । कृषि जैविक विविधताको राम्रो प्रयोगले अधिक पौष्टिक आहार, खेती समुदायका लागि बढ्दो आजीविका र बढी लचिलो र दिगो खेती प्रणालीमा योगदान पु¥याउन सकिन्छ । महिला कृषकहरूले पुरुषहरूसरह संसाधनमा समान पहुँच पाएको भए विश्वमा भोकमरीको संख्या १५० करोडसम्म घटाउन सकिन्थ्यो भन्ने आँकडासमेत संयुक्त राष्ट्र संघले उल्लेख गरेको छ । महामारीका बाबजुद पनि दिगो विकास लक्ष्यलाई जीवन्त तुल्याउनुपर्छ भनी कोरोना कहरमा गरिएका यस्ता अनुसन्धानका आधारमा नेपालले पनि आफ्ना योजना, नीति तथा कार्यक्रमलाई व्यावहारिकता दिनेतर्फ अग्रसर हुनुपर्छ।
अर्को समाचार
पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
१५ चैत्र २०८०
•
२ मिनेट पाठ
पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ। बिहीवार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु गरेको हो। 

चैत १५ गते बिहीवारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ।

अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकास सवालमा नविन सोच र तयारी तथा नविन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले जनाएको छ।  

नेपालजस्तो जटिल र पृथक् भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनगर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ।  

सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ। विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजि गर्ने विश्वास राखिएको छ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ। सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन्।  

सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुने र कुल १५० जनाको सहभागिता रहने छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस